Comments Add Comment

दीपाश्री निरौला

List Grid
दीपकले जुरुक्कै बोकेपछि प्रियंकाले गालामा चुमिन्

जब हाँस्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला चर्चामा आउने केहि काम गर्छन् भने सोच्नुहोस्, चलचित्र रिलिज हुने बेला भएको छ । मिडियामा कसरि छाउनु पर्छ भन्ने यो जोडीलाई राम्रैसँग थाहा छ । झन्, त्यसमाथि नायिका प्रियंका कार्की पनि थपिइन् भने गसिपले हंगामा मच्चाउँछ । चलचित्र ‘छक्का पन्जा’को सेटमा पुग्दा अनलाइनखबरको क्यामेरा अगाडि दीपकराज गिरी र प्रियंका […]

जब दीपाको ओठमा प्रियंकाले लिपिष्टिक लगाइदिइन्

जब, हाँस्य अभिनेत्री दीपाश्री निरौला र नायिका प्रियंका कार्की भेट्छन्, दुबैले एक अर्काप्रति अथाहा प्रेम देखाउँछन् । लगातार २ चलचित्रमा काम गरेपछि दीपा र प्रियंकाविचको आत्मियता बढेको हो । दीपाश्री निरौलाले निर्देशन गरिरहेको चलचित्र ‘छक्का पन्जा’को सेटमा पनि यस्तै दृश्य देखियो । छायांकन सेटमा जब दीपा पुगिन्, प्रियंका टेक दिइरहेकी थिइन् । सो समयमा उनीहरुले […]

प्रियंकाको सिउँदोमा सिन्दुर, ‘तम्रा नी हाम्रा बाहेक को छ र’ भन्दै दीपकसँग साटिन् प्रेम

भैसेपाटीबाट थोरै ओरालो झरेपछि धान रोप्न तयार भएका किसान र उनीहरुको पानी नपरेर सुख्खा रहेको खेत देखिन्छ । त्यही खेतको कुनै कुनामा बसेर दुई चर्चित अनुहार मायाप्रेम साट्दैछन् । छेउमै गीत घन्किएको छ । गीतले भन्दैछ-‘देखन चम्पा सुन न चम्पा, हाम्रा त तम्रा बाहेक को छ र ? तम्रा नी हाम्रा बाहेक को छ र […]

कलाकार संघको अवार्डमा दीपक–दीपाले कुनै प्रस्तुती नदिने

क्यानडामा १५ दिनको कार्यक्रम सकेर हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला नेपाल आइसकेका छन् । उनीहरु क्यानडामा रहँदा ‘चलचित्र कलाकार संघ’ले गर्न लागेको पहिलो अवार्डको मनोनयन सार्वजनिक भयो । मनोनयन सार्वजनिक भएसँगै यस बिषयमा विवाद सुरु भयो । मुख्यतया दीपक र दीपाले निर्माण गरेको चलचित्र ‘वडा नम्बर ६’ उत्कृष्ट चलचित्रको सूचीमा नपरेपछि विवाद […]

भैरहेको छ एउटै नाममा २ फिल्मको निर्माण, तर किन मौन छ विकास बोर्ड ?

हाँस्य कलाकार दीपाश्री निरौलाले निर्देशन गर्ने भनिएको चलचित्रको नाम सुरुमा ‘लप्पन छप्पन’ राखिएको थियो । दीपाश्री र दीपकराज गिरीले चलचित्र विकास बोर्डमा नाम दर्ता गर्नु अगाडि नै मिडियामा सार्वजनिक गरिदिए । तर, जब उनीहरु नाम दर्ता गर्न बोर्ड पुगे, अर्कैले यो शिर्षक दर्ता गरिसकेको थियो । यसपछि केही हिस्स बनेका यी दुइले ‘छक्का पन्जा’ नाम […]

‘छक्का पन्जा’ गीतमा रेल कुदाउने सपना, दीपाश्रीले गरिन् अाेलीकाे प्रशंसा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पूर्वदेखि पश्चिमसम्म रेल कुदाउने कुरा गरिरहेको वेला चलचित्र ‘ छक्का पञ्जा’ युनिटले पनि मुलुकमा रेल कुदेको सपना देखेका छन् । हाँस्य कलाकार दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा’को पूर्व पश्चिम रेल बोलको गीत सार्वजनिक भएको छ । सरकारले बजेट ल्याएकै दिन पुर्वपश्चिम रेलको प्रसंग संयोग मात्रै भएको निर्देशक […]

अन्ततः भदौ २४ मा आउने भयो दीपक–दीपाको ‘छक्का पन्जा’

दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा’ अन्ततः भदौको २४ गते रिलिज हुने भएको छ । दशैंमा रिलिज हुने भनेर चर्चा भएपनि लामो छलफल र बहसपछि यो चलचित्रको प्रदर्शन मिति भदौमा नै तोकिएको हो । निर्देशक निरौलाले चलचित्रको प्रदर्शन मिति तय भएको भन्दै अनलाइनखबरलाई जानकारी गराइन् । उनका अनुसार भदौमा रिलिज हुने चलचित्रको […]

सौगात, दयाहाङ र अर्पण फेरि एकसाथ, ‘लप्पन-छप्पन’ छायांकन सुरु

हाँस्य कलाकार दीपाश्री निरौलाले नपाएको नाम हो, ‘लप्पन-छप्पन’ । यो नाम लिएर बेल्जियममा छायांकन सुरु गरिएको छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्रमा मल्टिप्लेक्स पर्दामा रुचाइएका ३ पात्र एकसाथ देखिनेछन् । चलचित्रको छायांकन बेल्जियममा सुरु भएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा छन् । यी तिनै जना […]

दीपाबारे दीपकले के सोचेका थिए, के भयो ?

जतिबेला सहकर्मी कलाकार दीपाश्री निरौला चलचित्र निर्देशन गर्छु भन्दै थिइन्, दीपकराज गिरीलाई उनीमाथि सतप्रतिशत विश्वास थिएन । तर पनि दीपामाथि लगानी गरेर दीपकले ‘छक्का पन्जा’ बनाउन कस्सिए । काठमाण्डौ बाहिरको सम्पूर्ण छायांकन सकाएर काठमाण्डौ फर्किएका दीपक अहिले भने दंग छन् । अब, २ वटा गीतमात्र छायांकन गर्न बाँकी रहेको सुनाउँदै उनले दीपाको प्रशंसा गरे । […]