Comments Add Comment

दीपाश्री निरौला

List Grid
धुमधामले जन्मदिन मनाउने तयारीमा थिए भिमबहादुर

२०५० सालतिर सामाजिक चेतनामुलक टेलिश्रृंखला ‘देवी’ मा अभिनय गर्ने क्रममा दीपाश्री निरौलाको पहिलो भेट भएको थियो भिमबहादुर थापासँग । सो टेलिश्रृंखलामा उनको बुवाको भूमिका निर्वाह गरेका भिमबहादुरलाई दीपाश्रीले अन्ततः वास्तविक जीवनमा बुवाकै रुपमा पाइन् । ‘चिनेदखि नै उहाँले मलाई छोरीको व्यवहार गर्नुभयो, माया दिनुभयो,’ दीपाश्री भन्छिन् । देवीपछि हास्य टेलिश्रृंखला ‘तितो सत्य’ मा पनि लामो […]

करिश्मादेखि साम्राज्ञीसम्म सम्मानित

चलचित्र विकास बोर्डले आयोजना गरेको ‘महिला सशक्तिकरणका लागि सूचनाको हक अभिमुखिकरण तथा प्रशिक्षण कार्यशाला’मा विभिन्न महिला चलचित्रकर्मीलाई सम्मानित गरिएको छ । कार्यक्रममा बोल्ने अधिकांश चलचित्रकर्मीहरुले महिला कलाकार सशक्त हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले, कलाकारहरु नेपाली जनताका लागि रोल मोडल भएको बताए । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा यो कार्यक्रम आयोजना भएको थियो […]

‘छक्का पन्जा ३’ मा दीपक र दीपिकाको यस्तो गेटअप

शुक्रबारदेखि चलचित्र ‘छक्का पन्जा ३’को छायांकन सुरु भएको थियो । छायांकन सुरु भएको केही दिनमै विभिन्न लोकेशनका दृश्य कैद गरिएको छ । चित्लाङ र दमौलीमा चलचित्रको छायांकन गरेर यसको छायांकन टोली आज बाग्लुङतर्फ लागेको छ । निर्देशक दीपाश्री निरौलाका अनुसार अब बाग्लुङ र त्यसपछि पोखरामा चलचित्रको छायांकन हुनेछ । चलचित्रको छायांकन सेटमा अहिले मुख्य कलाकार […]

‘शत्रु गते’को ५१ दिने सेलिव्रेशन, प्रियंका र आँचलको यस्तो दोस्ती

चैत्र ९ गतेबाट रिलिज भएको चलचित्र ‘शत्रु गते’ले काठमाण्डौका विभिन्न ८ वटा हलमा ५१ दिन मनाएको छ । चलचित्र प्रदर्शनको ५१ दिनको अवसर पारेर यसको निर्माणपक्षले ललितपुरको इमाडोलमा रहेको एक ब्याङ्केटमा धन्यवाद ज्ञापनको कार्यक्रम आयोजना गरेको छ । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको यो चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकृष्ण […]

‘छक्का पन्जा ३’का लागि दीपकको मिहिनेत, यसकारण सर्यो सुटिङ

चलचित्र ‘छक्का पन्जा ३’को छायांकन अहिले धमाधम भैरहेको हुनुपर्ने हो । तर, यसको निर्माण टोली अझै छायांकनमा जान सकेको छैन । चलचित्रका लागि सबै कलाकार छन् । वैशाख १७ गतेदेखि छायांकन सुरु गर्ने योजना असफल भयो । आखिर किन त ? चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले भने–‘कथावस्तु केही चित्त वुझेन । यसकारण फेरि फाइनल […]

‘छक्का पन्जा ३’मा मुख्य नायिका दीपिका, प्रियंकाको भूमिका के ?

सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि नायिका फाइनल गरिएको छ । लामो समयको कसरतपछि यसको निर्माणपक्षले चलचित्रका लागि नायिका फाइनल गरेको हो । यसपटक, चलचित्रमा मुख्य नायिकाको रुपमा ‘ऐश्वर्य’ डेब्यू नायिका दीपिका प्रसाई फाइनल भएकी छिन् । योसँगै यसअगाडिको सिरिजकी मुख्य नायिका बर्षा राउत यो क्याम्पबाट बाहिरिएकी छिन् । नायिका प्रियंका कार्कीलाई भने […]

‘सत्रु गते’ हेर्न प्रधानसेनापति हल पुगे, बन्यो यस्तो रेकर्ड

चलचित्र ‘सत्रु गते’ले रिलिज भएको दोश्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्र हेर्नका लागि अहिले देशका विभिन्न क्षेत्रका व्यक्तिहरु लालयित पनि देखिएका छन् । केहि दिन अगाडि मात्र पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवारसहित चलचित्र हेरेका थिए । अब, प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले पनि परिवारसहित चलचित्र हेरेका छन् । उनले, काठमाण्डौको क्यूज हलमा […]

प्रधानमन्त्री निवासमा कलाकारका लागि दिवा भोज(फोटो फिचरसहित)

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलचित्रकर्मी, नाट्यकर्मी तथा संगीतकर्मीका लागि दिवा भोजको आयोजना गरिएको छ । शुक्रबार बेलुकी काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘दोश्रो फान अवार्ड’का विजेता, कलाकार, पत्रकारका लागि दिवा भोजको आयोजना गरिएको हो । प्रधानमन्त्रीको निमन्त्रणामा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकर्मी बालुवाटार पुगेका थिए । हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, […]

‘सत्रु गते’ हिट भएपछि केक काटेर मनाइयो खुशियाली

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सत्रु गते’ले व्यापारिक रुपमा सफलता हासिल गरेपछि यसको निर्माणपक्षले खुशीयाली साटेको छ । काठमाण्डौको बीग मुभिजमा आयोजना गरिएको कार्यक्रममा यसको निर्माण टिमले केक काटेर खुशियाली मनायो । चलचित्रका वितरकहरुले यो कार्यक्रमको आयोजना गरेका थिए । चलचित्रले वुधबारसम्म काठमाण्डौबाट ३ करोड २५ लाखको ग्रस कलेक्शन गरेको यसका वितरक गोपाल कायस्थले जानकारी दिए […]

‘शत्रु गते’लाई ३ दिनमै ३ करोड, तर तोडिएन ‘छक्का पन्जा २’को रेकर्ड

शनिबार र आइतबार परेको सार्वजनिक बिदाको राम्रो सदुपयोग गरेको चलचित्र ‘सत्रु गते’ले ३ दिनमा आक्रामक कलेक्शन गरेको छ । शुक्रबार ७० लाख आसपासको कलेक्शन गरेको यो चलचित्रले शनिबार र आइतबार बम्पर व्यापार गर्‍यो । निर्माता किरण केसीका अनुसार, चलचित्रले शनिबार देशभरबाट १ करोड ४३ लाखको व्यापार गरेको छ । आइतबार बिदाको दिनमा पनि चलचित्रको व्यापार […]

‘शत्रु गते’को क्रेज मल्टिप्लेक्समा बढी, हल-हलमा पुगे कलाकार (फोटो तथा भिडियोसहित)

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘शत्रु गते’को व्यापारलाई लिएर यसको निर्माणपक्ष र टिम खुशी देखिएको छ । चलचित्रको प्रतिक्रिया वुझ्न शनिबार बिहानदेखि नै कलाकारको जम्बो टोली हल-हलमा पुगेको हो । निर्माता तथा मुख्य कलाकार हरिवंश आचार्य, नायिका प्रियंका कार्की, कलाकार दीपाश्री निरौला, नायक पल शाह र नायिका आँचल शर्मा, निर्देशक प्रदिप भट्टराई, निर्माता किरण केसी काठमाण्डौको […]

फिल्म समीक्षाः दीपकको ‘हिरोइज्म’ अघि पल र आँचल कमजोर

फिल्मः शत्रुगते निर्देशकः प्रदीप भट्टराई कलाकारः मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा आदि । केही कुरा प्रतीक्षित थिए, मह जोडीको फिल्मी पुनरागमन । ‘जात्रा’ निर्देशकको अर्को फिल्मी खुराक । दीपकराज गिरी-दीपाश्री निरौलाको फिल्मी फर्मूला । शुक्रबारदेखि प्रतीक्षाको घडी सकिएको छ । मल्टिस्टारर फिल्म ‘शत्रु गते’ हलमा चढिसकेको […]

‘शत्रु गते’लाई मल्टिप्लेक्समा उच्च शो, बुकिङ पनि सुखद

भोलीबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘शत्रु गते’को बुकिङ आक्रामक देखिएको छ । चलचित्र रिलिज अगाडि नै देशभरका मल्टिप्लेक्समा खोलिएको बुकिङमा दर्शकको उत्साह देखिएको छ । केहि महिनादेखि दर्शक हलमा नपुग्दा चलचित्र क्षेत्र नै निराश देखिएको छ । यो निराशाको बादललाई हटाउने काम ‘सत्रु गते’ले गर्ने अपेक्षा गरिएको छ । यो चलचित्रले क्युएफएक्स च्यानल […]

पशुपतिको बाँदरले जति नै बदमाशी गरेकी छु: दीपाश्री

हास्य अभिनेत्री दीपाश्री निरौला अहिले सत्रु गते रिलिज हुने प्रतिक्षामा छिन् । यो फिल्म भोलीबाट देशभर रिलिज हुँदैछ । पछिल्लो समय फिल्म निर्देशकका रुपमा समेत आफूलाई चिनाएकी दीपाश्री अहिलेसम्म अविवाहित छिन् । उनलाई सबैभन्दा धेरै सोधिने प्रश्न हो, विवाह कहिले गर्ने ? अनलाइनखबरसँगको कुराकानीमा उनले यस्तो प्रश्नबाट आजित बनेको संकेत गरिन् । अरु पनि रमाइला कुरा […]

कस्तो रह्यो ‘शत्रु गते’को मोफसल टुर ?

गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ले काठमाण्डौ बाहिरका विभिन्न शहरमा चलचित्रको प्रचार सकेको छ । आउँदो चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई लिएर काठमाण्डौ बाहिरका दर्शक उत्साहित रहेको निर्माणपक्षले जानकारी दिएको छ । ‘मह शत्रु गते यात्रा’ नाम दिएर सुरु गरिएको टुरमा चलचित्रका निर्माता तथा कलाकार हरिवंश आचार्य , प्रस्तुतकर्ता किरण […]

‘शत्रुगते’को कन्सर्टमा दर्शकको घुँइचो

यतिबेला चलचित्र ‘शत्रुगते’को टिम मोफसल दौडमा छ । फागूण ३० गतेसम्म चल्ने सांगीतिक टुरमा चलचित्रका मुख्य कलाकार सहभागी छन् । फागूण २३ गतेबाट कन्सर्ट सुरु भएको हो । चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, निर्माता किरण केसी यो टुरमा सहभागी छन् । हेटौडाबाट सुरु भएको कन्सर्ट पोखरासम्म सकिएको […]

एक नम्बर ट्रेन्डिङमा ‘शत्रु गते’को ट्रेलर

सार्वजनिक भएको करिब १८ घन्टामै चलचित्र ‘शत्रु गते’को ट्रेलरले युटुबको नेपाल ट्रेन्डिङमा पहिलो स्थान ओगट्न सफल भएको छ । मल्स्टिार कलाकारको अभिनय रहेको यो चलचित्रको ट्रेलरलाई १ दिनमा ४ लाख भन्दा बढी पटक पनि हेरिएको छ । प्रदिप भट्टराइले निर्देशन गरेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, प्रियंका कार्की, […]

शिवरात्रीमा भाङ खाँदा दीपाश्रीले एक कुकर भात रित्याइन् !

अभिनेत्री दीपाश्री निरौला भाङ भनेपछि १२ हात पर भाग्छिन् । यसको कारण हो, पहिलोपटक भाङ खाँदाको अनुभव । आखिर के भएको रहेछ त्यतिबेला ? सुनौं उनकै मुखबाट: त्यतिबेला करिब १५-१६ वर्षकी थिएँ । शिवरात्रीको दिन घरमै भाङको घट्टा (दूधमा भाङ, चिनी, सुकुमेल आदि हालेर बनाइने झोल) बनाइएको थियो । बिहान खालीपेटमा परिवारका सबै सदस्यले बाँडेर […]

‘सत्रु गते’को ‘पिरतिको बर्को’ गीत रिलिज, कति सुहायो आँचल र पलको केमेष्ट्री ?

नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई दर्शकले पर्दामा रुचाएका छन् । बाहिरि दुनियाँमा समेत प्रेमको रंगमा घोलिएको यो जोडी अभिनित चलचित्र ‘सत्रु गते’ चैत्र ९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश ‘पिरतिको बर्को’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतलाई संगीतकार कालिप्रसाद बाँस्कोटाले फरक शैलीमा तयार पारेका छन् । गीतमा पल […]

मैदानमा सुनिलदेखि दीपाश्रीको फुटबल मोह(फोटो फिचरसहित)

नेपाल टेलिभिजनको बाषिर्कोत्सवको अवसर पारेर नेपाली चलचित्रका कलाकार र टेलिभिजनका कर्मचारीले मैत्रीपूर्ण फुटबल खेलेका छन् । सिंहदरबारभित्र आयोजना भएको खेलमा दुबै टिमले बराबरी खेल खेलेका छन् । दुबै टिमबाट २-२ गोल भएको छ । कलाकारहरुको तर्फबाट सुनिल थापा, दीपाश्री निरौला, लक्ष्मी गिरी, धिरेन शाक्य, सलोन बस्नेत, सरिता लामिछाने, कविता शर्मा, शंकर बीसी, यूवराज चौलागाई लगायतले […]

रिलिज अगावै ‘सत्रु गते’ले कमायो १ करोड ११ लाख

चलचित्रको निर्माण राम्रोसँग गर्ने हो र एउटा ब्रान्ड बनाउन सक्ने हो भने निर्माता घाटामा जाँदैनन् भन्ने उदाहरण पछिल्ला केहि चलचित्रले प्रस्तुत गरिसकेका छन् । हाइलाइट्स नेपालले ९५ लाखमा चलचित्र ‘छक्का पन्जा २’को ओभरसिज र डिजिटल राइट्स खरिद गरेको थियो । हाइप बनाएका चलचित्रलाई वितरकले एमजी (मिनिमम ग्यारेन्टी) पनि दिन थालेका छन् । यसैविच, चैत्र ९ […]