Comments Add Comment

तेरिया मगर

List Grid
तेरिया भन्छिन्–‘अहिले नै फिल्म खेल्ने योजना छैन’

‘डीआइडी लिटिल मास्टर्स सिजन ३’की विजेता तेरिया मगर अहिले के गर्दैछिन् भन्ने कौतुहलता उनका फ्यानलाई होला । तेरिया नेपालमा भन्दा भारतमा नै बढी बस्ने भएकाले पनि उनको बारेमा खबर कम आउँछन् । तेरिया, बुधबार भने काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगिन् । चलचित्रको प्रिमियरमा पुगेकी तेरियाले आफूलाई चलचित्रले कतै रुवाएको, कतै हसाँएको […]

तेरियाले भनिन्–‘फिल्म खेल्ने कुरा झुटो हो’

भारतमा रहेकी तेरिया मगरले आफूले चलचित्र खेल्ने बिषयमा आइरहेको खबर झुटो भएको बताएकी छिन् । भारतका २ वटा चर्चित रियालिटी शो जितेपछि चर्चामा आएकी तेरियाले आफ्नो आधिकारिक फेसबुक मार्फत आजसम्म कुनै पनि चलचित्र साइन नगरेको पनि स्पष्ट पारेकी छिन् । उनले स्टाटसमा लेखेकी छिन्–‘म आजको दिनसम्म कुनै पनि चलचित्रका लागि अनुवन्धित भएको छैन । साथै […]

हिरोइन बन्दै तेरिया, ‘मायाको मोल’बाट डेब्यू गर्ने

भारतीय टेलिभिजनमा प्रशारण हुने डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया मगर अहिले भारतमै बसेर करिअरलाई अगाडि बढाइरहेकी छिन् । उनले नेपालमा आएर करिअर अगाडि बढाउने संभावना खासै देखिएको छैन । तर, यी चर्चित नृत्यांगनाले अब एउटा नेपाली चलचित्रमा काम भने गर्ने पक्का भएको छ । चलचित्र ‘पटुकी’ का निर्माता म्याक टेन कालुले निर्माण तथा निर्देशन […]

तेरिया भन्छिन्–‘विदेशमा बसेर मलाई ‘नेपालकी तेरिया’ भनेर चिनाउँछु ’(भिडियो)

भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् । तेरियाले पत्रकार सम्मेलनमा के भनिन्, भिडियो यहाँ हेर्नुहोस्: नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । […]

ऋतिकले गरे तेरियालाई बलिउड फिल्मको अफर

शनिबार साँझ भारतको कर्लस टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘झलक दिखला जा’को फाइनल सम्पन्न भयो । सो फाइलनबाट नेपालकी चेली तेरिया मगरले ३० लाख नगदसहित उपाधी जितिन् । तेरियाले उपाधी जितेको खबर अनलाइनखबरले शुक्रबार बेलुकी नै प्रकाशन गरेको थियो । तर, शनिबार राती मात्र यसको अफिसियिल घोषणा भयो । नायक सलमान खानले विजेता घोषणा गरेका […]

झलक दिखला जाको रिजल्ट आउट ! तेरियाले जितिन् ताज

नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ ।  तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । विशेषगरि, […]

तेरियालाई ‘झलक दिखलाजा’मा जिताउन अभियान सुरु

सन् २०१२ मा भारतको चर्चित टेलिभिजन जी टीभीबाट प्रशारण हुने रियालिटी शो ‘डीआइडी-३ को विजेता बन्दा वुटवलकी तेरिया मगरले नेपालीको खुबै साथ पाइन् । नेपालीको भोट र उनको मिहिनेतले उनलाई यो उपाधी दिलायो । यसपछि, तेरिया विश्वमा रहेका नेपालीमाझ लोकप्रिय बनिन् । उनै, तेरिया फेरि पनि अर्को सफल डान्स रियालिटी शो ‘झलक दिखलाजा’को फाइनलमा पुगेकी […]