Comments Add Comment

नम्रता सापकोटा

List Grid
दुबइमा रामकृष्ण, इन्दिरा, हेमन्त, संदिप र नम्रताको भव्य कन्सर्ट हुने

यूएइको प्रसिद्ध शहर दुबइमा यहि डिसेम्बर २२ मा भव्य सांकृतिक कार्यक्रम आयोजना हुने भएको छ । ग्रिष्मा इन्टरटेन्मेन्टको प्रस्तुतीमा हुन लागेको कार्यक्रममा नेपालका चर्चित ५ कलाकारले आफ्नो धमकेदार प्रस्तुती दिने भएका छन् । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा ग्रिष्माका प्रमुख गृहेन्द्र घिमिरेले अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले, दुबइमा उल्लेख्य दर्शकको […]

नम्रताको कुकुर मोहः मिल्खासँगको अट्याचमेन्ट आमा र सन्तानको जस्तो

१ कात्तिक, काठमाडौं । चलचित्रवृत्तमा हल्ला छ, ‘नम्रता खाँट्टी डग लभर हुन् ।’ उनको एउटा कुकुर छ । नाम, मिल्खा । मिल्खा मात्र होइन, मिल्खा सापकोटा । अभिनेत्री नम्रता सापकोटाकी प्यारो सन्तान । मिल्खाप्रति उनको जुन अट्यामेन्ट छ, त्यो एउटा बच्चा र आमाबीचको जस्तै लाग्छ । मानौं, मिल्खा नम्रताको साख्खै सन्तान हुन् । नम्रता मिल्खासँगै […]

लेहेङ्गामा नम्रताको सुन्दरता

नायिका नम्रता सापकोटा फोटोसुट गर्ने भन्ने वित्तिकै उत्साहित हुँदिनन् । उनी, निकै कम मात्र फोटोसुट गर्छिन् । तर, फोटोसुटका क्रममा भने नम्रतालाई सबै प्रकारका पहिरन सहज लाग्छन् । अनलाइनखबरका लागि लेहेङ्गामा फोटोसुट गर्ने क्रममा नायिका सापकोटा निकै आकर्षक देखिइन् । नायिका भएका कारण पनि समय-समयमा फोटो खिचुम् भन्ने चाहना आउने उनको भनाइ थियो । नायिका […]

स्वेताको साथले अनुलाइ उठ्ने मौका

नायिका स्वेता खड्काको निर्माण तथा अभिनयमा तयार भैरहेको चलचित्र ‘कान्छी’को हाल धमाधम छायांकन भैरहेको छ । मुस्ताङमा छायांकन भैरहेको यो चलचित्रलाइ आकाश अधिकारीले निर्देशन गरिरहेका छन् । नायक दयाहाङ राइ चलचित्रमा स्वेताको जोडीको रुपमा देखिएका छन् । यो चलचित्रमा नायिका अनु शाहको पनि मुख्य भूमिका छ । गाउँकी ‘कान्छी’को साथीको भूमिकामा अनु देखिएकी छिन् । […]

‘समर लभ’को छायांकन सुरु, ‘साया’ बन्दै रेवती

घोषणा भएको केही महिनापछि चलचित्र ‘समर लभ’को छायांकन सुरु गरिएको छ । सोमबार क्यामेरा पूजा गर्दै यसको छायांकन सुरु गरिएको हो । सुविन भट्टराइको चर्चित पुस्तक ‘समर लभ’माथि आधारित रहेर यो चलचित्र निर्माण हुनेछ । यो चलचित्रको मुख्य भूमिकामा आशिष पिया र रेवती क्षेत्रीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । साथमा, नायिका नम्रता सापकोटालाई पनि दर्शकले […]

‘समर लभ’का कारण नम्रताले छाडिन् ‘कान्छी’

केही समय अगाडि नायिका नम्रता सापकोटाले आफू चलचित्र ‘कान्छी’मा अनुवन्धित भएको बताएकी थिइन् । नायिका स्वेता खड्काले निर्माण गर्न लागेको यो चलचित्रमा अनुवन्धित भएको भन्दै अनलाइनखबरसँग नम्रताले खुशी पनि व्यक्त गरेकी थिइन् । तर, उनै नायिकाले अब यो चलचित्र छाडेको बताएकी छिन् । नम्रताले चलचित्र ‘समर लभ’का कारण आफूले ‘कान्छी’ छाडेको बताएकी छिन् । उनले […]

‘सिग्नेचर’को शो सम्पन्न, नम्रता भन्छिन्-प्रेमी छाड्नुको कारण थाहा छैन’

वास्तविक जीवनकथामा आधारित भनिएको चलचित्र ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सम्पन्न गरेको छ । एक दिने अभियानका क्रममा रक्तदान, विद्यार्थीलाई परामर्श, कन्डम वितरण र स्वास्थ्य जाँच आदि गरिएको थियो । सोही अवसरमा चलचित्रको प्रदर्शन समेत गरिएको थियो । प्रदर्शनीसँगै चलचित्रका कलाकारले दर्शकसँग अन्तरसंवाद गरेका थिए । जीवनमा अहिलेसम्म चुरोटसमेत सेवन नगरेका विनोद पौडेलले […]

नम्रता, आँचल, बर्षा, सिपोरा र बेनिशामा को उत्कृष्ट ?

गतबर्ष यूएइको अवुधाबीमा आयोजना भएको ‘पहिलो नेपाली म्यूजिक भिडियो अवार्ड’ले सफलता पाएपछि यसको आयोजक संस्था संगिक्षा फिल्मस् उत्साहित भएको थियो । सोही अनुरुप, संगिक्षा फिल्मस्ले दुबइमा रहेको नमस्ते ट्राभल्ससँग सहकार्य गर्दै ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ पनि दुबइमा आयोजना गर्ने भएको छ । काठमाण्डौमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उत्कृष्ट ५ को नाम सार्वजनिक गरियो […]

प्रेमी छैन कोसँग जिस्कनुः नम्रता, अनमोलसँग डेट जान्छुः आश्मा

नायिकाद्धय नम्रता सापकोटा र आश्मा डीसीको मित्रता जोडिएको २ बर्ष भयो । यी दुइ अहिले निकै मिल्छन् । सार्वजनिक कार्यक्रममा पनि एकसाथ पुग्ने गरेका छन् । एक कार्यक्रममा भेटिएका यी दुइले अनलाइनखबरको ‘मस्ती टक’मा कुरा गर्दै निकै विन्दास गफ गरे । नायिका नम्रता सापकोटा ब्रेकअप भएपछि अब प्रेममा पर्नु हुदैन भन्ने सोच राख्छिन् । तर, […]

मोटाएकी नम्रता बोल्ड एन्ड ब्यूटी

नायिका नम्रता सापकोटा अहिले मोटाएकी छिन् । दुधको चिया खान नछाड्ने नम्रता आफू दुब्लाउन खोजेको तर नसकेको बताउँछिन् । चलचित्रको पर्दा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त नम्रता अब नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्र ‘कान्छी’मा काम गर्दैछिन् । नम्रता चलचित्रमा काम नगर्ने वित्तिकै असफल भनिहाल्न नमिल्ने बताउँछिन् । चलचित्रमा काम नगरेपनि अरु काममा व्यस्त […]

स्वेताको ‘कान्छी’ मा चुलबुले नम्रता

चलचित्र ‘छक्का पन्जा’मा काम गरेर राम्रै चर्चा पाएपनि नायिका नम्रता सापकोटा यसको सिक्वेलमा भने दोहोरिइनन् । चलचित्र चलेपनि नम्रतालाई यसले खासै फाइदा नदिएको चर्चा चलचित्र बजारमा चल्यो । तर, अब उनै नम्रताका लागि एउटा राहतको खबर छ । नायिका नम्रता सापकाेटालाई नायिका स्वेता खड्काले आफूले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘कान्छी’मा अनुवन्धीत गरेकी छिन् । […]

एक महिना पश्चिम नेपालमा नम्रताको धमाका

नायिका नम्रता सापकोटाले चलचित्र ‘छक्का पन्जा र ब्रासलेट’बाट राम्रो चर्चा पाइन् । दुबै चलचित्रमा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले रुचाए । चलचित्र क्षेत्रमा निरन्तर लाग्ने बताएकी नायिका करिब एक महिना पश्चिम नेपालको भ्रमणमा व्यस्त बनिन् । मार्चको अन्तिम साता उनी पश्चिम नेपालका विभिन्न जिल्लामा सांगीतिक कार्यक्रमका लागि पुगेकी थिइन् । ‘लिरिल सुपरस्टार धमाका’ नाम दिइएको […]

म ‘छक्का पन्जा’ कै कारण व्यस्त भएकी छुः नम्रता

चलचित्र ‘छक्का पञ्जा’ रिलिज भएपछि थप चर्चा पाइन् नायिका नम्रता सापकोटाले । म्युजिक भिडियो र विज्ञापनमा ब्यस्त नम्रता अहिले आफुलाई भ्याई नभ्याइ भएको बताउँछिन् । उनै नायिकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः १. ‘छक्का पञ्जा’ हिट भयो तर, तपाई हिट हुनु भएन भन्छन् नि ? खै मलाई त त्यस्तो लाग्दैन । म अहिले पनि काम गरिरहेकी […]

बोल्ड नम्रतालाई सफलताले फाइदा दियो कि दिएन ?

