Comments Add Comment

दीपाश्री निरौला

List Grid
जब दीपा र ‘सुन्तली’सँग ‘रातो टिका’मा छमछमी नाचे राजेश हमाल(भिडियो समाचार)

नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको नृत्य कमजोर छ भनिन्छ । तर, मौका पाएको बेलामा हमाल गजबैले नृत्य गर्छन् । केहि दिन अगाडि सिक्किममा आयोजना भएको ‘इनास अवार्ड’मा नायक राजेश हमालले आफू अभिनित चलचित्र ‘अल्लारे’को ‘रातो टिका निधारमा’ बोलको गीतमा कलाकारद्धय दीपाश्री निरौला र कुञ्जना घिमिरेसँग कम्मर मर्काए । आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी यहि […]

‘छक्का पन्जा’को ५१ दिनमा दुलही बनिन् दीपा (फोटो फिचर र भिडियो)

भदौ २४ गते रिलिज भएको चलचित्र ‘छक्का पन्जा’ले नेपालको इतिहासमै सर्वाधिक व्यापार गर्ने चलचित्रको रेकर्ड बनाएको छ । साथमा सर्वाधिक धेरै हलमा ५१ दिन मनाउने चलचित्रको रेकर्ड पनि यहि चलचित्रले बनाएको छ । काठमाण्डौका अधिकांश मल्टिप्लेक्स र सिंगल हलमा चलचित्रले आज ५१ दिन मनाएको छ । जसको खुशियालीमा आज चलचित्रका कलाकार र निर्माणपक्ष हल-हलमा पुगिरहेका […]

२ बर्षपछि ‘छक्का पन्जा’ले ‘कोहिनुर’को व्यापारलाई उछिन्यो

२ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कोहिनुर’को व्यापारले सबैलाई चकित बनाएका थियो । नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात यो चलचित्र हेर्नका लागि दर्शकको भीड हलमा लागेको थियो । श्रीकृष्णप्रति अन्तिम श्रद्धाञ्जली दर्शाउँदै दर्शक हलमा पुगेका थिए । चलचित्रले ११ करोड हारहारीको व्यापार गरेको वितरकहरुले बताएका थिए । तर, यो चलचित्र रिलिज भएको २ बर्षपछि अर्को […]

‘गाँठो र झुम्की’लाई ‘छक्का पञ्जा’को असर, ‘सफर र किस्मत २’लाई के गर्ला ?

भदौ २४ गतेबाट रिलिजमा आएको चलचित्र ‘छक्का पञ्जा’को व्यापारले २ चलचित्रलाई नराम्रो असर परेको छ । हुनत, यी चलचित्र नचल्नुको पछाडि ‘छक्का पञ्जा’ मात्र कारण होइन । तर, पनि हलमा एकलौटी दबदबा राखेको यो चलचित्रले नेपाली र हिन्दी चलचित्रलाई नै विस्थापित गरिदिएको हो । दीपाश्री निरौलाको डेब्यू निर्देशनमा बनेको यो चलचित्रले भदौ ३१ गते रिलिज […]

सलमानको ‘वीइङ ह्यूमन’ टिसर्टमा अनमोल केसी

प्राय सार्वजनिक कार्यक्रममा नपुग्ने नायक हुन् अनमोल केसी । उनलाई कुनै कार्यक्रममा उपस्थित गराउनका लागि आयोजकले राम्रै पापड पेल्नु पर्ने हुन्छ । उनै अनमोल शनिबार ललितपुरको एक मलमा पुगे । बलिउडका सर्वाधिक सफल नायक सलमान खानको ‘वीइङ ह्यूमन’ नामक च्यारेटीवल संस्थाको नेपाल शाखाको उद्घाटनका लागि अनमोल पुगेका थिए । दरबारमार्ग र ललितपुरको लाविम मलमा ‘वीइङ […]

‘माग्ने बुढा’लाई देखेपछि ‘आइ लभ यू’ भन्दै यसरी चुम्बन गरे प्रियंका र दीपाले(भिडियो समाचार)

चलचित्र ‘छक्का पन्जा’को व्यापार बम्पर भएपछि नायिका प्रियंका कार्की र निर्देशक दीपाश्री निरौलाको खुशीको सिमा छैन । दीपा आफ्नो डेब्यू निर्देशन रहेको चलचित्रबाटै सफल भएपछि अत्याधिक खुशी छिन् । काठमाण्डौको गोपीकृष्ण हलमा दर्शकको भीडमा रहेकी दीपाले एक्कासी कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई देखेपछि चिच्चाउँदै ‘आई लभ यू’ भन्दै चुम्बन गरिन् र कराइन् । दीपा र […]

दश बर्ष यताकै उत्कृष्ट नायिका को ? रेखा कि करिश्मा (भिडियो समाचार)

करिब २ महिनाको अन्तरमा आयोजना भएका २ अवार्डबाट २ जना नायिकाले ‘दशककी अभिनेत्री’को उपाधी पाए । रेखा थापाले ‘फान अवार्ड’मा ‘दशककी अभिनेत्री’को ताज पहिरिइन् भने करिश्मा मानन्धरले ‘एलजी फिल्म अवार्ड’मा यो ताज पहिरिइन् । साच्चै, १० बर्षयता नेपाली चलचित्रमा को नायिका सर्वाधिक सफल होलिन् ? चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाको […]

हल पुगेर किन रोए दीपा र प्रियंका ?

शुक्रबार बिहानै काठमाण्डौको गोपिकृष्ण हल पुगेका कलाकारद्धय दीपाश्री निरौला र प्रियंका कार्कीको आँखामा आँशु टिलपिलियो । दीपा र प्रियंका एकाएक रुन थाले । दीपा र प्रियंका रोएपछि छेउमै रहेका कलाकार तथा निर्माता दीपकराज गिरीको अनुहार पनि केही मलिन भयो । आखिर, एक बिहानै हल पुगेर दीपा र प्रियंका किन रोएका होलान् ? यी दुई कलाकार […]

के दीपकले दीपालाई शत प्रतिशत विश्वास नगरेका हुन् ?(भिडियो समाचार)

हाँस्य क्षेत्रमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी सर्वाधिक सफल मानिन्छ । दीपा र दीपक एक अर्कामाथिको विश्वासका कारण नै आफूहरु लामो समयसम्म सहकार्य गर्न सकेको बताउँछन् । तर, चलचित्र ‘छक्का पञ्जा’को छायांकनबाट भने के दीपकले आफ्नी नजिककी साथीलाई शत प्रतिशत विश्वास गर्न नसकेका हुन् ? आजको ‘मनोरञ्जन भिडियो समाचार’मा यो सँगै अन्य रोचक प्रसंग, […]

नायिकाको भन्दा म्यूजिक भिडियो खेल्ने मोडलको आम्दानी धेरै ?(भिडियो समाचार)

७० वटा म्यूजिक भिडियोमा मोडलिङ गरेकी मोडल सुप्रिया कटुवाल कटुवालका अनुसार चलचित्रमा काम गर्ने नायिकाको भन्दा भिडियोमा काम गर्ने मोडलले धेरै आम्दानी गर्छन् । ३ महिनामा एउटा चलचित्र खेल्ने नायिकाले भन्दा आफूले धेरै आम्दानी गर्ने दाबी मोडल सुप्रिया कटुवालले गरेकी छिन् । दीपाश्री निरौला र प्रियंका कार्कीले फोटो प्रदर्शन अवलोकन गरेर, के भने जान्नुहोस् । […]

बर्थ डे दीपाको, तर दीपकले पनि सँगै काटे केक

हाँस्य कलाकार दीपाश्री निरौला र दीपकराज गिरीको जोडी एक अर्काको लागि कति महत्वपूर्ण छ भन्ने उदाहरण मंगलबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा देखियो । प्रसंग थियो कलाकार दीपाश्री निरौलाको ४२ औ जन्मदिनको । दीपाका लागि ‘गाइजात्रा महोत्सव’मा सहभागी कलाकारहरुले ठूलो केकको व्यवस्था गरेका थिए । केक काट्ने क्रममा दीपा एक्लैले चक्कु चलाइनन् । दीपासँगै दीपकले हातमा हात […]

हिरोइनको हातमा कस्तो ‘ब्रासलेट’ ? जसले दर्शक तर्साउछ (भिडियो समाचार)

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज पनि हामीले केही यस्ता रोचक प्रस्तुती समावेश गरेका छौ । चलचित्र ‘कुम्भकरन’को निर्माण हुने पक्का भएको छ । नीशा अधिकारी, गौरव पहारी जस्ता कलाकार चलचित्रमा देखिनेछिन् । हाँस्य कलाकार दीपाश्री निरौलाको आज जन्मदिन, कस्तो हुँदैछ त उनको जन्मदिन ? चलचित्र ‘ब्रासलेट’की नायिका रजनी केसीलाई लाग्छ, जब उनले हातमा ब्रासलेट लगाउँछिन् तब […]

जन्मदिनमा हेर्नुहोस् दीपाश्री निरौलाका नदेखिएका तस्बिर

आज हाँस्य कलाकार एवं चलचित्र निर्देशक दीपाश्री निरौलाको जन्मदिन हो । रेडियो नाटक, चलचित्रकी नायिका, ‘तितो सत्य’ हुँदै दीपा चलचित्रको निर्देशक समेत भैसकेकी छिन् । दीपाको करिअरमा ठूलो उतारचढाव आएको छ । तर, पनि यी कलाकारले आफूलाई चलचित्र र हाँस्य दुनियाँमा एउटा उचो स्थानमा राखिसकेकी छिन् । ४० बर्ष कटिसक्दा पनि दीपाले बिहे गरेकी छैनन् […]

‘ब्रासलेट’ र ‘छक्का पन्जा’ टिमको दौडधुप

काठमाण्डौमा मात्र केन्द्रित हुने गरेको चलचित्र प्रचारलाई केही चलचित्रकर्मीले मोफसलमा पनि अगाडि बढाउने गरेका छन् । चलचित्र रिलिज हुने मुख्य शहरहरुमा पुगेर प्रचार गर्न केही निर्माता अग्रसर देखिएका छन् । प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा’ र ‘ब्रासलेट’को टिम चलचित्र प्रचारका लागि मोफसल पुगेको छ । नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा आउँदो भदौ १७ […]

२४ घन्टामै ‘छक्का पन्जा’ ट्रेलरको रेकर्ड

चलचित्रलाई ब्रान्ड बनाउन सकेको खण्डमा दर्शकले उत्साहजनक रुपमा साथ दिन्छन् भन्ने पुष्टी पछिल्ला केही नेपाली चलचित्रले गरिरहेका छन् । अहिले युटुबमा चलचित्रको गीत, ट्रेलर हेर्ने दर्शकका आधारमा पनि लोकपि्रयता मापन गर्न थालिएको छ । मंगलबार बिहान ११ बजे सार्वजनिक भएको चलचित्र ‘छक्का पन्जा’को ट्रेलरले २४ घन्टामै नयाँ रेकर्ड राखेको छ । यो चलचित्रको ट्रेलरलाई २४ […]

बर्षालाई गाडीमा लिफ्ट दिदा उत्साहित हुने शिवहरी

काभ्रेको सिमलटारमा चलचित्र ‘छक्का पन्जा’को छायांकन भएकाले निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौलाको टिम उतै बसेको थियो । काठमाण्डौबाट भने कलाकार शिवहरी पौडेललाई बिहान सुटिङ स्थल जाँदा उनको गाडीमा २-४ जना कलाकार राखेर ल्याउनु भन्दै दीपकले फोन गर्थे । जब, दीपकले बसुन्धरा भुषाल, अरु केही कलाकारको नाम लिदै नायिका बर्षा राउतलाई पनि ल्याउनु […]

कोमलले ‘पोई माग्ने अन्तिम पटक हो’ भन्दा दीपाले ‘होइन’ भनिन(भिडियो)

काठमाण्डौमा आयोजना भएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड’मा गायिका कोमल वलीले आफ्नो बजारमा आउन लागेको तीज गीत प्रस्तुत गरिन् । कोमलको तीज गीतमा यसपटक ‘पोई माग्ने अन्तिम पटक हो’ भन्ने शब्द छ । तीजमा लामो समयदेखि श्रीमान् मागेकी अविवाहित गायिका कोमलले आजसम्म पाएकी छैनन् । यसैले अन्तिम पटक उनी यो तीजमा ‘पोई’ माग्दैछिन् । कोमलले गीत […]

दीपकले जुरुक्कै बोकेपछि प्रियंकाले गालामा चुमिन्

जब हाँस्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला चर्चामा आउने केहि काम गर्छन् भने सोच्नुहोस्, चलचित्र रिलिज हुने बेला भएको छ । मिडियामा कसरि छाउनु पर्छ भन्ने यो जोडीलाई राम्रैसँग थाहा छ । झन्, त्यसमाथि नायिका प्रियंका कार्की पनि थपिइन् भने गसिपले हंगामा मच्चाउँछ । चलचित्र ‘छक्का पन्जा’को सेटमा पुग्दा अनलाइनखबरको क्यामेरा अगाडि दीपकराज गिरी र प्रियंका […]

जब दीपाको ओठमा प्रियंकाले लिपिष्टिक लगाइदिइन्

जब, हाँस्य अभिनेत्री दीपाश्री निरौला र नायिका प्रियंका कार्की भेट्छन्, दुबैले एक अर्काप्रति अथाहा प्रेम देखाउँछन् । लगातार २ चलचित्रमा काम गरेपछि दीपा र प्रियंकाविचको आत्मियता बढेको हो । दीपाश्री निरौलाले निर्देशन गरिरहेको चलचित्र ‘छक्का पन्जा’को सेटमा पनि यस्तै दृश्य देखियो । छायांकन सेटमा जब दीपा पुगिन्, प्रियंका टेक दिइरहेकी थिइन् । सो समयमा उनीहरुले […]

प्रियंकाको सिउँदोमा सिन्दुर, ‘तम्रा नी हाम्रा बाहेक को छ र’ भन्दै दीपकसँग साटिन् प्रेम

भैसेपाटीबाट थोरै ओरालो झरेपछि धान रोप्न तयार भएका किसान र उनीहरुको पानी नपरेर सुख्खा रहेको खेत देखिन्छ । त्यही खेतको कुनै कुनामा बसेर दुई चर्चित अनुहार मायाप्रेम साट्दैछन् । छेउमै गीत घन्किएको छ । गीतले भन्दैछ-‘देखन चम्पा सुन न चम्पा, हाम्रा त तम्रा बाहेक को छ र ? तम्रा नी हाम्रा बाहेक को छ र […]

कलाकार संघको अवार्डमा दीपक–दीपाले कुनै प्रस्तुती नदिने

क्यानडामा १५ दिनको कार्यक्रम सकेर हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला नेपाल आइसकेका छन् । उनीहरु क्यानडामा रहँदा ‘चलचित्र कलाकार संघ’ले गर्न लागेको पहिलो अवार्डको मनोनयन सार्वजनिक भयो । मनोनयन सार्वजनिक भएसँगै यस बिषयमा विवाद सुरु भयो । मुख्यतया दीपक र दीपाले निर्माण गरेको चलचित्र ‘वडा नम्बर ६’ उत्कृष्ट चलचित्रको सूचीमा नपरेपछि विवाद […]