Comments Add Comment

दीपाश्री निरौला

List Grid
शिवरात्रीमा भाङ खाँदा दीपाश्रीले एक कुकर भात रित्याइन् !

अभिनेत्री दीपाश्री निरौला भाङ भनेपछि १२ हात पर भाग्छिन् । यसको कारण हो, पहिलोपटक भाङ खाँदाको अनुभव । आखिर के भएको रहेछ त्यतिबेला ? सुनौं उनकै मुखबाट: त्यतिबेला करिब १५-१६ वर्षकी थिएँ । शिवरात्रीको दिन घरमै भाङको घट्टा (दूधमा भाङ, चिनी, सुकुमेल आदि हालेर बनाइने झोल) बनाइएको थियो । बिहान खालीपेटमा परिवारका सबै सदस्यले बाँडेर […]

‘सत्रु गते’को ‘पिरतिको बर्को’ गीत रिलिज, कति सुहायो आँचल र पलको केमेष्ट्री ?

नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई दर्शकले पर्दामा रुचाएका छन् । बाहिरि दुनियाँमा समेत प्रेमको रंगमा घोलिएको यो जोडी अभिनित चलचित्र ‘सत्रु गते’ चैत्र ९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश ‘पिरतिको बर्को’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतलाई संगीतकार कालिप्रसाद बाँस्कोटाले फरक शैलीमा तयार पारेका छन् । गीतमा पल […]

मैदानमा सुनिलदेखि दीपाश्रीको फुटबल मोह(फोटो फिचरसहित)

नेपाल टेलिभिजनको बाषिर्कोत्सवको अवसर पारेर नेपाली चलचित्रका कलाकार र टेलिभिजनका कर्मचारीले मैत्रीपूर्ण फुटबल खेलेका छन् । सिंहदरबारभित्र आयोजना भएको खेलमा दुबै टिमले बराबरी खेल खेलेका छन् । दुबै टिमबाट २-२ गोल भएको छ । कलाकारहरुको तर्फबाट सुनिल थापा, दीपाश्री निरौला, लक्ष्मी गिरी, धिरेन शाक्य, सलोन बस्नेत, सरिता लामिछाने, कविता शर्मा, शंकर बीसी, यूवराज चौलागाई लगायतले […]

रिलिज अगावै ‘सत्रु गते’ले कमायो १ करोड ११ लाख

चलचित्रको निर्माण राम्रोसँग गर्ने हो र एउटा ब्रान्ड बनाउन सक्ने हो भने निर्माता घाटामा जाँदैनन् भन्ने उदाहरण पछिल्ला केहि चलचित्रले प्रस्तुत गरिसकेका छन् । हाइलाइट्स नेपालले ९५ लाखमा चलचित्र ‘छक्का पन्जा २’को ओभरसिज र डिजिटल राइट्स खरिद गरेको थियो । हाइप बनाएका चलचित्रलाई वितरकले एमजी (मिनिमम ग्यारेन्टी) पनि दिन थालेका छन् । यसैविच, चैत्र ९ […]

‘सत्रु गते’को ‘रुपै मोहनी’ सार्वजनिक

चैत्र ९ गतेबाट रिलिज हुने चलचित्र ‘शत्रु गते’को पहिलो गीत रिलिज गरिएको छ । ‘रुपै मोहनी’ बोलको गीत छायांकनदेखि नै चर्चामा थियो । अंग्रेजी नयाँ बर्षको अवसर पारेर गीत सार्वजनिक गरिएको निर्माणपक्षले बताएको छ । लोकराज अधिकारीको शब्द, टंक वुढाथोकीको संगीत, मिना निरौला र टंककै स्वर रहेको गीत लोकलयमा तयार पारिएको छ । कविराज गहतराजको […]

दीपकको जोडी प्रियंका मात्र किन ?

चर्चित हाँस्य सिरियल ‘तितो सत्य’ ५ सय भाग भन्दा बढी प्रशारण भयो । यो सिरियल प्रशारण भैरहँदा हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई धेरैले रियल लाइफको जोडीकै रुपमा माने । उनीहरुको छाप दर्शकमा यस्तो परिसकेको थियो कि, पर्दाको हिट जोडी रियल लाइफकै जोडी हो भन्ने सोच धेरै मानिसमा पर्‍यो । ‘तितो सत्य’ बन्द […]

‘सत्रु गते’को ‘रुपै मोहनी’ बोलको गीतमा दीपादेखि आँचलको छमछमी

काठमाण्डौको चिसोको प्रवाहा नगरि चलचित्र ‘सुत्र गते’का कलाकारले एक गीतको भिडियोको छायांकन सकेका छन् । ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा चलचित्रका सबैजसो कलाकारलाई फिचरिङ गरिएको छ । काठमाण्डौको चावहिलमा रहेको समता अस्पताललाई झिलिमिली बनाएर गीतको छायांकन गरियो । टंक वुढाथोकीले तयार पारेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । मिना निरौला र टंक […]

‘छक्का पन्जा’ टिमलाई ऋचाको यस्तो जवाफ

आइतबार बेलुकीदेखि चर्किएको चलचित्र ‘छक्का पन्जा’ टिम र नायिका ऋचा शर्माविचको वाकयुद्ध अझै सकिएको छैन । एकले जवाफ दिने र अर्काले फेसबुक मार्फत नै फर्काउने क्रम चलिरहेको छ । यसले चलचित्र क्षेत्रलाई फाइदा भन्दा घाटा नै बढी भएको छ । विस्तारै, फराकिलो बन्दै गएको चलचित्र क्षेत्र चलचित्रकर्मीविच कै युद्धले साँघुरिने कुरामा दुइमत छैन । चलचित्र […]

ऋचाले ‘छक्का पन्जा’ हेर्ने दर्शक मूर्ख भनेपछि दीपक-दीपाको यस्तो आक्रोश

निर्वाचनका कारण केही दिनदेखि सुस्ताएको चलचित्र क्षेत्र फेरि नायिका ऋचा शर्माको एक भनाइसँगै तातेको छ । लामो समयदेखि गसिपको दुनियाँबाट हराएकी नायिका शर्मालाई पनि फेरि उनकै भनाइले लाइमलाइटमा ल्याइदिएको छ । नायिका ऋचा शर्माले एक गोष्ठीमा चलचित्रको बिषयमा कुरा गर्ने क्रममा ‘छक्का पन्जा’ र यसकी निर्देशक दीपाश्री निरौलामाथि प्रश्न उठाइन् । उनले त, चलचित्र हेरेर […]

हरिवंश र दीपाको यस्तो प्रेम

हाँस्य कलाकार हरिवंश आचार्य र दीपाश्री निरौला चलचित्र ‘सत्रु गते’मा श्रीमान् श्रीमतिको भूमिकामा छन् । यो चलचित्रको हाल धमाधम काठमाण्डौमा छायांकन भैरहेको छ । चलचित्रको एक तस्बिर यो चलचित्रका अर्का कलाकार दीपकराज गिरीले सार्वजनिक गरिदिएका छन् । जुन, तस्बिरमा मुख्य कलाकार हरिवंश आचार्य र दीपाश्री निरौलाको रोमान्टिक अवतार देख्न सकिन्छ । उनले हरिवंशलाई ‘अभिनयका खानी’ […]

दीपासँग प्रियंकाले पुरा गरेको एउटा सपना

नायिका प्रियंका कार्कीले दीपाश्री निरौलाको निर्देशनमा २ वटा चलचित्रमा काम गरिन् । यो चलचित्रमा दीपासँग पर्दा शेयर गर्ने उनको चाहना भने पुरा हुन सकेन । कारण, चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’मा दीपाश्री निर्देशक थिइन् भने प्रियंका नायिका । तर, अब एक चलचित्रले भने प्रियंकाको एउटा सपना साकार पारिदिएको छ । छायांकन भैरहेको चलचित्र […]

महको ‘सत्रु गते’मा हरिवंश र दीपाको जोडी, पल र आँचल पनि पर्दामा देखिदै

चलचित्र ‘सत्रु गते’को शुभसाइत गरिएको छ । काठमाण्डौको कमलादिस्थिती गणेश मन्दिरमा निर्माण यूनिटले पूजा गर्दै चलचित्रको छायांकन प्रारम्भ भएको घोषणा गरे । मह संचारको प्रस्तुती रहने चलचित्रलाई किरण केसीले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गर्दैछन् । प्रदिपले ‘जात्रा’ चलचित्र निर्देशन गरेर सफलता प्राप्त गरिसकेका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, […]

दीपाले भनिन्-‘म रेकर्ड तोड्न आएकी होइनँ’

चलचित्र ‘छक्का पन्जा २’ले नयाँ-नयाँ रेकर्डहरु राखिरहेको समयमा यो चलचित्रकी निर्देशक दीपाश्री निरौलाले भने फरक भनाई राखेकी छिन् । चलचित्र सुपरहिट भएपछि दर्शकलाई धन्यवाद दिन मोफसल दौडमा पुगेकी दीपाले दाङका पत्रकारहरुसँग भनिन्-‘म चलचित्र क्षेत्रमा कायम भएका रेकर्ड तोड्न नभई दर्शकको मन जित्न आएको हुँ ।’ चलचित्र पत्रकार संघ, दाङले आयोजना गरेको कार्यक्रममा दीपाले भनिन्-‘चलचित्र ‘छक्का […]

आगामी फूलपातिको दिन, ‘छक्का पन्जा ३’

चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’ले व्यापारिक रुपमा नयाँ रेकर्ड राखे । ‘छक्का पन्जा’सँग सर्वाधिक कमाउने चलचित्रको रेकर्ड मात्र बाँकी छ भने अन्य सबै रेकर्डलाई ‘छक्का पन्जा २’ले तोडिसकेको छ । दुबै चलचित्रबा मनग्गे मुनाफा भएपछि चलचित्रका निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला यो नामबाट बाहिरने मुडमा छैनन् । यसैले, अब चलचित्र ‘छक्का […]

अक्सिजन लगाएर ‘छक्का पन्जा २’ हेर्न पुगे मुम्बइमा के एन

असोज ११ गतेबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ले व्यापारमा नयाँ नयाँ रेकर्ड राखिरहेको छ । चलचित्र हेर्न देशभरकै हलमा दर्शकको भीड लागेको छ । तर, चलचित्र हेर्न सबै बर्गका दर्शक हलमा पुगेको देखिन्छ । मंगलबार बेलुकी ६ बजेको शो हेर्न कमलपोखरीमा रहेको सीटी सेन्टरमा अवस्थित बीग मुभिजमा एक वृद्ध पनि पुगे । उनको नाम […]

फेसियल हाउस उद्घाटनमा दीपादेखि दीपिकासम्म

सौन्दर्य सेवामा रहेको फेसियल हाउसले दशैको अवसर पारेर काठमाण्डौका दुइ भिन्न भिन्न स्थानमा आफ्नो शाखा विस्तार गरेको छ । बागबजार प्लाजामा संचालनमा आएको शाखाको उद्घाटन निर्देशक तथा कलाकार दीपाश्री निरौलाले गरिन् । यस्तै, सीटीसी मलको दोश्रो तल्लामा संचालित फेसियल हाउसको लक्जरी ब्राञ्चको उद्घाटन भने उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नायक रमेश उप्रेती, नायिका दीपिका […]

इटहरीमा दिपक र प्रियंकाले लगाए ‘झ्याम्म झ्याम्म’मा ठुम्का

चलचित्र प्रचारको लागि टुरमा निस्किएका चलचित्र ‘छक्का पन्जा २’का कलाकारले पूर्वको इटहरीमा दर्शकलाइ हसाँएका छन् । साथमा, चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, प्रियंका कार्की र बर्षा राउतले दर्शकलाइ नचाएका पनि छन् । ‘एक्सप्रेस कमेडी टुर’का क्रममा पूर्वबाट सुरु भएको यात्रा इटहरीमा पुग्दा अझै रोचक बन्यो । चलचित्रका मुख्य कलाकार जितु नेपाल र केदार घिमिरेले दर्शकलाइ […]

मस्ती टकः ‘जीम जान थालेपछि ‘हट’ भएँः बर्षा, मलाइ हिटलर भन्दा हुन्छः दीपा(भिडियो)

तपाइले चलचित्र ‘छक्का पन्जा २’को ‘नाइलनको सारी’ बोलको गीतमा किन सारी नलगाउनु भएको ? नायिका बर्षा राउतलाइ हामीले पहिलो प्रश्न यही नै सोध्यौ ? उनले यो एउटा ट्राभल गीत भएकाले पनि सारी लगाउन नमिल्ने बताइन् । उनले आफ्नो क्यारेक्टर पनि हाफ पाइन्ट नै लगाउने यूवतीको भएकाले सारी नलगाएको खुलाइन् । अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्ने […]

जम्बो टोलीसहित ‘छक्का पन्जा २’को ‘कमेडी टुर’ सुरु

बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ असोज ११ गतेबाट रिलिज हुँदैछ । दशैंको सप्तमीबाट सोलो रिलिज हुन लागेको यो चलचित्रलाइ लिएर दर्शकमा उत्साह र कौतुहलता दुबै छ । चलचित्रको निर्माणपक्षल राजधानी केन्दि्रत प्रचारलाइ अब मोफसलमा पनि अगाडि बढाउन लागेको छ । दशैंको समयमा काठमाण्डौमा बस्ने जनताहरु घर र्फकने भएकाले पनि काठमाण्डौ बाहिर चलचित्रले आक्रामक व्यापार […]

यस्तो छ ‘छक्का पन्जा २’को ट्रेलर

यो बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर रिलिज भएको छ । चलचित्रका यस अगाडिका २ वटा गीतले औषत प्रतिक्रिया पाएका कारण पनि यसको ट्रेलर सबैका लागि प्रतिक्षामा थियो । विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका […]

जन्मदिनमा दीपाश्रीलाइ भन्नुहोस् ‘ह्याप्पी बर्थ डे’

नेपाली चलचित्र क्षेत्रमा सफल महिला कलाकारहरुमा एक हुन्, दीपाश्री निरौला । उमेरले ४० बसन्त काटिसक्दा पनि दीपाश्री अविवाहित नै छिन् । उनै, अझै पनि उपयुक्त केटा नपाएको बताइरहेकी छिन् । तर, दीपाश्रीको चलचित्र यात्रा भने सफलताको साथ अगाडि बढिरहेको छ । उनी निर्देशित पहिलो चलचित्र ‘छक्का पन्जा’ले नै रेकर्ड राखेपछि दीपाश्री सफल चलचित्रकर्मीको सूचीमा दहरिएकी […]