Comments Add Comment

दयाहाङ राइ

List Grid
‘भैरे’मा दयाको जोडी सुरक्षा, बर्षा वुद्धिकी प्रेमिका

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘भैरे’को आज घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरियो । यो चलचित्रको शिर्ष भूमिकामा नायक दयाहाङ राई देखिदैछन् । दयालाई चलचित्रमा सुनिल थापा, वुद्धि तामाङ, विक्रान्त बस्नेत, बर्षा सिवाकोटी, सुरक्षा पन्त, जाहन्वी बोहराले साथ दिनेछन् । यो चलचित्रमा दयाको […]

‘तान्द्रो’मा दयाहाङको उत्कृष्ट अभिनय

केही दिन अगाडि आयोजना गरिएको एक कार्यक्रममा कलाकार निर शाहले भनेका थिए कि-‘दयाहाङ जस्ता कलाकार ५० बर्षमा एकपटक जन्मन्छन् । जसले, अभिनयको रुप नै बदलिदिन्छिन् ।’ शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘तान्द्रो’को प्रिमियरमा नायक दयाहाङ राइको अभिनय हेरेपछि धेरैले निर शाहको उक्त भनाई संझिए । चलचित्रको पुरा अंशमा अधिकांश समय दयाहाङ फ्रेममा एक्लै छन् । […]

दयाको यस्तो रुपले ‘फाटेको जुत्ता’ प्रति बढायो कौतुहलता

चलचित्र ‘फाटेको जुत्ता’मा नायक दयाहाङ राइको पनि अभिनय रहेको खुलेको छ । निर्माणपक्षले अहिलेसम्म दयालाई चलचित्रको प्रचारबाट अलग राख्दै आएको थियो । तर, चलचित्र रिलिज हुन ३ दिन मात्र बााकी रहेको समयमा दयाहाङको फरक भूमिका सार्वजनिक गरिएको हो । यो चलचित्रको पोष्टरमा दयालाई देविको अवतारमा देखाइएको छ । यसैले पनि उनको चलचित्रमा विशेष र रमाइलो […]

‘चेप्टे चेप्टे पेरुङ्गो’को कुरा गर्दै दया र दीया

चलचित्र ‘ह्याप्पी डेज’को एक लोक शैलीको गीतको भिडियो रिलिज गरिएको छ । नेपाली चलचित्रमा लोकलयका गीतहरु समावेश भैरहेको समयमा निर्देशक मिलन चाम्सले पनि आफू निर्देशित यो चलचित्रमा लोक भाकालाइ नै समावेश गरेका छन् । ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत दशैं तथा तिहारमा घर–घरमा घन्किने अड्कल लगाउन सकिन्छ । यो गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको […]

स्वेताको साथले अनुलाइ उठ्ने मौका

नायिका स्वेता खड्काको निर्माण तथा अभिनयमा तयार भैरहेको चलचित्र ‘कान्छी’को हाल धमाधम छायांकन भैरहेको छ । मुस्ताङमा छायांकन भैरहेको यो चलचित्रलाइ आकाश अधिकारीले निर्देशन गरिरहेका छन् । नायक दयाहाङ राइ चलचित्रमा स्वेताको जोडीको रुपमा देखिएका छन् । यो चलचित्रमा नायिका अनु शाहको पनि मुख्य भूमिका छ । गाउँकी ‘कान्छी’को साथीको भूमिकामा अनु देखिएकी छिन् । […]

दया र दियाको प्रेममा ‘ओखती’

पछिल्लो समय नेपाली चलचित्रका गीतसंगीतले दर्शकको मन छोएका छन् । लोकशैलीका हुन् या प्रेमका भाषा बोल्ने गीतसंगीत नै किन नहुन्, दर्शकले नेपाली चलचित्रका गीतलाइ अत्यन्तै माया गरिरहेका छन् । दर्शकले अब अर्को एक गीतलाइ पनि मन पराउने देखिएको छ । पौष २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’मा समावेश ‘ओखती’ बोलको गीतको भिडियो सार्वजनिक […]

यस्तो छ दया र बर्षाको ‘मिस्टर झोले’को फस्टलुक

चलचित्र ‘मिस्टर झोले’को प्रदर्शन मितिसँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । केही बर्ष अगाडि बनेको चलचित्र ‘झोले’को नाममा ‘मिस्टर’ थपेर तयार पारिएको यो चलचित्रलाइ रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु दयाहाङ राइ, दीया पुन, बर्षा राउत, वुद्धि तामाङ, प्रविण खतिवडालाइ देखाइएको छ । चलचित्रमा पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, सरोज […]

अस्कर अवार्डका लागि ‘सेतो सूर्य’को छनोट

चलचित्र ‘सेतो सूर्य’ले यसबर्षको ‘अस्कर अवार्ड’मा नेपाली चलचित्रको प्रतिनिधित्व गर्ने भएको छ । दीपक रौनियारको निर्देशनमा तयार भएको यो चलचित्रले ‘विदेशी भाषी विधातर्फ’ अस्कर अवार्डमा प्रतिस्पर्धा गर्नेछ । अस्करको नेपाल छनोट टिमले यो चलचित्रलाइ विश्वकै सवैभन्दा प्रतिष्ठित अवार्डको प्रतिस्पर्धामा पठाउने निर्णय गरेको हो । अस्कर अवार्डका लागि नेपाली चलचित्र ‘बिजुली मेसिन र सेतो सूर्य’ले निवेदन […]

दया र शान्तीको ‘नीरफूल’, रेखा विशेष भूमिकामा

चलचित्र ‘नीरफूल’को ७० प्रतिशत छायांकन सकिएको यसको निर्माणपक्षले बताएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले माघ महिनामा चलचित्र रिलिज गर्ने तयारी गरिएको जानकारी दिएको छ । संचारकर्मी, कवि एवं कथाकार फूलमान बलले यो चलचित्रको निर्देशन गरेका हुन् । भूकम्पले छिन्नभिन्न बनाएको एक परिवारले पूर्नमिलनको लागि गर्ने संघर्षको कथालाइ यो चलचित्रले उठान गरेको […]

‘समर लभ’का कारण नम्रताले छाडिन् ‘कान्छी’

केही समय अगाडि नायिका नम्रता सापकोटाले आफू चलचित्र ‘कान्छी’मा अनुवन्धित भएको बताएकी थिइन् । नायिका स्वेता खड्काले निर्माण गर्न लागेको यो चलचित्रमा अनुवन्धित भएको भन्दै अनलाइनखबरसँग नम्रताले खुशी पनि व्यक्त गरेकी थिइन् । तर, उनै नायिकाले अब यो चलचित्र छाडेको बताएकी छिन् । नम्रताले चलचित्र ‘समर लभ’का कारण आफूले ‘कान्छी’ छाडेको बताएकी छिन् । उनले […]

दयाहाङ राइ, के रिजर्भ बस्दैछन् ?

नायक दयाहाङ राइलाई चलचित्र क्षेत्रको एउटा प्रवृत्तीले केही बर्ष लखेट्यो । दयाले चलचित्र ‘लुट’मा अभिनय गरेपछि धेरैले उनीबाट त्यस्तै अभिनयको खोजी गरे । दया पनि बजारमा सोही शैलीमा अगाडि बढे । अफर आएका कुनै पनि चलचित्र छाडेनन् । एकपछि अर्को सबै चलचित्रमा काम गरे । तर, दयाहाङले बजारले आफूलाई एउटै शैलीमा लेखेटको पत्तो नै पाएनन् […]

हलमा कस्तो बल्यो ‘लाल्टिन’ ?

शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको चलचित्र ‘लाल्टिन’ले शनिबार राम्रो व्यापार गरेको यसका निर्माता भानु प्रतापले जानकारी दिएका छन् । शुक्रबार राम्रै सुरुवात गरेको चलचित्रले शनिबार पनि हलमा दर्शक तानेको निर्माणपक्षले बताएको छ । शुक्रबार र शनिबार दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि आइतबारबाट वर्ड अफ माउथका कारण दर्शक बढ्ने विश्वास गरिएको छ । काठमाण्डौका मल्टिप्लेक्स र सिंगल […]

‘लाल्टिन’ रिलिज, दया र प्रियंकाको स्टारडमको परिक्षा

पछिल्ला बर्षहरुमा नायक दयाहाङ राइको स्टारडम खस्किएको चर्चा नेपाली चलचित्र बजारमा हुन थालेको छ । अफर आएका सबै चलचित्रमा काम गरेकै कारण दयाको चलचित्रप्रति दर्शकमा कौतुहलता हराएको विश्लेषण हुन थालेको छ । धेरै हदसम्म यो सही पनि हो । तर, निर्माता भानु प्रताप भने उनै दयाको स्टारडम र फ्यान क्रेजमा विश्वस्त छन् । उनी निर्मित […]

नयाँ बर्षमा ३ चलचित्र रिलिज , कसमा कति छ दम ?

आजबाट नयाँ बर्ष २०७४ नेपालीहरुको घरमा प्रवेश गरेको छ । नयाँ बर्षको मौका छोपेर आजबाट ३ जना निर्माताले चलचित्र रिलिज गरेका छन् । आजबाट नेपालभरिका हलमा ‘राधे, लभ लभ लभ र घामपानी’ रिलिज भएको छ । नायिका प्रियंका कार्की र नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ले वेपत्ता पारिएका नागरिकको कथालाई उठान गरेको छ […]

‘घामपानी’को विशेष शो, दुइ जातको कथामा कति जम्यो दया-केकीको जोडी ?

भोलि शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘घामपानी’को विशेष प्रदर्शन आज काठमाण्डौको बीग मुभिजमा गरिएको छ । चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकारहरुको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राइ पनि चलचित्रको शोमा पुगेका थिए । संचारकर्मी दीपेन्द्र लामाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा दयाको साथमा केकी अधिकारीको मुख्य भूमिका छ । चलचित्रले तामाङ […]

नुहाउँदा बाथरुममा के-के गर्छु, मलाई मात्र थाहा छः प्रियंका कार्की

नायिका प्रियंका कार्कीलाई वैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राधे’को खुबै प्रतिक्षा छ । उनी, यो चलचित्रमा आफ्नो भिन्न भूमिका रहेको र मिहिनेत गरेको सुनाउँछिन् । उनै, प्रियंकाले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा निकै खुलेर कुरा गरिन् । प्रियंकाले आफूले धेरै काम गर्ने तर खानामा वेवास्ता गर्ने भएकाले पनि बारम्बार बेहोस हुने गरेको खुलाइन् […]

हलमा पुगे दयाहाङ, ‘लप्पन छप्पन’को व्यापार कस्तो छ ?

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘लप्पन छप्पन’ले शनिबार केहि सुखद व्यापार गरेको छ । शुक्रबार ५० प्रतिशतको ओपनिङ गरेको चलचित्रले शनिबार बिदाको दिनमा भने केहि सुखद व्यापार गर्‍यो । चलचित्रको शनिबार ७० देखि ८५ प्रतिशतसम्मको अकुपेन्सी रहेको निर्माणपक्षको दाबी छ । हुनत, वितरक गोविन्द शाही चलचित्रले शनिबार सबै हलमा हाउसफूलको व्यापार गरेको बताउँछन् । तर, गोविन्द […]

दया र केकी विना नै ‘घामपानी’को ट्रेलर रिलिज

काठमाण्डौको क्यूज हलमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुनेछ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र दयाहाङ राइविचको प्रेम देखाइएको छ । २ फरक जातका यूवा यूवतीको प्रेम कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा […]

‘लप्पन छप्पन’को ‘लैजा माया पोको पारेर’मा निश्चलको स्वर

चैत्र ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन’मा समावेश ‘लैजा माया पोको पारेर’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो भिडियोमा चलचित्रका मुख्य २ कलाकार सौगात मल्ल र दयाहाङ राइलाई फिचर गरिएको छ । गीतमा निर्देशक निश्चल बस्नेतको स्वर छ । साथमा, गीतको भिडियोमा निश्चललाई पनि देख्न सकिनेछ । गीतमा दीपक आरजेको शब्द […]

स्वेताले ‘कान्छी’ बनाउने, दयाहाङ हुनेछन् पर्दाका जोडी

नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्रका नाम तय गरिएको छ । चलचित्र ‘कोहिनुर’ पछि स्वेताले बनाउन लागेको चलचित्रको नाम ‘कान्छी’ राखिएको छ । कुनै पनि चलचित्र निर्माण भएको १० बर्षपछि सोहि नाममा नयाँ चलचित्र बनाउन पाउने प्रावधान छ । चलचित्रको शिर्ष भूमिका नायिका खड्का रहनेछिन् । उनीसँगै चलचित्रमा नायक दयाहाङ राइले अभिनय गर्ने पक्का […]

प्रियंका र दयाहाङको प्राेडक्शन कम्पनी खोल्ने योजना पछि सर्‍यो

नायिका प्रियंका कार्की र नायक दयाहाङ राइको निकटताको चर्चा त नेपाली चलचित्र बजारमा खुबै छ । दया र प्रियंकाले एकपछि अर्को चलचित्रमा काम गरेपछि यी दुइको निकटताको चर्चा सुरु भएको हो । चलचित्र ‘झोले’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका हुन् । गतबर्ष यो जोडीले चलचित्र प्रोडक्शन कम्पनी खोल्ने बताएको थियो । अनलाइनखबरसँगको कुराकानीमै […]