Comments Add Comment

धनगढी

List Grid
धनगढीमा कोरोनाका परीक्षणको उपकरण जडानमा ढिलाइ

२८ चैत, कैलाली । कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा परीक्षणको लागि ल्याइएको अत्याधुनिक उपकरण जडानमा ढिलाइ भएको छ । बुधबार बिहान संघीय सरकारले आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पठाएको थियो । नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको उक्त उपकरण तीन दिनसम्म पनि जडान हुन सकेको छैन […]

कैलालीमा मोहम्मद दिवस धुमधामले मनाइयो

५ मंसिर, कैलाली । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सलाह अलै वसल्लमको जन्म जयन्ती मोहम्मद दिवस धनगढीमा पनि धुमधामका साथ मनाइएको छ । मुस्लिम समाज सुदूरपश्चिमको आयोजनामा बृहत ¥यालीको आयोजना गरेर मोहम्मद दिवश मनाइएको हो । दिवशको उद्घाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले गरेका छन् । मन्त्री शाहले विभिन्न धर्मले सबैलाई […]

धनगढीलाई राजधानी नतोकेको विरोधमा प्रदेशसभा बाहिर प्रदर्शन

१० असोज, धनगढी । आफ्नो ठाउँमा राजधानी नतोकेको विरोधमा धनगढीका वासिन्दाले मंगलबार प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् । संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा तोकेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । राज्यले ठूलो लगानी धनगढीमा गरिसकेको अवस्थामा भू-माफिया र वन तस्करसँग मिलेर गोदावरीमा राजधानी तोक्ने प्रस्ताव राखिएको नागरिक समाजका प्रतिनिधि […]

प्रदेश ७ मा मन्त्री र सांसदको भत्ता फेरि बढाइयो

२६ भदा, धनगढी । प्रदेश ७ मा मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभा पदाधिकारी तथा सदस्यले पाउने सुविधामा दोस्रो पटक वृद्धि गरिएको छ । तलब यथावत राखे पनि अन्य सेवा सुविधा भने १० देखि ७० प्रतिशतसम्म बढाइएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलका लागि पठाइएको मुख्यमन्त्री तथा मन्त्रीहरुले पाउने तलब, सुविधा सम्बन्धी विधेयक र […]

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने समूहका योजनाकार गोंगबुबाट समातिए

२१ जेठ, धनगढी । एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई […]

डीपीएल : रुपन्देहीलाई हराउँदै टीम चौराहा प्लेअफमा

२४ चैत्र, धनगढी । साविक विजेता टीम चौराहा धनगढीमा सञ्चालित डीपीएल टू को प्लेअफमा प्रवेश गरेको छ । यसअघि नै ४ वटा खेलमा पराजय भई प्रतियोगिताबाट बाहिरिइसकेको रुपन्देही च्यालेञ्जर्सलाई ३ रनले हराउँदै टिम चौराहा धनगढी प्लेअफमा प्रवेश गरेको हो । धनगढीस्थित संघीय प्रहरीको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चौराहाले वषर्ाका कारण ८ […]

धनगढीमा ४ पार्टीको जुलुसमा प्रहरी हस्तक्षेप, १६ घाइते

२४ चैत, धनगढी । कैलालीको धनगढीमा चारवटा पार्टीले निकालेको जुलसमा प्रहरीले हस्तक्षेप गर्दा १६ जना घाइते भएका छन् । धनगढीको ट्राफिक चौराहामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी  र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो । जनआन्दोलन दिवसको अवसर पारेर उनीहरुले प्रदर्शन गरेका थिए […]

डीपीएल : वर्षाले खेल स्थगित भएपछि महेन्द्रनगर र अत्तरियाले अंक बाँडे

२४ चैत, धनगढी । गएराती परेको वर्षा र हावाहुरीका कारण मैदन ओसिलो भएपछि धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) को शनिबारको पहिलो खेल स्थगित भएको छ । विहान ९ बजे तोकिएको खेल समय ११ बजे पुर्‍याइए पनि मौसममा सुधार नभएका कारण महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया बीचको खेल स्थगित गरिएको छ । खेल स्थगित भएपछि […]

धनगढीबाट सुरु भयो देश दर्शन अभियान

१५ चैत, कैलाली । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजना गरिएको ‘साहित्यिक-सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान २०७४’ बिहीबारबाट सुरु भएको छ । अभियानको प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् । सुदूरपश्चिममा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिक विषयहरुलाई चिनाउने उद्देश्यले समाजले देश दर्शन अभियानको थालनी गरेको संस्थाका अध्यक्ष रामलाल जोशीले जानकारी दिए । अभियानका […]

धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु

फाल्गुन ९, धनगढी । धनगढीमा बुधबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ । फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई ५ विकेटले पराजित गरेको हो । पश्चिमाञ्चलले दिएको ७४ रनको लक्ष्य सुदूरपश्चिमले १७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । घरेलु टोलीको जितमा विमला भट्टले सर्वाधिक […]

प्रदेश ७ मा फागुन ४ भित्र मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखको आहृवान

२ फागुन, धनगढी । प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री चयनका लागि सांसदहरुलाई आहृवान गरेका छन् । उनले फागुन ४ गते दिउँसो ११ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री दावी पेश गर्न प्रदेशसभाका सांसदलाई आहृवान गरेका हुन् । बुधबार प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले मुख्यमन्त्री चयनका लागि आवश्यक बहुमत कुनै पार्टीको नपुगेकाले बहुमत सांसदको […]

प्रदेश ७ को प्रदेशसभा : पर्यटन, जलविद्युतसँगै रेशम चौधरीको चर्चा

माघ २१, कैलाली । प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक माघ २९ गते बस्ने गरी स्थगित भएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा बसेको बैठकमा नेकपा एमालेका प्रकाश शाह, नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट र नेपाली कांग्रेसका भरत खड्काले प्रदेश नम्बर ७ सम्भावनाको खानी रहेको भन्दै यहाँको पर्यटकीय स्थल, जलविद्युत, नेपाल-भारत सीमा नाका लगायतका […]

प्रदेश ७ मा टुंगो लाग्यो सबै मन्त्रालय भवन र मन्त्रीको क्वार्टर

माग १७, कैलाली । प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीमा प्रदेश मन्त्रालयका लागि भवनको टुङ्गो लागेको छ । भवन व्यवस्थापन समितिको बैठकले ७ वटै मन्त्रालयका भवनहरुको टुङ्गो लगाएको हो । मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीको रातोपुलमा निर्माण भइरहेको यातायात कार्यालयको भवनमा रहनेछ । सामाजिक विकास मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालयको निर्माणाधीन भवनमा रहने भवन […]

कैलाली ५ मा आरजु हारिन्, एमालेका नारदमुनि विजयी

२४ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् । त्यहाँ एमालेका नारदमुनि राना विजयी भएका छन् । रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् । तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् […]

धनगढीको चुनावः सातजनाको जमानत जफत

२५ असार, धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विभिन्न दलका सातजनाको जमानत जफत भएको छ । प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका विष्णुबहादुर साहु ८२९, नयाँ शक्ति पार्टीका कृष्णनन्द गिरी १७१, नेमकिपाका सुर्जन तिवारी नौ, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद चौधरी २३६, नेपाल परिवार दलका खड्कसिं नागरी पाँच, नेकपा संयुक्तका अक्कलबहादुर विष्ट ५१ र नेपाल लोकतान्त्रिक फोरमका प्रेम […]

धनगढीमा पनि हर्न बजाउन नपाइने

२ असार, धनगढी । कैलालीको अत्तरिया बजारमा हर्न निषेधित क्षेत्र लागू भएको एक हप्तापछि धनगढी बजारमा पनि बिहीबारदेखि हर्न बजाउन नपाइने व्यवस्था लागू भएको छ । धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत् प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निषेधित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक […]

धनगढीमा खुल्यो क्रिकेट ट्रेनिङ सेन्टर

१ फागुन, कैलाली । राष्ट्रिय क्रिकेट खेलाडी पदम केसीको पहलमा कैलालीको धनगढीस्थित संगम टोलमा स्पार्क क्रिकेट ट्रेनिङ सेन्टरको स्थापना भएको छ । क्रिकेटको शहरको रुपमा चिनिने धनगढीमा नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित खोलिएको क्रिकेट एकेडेमीको आइतबार नेपाल उद्योग वाणिज्य महासंघका केन्दि्रय सदस्य गोपाल हमालले उद्घाटन गरेका छन् । क्रिकेटका राष्ट्रिय खेलाडी निरज चन्दले नेपालका क्रिकेट […]

धनगढीको इनभेष्टमेण्ट बैंकबाट २४ लाख रुपैयाँ गायब

१ फागुन, कैलाली । धनगढीस्थित नेपाल इनभेष्टमेण्ट बैंकबाट करिब २४ लाख रुपैयाँ गायब भएको छ । बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंकभित्रबाटै गायब भएको बैंकका म्यानेजर राजेन्द्र बहादुर सिंहले जानकारी दिए । बैंकले घटनालाई लुकाउन खोजे सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए । उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक […]