Comments Add Comment

तराई मधेस

List Grid
मधेसमा ज्ञानेन्द्र र सिके राउत : को कति पानीमा ?

३ चैत, जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाह मधेसमै रहेका बेला गणतन्त्रवादी युवा नेता एवं सांसद गगन थापा शुक्रबार मधेस झरे । विभिन्न मठमन्दिरमा पूजाआजा गर्दै हिँडेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तीखो प्रहार गर्दै कांग्रेस नेता थापाले ‘मूर्तिसमेत नछाड्ने’ ज्ञानेन्द्रबाट डराउनु नपर्ने प्रतिक्रिया दिए । अहिले डराउनुपर्ने चाँहि ओली सरकारसँगै हो भन्ने थापाले विश्लेषण सुनाए । पूर्वराजाको […]

दलाल पूँजीवादको भण्डाफोर गर्दै हिँडेका घनश्यामलाई अर्थ समितिको कमाण्ड !

२२ साउन, काठमाडौं । देशभरका १० हजारलाई युवालाई मार्क्सवाद पढाउन हिँडेका नेकपाका नेता घनश्याम भुसाललाई प्रतिनिधिसभाको अर्थ समितिको सभापति बनाउनेबारे शीर्षतहमा छलफल भएको छ । अहिले मधेसमा समाजवादी अर्थनीतिको ब्याख्या गर्दै हिँडेका भुसाललाई पार्टीले संसदको महत्वपूर्ण मानिने अर्थ समितिको नेतृत्व जिम्मा लगाउन खोजेको स्रोतले जनाएको छ । भुसाल प्रतिनिधिसभाका १० वटा विषयगत समितिमध्ये अर्थ समितिमा […]

चुनाव सारेर भएपनि मोर्चालाई सहमतिमा लिन कांग्रेस नेतृत्वलाई मधेसको दबाव

२ बैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले वार्तामा आउन मधेसी मोर्चालाई आहृवान गरेको छ । प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुले भने चुनाव सारेर भएपनि मोर्चालाई सहमति ल्याउन दबाव दिएका छन् । कांग्रेस नेतृत्वले शनिबार स्थानीय तहको चुनावको तयारीबारे प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुसँग छलफल गरेको […]

स्थानीय तहको संख्या ७३८, मधेसका १७ र पहाडमा २ थपिए (सूचीसहित)

२० फागुन, काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लामा स्थानीय तहको संख्या १७ बढ्ने भएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले स्थानीय तहको संख्या बृद्धिको प्रतिवेदनलाई अन्तिम रुप दिएको छ र, प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिवेदनमा प्रदेश नम्बर २ का ८ जिल्लामा १७ स्थानीय तह बढाउन सिफारिस गरेको […]

मधेस आन्दोलनले के दियो ? अध्यक्ष नै अध्यक्ष बने, पार्टी बनेन

५ माघ, सप्तरी । मधेसमा पहिलो आन्दोलन सुरु भएको आज १० वर्ष पूरा भएको छ । र, आजको ऐतिहासिक सन्दर्भमा मधेस आन्दोलनले के दियो र के दिन सकेन भन्नेबारे विश्लेषण सुरु भएको छ । इतिहासको त्यो दिन हुस्सु र कुहिरोसँगै चिसो हावाले सबैजना काँपिरहेका थिए । त्यहीबेला केही युवाले फूर्तिका साथ पूर्व-पश्चिम राजमार्गमा चक्काजाम गरे […]

मधेस पसेका एमाले नेताले हौसिँदै भने-सोचेको भन्दा राम्रो भयो !

१९ कात्तिक, काठमाडौं । मधेसविरोधी दलका रुपमा प्रचारित नेकपा एमालेका नेताहरुको ठूलो समूह विहीबार जनकपुरमा थियो । जनकपुरबासीहरु एकातर्फ छठको तयारीमा व्यस्त थिए भने अर्कातिर भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गर्नका लागि जनकपुरबासीले तयारी गरिरहेका थिए । त्यहीबेला जनकपुरमा एमालेले विहीबार सभाको आयोजना गर्‍यो । छठ तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदानका लागि आयोजना […]

उदयपुर, सिन्धुली र मकवानपुरलाई २ नम्बर प्रदेशमा राख्न एमाले बैठकमा प्रस्ताव

७ असोज, काठमाडौं । नेकपा एमालेका मधेसी नेताहरुले पार्टी नेतृत्वले तराई-मधेसलाई हेला गरेको भन्दै मधेस केन्दि्रत कार्यक्रम लिएर तराई र्झन नेतृत्वलाई सुझाव दिएका छन् । पार्टी केन्द्रीय कमिटीको जारी बैठकमा मधेसका नेताहरुले मधेसमा केपी ओली नेतृत्वको सरकारले बिनियोजना गरेको बजेट र जनपि्रय कार्यक्रमको मधेस ी जनताबीच प्रचार गर्न नसकिएको बताएका छन् । प्रदेश नम्बर २ […]

जनतासँग संवाद गर्न एमाले तराई मधेस झर्ने

९ भदौ, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधनकालागि सरकारलाई दबाब दिइरहेका बेला प्रमुख विपक्षी नेकपा एमाले भने जनतासँग संवाद गर्ने भन्दै तराई मधेसमा केन्द्रित हुने भएको छ । एमाले स्थायी कमिटी बैठकमा मधेसको मुद्दा र मधेसी जनताको चाहनाका बारेमा ब्यापक छलफलपछि संविधान संशोधन होइन, मधेसमा सम्वृद्धिका लागि आर्थिक विकासको प्याकेज भन्दै एमाले मधेस झर्न लागेको […]

हुलाकी राजमार्गको नियतिः २६ वर्षमा बन्यो ६७ किलोमिटर

१७ वैशाख, काठमाडौं । तराई-मधेसको समृद्धिका लागि भन्दै भारत सरकारले २६ वर्षअघि हुलाकी राजमार्गको निर्माणमा सहयोग गर्ने घोषणा गरेको थियो । तर घोषणाको २६ वर्षसम्म जम्माजम्मी ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा  नेपाल भ्रमणका क्रममा सो घोषणा गरेका थिए । घोषणाको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच […]