Comments Add Comment

डा. बाबुराम भट्टराई

List Grid
नारायणकाजीले बाबुरामलाई दिए बधाई

२३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् । साथै, उनले चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका छन् । उनले भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई बधाई ।’ उनले आफ्नो निर्वाचन क्षेत्रको […]

गोरखा २ मा बाबुराम भट्टराई जीत नजिक

२३ मंसिर, गोरखा । गोरखाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जीत नजिक पुगेका छन् । अहिलेसम्म गोरखा २ मा ५२ हजार ५ सय ६५ मत गणना भइसकेको छ भने अब करिब ७ हजार ५ सय मत गन्न बाँकी छ । र, डा. भट्टराईले ४९ […]

डा. बाबुराम भट्टराईलाई ३६ सय मतको अग्रता

२३ मंसिर, गोरखा । गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फराकिलो अन्तर कायम गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार बाबुरामले ३६ सय मतको अग्रता कायम गरेका हुन् । उनले २३ हजार १ सय १७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका […]

बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ

१० मंसिर, गोरखा । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गाडी […]

नारायणकाजीमाथि खनिए बाबुराम, प्रचण्ड-ओलीलाई उक्साएको आरोप

४ मंसिर, गोरखा । भच्चेकको चुनावी सभामा नयाँ शक्ति पार्टीका संयोजक एवं गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराई आफ्ना प्रतिस्पर्धीमाथि खनिएका छन् । उनले पूर्वसहकर्मी समेत रहेका नारायणकाजी श्रेष्ठमाथि कम्युनिष्ट छाड्न हुँदैन भनेर प्रचण्ड र केपी ओलीलाई उक्साएकोदेखि कुखुरे मुटु भएको सम्म आरोप लगाए । वाम गठबन्धन बनाउने क्रममा प्रचण्ड र ओली कम्युनिष्ट पार्टी […]

गोरखा पुगेर गगनले भने- बाबुराम जित्दा संसदमा कांग्रेस बलियो हुन्छ

४ मंसिर, गोरखा । नेपाली कांग्रेसका नेता गगन थापाले गोरखा २ मा डा. बाबुराम भट्टराई जित्दा संसदमा कांग्रेस बलियो हुने बताएका छन् । सोमबार भच्चेकमा कांग्रेस र नयाँ शक्तिको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेता गगनले प्रतिनिधिसभा उम्मेदवार भट्टराईलाई भोट मागेका हुन् । यो चुनाव संविधान जोगाउने कि भत्काउने जनमत संग्रह भएको भन्दै उनले […]

पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए […]

बाबुरामले भोट माग्दा ‘कांग्रेस मामा’ले भने-विवेक प्रयोग गर्छु

३० कात्तिक, गोरखा । नयाँ शक्ति पार्टीका गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराई बुधबार साँझ छोप्राकस्थित कांग्रेसका पुराना नेता चन्द्रप्रसाद न्यौपाने कहाँ पुगे । न्यौपाने तीनै हुन्, जसले अघिल्लो साता गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरेर भट्टराईलाई भोट नहाल्ने घोषणा गरेका थिए । जिल्ला विकास समितिका पूर्वसभापति समेत रहेका न्यौपानेलाई भेट्न भट्टराईले छोरी मानुषीलाई पनि […]

बाबुरामबारे प्रचण्डको टिप्पणीः घर न घाटको हुन लाग्नुभो, उम्मेदवारी फिर्ता लिनुस्

२९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी छाडेर माओवादीमा आउन डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् । नयाँ शक्तिका संयोजक भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि गोरखा-२ मा उम्मेदवारी दिएका छन्, जहाँ माओवादीका नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् । बुधबार श्रेष्ठलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिएर प्रचण्ड गोरखाको भच्चेक पुगेका […]

ओली र प्रचण्ड गोरखा पसेपछि बाबुरामलाई ‘प्रेसर’

२९ कात्तिक, गोरखा । पहिलो चरणको चुनावको तिथि नजिकिँदै जाँदा उम्मदेवारहरु मतदाताका घरदैलो चाहारिरहेका छन् । किसानहरु मंसिरे बाली उठाउन तल्लीन छन् । मतदाताहरु नेताले बोलाएका सभा समारोहमा खासै निस्किएका छैनन् । तर, बुधबार गोरखामा केपी ओली र प्रचण्ड सम्मिलित चुनावी कार्यक्रममा भने मतदाताको जनउभार देखिएको छ । विगत ०४८ सालको आम चुनावमा नेताहरु खासै […]

बारपाकबाट नारायणकाजीले भने- बाबुराम, साबुराम जो भए पनि जित्छु !

२२ कात्तिक, बारपाक (गोरखा) । माओवादी केन्द्रका नेता तथा गोरखा-२ का प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वी डा. बाबुराम भट्टराईलाई बिचारबिनाका नेताको संज्ञा दिएका छन् । आफूले गोरखा २ बाट चुनाव जित्नेमा शंका नगर्न श्रेष्ठले पत्रकारहरुलाई आग्रह गरे । ‘बाबुरामजीको कुनै बिचार र योजना छ र ?’ विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा बुधबार आयोजित चुनावी सभालाई […]

दरौंदी किनारमा यस्ता देखिए बाबुरामका चुनौती

२१ कात्तिक, गोरखा । नयाँशक्ति पार्टीका नेता डा. बाबुराम भट्टराई सोमबार गोरखाको दरौंदी नजिकै भेटिँदा केही प्रशन्न मुद्रामा देखिन्थे । उनलाई भेट्न अधिकांश कांग्रेसका नेता/कार्यकर्ता पर्खिरहेका थिए । उनको तनाव कम हुनुको कारण त्यही भएको बुझ्न गाह्रो थिएन । भोट माग्दै उकाली ओराली डुलिरहेका डा. भट्टराईलाई हामीले स्वास्थ्य स्थितिबारे सोध्यौं । जवाफमा उनले भने- ‘शहर […]

‘नारायणकाजीसँग दुश्मनी छैन तर समृद्ध गोरखाका लागि मै चाहिन्छ’

१७ कात्तिक, गोरखा । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई अहिले चुनावी प्रचारमा सक्रिय छन् । कांग्रेससँग तालमेल गरेर गोरखा २ मा उम्मेदवारी घोषणा गरेका डा. भट्टराईले नयाँ अवतारमा मतदातासँग भोग माग्दै छन् । पूर्व सहयोद्धा तथा वाम गठबन्धनबाट टिकट पाएका माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग उनको प्रतिस्पर्धा हुँदैछ । पहिलो र दोस्रो संविधानसभामा […]

‘बाबुरामजीसँग तिक्तता छैन, मैले जिते गोरखामा विकासको लहर आउँछ’

१७ कात्तिक, गोरखा । ‘दाइ आराम हुनुहुन्छ ? घरतिरको खबर के छ ?’ गृह गाउँपालिका गोरखाको सिरानचोक पुगेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय बासिन्दासँग हात मिलाउँदै प्रश्न सोधे । कसैलाई काकाकाकी त कसैलाई दाइभाइको साइनोले सम्बोधन गर्दै उनी अंकमाल गर्दै थिए । आसन्न निर्वाचनमा गोरखा २ को प्रतिनिधिसभा सदस्यमा बाबुराम भट्टराईको प्रतिद्वन्द्वीका रुपमा चुनावी […]

प्रचण्ड भन्छन्- आफ्नो कारणले आफैं संकटमा परे बाबुराम

१२ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं उनैलाई र उनको पार्टी नयाँ शक्तिलाई संकटमा पारिरहेको बताएका छन् । नयाँ शक्तिका नेता बासु पोखरेललाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताए । उनले भने, ‘उहाँको कामले उहाँलाई त […]

नयाँशक्तिको घोषणापत्रः अष्टबक्र प्रतिष्ठानदेखि ‘स्वयम्बर एक्सप्रेस’सम्म

१० कात्तिक, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि घोषणापत्र जारी गरेको छ । शुक्रबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरिएको घोषणापत्रमा चुनावको मूल नारा तय गरिएको छ- ‘सबैका लागि समृद्धि, सबैलाई सम्मान, राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान ।’ घोषणापत्रको पहिलो खण्डमा नेपालको संविधानको मूल्यांकन, नयाँ […]

गोरखामा कांग्रेस-नयाँ शक्ति तालमेल, बाबुराम बने साझा उम्मेदवार

४ कात्तिक, गोरखा । सिट बाँडफाँटमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई कांग्रेससँगको गठबन्धनबाट गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन् । कांग्रेसको शुक्रबार साँझ बसेको बैठकले भट्टराईलाई क्षेत्र […]

प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम

१३ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए । पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग डा. भट्टराईले भने, ‘प्रचण्डले के भन्नुभयो मलाई थाहा […]

नयाँ शक्तिको संघीय कार्यकारी समिति भंग, भट्टराई संयोजकमा चुनिए

१३ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी महाधिवेशनको तयारीमा जुटेको छ । शुक्रबार बसेको संघीय परिषद बैठकमा सबै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएका छन् । यससँगै सबै संघीय परिषद्को सदस्य भएका छन् । तर, बैठकले डा. भट्टराईलाई पार्टी संयोजक चयन गरेको एक नेताले जानकारी दिएका छन् । अब केही दिनमा […]

रविन्द्र मिश्र र उज्ज्वल थापाको अन्तरविरोधः मध्यमार्गी कि अग्रगामी ?

१२ साउन, काठमाडौं । गत स्थानीय चुनावमा काठमाडौं र ललितपुरमा चमत्कारिक मत पाउन सफल दुईवटा राजनीतिक दल विवेकशील नेपाली र साझा पार्टीवीच बुधबार एकता भएको छ । यी दलहरुवीचको पार्टी एकताले जन्माएका केही राजनीतिक पराकम्पनका विषयमा यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ । राजनीतिक जमिन देशमा रहेका पुराना पार्टीहरु नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपाजस्ता […]

डा. केसीको मागमा भट्टराईको ऐक्यवद्धता

११ साउन, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई भेटेका छन् । बुधबार अनसन शिक्षण अस्पताल पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले केसीलाई भेटेका हुन् । भेटमा भट्टराईले चिकित्सा शिक्षा र क्षेत्रका विकृति, विसंगपति हटाउन डा. केसीले राखेको मागमा ऐक्यवद्धता जनाएका छन् ।