Comments Add Comment

झपट रावल

List Grid
प्रतिगमनको मतियारहरु मुसा प्रवृत्ति देखाउँदैछन् : झपट रावल

१४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद झपट रावलले पार्टीभित्र मुसा प्रवृत्ति देखिएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामी कदम चाल्न उक्साउनेहरुले मुसा प्रवृत्ति देखाएको उनले उल्लेख गरेका छन् । ‘हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरु केपी ओली सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्’, उनले […]

‘नागरिकता सम्बन्धी अध्यादेश राष्ट्रघाती छ’

१० जेठ, काठमाडौं । मधेश केन्द्रित दलको मागअनुसार सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेशमा जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । यस अघिसम्म जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । सरकारले सो […]

एमाले सांसद बसेको घरमा ढुंगा हानेको आरोपमा युवक पक्राउ

२ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए । महानगरीय प्रहरी परिसर, काठमाडौंमा फोन गरेपछि […]

सांसद कोषको ४ करोडबाट आइसोलेसन बनाउन प्रस्ताव, नेकपा सांसदको विरोध

१४ भदौ, काठमाडौं । आइतबार संसदको राज्य व्यवस्था समितिको भर्चुअल बैठकमा कारागारमा फैलिएको कोरोना संक्रमणको विषयमा छलफल थियो । बैठकमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम) को रकम ४ करोड कोरोना भाइरसको जोखिम न्युनीकरण गर्नेमा खर्च गर्र्ने प्रस्ताव राखे । उनको प्रस्ताव राज्य व्यवस्था समितिबाट यो खालको […]

रोष्टममा बोल्न उभिएका सांसद रावल जब सिलिङतिर हेर्दै मौन बसे

२८ जेठ,काठमाडौं । संसदको रोष्टममा बोल्न उभिएका नेकपाका सांसद झपट रावल संसद भवनको सिलिङ र बैठक कक्षतर्फ हेरेर मौन बसेपछि सभामुखको आसनबाट राधा ज्ञवालीले सोधिन् ‘माननीयज्यू के भयो ?’ सांसद रावलले एकछिन घोरिएर जवाफ दिए ‘केही नभएकाले सभामुख महोदय १ नबोलेको ।’ रावल पुनः मौनधारणमा उभिएपछि सभामुख आसनबाट ज्ञवालीले फेरि सोधिन् ‘यसरी समयको सदुपयोग भएन […]

अमरेशलाई झपटको चुनौती : आफैं गीत गाउनुस्, एक महिनाको तलब दिन्छु

६ फागुन, काठमाडौं । पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे । तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गरे । सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत […]