Comments Add Comment

टिकटक

List Grid
नेपालीलाई लठ्याउँदै टिकटक, लकडाउनपछि प्रयोग झण्डै दोब्बर

२८ साउन, काठमाडौं । अहिलेको समय यदि तपाईं टिकटकमा हुनुहुन्न भने बुझ्नुस्, तपाईंले धेरै कुरा मिस गरिरहनुभएको छ । ठाडै विज्ञापन गरेको जस्तो सुनिए पनि यो वास्तविकता हो । मनोरञ्जनका लागि मात्र होइन, सूचनाका लागि पनि अपरिहार्य बन्दै गएको छ यो चाइनिज एप । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका […]

टिकटक खरिद गर्ने ट्विटरको योजना

अमेरिकामा प्रतिबन्धित हुने चरणमा रहेको लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्नका लागि एक पछि अर्को अमेरिकी कम्पनीहरुले रुचि देखाएका छन् । यसअघि माइक्रोसफ्ट कम्पनीले अमेरिकास्थित टिकटकको व्यवसाय खरिद गर्ने सम्झौता गर्न लागेको खबर आएको थियो । माइक्रोसफ्टले टिकटक खरिद गर्ने उक्त हल्लाको टुंगो नलाग्दै अर्को अमेरिकी कम्पनी ट्विटरले टिकटक खरिद गर्ने इच्छा व्यक्त गरेको […]

टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

२३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपहरु टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अब ४५ दिनपछि अमेरिकामा टिकटक र विच्याटमाथि प्रतिबन्ध लाग्नेछ । ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितको लागि यो निर्णय आवश्यक रहेको बताएका छन् । अहिले ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशमा अबको ४५ दिनमा टिकटकको […]

टिकटक खरिद गर्दै माइक्रोसफ्ट कम्पनी, ट्रम्पले गरे समर्थन

अमेरिकी कम्पनी माइक्रोसफ्टका लागि चिनियाँ एप टिकटक खरिद गर्ने मार्ग प्रसस्त भएको छ । अमेरिकामा टिकटकको व्यवसाय खरिद गर्ने माइक्रोसफ्टको योजनाप्रति नकारात्मक रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विरोध फिर्ता लिएसँगै माइक्रोसफ्टका लागि टिकटक किन्ने बाटो खुलेको हो । तथापि ट्रम्पले टिकटकको मातृ कम्पनी बाइटडान्स र माइक्रोसफ्टबीच हुने उक्त सम्झौताका क्रममा अमेरिका सरकारलाई पनि विशेष […]

टिकटक एप अमेरिकी कम्पनीलाई बिक्री गर्न ट्रम्पको अल्टिमेटम

२० साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरिङ एप टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न सेप्टेम्बर १५ सम्मको अल्टिमेटम दिएका छन् । सोमबार उनले ह्वाइट हाउसमा बोल्दै उक्त मितिसम्ममा चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरे अमेरिकी प्रशासनले उक्त एपमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् । ट्रम्पले टिकटक किन्न इच्छुक देखिएको माइक्रोसफ्टको […]

टिकटकले भन्यो-अमेरिकामा अझै लामो यात्रा गर्नुछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडिया एप टिकटकलाई देशमा प्रतिबन्धित गर्ने चेतावनी दिइरहेको बेला टिकटकले भने अमेरिकामा लामो समयसम्म आफ्नो उपस्थिति रहने आशा व्यक्त गरेको छ । अमेरिकास्थित टिकटककी महाप्रबन्धक भेनेसा पापाजले भनेकी छिन्, ‘हामीले अझै अमेरिकामा लामो समयसम्म रहनु छ ।’ एक भिडियो सन्देशमा पाप्पाजले टिकटक एक सुरक्षित मोबाइल एप्लिकेसन रहेको दाबी गरेकी छिन् […]

टिकटकमाथि जापानमा पनि प्रतिबन्ध !

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ । जापानका आर्थिकमन्त्री […]

आउँदैछ इन्स्टाग्रामको ‘टिकटक’

भिडियो शेयरिङ एप टिकटकको चुलिँदो लोकपि्रयताले विश्वका दिग्गज प्रविधि कम्पनीहरुलाई लोभ्याएकै छ । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फो टो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ । शुक्रबार एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम […]

टिकटकमाथि पौने २ करोड जरिवाना

बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा भिडियो शेयरिङ एप टिककटमाथि कोरियाले जरिवाना गरेको छ । प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड ८५ लाख हुन आउँछ । दक्षिण कोरियाले गरेको उक्त जरिवाना […]

केही दिनमा नै हङकङबाट बाहिरिँदै टिकटक

२३ असार, काठमाडौं । चिनियाँ सर्ट भिडियो एप टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने बताएको छ । चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याएसँगै टिकटकले अबको केही दिनमा हङकङमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्विटरले पनि हङकङ प्रहरीसँग सूचनाको लागि गर्दै आएको सहकार्य रोक्ने […]

टिकटक सीईओले लेखे भारतलाई पत्र, प्रयोगकर्ताका डाटा चीनलाई नदिएको दाबी

भारतले प्रतिबन्ध लगाएसँगै चिनियाँ सोसल मिडिया एप टिकटकमाथि बेइजिङसँगको दुरी बढाउन दबाब परेको छ । रोयटर्सका अनुसार टिकटकका सीईओ केभिन माएरले भारत सरकारलाई एक पत्र लेख्दै भारतीय प्रयोगकर्ताहरूका डाटा तथा भारतको सुरक्षा तथा सार्वभौमिकताका विषयमा आफूहरू सचेत तथा संवेदनशील रहेको जनाएका छन् । उनले चीन सरकारले टिकटक प्रयोगकर्ताका डाटाहरू उपलब्ध गराउन अहिलेसम्म कुनै पनि आग्रह […]

अस्ट्रेलियामा टिकटक प्रतिबन्धको माग

२२ असार, काठमाडौं । अस्ट्रेलियामा चिनियाँ भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । टिकटकमा मानिसहरूको व्यक्तिगत डेटाहरूको सुरक्षा नहुने भन्दै यो एपमाथि प्रतिबन्धको लागि आवाज उठेको हो । चिनियाँ कम्पनी बाइटडान्सको यो एप अस्ट्रेलियामा १६ लाखभन्दा धेरै मानिसले प्रयोग गर्छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अहिले अधिकारीहरूले नै मानिसहरूबाट प्रतिबन्ध लगाउनुपर्ने दबाबको सामना गरिरहेको […]

भारतले टिकटक बन्द गरेकोमा अमेरिकाको स्वागत, अमेरिकामै बन्द गर्न माग

लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकलगायत विभिन्न ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने भारतीय कदमको अमेरिकाले स्वागत गरेको छ । टिकटकलगायतका चिनिया एपहरु चिनियाँ कम्युनिष्ट पार्टीको जासुसीको अंग रहेको दाबी गर्दै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले त्यस्ता एपहरुमाथि प्रतिबन्ध लगाउनाले भारतको सम्प्रभुता, अखण्डता तथा राष्ट्रिय सुरक्षालाई बढावा मिल्ने बताएका छन् । पम्पेओले एक पत्रकार सम्मेलनका […]

टिकटक बन्दपछि भारतमा चम्कियो चि‌ङ्गारी

१७ असार, काठमाडौं । भारतले चिनियाँ सर्ट भिडियो एप ‘टिकटक’सहित ५९ स्मार्टफोन एपमाथि प्रतिबन्ध लगाएसँगै त्यसको फाइदा भारतीय एपलाई पुगेको छ । सरकारले यस्तो निर्णय गरेसँगै टिकटकको प्रतिस्पर्धी ‘चिङ्गारी’ एप डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको छ । चिङ्गारीका संस्थापकले मंगलबार यो एप प्रतिघण्टा १० लाखभन्दा बढीको दरले डाउनलोड भएको बताएका छन् । चिनियाँ एपमाथि प्रतिबन्ध […]

टिकटकसहित ५९ चिनियाँ एपमाथि भारतले लगायो प्रतिबन्ध

सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकसहित विभिन्न ५९ वटा चिनियाँ स्मार्टफोन एपहरुमाथि भारतले प्रतिबन्ध लगाएको छ । चीनसँगको बढ्दो तनावका बीच भारतमा चिनिया सरसामान, एप तथा सफ्टवेयरहरु बहिष्कार गर्ने अभियान चलिरहेको बेला भारत सरकारको यस्तो निर्णय आएको हो । यद्यपि भारत सरकारले जारी गरेको विज्ञप्तिमा प्रतिबन्धित लगाइएका एपहरु चिनियाँ एपहरु भएको कतै खुलाइएको छैन । […]

भारतमा टिकटकसहित ५९ मोबाइल एपमा प्रतिबन्ध

१६ असार, काठमाडौं । भारतको सरकारले टिकटकसहित ५९ मोबाइल एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरिएको हो । यो विज्ञप्तिमा चीनको नाम उल्लेख गरिएको छैन तर जसमध्ये धेरै एपहरु कि चीनमा बनेको वा चिनियाँ कम्पनीको स्वामित्व छन् । अहिले प्रतिबन्ध लगाइएका एपहरुमा टिकटक, यूसी ब्राउजर र शेइयरइटलगायत छन् […]

टिकटकको नयाँ कीर्तिमान, प्रयोगकर्ता २ अर्ब नाघे

वर्तमान समयको सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनी Sensor Tower ले जनाएको छ । स्मरणहोस्: पाँच महिनाअघि मात्र टिकटकका प्रयोगकर्ता […]

टिकटकमा जोडियो एप्पल, कारण के होला ?

शर्ट भिडियो मेकिङ तथा शेयरिङ एप टिकटक विश्वभर नै जबरजस्त रुपमा लोकप्रिय बनिरहेको छ । आम मानिसहरुमा टिकटक यतिधेरै लोकप्रिय बनेको छ कि उसको लोकपि्रयताको फाइदा उठाउनका लागि अन्य ठूला प्रविधि कम्पनीहरु टिकटकमा जोडिन बाध्य भएका छन् । हो, यहीँ मार्ग पछ्याउँदै आइफोन निर्माता कम्पनी एप्पल हालै टिकटकमा जोडिएको छ । अन्ततः एप्पलले टिकटकमा आफ्नो […]