Comments Add Comment

झलनाथ खनाल

List Grid
ओलीको धनगढी सभा पञ्चभेला जस्तै : खनाल

२५ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । सम्पर्क समन्वय कमिटीले गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । कहिले काहीँ पार्टीको गल्तीका कारण तानाशाहहरु जन्मिने भन्दै उनले त्यसविरुद्ध […]

यो त पिप्सो तानाशाही हो, जनताको बलबाट ध्वस्त पार्नुपर्छ : खनाल

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर यो प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् । बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । १०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै […]

झलनाथ खनालको प्रश्न : खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले पार्टीलाई भर्‍याङ मात्र बनाएको भन्दै खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् […]

ओलीमाथि आरोपको वर्षा : गोर्भाचोभदेखि गोमन सापसम्म !

१० पुस, काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल शुक्रबार माइतीघर मण्डलामा पलेटी मारेर बसेको तस्वीरले धेरैको ध्यान खिच्यो । पाँच वर्षलाई स्थिर सरकारको जनमत प्राप्त दलका शीर्षनेताहरु सडकमा पलेटी मार्न पुग्नुले अहिलेको राजनीतिक संकटबारे त प्रष्ट पारेको छ नै, सँगै आगामी राजनीतिक घटनाक्रम कसरी बढ्ला भन्ने पनि थोरै संकेत […]

केपी ओली गोमन साप जस्तै हुनुहुँदो रहेछ : झलनाथ खनाल

१० पुस, काठमाडौं । नेपाल प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली इबी साँध्ने व्यक्ति भएको बताएका छन् । उनले पूर्व सहकर्मी एवं अध्यक्ष ओलीलाई गोमन सापसँग तुलना समेत गरे । पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए । उनले […]

‘आमजनतालाई बुझाउनुस्, प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन’

नेपाल कम्युनिस्ट पार्टी गौरवशाली पार्टी हो । यो पार्टीले विगत ७१ वर्षमा जुन ढङ्गले काम गर्दै आएको छ, हामीले एउटा सिंगो क्रान्तिलाई सम्पन्न गरेका छौं । ५८ वर्ष लगाएर हामीले जनवादी क्रान्ति सम्पन्न गर्‍यौं । त्यो क्रान्ति कालमा अनेकन प्रकारका मोडहरु आए । विभिन्न प्रकारले उग्र वामपन्थविरुद्ध लड्नुपर्‍यो, कहिले दक्षिणपन्थविरुद्ध लड्नुपर्‍यो। पार्टी आन्दोलन र लोकतान्त्रिक […]

पार्टी विधि र पद्दतिले चले हाम्रो जित : झलनाथ खनाल

३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विधि र पद्दतिमा चले आफ्नो जित हुने बताएका छन् । पेरिसडाडाँमा शुक्रबार आयोजित कार्यक्रममा नेता खनालले पार्टी एकीकरण भएबाटै विधि र पद्दतिमा चल्न छोडेको बताए । ‘पार्टी एकता ऐतिहासिक काम थियो । हामी उत्साहित र खुशी भयौं । तर, एकतालाई […]

नेता झलनाथ खनाल निको भई घर फर्किए

३० असोज, काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई शुक्रबार घर फर्किएका छन् । उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्व प्रधानमन्त्री खनाल घर फर्किएका उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।

नेकपा नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए । उनको शरीरमा पानीको मात्र बढी हुनुका साथै दुबै फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ […]

सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई ७२ करोड

१६ भदौ, काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि […]

‘यो जुँगाको लडाइँ होइन, ओली गुट र पार्टीवीचको अन्तरविरोध हो’

यतिबेला हाम्रो पार्टी नेकपा एउटा विशिष्ट अवस्थाबाट, एउटा विशेष कालखण्डबाट गुजि्ररहेको छ । हामी बेलाबखतमा कहिले प्रतिक्रियावादी तानाशाही व्यवस्थाका विरुद्धमा जुध्छौं, कहिले नयाँ परिस्थिति आउँछ, निर्माणका काममा अगाडि बढ्छौं । र, कहिले आफैंभित्र पनि चुनौतीहरु पैदा हुन्छन् र ती चुनौतीहरुका विरुद्ध जुध्नुपर्ने हुन्छ । अहिले हामी नेकपाको आन्तरिक चुनौतीका विरुद्धमा जुधिरहेका छौं । विशेष गरेर […]

बालुवाटार बैठकमा बिचौलियाको चर्चा, ओलीले गरे भट्टको बचाऊ

२० साउन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे ओली–प्रचण्ड–खनाल भेटवार्ताको तेस्रो साइत जुर्‍यो । सुरुमै प्रचण्ड र झलनाथ खनाल लगानी बोर्डमा विचौलियालाई नियुक्त गरिएको भन्दै प्रधानमन्त्रीमाथि खनिए । सिंगै पार्टीको छवि धमिलो हुने गरी विवादास्पद व्यक्तिलाई बोर्डमा नियुक्त गरिएको भन्दै झलनाथ र प्रचण्ड दुबै नेताले आपत्ति जनाएका थिए । तर, प्रधानमन्त्री ओलीले […]

म नै सर्वेसर्वा हुँ भन्ने प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभियौं : माधव नेपाल

७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवस आज मनाइँदै छ । वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतमा भएको थियो । पुष्पलालले २००६ साल भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उनको स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ति […]

यही सरकारले निरन्तरता पायो भने नेकपा समाप्त हुन्छ : खनाल

२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् । साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन । […]

चिनियाँ राजदूतले भेटिन् झलनाथ खनाललाई

२३ असार, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । भेटवार्ताका लागि राजदूत होउ मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी थिइन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ […]

रुकुम घटनाको निश्पक्ष छानविन होस् : खनाल

२० जेठ, काठमाडौं । दश दिनअघि रुकुमको चौरजहारीमा नवराज बिकसहित ६ जनाको ज्यान जाने गरी भएको निशंस घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनालले बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै खनालले सो घटना मानवताविरोधी भएको बताएका छन् । खनालले भनेका छन्, ‘आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यहरूलाई समेत […]

प्रचण्डसँग खनाल र गौतमको भेट

१५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष नेताहरुको राजनीतिक भेटवार्ता चलिरहेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । त्यही बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भने वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले भेटेका छन् । दुवै नेताले छुट्टाछुट्टै भेटेको नेकपा […]

अस्थिरता बढ्यो भने उपलब्धि गुम्न सक्छ : खनाल

१० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अराजकतावाद बढ्यो भने प्राप्त उपलब्धि खतरामा पर्न सक्ने बताएका छन् । नेकपाको ७१ औं स्थापना दिवसको अवसरमा बुधबार जारी विज्ञप्तिमा खनालले भनेका छन्, ‘पार्टीमा अराजकतावादी र नोकरशाही प्रवृत्ति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने राजनीतिक प्रवृत्ति बढ्न थाले भने हामीले […]

झलनाथको अध्यक्षतामा एमसीसी कार्यदलको पहिलो बैठक बस्यो

२० माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप  ज्ञवालीको उपस्थिति थियो । एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन […]

झलनाथले भने- टुप्पीमा बसेका नेताको ‘उद्गार’ सुुनियो, आन्दोलनमा चुनौती

२३ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनका लागि चुनौतीको शिखर सगरमाथाभन्दा अग्लो रहेको बताएका छन् । शनिबार सचिवालयको बैठक बहिस्कार गरेका खनालले आइतबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा भने, ‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’ […]

नेकपा सचिवालय बैठक : वरियता खोसिएकोमा खनालको आपत्ति

७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना वरियता खोसिएकोमा आपत्ति जनाएका छन् । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकमा खनालले वरियता खोस्ने निर्णयप्रति खेद जनाएका छन् । साथै उनले निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । एमाले र माओवादी एकता घोषणा हुँदा खनाल चीनमा थिए । उनको वरियता पनि खोसिएको छ […]