Comments Add Comment

झडप

List Grid
हिंसा मच्चाउने रुसी समर्थक फ्रान्सद्वारा देशनिकाला

युरोकपका क्रममा इंग्लयाण्ड र रसियाबीचको खेलपछि रंगशाला वरपर वितण्डा मच्चाउने रुसी समर्थकलाई फ्रान्सले देश निकाला गर्ने भएको छ । फ्रान्सेली प्रहरीले १५० जनाको ‘पूर्ण प्रशिक्षित रुसी गुण्डा’को समूहलाई मार्सेलीमा भएको इंग्लयाण्ड र रसियाबीचको खेलमा १-१ को बराबरी भएपछि भएको हिंसात्मक झडपमा दोषि ठहर्‍याएको बिबिसीले जनाएको छ । साथै ६ जना इंग्लिस समर्थकलाई पनि हिंसात्मक झडपमा […]

मधेसी मोर्चाका दुई घटकबीच कुटाकुट

२३ जेठ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादबबीच जग्गाको कम्पाउन्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परेर टाउकोमा चोट लागेका राधेश्याम रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरलाई उद्धत गर्दै आजको नेपाल समाचारपत्र दैनिकले जनाएको छ । […]

अतिक्रमित जमिन खाली गराउँदा मथुरामा हिंसा, एसपीसहित १४ को मृत्यु

२१ जेठ, काठमाडौं । भारत उत्तर प्रदेशको मथुरामा अतिक्रमित सरकारी जमिन खाली गराउन परिचालित प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक एसपीसहित १४ जनाको मृत्यु भएको छ । बिहीबार राति बस्ती हटाउन प्रहरीको टोली मथुराको जवाहरवाग पुगेको थियो । प्रहरी र स्थानीयबीच झडप भइरहेका बेला एक्कासी गोली चल्यो । गोली लागेर एसपी मुकुल द्विवेदी, सन्तोषकुमार यादवसहित १४ […]

विद्यालय व्यवस्थापन समितिको चुनावमा झडप, तीन सेल अश्रुग्यास प्रहार

१० जेठ, रौतहट । विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि रौतहटको विश्रामपुरमा दुई पक्ष बिच झडप भएको छ । झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । रौतहटको विश्रामपुरमा रहेको श्री नेपाल उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको निर्वाचनका लागि अध्यक्ष पदका दुई उम्मेदवारबिच शुरु भएको विवादले उग्ररुप लिएपछि ढुंगा हानाहान भएको थियो […]

माइतीघरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ३ आन्दोलनकारी घाइते

३ जेठ, काठमाडौं । संघीय गठवन्धनले गरेको सिंहदरबार धर्नाका क्रममा माइतीघर मण्डलामा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । आन्दोलनकारीले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीतर्फ तीन जनालाई चोट लागेको त्यहाँ रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेलले जानकारी दिएका छन् । घाइते भएकोमा अमर धिमाल, सोनाम राई र सन्तोष […]