Comments Add Comment

डा. गोविन्द केसी

List Grid
राप्रपा अध्यक्ष कमल थापाद्वारा डा.केसीको जीवन रक्षा गर्न आग्रह

१८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेका छन्। थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डा. केसीको जीवन रक्षा गर्न ध्यानाकर्षण गराएका हुन्। मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनशन बसिरहेका छन्। १९औं अनशन जुम्लाबाट सुरु गरेको भए […]

डा. केसीको जीवनरक्षा गर्न नेपाली लेखक संघको माग

१८ असोज, काठमाडौं । नेपाली लेखक संघले १९औं पटक अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । संघका अध्यक्ष श्रवण मुकारुङले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन् । सरकारले सम्झौता गरेका मागसमेत पालना नगरेको भन्दै संघले सरकार अविश्वासको बाटोमा हिँडेको समेत जनाएको छ । अनसन बसेको तीन हप्ता बित्दापनि डा. केसीप्रति […]

७२ घण्टाभित्र वार्ता टोली गठन गर्न चिकित्सक संघको अल्टिमेटम

१८ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको छ । ‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. […]

डा. केसीलाई अक्सिजन सपोर्टमा राखियो

१८ असोज, काठमाडौं । त्रिभूवन विश्वविद्यालय  शिक्षण अस्पतालमा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिएको छ । २१ दिनदेखि अनसनरत उनले निरन्तर छाति दुख्नुका साथै सास फेर्न गाह्रो भएको छ । उहाँलाई अक्सिजन सपोर्टमा राखिएको छ’ उनीसँगै रहेकी आवासीय चिकित्सक तोसिमा कार्कीले भनिन्, ‘अन्य औषधि भने उहाँले लिन मान्नु भएको छैन ।’ डाक्टर केसीले […]

‘डा. केसीको आवाज कहिले सुन्छौ सरकार ?’

१७ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । २० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आईसीयूमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन । सरकारले पनि सम्वाद गरेको छैन । प्रदर्शनमा सहभागी युवाहरुले ‘डा. […]

डा. केसीलाई भेटेपछि सरकारलाई पूर्वराष्ट्रपतिको आग्रह : अमूल्य सम्पत्ति बचाउनुस्

१६ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई भेट्न शुक्रवार पूर्वराष्ट्रपति डा. रामबरण यादव त्रिवि शिक्षण अस्पतालमा पुगे । भेटमा डा. यादवले केसीलाई महात्मा गान्धीसँग तुलना गरे । ‘सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको छ’ उनको भनाइ थियो । डा. यादवले […]

डा. केसीको जीवन रक्षाको माग राखेर वीरगञ्जमा धर्ना

१६ असोज, वीरगञ्ज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगञ्जमा धर्ना तथा प्रर्दशन गरिएको छ । डा. केसीको १९ औं सत्याग्रहको समर्थनमा समर्थकहरुले डा. केसीको जीवन रक्षाको माग गर्दै उनले उठाएका जायज मागहरु सम्बोधन गर्न दवाब दिने उदेश्यले शुक्रबार  वीरगञ्जमा धर्ना तथा प्रदर्शन गरेका हुन् । जसपाल […]

डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगे पूर्वराष्ट्रपति यादव

१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ साथै उनले आफ्नो स्वास्थ्य हेरेर अनशन […]

असह्य पीडामा पनि शान्त डा. केसी

१५ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ । डा. गोविन्द केसीको १९ औं अनसन स्थल । त्यहाँ पुग्नुपूर्व ठूलो बैठक कोठा पार गर्नुपर्छ, जहाँ हवल्दारको नेतृत्वमा तीन प्रहरी छन् । डा. केसीलाई भेट्न पुग्ने जो कोहीलाई प्रहरीले त्यहीँ रोक्छ । पत्रकार देख्यो भने उर्दी जारी गर्छन्, ‘फोटो खिच्नचाहिँ पाइँदैन है ! क्यामेरा […]

‘ए शासक ! तिमीहरु अश्लील हौ ?’

१४ असोज, काठमाडौं । कारोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ निरन्तर उकालो लागेको थियो । मानिसहरु समयमा उपचार नपाएर भौतारिरहेका थिए, भोकले छपटाइरहेका थिए । त्यहीबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सत्ता संघर्ष चर्कियो, प्रधानमन्त्रीबाट हटाउने र नयाँ बनाउनेसम्मको खेल चल्यो । १० असारमा सुरु भएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली […]

डा. केसीलाई भेट्न अस्पताल पुगे भट्टराई

१४ असोज, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले डा. केसीको अनसनप्रति समर्थन जनाएका हुन् । उनले डा. केसीसँग सरकारी पक्षले सम्वादको पहल गरे नगरेको बुझेका थिए । ‘लज्जित भएर सोलिडारिटी जनाउन आएको छु’ डा. भट्टराईले भने । डा. […]

डा. केसीको जीवन रक्षा गर्न अपील

११ असोज, काठमाडौं । नागरिक अगुवाहरुले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपील गरेका छन् । आइतबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुगांना, पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमा, शम्भु थापा, भीमार्जुन आचार्य लगायतले संयुक्त अपील जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न र उनले उठाएका मागहरु सम्बोधन गर्न सरकारलाई […]

प्रधानमन्त्रीलाई डा. केसीको आग्रह : माग साधारण छ, पूरा गर्नुस्

९ असोज, काठमाडौं । १२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीलाई भनेका छन्, ‘यो साधारण माग छ, पूरा गरिदिनुस् ।’ प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान बनाउने सहमति भएर […]

विवेकशीलद्वारा डाक्टर केसीको जीवन रक्षाको माग

९ असोज, काठमाडौं । विवेकशील नेपाली दलले सत्याग्रही डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । भदौ २९ गतेदेखि जुम्लामा १९‍औं अनसन सुरु गरेका केसी ९औं दिनको दिन काठमाडौं आएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बसेका छन् । उनको स्वास्थ्य बिग्रिदै गएको छ । १२औं दिनसम्म पनि सरकार संवेदनशील नभएको भन्दै विवेकशीलले माग सम्बोधनका […]

डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जमा प्रदर्शन

९ असोज, वीरगञ्ज । डाक्टर गोविन्द केसीको समर्थमान वीरगञ्जका चिकित्सकहरुले शुक्रबार प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा आवद्ध चिकित्सकहरुले प्रदर्शन गरेका हुन् । नारायणी अस्पताल नजिकै रहेको संघको कार्यलय अगाडि उनीहरुले केहीबेर प्रदर्शन गरेका थिए । ‘डाक्टर केसीको जायज माग पुरा गर, डाक्टर केसीको जीवन रक्षा गर’ नारा लेखिएको ब्यानरसहित उनीहरुले […]

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

८ असोज, काठमाडौं । सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा बिहीबार पनि काठमाडौमा प्रदर्शन भएको छ । डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने भन्दै समर्थकहरुले माइतीघर मण्डलामा प्लाष्टिक ओढेर प्रदर्शन गरेका हुन् । उनीहरुले दूर दराजमा मेडिकल शिक्षा खै ?, लुटतन्त्र बन्द गर, कर्णालीमा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य […]

डाक्टर केसीको पक्षमा वीरगञ्जका चिकित्सक, हातमा कालोपट्टी बाँधेर काम गर्दै

८ असोज, वीरगञ्ज । प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जका चिकित्सकहरुले पनि विरोध गरेका छन् । उनीहरुले डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र […]

ट्रमा सेन्टरबाट बाहिरिए डा. केसी, शिक्षण अस्पतालमा भर्ना

६ असोज, काठमाडौं । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि शिक्षण अस्पताल सारिएको हो । उनी  […]

माइतीघरमा ‘१०० डा. केसी’ को अनशन (फोटो फिचर)

६ असोज, काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न माग राख्दै अनशन बसेका डा. गोविन्द केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । केसीको अनशनको नवौ दिनमा सोलिडारिटी फर डा. केसी अभियानले ‘१०० डा. केसी १०० मिनेट अनशन’ गरेको हो । प्रदर्शनमा सहभाी सबैले गोविन्द केसीको कागजको मुकुन्डो लगाई १०० मिनेटसम्म […]

सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भनेका छन् । डा. केसीको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा सेन्टरमा लगेपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रया जनाएका हुन् । ‘सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा ! सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन । […]

कमसेकम सत्याग्रहीको सम्मान गर्न त सिक : बाबुराम

६ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोध गरेका छन् । जुम्लामा अनसरत डा. केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याएको थियो । केसी त्रिवि शिक्षण अस्पताल जान चाहेका थिए । हेर्नुहोस् भिडियोः  ‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ […]