Comments Add Comment

तिलोत्तमा नगरपालिका

List Grid
तिलोत्तमा नगरपालिकाले ल्यायो दमकल

२२ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि नयाँ बारुणयन्त्र सञ्चालनमा ल्याएको छ । वार्षिक नीति तथा कार्यक्रम र नगरसभाबाट पारित निर्णय अनुसार ५९ लाख ५० हजार मूल्यको बारुणयन्त्र खरिद गरिएको हो । ३ हजार २ सय लिटर क्षमताको सो बारुणयन्त्रले ३५ मिटर टाढासम्म पानीको फोर्स फ्यांक्न सक्ने तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए । […]

तिलोत्तमामा पहिले जनप्रतिनिधि र कर्मचारीबाट कर

४ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करदातालाई समयमै कर तिर्ने बानीको विकास गराउने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीबाटै पहिले कर उठाउने अभियान सुरु गरेको छ । आर्थिक मितव्ययिता र पारदर्शितासँगै तोकिएको राजस्व उठाउन नगरपालिकाले पुस १ गतेदेखि राजस्व परिचालन अभियान सुरु गरेको हो । अभियानको सुरुआत जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकबाट गरिएको छ । […]

तिलोत्तमाका सामुदायिक विद्यालय एकै रंगले रंगिए

४ पुस, बुटवल । सामुदायिक बिद्यालयका भौतिक संरचना, शैक्षिक गुणस्तर, शौचालय कस्तो हुन्छ ? दिमागमा एउटा चित्र आउन सक्छ नराम्रो, अस्तव्यस्त, कमजोर, फोहोर वा दुर्गन्धित । तर रुपन्देहीको एक नगरपालिकामा पुग्नुभयो भने तपाईको अनुमान गलत हुनेछ । तिलोत्तमा नगरपालिकाका ४४ सामुदायिक विद्यालय एउटै रंगमा चिटिक्क रंगिएका छन्, सफा, आकर्षक देखिएका छन् । नगरपालिकाले सामुदायिक विद्यालयको […]