Comments Add Comment

डोरमणि पौडेल

List Grid
भर्ना अभियानमा लाग्न प्रदेश ३ का सबै जनप्रतिनिधिलाई मुख्यमन्त्रीको पत्र

३० चैत, हेटौंडा । प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनप्रतिनिधिलाई विद्यालय भर्ना अभियानमा लाग्न निर्देशन दिँदै पत्राचार गरेको छ । शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म लैजान सरकारले चलाएको भर्ना अभियानमा सहभागी हुन प्रदेशभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशनसहित पत्राचार गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश ३ का १३ जिल्ला समन्वय समितिलाई पत्राचार […]

सरकारको स्थायित्वका लागि कर्मचारीको सहयोग आवश्यकः मुख्यमन्त्री पौडेल

२५ फागुन, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल कर्मचारीले सहयोग गरेमात्र सरकारको स्थायित्व रहने बताएका छन् । देशभरबाट हेटौंडा आइपुगेका स्थानीय तहका कर्मचारीलाई सरकारको सहयोगी बन्न आग्रह गरे । हेटौंडामा स्थानीय तह कर्मचारी मिलन केन्द्र नेपालको केन्द्रीय भेलामा मुख्यमन्त्री पौडेलले कर्मचारीलाई हामी पनि सरकारको अभिन्न अंग हौं भन्ने भावनाका साथ काम गर्न आग्रह […]

आरक्षणबाट होइन महिलाहरु खुला प्रतिस्पर्धामा आउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौंडा,२४ फागुन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले महिलाहरु आरक्षणको साहरामा नभइ खुल्ला ढंगबाट प्रतिस्पर्धामा आउनुपर्ने बताएका छन् । सधै आरक्षणको कुरा गर्दा प्रतिस्पर्धा नै गर्न सक्दैनन भन्ने बुझिने भन्दै पुरुष सरह खुला प्रतिस्पर्धी बन्दै आफूलाई अब्बल रहेको देखाउनु पर्ने मुख्यमन्त्री पौडेलले बताए । ‘सधै आरक्षणको होइन क्षमता देखाएर अघि बढ्नु पर्छ ।’ उनले भने […]

प्रदेश ३ का मुख्यमन्त्रीले भने – काठमाडौंका डाक्टरलाई गाउँ पठाउँछु

१५ फागुन, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौंमा रहेका डाक्टरलाई केन्द्रीय राजधानी बाहिर ग्रामीण भेगमा परिचालन गर्ने बताएका छन् । छैटौं स्वास्थ्य सेवा दिवसमा आयोजित कार्यक्रममा पौडेलले यस प्रदेशका ६० प्रतिशत डाक्टर काठमाडौंमै रहेकाले सरकारी डाक्टरलाई ग्रामीण क्षेत्रमा पठाउनुपर्ने बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको भन्दै नीतिगत त्रुटिकै […]

प्रदेशसभा ३ : मुख्यमन्त्री पौडेलविरुद्ध खनिए राजेन्द्र पाण्डे

१४ फागुन, हेटौंडा । प्रदेशसभा ३ मा सत्तारुढ नेकपा एमालेकै सांसदहरुले सरकारको आलोचना गरेका छन् । सोमबारको संसद बैठकपछि सांसद राजेन्द्र पाण्डेले पत्रकारहरुसँग सरकार नीति निर्माणतिर नलागी अनावश्यक अनुगमन र निर्देशनको काम गर्दै हिँडिरहेको आरोप लगाए । भने, ‘मैले सकारात्मक सुझाव दिएको हुँ ।’ मुख्यमन्त्री नियुक्त भएसँगै डोरमणि पौडेलले नारायणगढ-काठमाडौं सडकमार्गको अनुगमन गरेका थिए भने विभिन्न […]

काठमाडौं पनि पुग्न नसक्ने थोत्रा गाडी मात्र छन् : मुख्यमन्त्री पौडेल

१३ फागुन, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारसामू साधन स्रोतको अभाव रहेको बताएका छन् । मन्त्रीहरुलाई समेत थोत्रा गाडी दिइएको, जुन काठमाडौं पुग्न पनि नसक्ने अवस्थामा रहेको उनले सुनाए । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै अब फास्ट ट्र्याकबाट ऐन कानुन बनाउने प्रस्ताव अघि सारेका छन् । उनले भने, ‘जबसम्म ऐन कानुन निर्माण […]

प्रदेश ३ का मुख्यमन्त्रीको योजनाः प्रत्येक जिल्लामा एक आधुनिक शहर

२९ माघ, हेटौंडा । प्रदेश ३ का नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा पर्ने हरेक जिल्लामा एउटा नयाँ आधुनिक शहर बसाउने योजना अघि सारेका छन् । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका पौडेलले सोमबार सपथ लिनुका साथै पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सपथ लिएपछि पौडेलले हेटौंडा-११ स्थित शहिद स्मारक पुगेका थिए । लगतै मुख्यमन्त्रीको […]

मुख्यमन्त्री पौडेलले लिए सपथ

२९ माघ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् । उनले केहीबेरमा पदभार सम्हाल्ने कार्यक्रम छ । प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले […]

प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि नियुक्त, सपथ भोलि

२८ माघ, हेटौंडा । प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त भएका छन् । एमाले प्रदेशसभा संसदीय दलका नेता पौडेल वाम गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । एमाले र माओवादीले आइतबार मात्र पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका थिए । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत (५८ सांसद) छ । २३ सांसद रहेको माओवादी केन्द्रले […]

डोरमणिलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

२८ माघ, काठमाडौं । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश ३ मा सरकार गठनको प्रक्रिया सुरु गरेका छन् । एमालेले संसदीय दलको नेतामा डोरमणि पौडेल चयन भएलगतै सरकार गठन प्रक्रिया सुरु भएको हो । प्रदेश ३ मा एमालेको प्रष्ट बहुमत छ भने माओवादीले पनि पौडेललाई नै समर्थन गरेको छ । एमालेले पौडेललाई मख्यमन्त्री नियुक्त […]

अध्यक्षले छक्याउनुभो, गुटबन्दीको शिकार भएँ

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलार्इ चुनाव अघिदेखि नै प्रदेश ३ को मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । तर, शाक्यलाई पराजित गर्दै डोरमणि पौडेल दलको नेता बनेका छन् र उनै मुख्यमन्त्री बन्नेछन् । अनपेक्षित चुनावी हारबारे शाक्यसँग गरिएको संक्षिप्त कुराकानी : तपाईंको राजनीतिक इतिहास र योगदानको कुनै अर्थ रहेेन होइन त ? गुटको उम्मेदवार बनेपछि तपाईंले यो महशुस […]

दुवै गुटले नपत्याएपछि राजेन्द्र पाण्डेले भने-अब डोरमणि पाइलट, म प्यासेन्जर (भिडियो सहित)

२६ माघ, काठमाडौं । प्रदेश ३ को मुख्यमन्त्री दाबी गरेका नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले आफू अब सामान्य सांसदको हैसियतमा बस्ने बताएका छन् । एमालेभित्र आफू अबदेखि कुनै गुटमा नरहेको समेत प्रष्ट पारेका छन् । संसदीय दलको नेता बन्ने दौडबाट बाहिरिए लगत्तै अनलाइनखबरसँगको भिडियो लाइभमा उनले पार्टीको दुवै गुटले संसदीय दलको नेतामा एक एक जना […]

प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ मा, डोरमणिकै सम्भावना

१८ माघ, हेटौंडा । प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ गते हुने भएको छ । क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको प्रदेशसभास्थलमा बिहीबार बसेको पहिलो बैठकले सभामुखको निर्वाचिनको मिति तोकेको हो । सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने जेष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले जानकारी दिए । प्रदेशसभामा एमालेको एकल बहुमत […]