Comments Add Comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

List Grid
नागरिक उड्डयनका हाकिम भन्छन्- इयुको ब्ल्याक लिष्टबाट हट्ने बेला भएको छैन

४ पुस, काठमाडौं । नेपाली हवाइ सेवा युरोपियन युनियन (इयु)को कालोसूचीबाट यो पटक पनि नहटेपछि सर्वत्र चिन्ता छ । तर, जिम्मेवार सरकारी अधिकारीहरु भने यसलाई बेकारको हल्लाको संज्ञा दिँदै भन्छन्-‘कालोसूचीबाट हट्ने बेला नै भएको छैन । हामीले हटाइदेउ भनेर औपचारिक रुपमा भनेका पनि छैनौ ।’ डेढ हप्ताअघि नयाँ कालोसूची जारी गर्दै इयुले हवाइ सुरक्षाका मामिलामा […]

भीभीआईपी उडानले आकाशमै ट्राफिक जाम

१८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनभर परेको छ । आन्तरिक र वाहृय उडानका वायुसेवाले एकदेखि तीन घण्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको आजको अन्नपूर्णमा समाचार छ । त्रिभुवन विमानस्थलको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक र अन्तराष्ट्रिय […]

६ अर्बको ठेक्कामा सवा २ अर्ब क्षतिपूर्ति दाबी

१९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले दुई अर्ब ३१ करोड रुपैयाँको क्षतिपूर्ति मागेको छ । यो रकम ठेकेदार कम्पनीले विमानस्थलको विस्तार गर्ने समयमा विभिन्न अवरोध आएकोले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति माग गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आइतबार पर्यटन बोर्ड र […]

आतंकवादी आक्रमणको निसानाबाट जोगाउन विमानस्थलमा सेनाको निगरानी

४ साउन, काठमाडौं ।  विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने मुख्य नाकामा नेपाली सेनाको ‘एन्टो टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ । नेपाली सेनाले आतंककारीले विमान अपहरण गरिहालेमा कसरी यात्रुलाई सुरक्षित अवतरण गराउन सकिन्छ भन्नेमा समेत विमानस्थल परिसरमा सैन्य अभ्यास गर्न लागेको स्रोतले बताएको आजको अन्नपूर्णमा समाचार छ । टर्कीको इस्तानबुल […]

चरा ठोक्किएको वायुसेवा निगमको ‘एयरबस’ बनाउन एक साता लाग्ने

२३ असार, काठमाडौं । बिहीबार बिहान चरा ठोक्किएर ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको जहाज मर्मत गर्न १ साता लाग्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरबस ३२० जहाज विहान १०:०५ बजे हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा आएर ठोक्किएको थियो । चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रूपमा रोकिएको थियो । जहाजमा ५८ प्यासेञ्जर र ८ जना चालक दलका […]

हानले त्रिभुवन विमानस्थलमा सुन्दर बगैंचा बनाउने

२३ जेठ, काठमाडौं । होटल संघ नेपाल (हान)ले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय वमिानस्थल प्रवेशद्धारमा बागबगैंचा तथा सारसज्जा गरी सुसज्जित बनाउने भएको छ । हानले आफ्नो पचासौं वर्ष गाँठको अवसर पारेर १० लाख भन्दा बढी लगानीमा बगैंचा बनाउन लागेको हो । नेपाल भित्रिने पर्यटकहरुको स्वागतका लागि बगैंचा बनाउन लागेको हानको भनाई छ । यस विषयमा प्रथम […]

माइक्रोवेभमा लुकाएर सुन ल्याउने विदेशी विमानस्थलबाटै पक्राउ

१२ जेठ, काठमाडौं । साढे तीन किलो अवैध सुनसहित भारतीय मुलका सिंगापुरीयन नागरिक  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । मंगलबार राती करिब ९ बजे मालिण्डो एयरबाट मलेसियाको कोलालम्पुर हँदै नेपाल आइपुगेका मारुजैन सेलभान साढे तीन किलो सुन सहित पक्राउ परेको विमानस्थलका भन्सार प्रमुख योगेन्द्र भट्टचनले बताए । विमास्थलमा भन्सार सेलभानले बोकेको झोला एक्सरे मेसिनमा […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु विश्रामगृहको उदघाटन

५ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ‘यात्रु विश्राम गृह’को उदघाटन गरेका छन् । विश्रामगृहको उदघाटन गर्दै मन्त्री पोखरेलले यसअघिको हलमा यात्रुलाई आवतजावत गर्न साँधुरो भएकाले फराकिलो ठाउँमा विश्राम गृह बनाइएपछि यात्रुलाई आवतजावतमा सहजता हुने बताए । रु ११ करोड ५६ हजार ६८० को लागतमा […]

विमानस्थलभित्र ठेक्काको म्याद थपिएकोमा संसदीय समितिको आपत्ति

३१ वैशाख, काठमाडौं । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार सम्बन्धमा विभिन्न ठेक्काको म्याद बढाइएकामा आपत्ति जनाउँदै छानविन गरेर दोषी कर्मचारीमाथि कारवाही गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले शुक्रबार पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, सचिव प्रेमकुमार राई लगायतलाई बोलाएर छलफल गरी सम्झौतामा तोकिएको समयसीमा अनुसार काम गर्नुको साटो ठेक्काको म्याद […]

अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ४५ मिनेटमै दिने दावी

२४ वैशाख, काठमाडाैं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन् ।  विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए । जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो । तर अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका […]