- Home
- डा. युवराज खतिवडा
डा. युवराज खतिवडा
१५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा उपस्थित भएनन् । दिनभर अर्थ मन्त्रालयमै रहेका मन्त्री खतिवडा बालुवाटारको बैठकमा नदेखिएपछि कतिपय मन्त्रीले खासखुस गरे, उहाँलाई कोरोना पो लागेछ कि क्या हो ! मन्त्री खतिवडालाई कोरोना लागेको चाहिँ होइन, कोरोनाको डर मात्रै लागेको हो । बैठकमा उपस्थित अरु मन्त्रीबाट आफूलाई कोरोना […]
२२ साउन, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’ तर नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर […]
६ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चारमाध्यममा हुने लगानी पारदर्शी बनाउने बताएका छन् । नागरिकको बढी सरोकार भएको क्षेत्र सञ्चार पनि भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाइने उनले बताए । मंगलबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा उनले भने ‘…सञ्चार संवेदनशील क्षेत्र हो । नेपाल सन्दर्भमा […]
५ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिक उड्डयनमाथि यूरोपेली यूनियनले लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन् । सोमबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडीसँगको भेटमा अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् । कोडी आफ्नो ३ बर्षे कार्यकाल पुरा गरी ब्रसेल्स र्फकन लागेको अवसरमा सोमबार अर्थमन्त्रीसँग विदाई भेट गरेकी हुन् । […]
१ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था -आइक्यान)ले अन्य नियमनकारी निकायसँगको समन्वयमा नेपालमा लगानी र व्यवसायीको पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित हुने गरी काम गर्नुपर्ने बताएका छन् । आइक्यानको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ कार्यक्रमका दौरान भिडियो मिटिङमा सहभागी भएका अर्थमन्त्री खतिवडाले सदस्यतामा आधारित संगठन संरचना भएको नियमनकारी निकायलाई थप व्यवस्थित […]
२५ असार, काठमाडौं । सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ । सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए । पत्रकारले उनलाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका […]
१५ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको भन्दै यो नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएको बताएका छन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समस्यामा पर्ने अनुमान गरिए पनि क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन हुँदै जाँदा रोजगारीको समेत सुनिश्चितता भइरहेको मन्त्री खतिवडाले बताए । उनले वैदेशिक […]
२ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत १५ जेठमा आफ्नो कार्यकालको तेस्रो बजेट भाषण गरे । नेपालमा प्रजातन्त्र पुनस्थापनायताका ३० वर्षमा लगातार तीनवटा बजेट बनाउन पाउने महेश आचार्यपछिका दोस्रो भाग्यमानी अर्थमन्त्री बनेका छन्, उनी । भाग्यमानी त उनी पहिल्यैदेखि हुन् । जागिरे जीवनबाट सेवानिवृत्त भएपछि पनि उनले कहिल्यै खाली बस्नु परेन । सहायक […]
२७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत नबढ्ने बताएका छन् । बजेटको विनियोजनबारे संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले विद्युत् खपत बढाउन औद्योगीकरण र ग्रामीण विद्युतीकरणमा जोड दिनुपर्ने बताए । सरकारले सर्वसाधारण जनताको पहुँचमा हुने सार्वजनिक सवारीका साधनलाई महत्व दिएको भन्दै विद्युतीय सार्वजनिक सवारीको भन्सार दर एक […]
गएको सोमबार बेलुकी साढे नौ बजेतिर गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गले एउटा विरक्तलाग्दो तर वास्तविक स्टाटस पोस्ट गरे । उनले गरेको सो पोस्ट प्रादेशिक अर्थमन्त्रीको मर्यादाभन्दा बाहिरको हो । सर्सरी सबैले उनलाई व्यङ्ग्य गरे, कतिले त उच्च ज्वरोको बेहोसी अवस्थामा दिइएको अभिव्यक्ति पनि भने । सोझो अर्थलगाउने हो भने प्रदेशका अर्थमन्त्री बहुलाए भनिएको हो । […]
१९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र त्यसको रकम निकासा हुने स्पष्टीकरण दिएका छन् । सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समेत विवाद भएको थियो । बजेटमाथि […]
१८ जेठ, काठमाडौं । नेपालको अर्थव्यवस्थाको लागि सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो– व्यापार घाटा । हरेक वर्ष व्यापार घाटा चुलिँदै झण्डै देशको बजेटकै आकारमा पुग्न थालेको छ । चालु आर्थिक वर्षको १० महिनामा मात्रै व्यापार घाटा ९ खर्ब ४३ अर्ब भन्दा बढी रह्यो । जबकि सरकारले आगामी आव २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्बको […]
१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालबाट भारततर्फ हुने पेट्रोलियम पदार्थ र सुनको चोरी तस्करी रोक्न आयातमा कर बढाइएको बताएका छन् । बिहीबार संसदमा प्रस्तुत भएको बजेटमार्फत अर्थमन्त्री खतिवडाले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर थपेका थिए । अर्थमन्त्री खतिवडाले पेट्रोलियम पदार्थको सीमावारी र पारीको मूल्यमा अहिले नै २० देखि ३० रुपैयाँ […]
१३ जेठ, काठमाडौं । मंगलबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७५/७६’ को २८ बुँदे कार्यकारी सारांश वाचन गरे । उनले यो वर्ष २.३ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण रहेको संसदलाई जानकारी दिए । गत चैतदेखि मुलुक कोरोना संक्रमणसँग जुधिरहेकाले आर्थिक गतिविधि ठप्प भएको अवस्थामा उच्च अंकको आर्थिक वृद्धि हात पार्न नसकिएको अर्थमन्त्री […]
१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिए । यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको […]
२४ वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले प्रेस स्वतन्त्रता र सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य मान्यता र नेपालको संविधानले प्रत्याभूत गरेको हकको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । पाँचौं पत्रकारिता दिवसको अवसरमा पत्रकार र सञ्चारकर्मीलाई शुभकामना व्यक्त गर्दै मन्त्री खतिवडाले आमसञ्चार क्षेत्र चौथो अंगको भूमिकामा खरो उत्रिने अपेक्षासमेत व्यक्त गरेका […]
१२ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनापछि कम आयस्रोत भएका मुलुकलाई परेको प्रभाव न्यूनीकरण गर्न ऋण स्थगन र ऋण मोचनको उपायमा जानु पर्ने सुझाव दिएका छन् । विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारीबीच भएको भिडियो कन्फ्रेन्सका क्रममा […]
११ वैशाख, काठमाडौं । सरकारले भारतमा कोरोना भाइरस (कोभिड-१९) को जोखिम हेरेर मात्र लकडाउन खुला गर्ने/नगर्ने विषयमा निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भनेका छन्, ‘जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लकडाउनको समयमा […]
७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भोकबाट मान्छे मर्छ भन्ने कुरा सरकारलाई पनि थाहा भएको बताएका छन् । राहतको लाइनमा सबै मान्छेहरू पुगेपछि पाउनुपर्नेले राहत नपाउने र नपाउनुपर्नेले पाउने स्थिति भइरहेको बताउँदै मन्त्री खतिवडाले भने, ‘नागरिकमा पनि यो चेतना चाहिन्छ ।’ चैत महिनाको तलब थाप्नेहरूलाई बजारबाट किनेर खान अर्थमन्त्री खतिवडाले सुझाव दिएका छन् […]
२९ फागुन, काठमाडौं । एक साताअघि राष्ट्रिसभामा वामदेव गौतम जाने विषय चर्चामा आयो । यो विषयले राजनीतिक वृत्तमा मात्र हैन, सेयर मार्केटमा समेत चर्चा पायो । वामदेव गौतम राष्ट्रिय सभामा जाने र अर्थमन्त्री खतिवडाले विदा लिने भन्दै यस विषयलाई पुँजी बजारसँग जोडेर हेरियो । अर्थतन्त्रको ऐना मानिने पुँजी बजारमा खतिवडाको नाम लिएर चर्चा हुनु कुनै […]
२१ फागुन, काठमाडौं । नवनियुक्त सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले मंगलबार राजीनामा दिएका थिए । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार खतिवडालाई मन्त्री नियुक्त गरेका हुन् । उनलाई अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी […]