Comments Add Comment

डा. बाबुराम भट्टराई

List Grid
नयाँ शक्तिको संघीय कार्यकारी समिति भंग, भट्टराई संयोजकमा चुनिए

१३ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी महाधिवेशनको तयारीमा जुटेको छ । शुक्रबार बसेको संघीय परिषद बैठकमा सबै संघीय कार्यकारी समितिका सदस्यहरुले राजीनामा दिएका छन् । यससँगै सबै संघीय परिषद्को सदस्य भएका छन् । तर, बैठकले डा. भट्टराईलाई पार्टी संयोजक चयन गरेको एक नेताले जानकारी दिएका छन् । अब केही दिनमा […]

रविन्द्र मिश्र र उज्ज्वल थापाको अन्तरविरोधः मध्यमार्गी कि अग्रगामी ?

१२ साउन, काठमाडौं । गत स्थानीय चुनावमा काठमाडौं र ललितपुरमा चमत्कारिक मत पाउन सफल दुईवटा राजनीतिक दल विवेकशील नेपाली र साझा पार्टीवीच बुधबार एकता भएको छ । यी दलहरुवीचको पार्टी एकताले जन्माएका केही राजनीतिक पराकम्पनका विषयमा यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ । राजनीतिक जमिन देशमा रहेका पुराना पार्टीहरु नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपाजस्ता […]

डा. केसीको मागमा भट्टराईको ऐक्यवद्धता

११ साउन, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई भेटेका छन् । बुधबार अनसन शिक्षण अस्पताल पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले केसीलाई भेटेका हुन् । भेटमा भट्टराईले चिकित्सा शिक्षा र क्षेत्रका विकृति, विसंगपति हटाउन डा. केसीले राखेको मागमा ऐक्यवद्धता जनाएका छन् ।

उपेन्द्र र बाबुरामको संयुक्त वक्तव्यः प्रदेशको चुनाव पहिले होस्,२४० निर्वाचन क्षेत्र अस्वीकार्य

१ साउन, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालले २४० निर्वाचन क्षेत्र स्वीकार्य नहुने बताएका छन् । साथै संघीय संसद भन्दा पहिला प्रदेशको चुनाव गर्न माग गरेका छन् । संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आइतबार संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधन प्रक्रियालाई तत्काल टुंगो लगाउन […]

सरकार र राजपा दुबै लचक हुनुपर्छ : डा. बाबुराम भट्टराई

२९ जेठ, विराटनगर । नयाँ शक्ति पार्टीका संयोजक एव पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ता पक्ष र राष्ट्रिय जनता पार्टी दुबै लचक भएर न्यूनतम कुरामा सहमति गरी चुनावमा जानुकोे विकल्प नरेहको बताएका छन् । यहाँको विमानस्थलमा स्थानीय संचारकर्मीसंग सोमबार कुराकानी गर्दै संयोजक भट्टराईले भने-‘अहिलेको अवस्थामा सार्थक निर्वाचन गराउन राजपाको न्यूनतम मागलाई सरकारले सम्वोधन गरी चुनावमा ल्याउने वातावरण […]

नयाँ शक्ति र फोरमले छाने कैलालीका ६ तहमा उम्मेदवार

११ जेठ, कैलाली । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालले कैलालीमा उम्मेदवारहरुको टुङगो लगाएका छन् । दुई दलको जिल्लास्तरीय संयुक्त चुनावी संयन्त्रले यही जेठ ३१ गते हुँने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको उङगो लगाएको हो । दुई दलको संयुक्त बैठकले ४ वटा नगरपालिका र २ वटा गाउँपालिकाको उम्मेदवारहरुको टुंगो लगाएको नयाँ […]

सरकारमा रहेका दलहरूले नै आचारसंहिता उल्लघंन गरे : भट्टराई

२६ वैशाख, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारमा रहेका शीर्ष दलहरुले नै ब्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लघंन गरेको आरोप लगाएका छन् । निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा प्रधानमन्त्रीको आदेशमा सशस्त्र प्रहरी गुल्म गोरखाका डिएसपीको सरुवा गर्नुले चुनावको निस्पक्षतामाथि प्रश्न चिन्ह उठेको उनले बताए । चुनावी घरदैलो कार्यक्रममा केही दिनदेखि […]

दलहरु एजेण्ट बने, लोकतन्त्र धरापमाः बाबुराम

१८ बैशाख, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रको पहरेदार बन्नुपर्ने दलहरुनै ‘एजेन्ट’ बनेको भन्दै लोकतन्त्रमा गम्भीर संकट देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लामो ‘स्टाटस’ लेख्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले राजनीतिमा बिकसित पछिल्ला घटनाक्रमहरुले लोकतन्त्र गम्भीर संकटमा परेको बताएका छन् । जनतासँग सोझै सरोकार भएका सबै संस्थाहरुमा चरम दलीयकरण र […]

गोरखालीको चुनावी नाराः वाटर फाउन्टेनदेखि खेतीपातीसम्म !

१७ बैशाख, गोरखा । शाहवंशीय राजतन्त्रको उद्गमथलो एवं देशका तीन प्रधानमन्त्री जन्माउने गोरखा जिल्लामा चुनावी गर्मी बढ्दै जाँदा दलहरुले आफ्ना एजेण्डा पनि जनताबीच सार्वजनिक गर्न थालेका छन् । गोरखा त्यो जिल्ला हो, जहाँ जन्मिएका भीमसेन थापा, कृष्णप्रसाद भट्टराई र डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनिसकेका छन् । दुईवटा नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा निर्वाचनका लागि […]

नयाँ शक्ति सहित ६८ दलको अनसन सुरु

२ बैशाख काठमाडौं । दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले शनिबारबाट काठमाडौंमा अनसन सुरु गरेका छन् । संसदमा रहेका दलहरुलाई मात्रै दलीय चुनाव चिन्न प्रदान गर्ने कानुनी व्यवस्था खारेज गर्न माग गर्दै उनीहरुले रत्नपार्कस्थित शान्ति वाटिकामा ६ दिने अनसन सुरु गरेका हुन् । अनसनको शुभारम्भ […]

दलीय चुनाव चिन्ह नदिए निर्वाचन नै हुन दिन्नौंः बाबुराम

  १७ चैत, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव नै हुन नदिने चेतावनी दिएका छन् । साथै संविधान संशोधन नगरी निर्वाचन गरिए देशमा अनर्थ हुने बताए । पार्टीको केन्द्रीय परिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भट्राईले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनावचिन्हका आधचारमा चुनावमा भाग लिन नदिने […]

एमालेलाई ‘काउन्टर’ गर्दै भैरहवा पुगे बाबुराम

११ चैत, भैरहवा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई यतिबेला तराई मधेसको अभियानमा छन् । तीन दिन अघि लाहानबाट सुरु भएको नयाँशक्ति पार्टीको ‘हिमाल पहाड तराई मधेस अभियान’ शुक्रबार भैरहवा आइपुगेको छ । एमालेले दुई नम्बर प्रदेशमा मधेसी जनताको विरोधका कारण अभियान सञ्चालन गर्न नसके पनि बाबुरामको सभा कतै पनि अवरोध नभई अघि […]

बाबुरामले भने-सप्तरी घटना एमालेको अहंकार र सरकारी लाचारीको परिणाम हो

२४ फागुन, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सप्तरी घटना एमालेको अहंकार र सरकारी लाचारीको परिणाम भएका बताएका छन् । साथै सरकार अत्याधिक बल प्रयोग र नृसंस दमनमा उत्रिएको भन्दै उनले भनेका छन्, ‘यस्तो नरसंहारकालागि सरकारले जिम्मेवारी लिनुपर्छ ।’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी नयाँ शक्तिका सबैखाले अतिवादको विपक्षमा रहेको […]

ओलीजीसँग भारतीय हस्तक्षेप रोक्ने समाधान के छ ? टुँडीखेलमा बहस गर्न तयार छु

नेपालका केही पुराना राजनीतिक शक्ति र नेताहरुले निराश भएका जनतामा आशा देखाएर आर्थिक-सामाजिक रुपान्तरणको दिशातिर लिएर जानुको सट्टा उल्टो काम गरिरहेका छन् । यो नेपालीहरुको समस्या अरु कसैले सिर्जना गरिदिएको हो र हाम्रो देशभित्रको कुनै अमूक समुदायले सिर्जना गरेको समस्या हो भनेर हाम्रा युवालाई भ्रमित पार्ने र क्षणिक लाभ लिने प्रयत्न गरिरहेका छन् । यसैलाई […]

जेलमा ९५ वर्षीय बृद्धलाई देखेपछि बाबुराम आक्रोशित

२४ पुस, सप्तरी । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई जिल्ला नेता अनिल साह ‘अरुण’लाई भेट्न राजविराज कारागार पुगेका छन् । तर, कारागारमा ९५ वर्षीय बृद्धलाई देखेपछि डा. भट्टराई आक्रोशित बने । किर्ते जालसाजी मुद्दामा कैदी जीवन बिताइरहेका सुर्यनारायण मण्डललाई देखेपछि भट्टराईले यो अमानवीय काम भएको बताए । ‘नेपालको कानुनमा आफूले […]

संकिर्ण राष्ट्रियताले देश विखण्डन गराउनसक्छः बाबुराम

२४ पुस, सप्तरी । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले खस जातिलाई मात्र जोडेर बनाइएको संकिर्ण राष्ट्रियताले मुलुकमा अशान्ति ल्याउनुबाहेक केहि गर्न नसक्ने बताएका छन् । खस जातिलाई मात्रै जोडेर राष्ट्रियताको परिभाषा बनाइएको भन्दै उनले यसले मुलुकमा अशान्ति मच्चाउनुका साथै देशलाई बिखण्डन गराउन सक्ने चेतावनी दिए । राजविराज कारागारमा रहेका जिल्ला नेता अनिल साह ‘अरुण’लाई […]

हामीले राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र पत्ता लगायौं: बाबुराम

२० पुस, पोखरा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् । संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्ने बेलामा को कुर्चीमा बस्ने भन्नेमा कुरो मिल्न नसक्दा देशको राजनीति अस्थिर बन्दै गएको उनले बताए । नयाँ शक्ति […]

लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः बाबुराम

  १५ पुस, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । साथै संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन समेत दलहरु असफल भएको बताएका छन् । शुक्रबार सार्वजनिक अपील जारी गर्दै संयोजक भट्टराईले भनेका छन्, ‘संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेताहरु […]

सत्तारुढ दलले हलो अड्काएः बाबुराम

३ पुस, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको संविधान संशोधन हुनुपर्ने बताएका छन् । ‘संविधान संशोधन गर्न हुन्न भन्दै प्रमुख सत्तारुढ दलहरुले देशको आर्थिक समृद्धिमा हलो अड्काउने काम गरिरहेका छन्,’ भट्टराईले भने । संविधान संशोधन गर्न हुन्न भन्नु गलत भएको भन्दै सबैजात जातिको हक अधिकार सुनिश्चिताका लागि संबिधान संशोधन आवश्यक रहेको […]

एमालेलाई बाबुरामको प्रश्नः अरुले गर्दा राष्ट्रघाती, आफूले गर्दा राष्ट्रवादी ?

१५ मंसिर, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनको विरोध गरिरहेको एमालेमाथि प्रश्न उठाएका छन् । भट्टराईले कांग्रेस र एमालेले ०७१ कात्तिक १७ गते सम्वाद समितिमा पेश गरेको सात प्रदेश र सरकारले दर्ता गरेको संशोधमा के फरक छ भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, दुबैमा तराई […]

संविधान संशोधनमा बाबुराम र उपेन्द्रबीच ‘मोर्चाबन्दी’

१३ मंसिर, काठमाडौं । संविधान संशोधनलाई लिएर नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच ‘मोर्चाबन्दी’ भएको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनले सम्बोधन गर्नु पर्ने मुद्धाहरु अघि सारेका छन् । संशोधनले राष्ट्रिय पहिचानको मान्यता, अधिकार सहितको संघीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद, […]