Comments Add Comment

झापा

List Grid
झापाको समस्या : कीर्ते नागरिकतादेखि गोरु तस्करीसम्म !

२६ वैशाख, झापा । भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको झापा जिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । ताप्लेजुङ, पाँचथर र इलाम, धनकुटा, तेह्रथुम लगायतका पहाडी जिल्लाबाट सुविधा खोज्दै बसाईं झर्नेहरु झापामै आएर ठोकिन्छन् । त्यतिमात्र होइन, विगतमा भूटानी शरणार्थीलाई पनि झापाले नै व्यहोर्नुपर्‍यो । कैयौं भूटानीले नेपाली नागरिकता नै बनाए । भुटानमात्र […]

सरकारी अस्पतालको एक्सरे मेसिनमा माकुराको जालो ! सेवाग्राही मारमा

१८ वैशाख, कनकाई । झापाको कनकाई नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे र अन्य स्वास्थ्य उपकरण प्रयोगमा आउन सकेका छैनन् । आमनागरिकको सेवाका लागि सरकारबाट अनुदान प्राप्त ती उपकरण प्रयोगमा आउन नसक्दा बिरामीको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वास्थ्य केन्द्रमा अत्यावश्यक भएको ठहर गरी स्वास्थ्य बीमाले एक वर्ष अघि दिएको अर्को एक्सरे मेसिनसमेत गोदाममा […]

झापाबाट ४ दिनदेखि युवक बेपत्ता

६ फागुन, काठमाडौं । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट एक जना युवक चार दिनदेखि बेपत्ता छन् । सुस्त मनः स्थिति भएका १९ वर्षीय शंकर तामाङ सुरुङ्गा बजारबाट बेपत्ता भएका हुन् । तामाङका मामा अजित राईले दिएको जानकारी अनुसार उनी २ फागुनदेखि हराइरहेका छन् । ‘अहिलेसम्म नभेटिएपछि हामीले इलाका प्रहरी कार्यालय, सुरुङ्गामा पनि खबर गरेका छौं’, राईले […]

दुई महिलालाई खुकुरी प्रहार गरी आत्महत्या

५ माघ, भद्रपुर । अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पौडेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई शनिबार बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा प्रहरीले फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मृतक पौडेलले आज बिहान सोही वडाका २४ […]

कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार, एक युवक पक्राउ

२९ पुस, काठमाडौं । कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादुर लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । फरार हुनेमा स्थानीय २४ वर्षीय राजेश राजवंशी छन् […]

पूर्वसांसद कोइरालाकै शैलीमा झापाका अर्का नेता गायब !

६ पुस, झापा । बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय, काँकरभिट्टालाई एउटा सूचना आयो– ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता दीपक भण्डारी सम्पर्कविहीन भए ।’ देशभर बलात्कार, अपहरण, हत्या जस्ता जघन्य अपराधको ग्राफ बढिरहेका बेला आएको यो सूचनाले प्रहरी अधिकारीहरु झस्किए । निर्मला पन्त हत्या प्रकरणमा पीडित परिवारको सूचनामाथि नजरअन्दाज गर्दा प्रहरीकोे […]

भारतबाट अपहरित बालक नेपालमा बन्धक, फिरौती लिन आए फोरम नेता

२६ मंसिर, काठमाडौं । भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट अपहरित एक बालकको जिल्ला प्रहरी कार्यालय, झापाले सकुशल उद्दार गरेको छ । ७ वर्षीय बालक महफुज आलम २० गते हराएका थिए । तर, नेपालमा बन्धक बनाएर राखिएको सूचना पाएको २४ घन्टा वित्न नपाउँदै बुधबार अवेर प्रहरीले उद्दार गरेको छ । घटनामा संलग्न ३ […]

ट्रकको ठक्करबाट बाबु र छोराको मृत्यु

२५ मङ्सिर, दमक । भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका […]

झापामा घर जल्दा एकै परिवारका चार जनाको मृत्यु

१० मंसिर, झापा । झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–७, लालझोडामा गएराति आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार श्रेष्ठका […]

कृषकले तरकारी खेती गर्न छाडेपछि व्यवसायी नै उत्पादनमा

७ मंसिर, झापा । विभिन्न रोगका कारण उत्पादन घटेर किसानले तरकारी खेती गर्न छोडेपछि पुख्र्यौली पेशाका रुपमा तरकारी मन्डी चलाउँदै आएका दमकका एक व्यवसायीले लिजमा जमिन लिएर तरकारी फर्म सञ्चान गर्न थालेका छन् । किसानले तरकारी उत्पादन हुन छाडेको भन्दै बजारमा तरकारीको अभाव खड्किएसँगै झापाको चारालीमा तरकारी मन्डी चलाउँदै आएका दमक—६ का पप्पु चौधरीले बुद्धशान्ति—६, […]