नायिका नम्रता सापकोटा अभिनित चलचित्र ‘छक्का पन्जा’ले बम्पर व्यापार गर्‍यो । चलचित्रको सफलताले नम्रतालाई कति फाइदा दियो भन्ने चर्चा अहिले हुने गरेको छ । चलचित्रको सफलतामा अन्य २ नायिकाको चर्चा जति छ, त्यति चर्चा नम्रताले पाइनन् । उनी चलचित्रको सय दिने सेलिव्रेशनमा पनि उपस्थित भइनन् । बोल्ड एन्ड ब्यूटी नम्रता चलचित्रमा सहायक नायिकाको रुपमा देखिइरहेकी […]

‘आजको डायरी’मा नम्रता सापकोटाः ‘सुगम पोखरेलसँग मिटिङ, छोराका लागि केक’

बिहान म सधै नै ८ बजे उठ्छु । आज पनि बिहान ८ बजे नै उठेँ । बिहान उठ्ने वित्तिकै मलाई चिया चाहिन्छ । फ्रेस नभई मैले कालो चिया पिएँ । विदेशबाट मेरो भाइको छोरा आएको छ । ३ बर्षको छोरासँग खेलेँ । यसपछि, फ्रेस भएर खाना खाएँ । खाना खाएपछि हामी तयार भएर बाहिर निस्कियौ […]

संजय र साहरुखको फ्यान बन्दा नाच्न जानेनन् जीवनले(भिडियो समाचार)

नायक जीवन लुइटेलले आफूलाई नाच्न नआउने स्विकार गरेका छन् । सानैबाट बलिउडमा खासै नाच्न नजान्ने हिरोहरुको फ्यान बनेका जीवनले नाच्न सिक्नु अगाडि नै आफू हिरो भएको बताए । गोवा पुगेर किन यती हट बन्नु परेको नम्रता सापकोटालाई । उनको केही हट तस्बिर आजको भिडियो समाचारमा प्रस्तुत गरिएको छ । साथमा नेहा धुपियालाई आज पनि लाग्छ, […]

गोवामा नम्रताको हट फोटोसुट

केही दिन अगाडि अनलाइनखबरसँगको कुराकानीमा ‘अहिले सेक्सी नबनेर कहिले बन्ने’ भन्दै नायिका नम्रता सापकोटाले आफ्नो चाहना खुलाएकी थिइन् । नम्रताले ‘ग्ल्यामर बन्ने उमेर नै यही हो’ भनेकी थिइन् । उनै नम्रता भारतको गोवामा पुगेर निकै हट बनेकी छिन् । आफ्नै लागि खिचाएको तस्बिरमा नम्रता निकै खुलेकी छिन् । हुनत, नेपालमा पनि नम्रताले गरेका फोटोसुटमा उनी […]

फिल्मको प्रमोशनमा वेवास्ता गर्दा रोएकी थिइन् नम्रता

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘ब्रासलेट’ले अहिले देशभरका हलमा औषत व्यापार गरिरहेको छ । चलचित्रको कथावस्तु र सस्पेन्स पाटोलाई दर्शकले रुचाएकोमा निर्देशक निर्मल शर्मा खुशी देखिएका छन् । यो चलचित्रमा २ नायिका छन्, रजनी केसी र नम्रता सापकोटा । चलचित्रको प्रमोशनमा नायिका केसी नै अगाडि देखिइन् । रजनी देश दौडाहादेखि राजधानीमा पनि सक्रिय भइन् । तर, […]

‘ब्रासलेट’मा जमेकी नम्रता, सस्पेन्स कथाले जित्न सक्छ दर्शकको मन

निर्देशक निर्मल शर्माले निर्देशन गरेको दोश्रो चलचित्र ‘ब्रासलेट’ अहिले देशभरका हलमा लागेको छ । पारिवारिक र सस्पेन्स कथामा आधारित यो चलचित्रले देशभर औषत व्यापार गरिरहेको छ । केशव भट्टराइको निर्माणमा तयार भएको चलचित्रमा नायक रमेश उप्रेती, नायिका रजनी केसी मुख्य भूमिकामा छन् । साथमा नायिका नम्रता सापकोटा र नव-कलाकार सुगम गुरागाँइको मुख्य भूमिका छ । […]

‘ब्रासलेट’ चुनौतीः रमेश, केशव र निर्मलका लागि चल्नैपर्छ

भदौ १७ गते तीजको बिदाको मौका छोपेर रिलिज हुन लागेको चलचित्र ‘ब्रासलेट’ले ‘यूनिभर्सल सर्टिफिकेट’ पाएको छ । चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने गरि सर्टिफिकेट चलचित्रलाई दिएको छ । चलचित्र पारिवारिक कथामा निर्माण भएको छ, जसको एक लोक शैलीको गीत अहिले चर्चामा छ । यो मितिमा अन्य २ चलचित्र पनि रिलिज हुँदैछन् । तर, केही […]

पोखरामा छल्किएकी नम्रता

पोखरामा शनिबार बेलुकी ‘आठौ डी सिने अवार्ड’ सम्पन्न भयो । अवार्ड भन्ने वित्तिकै यसका विजेताको नाम दर्शकको मानसपलटमा आउने गर्छ । २६ विधामा अवार्ड र १० भन्दा बढी विभिन्न शिर्षक दिएर अवार्ड वितरण गरिएकाले पनि अहिले सबैको ध्यान यसमै केन्द्रित छ । तर, अवार्ड समारोहमा कलाकारका प्रस्तुती पनि ‘टक अफ द टाउन’ बनेका छन् । […]