Comments Add Comment

तालिबान

List Grid
तालिबानको सरकारमा अमेरिकाको चासो

२३ भदौ, काठमाडौं । अमेरिकाले तालिबानले घोषणा गरेको नयाँ सरकारकबारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ । मंगलबार तालिबानले सबै पुरुष र अमेरिकी सेनामाथिको आक्रमणमा सम्बन्ध भएका मानिससहितको सरकार घोषणा गरेको थियो । अमेरिकाको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफूहरुले अफगानिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ । त्यस्तै यसअघिको इतिहास राम्रो नरहेका मानिस पनि सरकारमा समावेश […]

अफगानिस्तानमा पाकिस्तानविरोधी प्रदर्शन, तालिबानले गर्‍यो हवाई फायर

२२ भदौ, काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनको क्रममा पाकिस्तानविरोधी नारा लागेको बीबीसीले बताएको छ । काबुलमा ठूलो संख्यामा महिला र युवाले प्रदर्शन गरिरहेका छन् । उनीहरुले आफ्नो अधिकारको माग गर्नुका साथै पाकिस्तानविरोधी नारा पनि लगाइरहेका छन् । प्रदर्शनकारीले अब अफगानिस्तानमा पाकिस्तानको कठपुतली सरकार नभई स्वतन्त्र सरकार […]

अफगानिस्तानको पञ्जशिरमा तालिबानले फहरायो झण्डा, पूर्णरुपमा कब्जा गरेको दाबी

२२ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा आफ्नो कब्जामा आउन बाँकी रहेको अन्तिम क्षेत्र पञ्जशिर पूर्णरुपमा आफ्नो कब्जामा आएको बताएको छ । सामाजिक सञ्जालमा तालिबानले राखेको एक भिडियोमा पञ्जशिरमा तालिबानको झण्डा फहराइरहेको देख्न सकिन्छ । यद्यपि यो क्षेत्रमा तालिबानविरुद्ध लडिरहेको रेस्टिेन्सका लडाकुले भने अहिले पनि आफूहरु पञ्जशिरको सबै रणनीतिक क्षेत्रमा रहेको र लडाइँ जारी रहने बताएको […]

तालिबानको पुनरोदय र भूराजनीतिक उल्झन

अमेरिका र उसका साझेदारहरूको लज्जास्पद बहिर्गमनसँगै अफगानिस्तानमा राजनीतिक अस्थिरता र सुरक्षा शून्यताको स्थिति पैदा भएको छ । अहिले अफगानिस्तानमा विद्यमान राजनीतिक अस्थिरता र सुरक्षा शून्यतालाई अर्को कुन शक्तिराष्ट्रले परिपूर्ति गर्ला भन्ने सर्वाधिक चासो देखिन्छ । अफगानिस्तानमा अहिले देखिएको शक्ति शून्यताले विश्व-राजनीति, क्षेत्रीय एवं अफगानिस्तानको पेरीफेरीमा ठूलो भूराजनीतिमा फेरबदल ल्याएको छ । त्यसो त क्षेत्रीय संगठन […]

पञ्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबानको दाबी

२१ भदौ, काठमाडौं । अफगानिस्तानको पञ्जशिर उपत्यका आफ्नो कब्जामा आएको तालिबानले दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति जारी गर्दै अफगानिस्तानको अन्तिम गढ पनि अब आफ्नो कब्जामा आएको बताएका हुन् । उनले भनेका छन्, ‘यो जितसँगै  हामीले पूरा देशलाई नियन्त्रणमा लिएका छौं । यसलाई युद्धको दलदलबाट बाहिर निकालेका छौं ।’ यद्यपि तालिबानविरुद्ध लडिरहेको […]

सरकारमा महिला सहभागिताका लागि काबुलमा निरन्तर प्रदर्शन

२० भदौ, काठमाडौं । सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम गर्न पाउनुपर्ने माग गर्दै महिला अधिकारवादीहरुले अफगानिस्तानमा निरन्तर प्रर्दशन गरेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केही दिनयता प्रर्दशन गरिरहेका छन् । प्रर्दशनमा तालिबान लडाकुले हस्तक्षेपसमेत गरेका छन् । महिला अधिकारवादीहरुले सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम […]

तालिबानले कब्जा जमाएपछि लुकेर बस्दैछन् अफगान महिला क्रिकेट खेलाडी

१८ भदौ, काठमाडौं ।  काबुलमा तालिबानले आफ्नो कब्जा जमाएपछि अफगानिस्तानका अधिकांश महिला क्रिकेट खेलाडीहरु लुकेर बस्‍न बाध्‍य भएका छन् । महिला क्रिकेट खेलाडी टीमप्रति तालिबानले आफ्नो निगरानी बढाएपछि उनीहरु लुकेर बस्न बाध्य भएका हुन् । अफगानिस्तानका महिला क्रिकेट खेलाडी (नाम परिवर्तन) एसेलले भनिन्, ‘हामीहरु ह्वाट्स एपमा प्रत्‍येक रात आफ्ना समस्याहरु एकअर्कालाई सेयर गर्छौं र एउटा योजनामा कुरा गर्छौ ।  अब […]

चीन हाम्रो महत्वपूर्ण साझेदार मुलुक हो : तालिबान

१८ भदौ, काठमाडौं । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ । बिहीबार प्रकाशित भएको एक अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो । […]

तालिबानको नियन्त्रणमा नआएको पञ्जशिर उपत्यकामा भीषण युद्ध

१८ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ । यद्यपि एनआरएफले भने यो उपत्यकाको सबै प्रवेशद्वारमा आफ्नो बलियो उपस्थिति रहेको र तालिबानका सयभन्दा […]

काबुलकी मेकअप आर्टिस्टको डर : तालिबानले म जस्ता महिलालाई निशाना बनाइरहेको छ

काठमाडौं । तालिबानले नियन्त्रण लिएसँगै अफगानिस्तानको राजधानी काबुलमा ब्युटी पार्लर अगाडि विज्ञापन गर्न राखिएको ब्राइडल भेषमा सजिएका महिलाको तस्वीर रङ्ग लगाएर बिगारिएको छ । सहरका सैलुन बन्द छ । केही व्यवसाय छिटै पूर्णरुपमा सुचारु हुनेमा आशावादी देखिएपनि धेरैमा भने भविष्यको विषयलाई लिएर चिन्ता बढ्दो क्रममा छ । अफसून (परिवर्तित नाम) एक मेक अप अर्टिस्ट हुन् […]

अन्तर्राष्ट्रिय वैधताका लागि तालिबानका तीन खुड्किला

अगष्ट १५ मा अफगान राष्ट्रपतिको कार्यालय प्रवेश गरेर सत्ता कब्जा गरेको सन्देश दिएको तालिबान त्यसयता निरन्तर रूपमा विभिन्न मुलुकसँग वार्तामा छ । त्यतिबेला उसको एउटै मिसन हो– आफ्नो सत्ताप्रति अन्तर्राष्ट्रिय वैधता जुटाउनु । किनकि तालिबानको उच्च नेतृत्व के विषयमा स्पष्ट देखिन्छ भने कम्तीमा पनि शक्तिराष्ट्रहरूको समर्थन विना सत्ता टिकाउन कठिन छ, टिकाए पनि जनताको समृद्धिको […]

अमेरिकाले छाडेपछि अफगानिस्तानमा अब के होला ?

१६ भदौ, काठमाडौं । सोमबारको मध्यरातपछि अब अफगानिस्तानमा कुनै पनि अमेरिकी सेना बाँकी छैनन् । सन् २००१ पछि पहिलोपटक यस्तो अवस्था आएको हो ।अमेरिकाले अफगानिस्तानमा रहेका अधिकांश अमेरिकी र जोखिममा रहेका अफगान नागरिकको उद्धार गरेपछि आफ्ना सेना पनि फिर्ता लगेको हो । पछिल्लो दुई सातामा अमेरिकाले १ लाख १४ हजारभन्दा धेरै मानिसको उद्धार गरेको छ […]

तालिबानलाई प्रतिबन्ध लगाउँदा अस्थिरता झन् बढ्न सक्छ : कतार

१६ भदौ, काठमाडौं । कतारका विदेशमन्त्रीले तालिबानलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाउँदा अस्थिरता झन् बढ्न सक्ने चेतावनी दिएका छन् । मंगलबार दोहामा बोल्दै विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलराहमान अल थानीले अफगानिस्तानको सुरक्षा र सामाजिक आर्थिक मुद्दामा तालिबानसँग जोडिन सबैलाई आग्रह गरेका छन् । जर्मनीका विदेशमन्त्री हेइको माससँग बोल्दै उनले तालिबानमाथि प्रतिबन्ध लगाउँदै ऊसँगको सम्पर्क विच्छेद गर्ने […]

आफ्ना नागरिकलाई उद्धार गर्न तालिबानीसँग बेलायतको वार्ता

१६ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना सबै सैनिक आफगानिस्तानबाट फिर्ता गरे पनि अहिले पनि अफगानिस्तानमा धेरै मुलुकका नागरिक छन् । धेरै बेलायती नागरिक पनि अहिले अफगानिस्तानमा छन् भने विदेशी सेनालाई सहयोग गर्ने धेरै मानिस पनि अफगानिस्तानमा नै छन् । बेलायतले आफ्ना नागरिक र गठबन्धन सेनालाई सहयोग गर्ने अफगान नागरिकलाई अफगानिस्तानबाट उद्धार गर्ने विषयमा अहिले वार्ता […]

भारत र तालिबानबीच कतारमा वार्ता

१६, भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश […]

अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम मुलुक : तालिबान

१५ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ । मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको […]

अफगानिस्तानबाट अमेरिका पूर्णरुपमा फिर्ता, तालिबानले मेसिनगन पड्काएर मनायो खुसियाली

१५ भदौ, काठमाडौं । तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अमेरिका पूर्णरुपमा अफगानिस्तानबाट फिर्ता भएको छ । अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए ।

अमेरिकाको ड्रोन आक्रमण गैर-कानुनी : तालिबान

१४ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तालिबानले आइतबार अमेरिकाले काबुलमा गरेको ड्रोन आक्रमण गैर–कानुनी भएको बताएको छ । चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनसँगको कुराकानीमा तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले तालिबानलाई कुनै सूचना नै नदिई अमेरिकी सेनाले उक्त ड्रोन आक्रमण गरेको बताएका छन् । अर्को मुलुकमा सूचना नै नदिई आक्रमण गर्नु गैर-कानुनी भएको उनको भनाइ छ […]

अफगान नागरिकलाई काबुल विमानस्थलमा जान तालिबानको रोक

१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्‍याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो । पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि […]

काबुलको सुरक्षा गर्न तालिबानले बनायो ‘फतेह फोर्स’

९ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल सहरस्थित हाइ प्रोफाइल क्षेत्रको सुरक्षा गर्नका लागि तालिबानले एउटा नयाँ सुरक्षा दस्ता बनाएको छ । केही चरमपन्थी समूहले काबुल सहरको व्‍यवस्थामाथि चेतावनी दिएपछि तालिबानले नयाँ सुरक्षा दस्ता बनाएको हो । तालिबानको अरबी भाषाको एक ट्वीटर एकाउन्टमार्फत नयाँ सुरक्षा दस्ता ‘फतेह फोर्स’ बनाइएको जानकारी दिइएको हो । उक्त ट्वीटमा लेखिएको […]

अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख र तालिबान नेताबीच गोप्य भेट !

९ भदौ, काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यूयोर्क टाइम्स, वासिङटन पोष्ट, असोसिएटिड प्रेस, एनपीएसहितका सञ्चारमाध्यमहरुले स्रोतलाई उदृत गर्दै सोमबार सीआईए र तालिबानबीच बैठक भएको समाचार सम्प्रेषण गरेका छन् । तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीचको भेटबारे पुष्टि […]