Comments Add Comment

तालिबान

List Grid
काबुलको सुरक्षा गर्न तालिबानले बनायो ‘फतेह फोर्स’

९ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल सहरस्थित हाइ प्रोफाइल क्षेत्रको सुरक्षा गर्नका लागि तालिबानले एउटा नयाँ सुरक्षा दस्ता बनाएको छ । केही चरमपन्थी समूहले काबुल सहरको व्‍यवस्थामाथि चेतावनी दिएपछि तालिबानले नयाँ सुरक्षा दस्ता बनाएको हो । तालिबानको अरबी भाषाको एक ट्वीटर एकाउन्टमार्फत नयाँ सुरक्षा दस्ता ‘फतेह फोर्स’ बनाइएको जानकारी दिइएको हो । उक्त ट्वीटमा लेखिएको […]

अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख र तालिबान नेताबीच गोप्य भेट !

९ भदौ, काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यूयोर्क टाइम्स, वासिङटन पोष्ट, असोसिएटिड प्रेस, एनपीएसहितका सञ्चारमाध्यमहरुले स्रोतलाई उदृत गर्दै सोमबार सीआईए र तालिबानबीच बैठक भएको समाचार सम्प्रेषण गरेका छन् । तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीचको भेटबारे पुष्टि […]

के सार्क अध्यक्ष नेपालले अफगानिस्तान मामिलामा भूमिका खेल्न सक्छ ?

९ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वमा पार्न सक्ने असरबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष मुलुक नेपालले यस क्षेत्रका मुलुकहरूसँग परामर्श थाल्नुपर्ने आवाज मुखरित हुन थालेको छ । विज्ञहरूले अफगानिस्तान अशान्त हुँदा यस क्षेत्रको सामाजिक, आर्थिक, आप्रवासन र सुरक्षा मामिलामा दूरगामी परिणाम पर्ने भन्दै सो समस्या […]

तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

९ भदौ, काठमाडौं । २० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ । अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र […]

तालिबान आतंकवादी संगठन हो, अब प्रतिबन्धबारे छलफल गर्नुपर्छ : ट्रुडो

८ भदौ, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले तालिबानलाई यसअघि नै आफूहरुले आतंकवादी संगठन मान्दै आएको र अहिले पनि उक्त सूचीबाट नहटाइएको बताएका छन् । उनले अब तालिबानमाथि प्रतिबन्धको विषयमा छलफल गर्नुपर्ने पनि बताएका छन् । अफगानिस्तानबारे मंगलबार जी७ का मुलुकबीच बैठक हुन गइरहेको अवस्थामा ट्रुडोले यस्तो बताएका हुन् । मंगलबार जी७ का सदस्य मुलुक […]

मिनी स्कर्टमा बेपरवाह घुम्नेदेखि बुर्कामा कैद हुनेसम्म

अफगानिस्तानको काबुल शहरमा तालिबानले जब कब्जा जमायो, सोशल मिडियामा त्यहाँको अराजक स्थितीसँग जोडिएको तस्वीर भाइरल भयो । यस क्रममा केही पुराना तस्वीर पनि सार्वजनिक भए । त्यसमध्ये एक थियो, काबुलको सडकमा मिनीस्कर्ट लगाएर निस्फिक्री हिँडिरहेका महिलाको तस्वीर पनि । यो तस्वीर सन् १९७० को दशकको भएको बताइन्छ । यो पोस्ट गर्नेले संक्षेपमा लेखेका छन्, अधिकांश […]

‘तालिबानको कसाइ’ भनेर चिनिने पूर्वगभर्नरले लिए तालिबानप्रति बफादारीको शपथ

७ भदौ, काठमाडौं । तपाईं अफगानिस्तानमा बस्दै आउनुभएको छ वा पछिल्लो २० वर्षमा अफगानिस्तानको राजनीतिलाई नजिकबाट नियालिरहनुभएको छ भने तपाईंले पक्कै पनि अफगानिस्तानको ‘बुलडोजर’ नामले चिनिने गुल आगा शेरजाईलाई चिन्नुहुन्छ । अब अफगानिस्तानका महत्वपूर्ण व्यक्तिको रुपमा चिनिने शेरजाई ‘इस्लामिक इमिरेट्स अफगानिस्तान’ को पनि प्रमुख व्यक्ति बनेका छन् । शेरजाई सीआईएका पूर्व एजेन्ट हुन् । उनी […]

काबुल एयरपोर्ट बाहिर सात अफगानी नागरिकको मृत्यु

६ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर जम्मा भएको भीडमा सात अफगानी नागरिकको मृत्यु भएको छ । बेलायतको रक्षामन्त्रालयका अनुसार भीडभाडमा परी उनीहरुको मृत्यु भएको हो । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँका मानिसहरु अहिले मुलुक छाड्ने प्रयास गरिरहेका छन् । बेलायती रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको वास्तविक अवस्था निकै चुनौतीपूर्ण बनेको छ तर […]

असर्फ घानीका भाइ भन्छन् – अफगानीले तालिबानको शासन स्वीकार्नुपर्छ

६ भदौ, काठमाडौं । अफगानिस्तानका पूर्व राष्ट्रपति असर्फ घानीका भाइ हसकत घानीले अफगानीले अब तालिबानको शासन स्वीकार गर्नुपर्ने बताएका छन् । उनले आफूले तालिबानको नियन्त्रण स्वीकार गरिसकेको तर समावेशी सरकार बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । शनिबार अलजाजिरासँगको कुराकानीमा उनले विदेशी सेना फिर्ता हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा मुलुकको नयाँ परिस्थितिलाई बुझ्दै […]

तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम

तालिबानले अफगानिस्तानमा नाटकीय रुपमा कब्जा जमाएसँगै धेरै अफगानीहरु आफ्नो विगतको डिजिटल फुटप्रिन्ट मेटाउने प्रयासमा छन् । आफ्नो विगतको अनलाइन गतिविधिका आधारमा तालिवानले बदला लिन्छ कि भन्ने मान्छेहरुलाई त्रास छ । मानव अधिकारवादी समूहहरुले पनि अफगानी नागरिकहरुको डिजिटल इतिहास तथा सामाजिक सम्बन्धहरु ट्रयाक गर्नका लागि तालिवानले सोसल मिडिया प्लाटर्फमहको उपयोग गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् […]

तालिबानको नियन्त्रणबाहिर रहेको एउटा प्रान्त

४ भदौ, काठमाडौं । तालिबानले सिंगो अफगानिस्तानलाई नियन्त्रणमा लिइसक्दा पनि पञ्जशिर प्रान्त भने उसको नियन्त्रणबाहिर छ । काबुलको उत्तरपूर्वमा रहेको उपत्यका अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सलेहको क्षेत्र हो । अफगानिस्तानको सरकार ढलेसँगै सलेहले आफूले तालिबानसँग आत्मसमर्पण नगर्ने बताएका थिए । ‘मेरो मुख हेरेका लाखौं मानिसलाई म निराश बनाउन चाहन्नँ । म कहिले पनि तालिबानको नेतृत्वमा रहन्न […]

घरघरमा गएर विदेशी सेनाका लागि काम गर्ने मानिस खोज्दै तालिबान

४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघले तालिबानले यसअघिको सरकार र  अमेरिकी वा नेटोको सेनाका लागि काम गर्ने मानिसलाई घरघरमा गएर खोजिरहेको बताएको छ । राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले आत्मसमर्पण नगरे ज्यान मार्ने वा परिवारका सदस्यलाई नै पक्राउ गर्ने धम्की पनि दिएको छ । तालिबानले यसअघि पत्रकार सम्मेलन गरेर कसैसँग पनि बदला नलिने बताएको थियो । […]

तालिबानले लागू गर्ने भनेको शरिया कानुन के हो ?

३ भदौ, काठमाडौं । अफगानिस्तानमाथि विद्रोही समूह तालिबानले कब्जा जमाएसँगै हिजोआज संसारकै ध्यान अफगानिस्तानमाथि छ । त्यहाँ रहेका मानिसहरुको सुरक्षा र मानव अधिकारको विषयलाई दिएर संयुक्त राष्ट्र संघलगायतका संस्था र शक्ति राष्ट्रहरुले चिन्ता र चासो प्रकट गरेका छन् । सामान्य मानिसले पनि अफगानिस्तानमा तालिबानले कडा कानुन लागू गर्ने त्यहाँका सर्वसाधारण पीडामा पर्ने आशंका गरिरहेका छन् […]

तालिबानको शासनकालमा कस्तो होला अफगानिस्तानको अर्थतन्त्र ?

३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा कब्जा गर्नुभन्दा केही महिना पहिला विश्व बैंकले भनेको थियो– अफगानिस्तानको अर्थतन्त्र त्यहाँको अवस्था कस्तो हुन्छ र उसले बाहिरबाट कत्तिको सहयोग पाउँछ भन्ने कुरामा निर्भर गर्छ । अहिले अफगानिस्तानको अवस्था पूर्ण रुपमा फरक भइसकेको छ । यस्तोमा मुलुकको आर्थिक सम्भावना अनिश्चित बनेको छ । यसको प्रमुख कारण उसले पाउँदै आएको वित्तीय […]

तालिबानको पुनरागमन : अफगानिस्तानमा अब शक्ति राष्ट्रबीच सहकार्य कि टकराव ?

३ भदौ, काठमाडौं । अफगानिस्तानमा अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेसँगै अमेरिकाले चीन, रूस, पाकिस्तान र युरोपेली मुलुकहरूसँग अफगानिस्तान मामिलामा परामर्श शुरू गरेको छ । केही दिनयता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यी मुलुकका विदेशमन्त्रीहरूसँग निरन्तर संवादमा छन् । अफगानिस्तान मामिलामा अमेरिकाले चीनसँग विस्तृतमा कुराकानी गरेको सम्भवत यो पहिलोपटक हो जसलाई चिनियाँ अधिकारीहरूले उत्साहजनक भनेका छन् […]

अफगानिस्तानमा राष्ट्रिय झण्डाको समर्थनमा भएको प्रदर्शनमा तालिबानले चलायो गोली

२ भदौ, काठमाडौं । अफगानिस्तानको जलालबाद शहरमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाएको छ । बुधबार जलालबादमा कार्यालयहरुमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो । तर, प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानका लडाकूले गोली चलाएको स्थानीय समाचार एजेन्सी पाज्झोक अफगान न्युजले जनाएको छ । तालिबानका लडाकूले आन्दोलनको कभरेज दिइरहेका पत्रकारलाई पनि […]

तालिबानमाथि फेसबुक र युट्युबको प्रतिबन्ध, ट्वीटरले के गर्ला ?

दुई दशकपछि इस्लामिक कट्टरपन्थी तालिबान अफगानिस्तानमा पुनः सत्तामा आएसँगै सोसल मिडिया कम्पनीहरुमाथि पनि स्वयं तालिबान तथा सम्बन्धित सामग्रीहरुमाथि कस्तो व्यवहार गर्ने भन्ने निर्णय गर्ने दबाब बढिरहेको छ । सबैभन्दा ठूलो सोसल मिडिया प्लाटर्फम फेसबुक र भिडियो स्ट्रिमिंग प्लाटर्फम युट्युबले चाहिं तालिबानमाथिको प्रतिबन्धलाई कायमै राख्ने भएका छन् । फेसबुकका अनुसार खतरनाक व्यक्ति तथा संगठनप्रतिको नीतिअन्तर्गत तालिबान […]

तालिबान प्रवक्ताले भने- हामीविरुद्ध लडेका सबैलाई माफी दियौं, महिलाहरुसँग काँधमा काँध मिलाएर काम गर्छौं

२ भदौ, काठमाडौं । अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको बताए । यसलाई […]

‘नेपालमा चीन र भारत दुवैको चासो अझ बढ्नेछ’

१ भदौ, काठमाडौं । २० वर्षपछि अफगानिस्तानको अतिवादी समूह तालिबानले पुनः सत्ता आफ्नो हातमा लिएको छ । तत्कालका लागि अन्य मुलुकको झैं नेपालको ध्यान पनि त्यहाँ रहेका आफ्ना नागरिक उद्धार गर्नेमा केन्द्रित छ । तर अफगान मामिला अब दक्षिण एशियाली मुलुकहरूका लागि आ–आफ्ना नागरिक उद्धार गर्ने हदसम्म मात्रै सीमित रहन्न । भारत, चीन, अमेरिका र […]

सरकारमा महिला सामेल हुनुपर्नेमा तालिबानको जोड, मानिसको घरमा नछिर्न लडाकुलाई निर्देशन

१ भदौ, काठमाडौं । तालिबानले अब बन्ने सरकारमा महिला पनि सामेल हुनुपर्नेमा जोड दिएको छ । अफगानिस्तानमा कब्जा जमाएपछि तालिबानले नयाँ सरकारबारे आफ्नो धारणा राखेको हो । ‘इस्लामिक इमिरेट्सले महिला पीडित होउन् भन्ने चाहँदैन’, तालिबानको संस्कृतिक समितिका सदस्य इनामुल्लाह समानगानीले भनेका छन् । यद्यपि इस्लामिक कानुन अनुसार महिलाहरु सरकारमा सामेल हुनुपर्ने उनको भनाइ छ । […]

मानवीय कार्यलाई निरन्तरता दिने तालिबानको आश्वासन

१ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा मानवीय कार्यलाई जारी राख्ने बताएको छ । राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर)लाई छापसहितको वक्तव्य दिँदै मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्यलाई जारी राख्ने तालिबानले बताएको हो । यूएनएचसीआरकी एसिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले यो आश्वासनले मूर्त रुप पाए अहिले सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सहयोग पुर्‍याउन सहयोग सकिने […]