कमजोर टिमसँग पराजित हुँदा खेल्नै छाड्दिउँ जस्तो लाग्छः नवयुग श्रेष्ठ

३० कात्तिक, झापा । ‘एउटा गेम हार्दा कस्तो फिल हुन्छ ?’ झापाका जुनियर फुटबलर अभिषेक श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई सोधे ।ङ उनको प्रश्न पूरा हुन नपाउँदै नवयुगले जवाफ फर्काइहाले, ‘कहिले काहीँ कमजोर ठानिएको टिमसँग पनि पराजय भोग्नुपर्छ । अपेक्षा अनुसारको रिजल्ट नआउँदा खल्लो महसुस त स्वभाविक रुपमा हुने भइ नै हाल्यो […]

दशैंमा झापाको सुरक्षाः ८ सय ३७ प्रहरी परिचालन, ठाउँठाउँमा ‘सरप्राइज चेकिङ’

१४ असोज, झापा । जिल्ला प्रहरी कार्यालय, झापाले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको छ । चाडपर्वको समयमा हुन सक्ने अप्रिय घटनालाई रोकथाम गर्न र सर्वसाधानलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्था कडा बनाइएको हो । जिल्लाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, […]

झापामा आफ्नै साझेदारद्वारा कपडा व्यवसायीको हत्या

२६ भदौ, काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । छुरा प्रहार गरेर उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । ‘कपडा व्यवसाय गर्दै आएका पौडेलको शव भेटिएपछि म आफैं पनि अहिले गौरीगञ्ज आइपुगेको छु’, […]

पर्यटकीय गन्तव्य बन्दै ‘ह्याप्पील्याण्ड’, दिनमै पुग्छन् एक हजार जना

१५ भदौ, भद्रपुर । कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले १२ करोड रुपैयाँको लगानीमा फनपार्क निर्माण गरेका हुन् । यहाँ दैनिक ५०० देखि […]

कर्तव्य ज्यान मुद्दाका कैदी कारागारबाटै फरार

२७ साउन, काठमाडौं । जिल्ला कारागार, झापाबाट एक जना कैदी दिउँसै फरार भएका छन् । भद्रपुर–९, चन्द्रगढीस्थित जिल्ला कारागारमा कर्तव्य ज्यान र चोरी मुद्दामा जेल सजाय भोगिरहेका गौरादह –८ का २५ वर्षीय उमेश माझी फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी भीम ढकालले माझी कारागारबाट फरार भएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको […]

बुहारीलाई काजकिरिया गर्न वञ्चित गर्ने परिवारलाई सामाजिक बहिष्कार

२४ असार, झापा । निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ । समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आइतबार आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया […]

झापाको सामुदायिक वनमा पुरुषको शव भेटियो

२० असार, झापा । जिल्लाको मेचीनगर–९ मा मङ्गलबार एक पुरुषको बेवारिसे शव फेला परेको छ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर–१ को एउटा खाल्डोमा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले बिहान ११ बजे शव देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए । मङ्गोल जातीको जस्तो अनुहार भएका अन्दाजी ४० वर्ष उमेरका […]

भारतीय नागरिकसँग नेपाली लाइसेन्स !

११ असार, झापा । नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन् । भारतको पश्चिम बंगालको आलिपुर, जयगाउँ घर भएका ३१ वर्षीय आदित्य दियाली नक्कली लाइसेन्ससहित पक्राउ परेका हुन् । नेपालमा हुने मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय, अनारमनीका अनुसन्धान अधिकारीले […]

साइबर अपराध र लागूऔषधविरुद्ध इप्रका अनारमनीको अभियान

११ असार, काठमाडौं । इलाका प्रहरी कार्यालय, अनारमनी, झापाले साइबर अपराध सम्बन्धी विद्यार्थीलाई जनचेतना दिन थालेको छ । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने विद्यालयहरुमा सचेतना कार्यक्रम भइरहेको हो । आइतबार कन्काई नगरपालिकास्थित सुरुङ्गा जेसिजको सभाहलमा चम्पा फ्लावर्स स्कुलमा कक्षा ८, ९ र १० मा पढ्ने २ सय विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक […]

शिवसताक्षीको जंगलमा जुवाको खाल, १ लाख रुपैयाँसहित दुई जना समातिए

४ असार, झापा । प्रहरीले झापाको शिवसताक्षी नगरपालिकाबाट ३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको सथाबाट १ लाख ९ हजार ९ सय ९० रुपैयाँ समेत बरामद भएको छ । आइतबार साँझ नगरपालिकाको ११ नम्बर वडा स्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मारेर शिवसताक्षी–८ का सुमन गुप्ता, कनकाई नगरपालिका–६ का कुलबहादुर दर्नाल र […]

झापामा ५० किलो हरियो गाँजासहित तीन जना समातिए

३ असार, झापा । प्रहरीले झापामा ५० किलो हरियो र ५ सय ग्राम सुख्खा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१, लाहुरे चोकका ३२ वर्षीय प्रदिप पौडेलसहित ३ जना छन् । अन्य दुई जनाको भने नाम खुलाइएको छैन । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ […]