Comments Add Comment

दीपाश्री निरौला

List Grid
अवार्ड डायरीः ‘बोल्दा बोल्दै जब लक्ष्मी दिदीका गला अवरुद्ध भए…’

पाँच तारे होटल हायातको हलभित्र क्यामेराका लेन्सहरु पि्रयंका कार्कीका क्लिभेज र प्रेमीसँग चुम्बन गरिएका तस्बिर खिच्न मस्त छन् । भर्खरै दीपकराज गिरी र दीपाश्री निरौला  पाएको अवार्ड छाडेर हलबाट हिँडे । भेज सुप पिउँदै हामी केही पत्रकार साथीहरु अवार्डकै विषयमा गफिदै थियौ । रातको त्यस्तै ९ बजेको थियो होला । नेपाली चलचित्रकी पुरानी अभिनेत्री लक्ष्मी […]

‘एनएफडीसी अवार्ड’मा विपिन र प्रियंका उत्कृष्ट(फोटो फिचरसहित)

शनिबार काठमाण्डौको हायात होटलमा आयोजित ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा प्रियंका कार्कीले ‘छक्का पन्जा’ चलचित्रबाट ‘उत्कृष्ट नायिका’को पुरस्कार प्राप्त गरिन् । यस्तै, चलचित्र ‘जात्रा’बाट कलाकार विपिन कार्कीले ‘उत्कृष्ट अभिनेता’को पुरस्कार प्राप्त गरे । बर्षकै पहिलो अवार्डको रुपमा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘छक्का पन्जा’ले ‘उत्कृष्ट चलचित्र’को पुरस्कार प्राप्त गर्दै गर्दा यसै चलचित्रकी निर्देशक दीपाश्री निरौला […]

‘ताली बजाउन आएको होइन’ भन्दै अवार्डको विचबाटै निस्किए दीपक–दीपा

निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी काठमाण्डौको पाँच तारे ‘हायात होटल’मा आयोजित ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहको विचबाटै निस्किए । दीपक र दीपा निस्किए लगतै चलचित्र ‘छक्का पन्जा’लाई ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्र पुरस्कार’ प्रदान गरियो । कार्यक्रममा पुगेका चलचित्रका निर्देशक दीपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीलाई हलमा खुबै खोजी गरियो […]

झट्ट दीपा ऐना हेर है…

नायिका स्वस्तिमा खड्का र निर्देशक दीपाश्री निरौलाको सम्बन्ध कस्तो छ भन्ने वुझ्न, पछिल्लो समयमा उनीहरुका तस्बिर हेर्दा पुग्छ । चलचित्र ‘छक्का पन्जा २’मा काम गरेपछि यी दुइको सम्बन्ध नजिक भएको छ । वुधबार बेलुकी आयोजना गरिएको हाँस्य कलाकार जीतु नेपालको जन्मदिन सेलिव्रेशनमा पनि यी दुइको निकटता देखियो । जन्मदिनमा सहभागी हुनु अगाडि दीपाले मेकअप गर्न […]

जन्मदिनको एक दिन अगाडि नै जीतुको सेलिव्रेशन

हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’को जन्मदिन भोली हो । तर, उनको जन्मदिनको सेलिव्रेशन भने आजबाट नै सुरु भएको छ । काठमाण्डौमा रहेको रेडियो अडियोले आयोजना गरेको उनको जन्मदिन सेलिव्रेशनमा चलचित्र ‘छक्का पन्जा २’को टिम उपस्थित थियो । जितुले केक काटेर पहिले आफ्नी श्रीमतिलाई खुवाए । उनको जन्मदिन सेलिव्रेशनमा निर्देशक दीपाश्री निरौला, कलाकारहरु दीपकराज गिरी, केदार […]

‘छक्का पन्जा २’मा प्रियंका र स्वस्तिमाको मस्ती, बाहिरियो नायिकाको लुक्स

यतिबेला निर्देशक दीपाश्री निरौलाले निर्देशन गरिरहेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’को धमाधम छायांकन भैरहेको छ । चलचित्रको शुभसाइत समारोहमा नायिका प्रियंका  कार्की उपस्थित थिइनन् । तर, उनी अहिले धमाधम यो चलचित्रको छायांकनमा व्यस्त छिन् । नेपालकी नम्बर १ नायिका कार्कीको ‘छक्का पन्जा २’मा कस्तो गेटअप होला भन्ने तपाइलाई लागेको हुनसक्छ ? अनलाइनखबरलाई प्राप्त भएको चलचित्रको […]

१५ बर्षदेखि जोडिएको दीपक-दीपा र निर्मलको सहकार्य तोडियो हो ?

हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलासँग निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्माको सम्बन्ध जोडिएको १५ बर्ष भयो । निर्मल दीपक र दीपालाई ‘गुरु बा र आमा’ भन्छन् । निर्मललाई हाँस्य सिरियल ‘तितो सत्य’बाट दीपक र दीपाले नै ‘गैडा’ उप-नामको परिचय दिएका हुन् । निर्मलले निर्माण गरेका केही चलचित्र असफल भएका थिए । दीपक […]

‘माग्ने बुढा’ मेरो एटीएम कार्डः दीपकराज गिरी

हाँस्य कलाकार केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ले आफ्नो जन्मदिन रेडियो अडियोमा मनाए । उनको जन्मदिनको उपलक्ष्यमा हाँस्यकलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, निर्देशक विकास आचार्य, केदारकी श्रीमति सिता घिमिरे उपस्थित थिए । तर, शुभकामना दिने क्रममा कलाकार दीपकराज गिरीले केदारप्रति गरेको रमाइलो टिप्पणी रोचक थियो । उनले भने-‘केदार घिमिरे मेरो […]

‘छक्का पन्जा फेरि’ किन गरिनन् साम्राज्ञीले ?

केहि दिन अगाडि घोषणा गरिएको चलचित्र ‘छक्का पन्जा २’को नाममा केहि परिवर्तन गरिएको छ । निर्देशक दीपाश्री निरौलाले आज आयोजित एक कार्यक्रममा चलचित्रको नाम ‘छक्का पन्जा फेरि’ राखिएको जानकारी दिइन् । सबैले, ‘छक्का पन्जा फेरि’ राख्न सुझाव दिएकाले नाममा थोरै परिवर्तन गरिएको उनको भनाई छ । यो चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । निर्माता […]

पञ्चेबाजा अघिअघि, दीपा पछिपछि

सफल निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाको बिहे कहिले हुन्छ त्यो उनलाई पनि थाहा छैन । तर, हरेक कार्यक्रम वा मिडिया कुराकानीमा दीपाश्रीले बिहेको प्रश्न फेस गर्नुपर्छ । उनै, दीपाश्रीलाई काठमाण्डौको सीटी सेन्टरमा आयोजना भएको ‘कायरा रन वे ५’मा पञ्चेबाजा बजाएर स्वागत गरिएको छ । दीपाश्रीलाई कसरि लगियो स्टेजमा, भिडियो हेर्नुहोस्ः स्टेजमा शो स्टपरको रुपमा दीपाश्री […]

‘छक्का पन्जा’ले पुरा गर्‍यो दीपाको नयाँ गाडी चढ्ने सपना

चलचित्र ‘छक्का पन्जा’ले बम्पर व्यापार गरेको समाचार अब नयाँ रहेन । किनकी, भदौ २४ गतेपछि यदि नेपाली चलचित्र बजारमा कुनै चलचित्रको चर्चा भयो त, त्यो ‘छक्का पन्जा’को नै भयो । चलचित्रकी निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले यो चलचित्र हिट भयो भने एउटा नयाँ गाडी भएपनि चढ्छु भन्ने चाहना राखेकी थिइन् । अन्ततः चलचित्रले उनको यो […]

‘सुर्के थैली’पछि ‘पूर्व पश्चिम रेल’ १ करोड पटक हेरियो

नेपाली गीतसंगीतको इतिहासमै पहिलो पटक चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली’ बोलको गीतले इतिहास रच्यो । यो गीतलाई सबैभन्दा पहिला १ करोड पटक हेरियो । अहिले त, यो गीतलाई करिब डेढ करोड पटक युटुबमा हेरिसकिएको छ । अब, चलचित्र ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’ पनि युटुबमा १ करोड पटक हेरिने गीतको सूचीमा सामेल भएको छ […]

‘छक्का पन्जा’ पाइरेसी र आत्महत्या प्रकरणः प्रहरी परिसरमा दीपक–दीपा(भिडियो)

यूरोपबाट फर्किए लगतै चलचित्र ‘छक्का पन्जा’का निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला प्रहरी परिसर, गौशाला पुगेका छन् । उनीहरुले महानगरिय प्रहरी परिसर, गौशाला पुगेर छानविनको माग गरेका हुन् । ‘छक्का पन्जा’ पाइरेसी गरेको आरोप लागेका नवलपरासीका कृष्ण सुवेदीले केहि दिन अगाडि आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । यसपछि, सामाजिक संजाल र […]

स्पेन पुगेर दीपकले भने-‘८० प्रतिशत फेक आइडीबाट गाली आइरहेको छ'(भिडियाे)

यतिबेला चलचित्र ‘छक्का पन्जा’को प्रदर्शनका लागि हाँस्य कलाकार दीपकराज गिरी निर्देशक दीपाश्री निरौलाका साथमा यूरोपमा छन् । ‘छक्का पन्जा’ पाइरेसी गरेका एक यूवकले आत्महत्या गरेको खबर सार्वजनिक भएपछि अहिले दीपकलाई धेरैले गाली गरिरहेका छन् । नवलपरासीका कृष्ण सुवेदीले काठमाण्डौमा रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । सामाजिक संजालमा दीपकले टर्चर दिएकै कारण कृष्णले आत्महत्या […]

भूवन केसीदेखि श्रृष्टीसम्म, ४० जना कलाकार यसरि उत्रिए र्‍याम्पमा(फोटो फिचर र भिडियाेसहित)

काठमाण्डौको अन्नपूर्ण होटलमा तयार पारिएको स्टेजमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरु आकर्षक पहिरनमा र्‍याम्पमा उत्रिए । काठमाण्डौ बढ्दै गरेको चिसोमा कलाकारको हट पहिरनले माहोल गर्मायो । पूनम इन्टरटेन्मेन्ट र नायिका गौरी मल्लको संयुक्त आयोजनामा भएको ‘दि सेलिब्रेटी रन वेमा’ नेपाली चलचित्र क्षेत्रका चर्चित ४० जना भन्दा बढी चलचित्रकर्मी र्‍याम्पमा उत्रिएका थिए । नेपाली चलचित्र क्षेत्रकी […]

श्रीकृष्णको जन्म जयन्तीमा स्वेताको संझना, घर आँगनलाई डेढ लाख सहयोग(भिडियो)

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको २ बर्ष बढी भयो । चलचित्र क्षेत्रमा एउटा दरिलो छाप छाडेका श्रीकृष्णको आज जन्म जयन्ती हो । पौष १४ गते जन्मिएका श्रीकृष्णको साउन २४ गते निधन भएको थियो । उनै श्रीकृष्णको जन्म जयन्तीको अवसर पारेर नायिका स्वेता खड्काले एक अनाथ आश्रमलाई सहयोग गरेकी छिन् । […]

४० जना चर्चित कलाकार फेसन शोमा सहभागी हुने

पौष १४ गते काठमाण्डौको अन्नपूर्ण होटलमा ‘डी सेलिब्रेटी रन वे’को आयोजना हुने भएको छ । नेपाली चलचित्र क्षेत्रका विभिन्न ४० जना चर्चित अनुहारहरु यो रनवेमा देखिनेछन् । दरबारमार्गमा रहेको पाँचतारे होटलमा संभवत पहिलो पटक यति धेरै कलाकार देखिन लागेका हुन् । यो फेसन शोमा कलाकारहरु भूवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपकराज गिरी र दीपाश्री […]

दीपाश्रीलाई ५ आरोपः ‘दीपकलाई किन यति धेरै थर्काउनुहुन्छ ?’

हाँस्य कलाकार दीपाश्री निरौला पछिल्लो समय चर्चामा घेरिएकी छिन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा’ले ऐतिहासिक ब्यापार गर्‍यो । नेपाली चलचित्र मध्येकै सबै भन्दा धेरै ब्यापार गर्न सफल उक्त चलचित्र प्रदर्शनको एकसय दिन पार गर्ने तयारीमा छ । सोही चलचित्रकि निर्देशक दिपाश्रीलाई अनलाइनखबरले लाएको पाँच आरोपः १. ‘छक्का पञ्जा’ हिट भएपछि निर्देशनको लागि […]

‘मलाई बिहे गर्ने केटो नै दुब्लाउछ’: दीपाश्री(भिडियो)

हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला ४० बर्ष कटिसक्दा पनि अविवाहित नै छिन् । उनको बिहेको बिषयमा थुप्रै चर्चा त हुन्छ । तर, दीपा भर्खर चलचित्र निर्देशनमा प्रवेश गरेकी छिन् । यसैले, अझै बिहे गर्ने बेला नभएको उनको भनाई छ । ‘रेडियो अडियोको दसौ बाषिर्कोत्सव’मा पुगेकी दीपाले बिहेको कुरा निकालिन् । उनले बिहे गर्ने बेला […]

दीपा स्टाइल

फेसनको मामालामा हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौला कुनै नायिका भन्दा कम छैनन् । ४० बर्ष कटिसक्दा पनि दीपाको फेसन र उनले आफूलाई मेन्टेन राखेको देखेर धेरै अचम्मित पनि पर्छन् । उनै दीपा आफूलाई विभिन्न कार्यक्रममा पुग्दा फरक-फरक फेसन गर्न मन लाग्ने बताउँछिन् । दीपाका मिल्ने साथी कलाकार दीपकराज गिरी त रमाइलो गर्दै भन्छन्-‘३ महिनापछि […]

दीपालाई अन्माएर पठाउन चाहँदैनन् दीपक, दीपा भन्छिन्-‘श्रीमान् त चाहिन्छ'(भिडियो कुराकानी)

चलचित्र ‘छक्का पन्जा’बाट एकाएक नव-निर्देशकको रुपमा उदाएपछि कलाकार दीपाश्री निरौला अहिले दंग छिन् । यो चलचित्रको व्यापारले उनलाई नेपाली चलचित्रको इतिहासमै सफल निर्देशकको स्थानमा राखिदिएको छ । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा निर्देशक दीपाश्री निरौला र कलाकार तथा निर्माता दीपकराज गिरी निकै खुले । विशेषगरि, हामीसँग कुराकानी गर्ने क्रममा यो जोडीले चलचित्रको छायांकनका क्रममा भएको […]