Comments Add Comment

नारायणकाजी श्रेष्ठ

List Grid
भारतसँगका असमान सन्धि–सम्झौता खारेज गरौं : नेकपा प्रवक्ता श्रेष्ठ

२० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँग विगतमा भएका सन्धि–सम्झौता खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताए । श्रेष्ठले सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । सन्धि–सम्झौताबारे सहमती जुटेको इपिजी […]

चीनले लिपुलेक सहमती सच्याउनुपर्छः नारायणकाजी

२० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलेक प्रयोगबारे चीन र भारतबीच भएको सहमती सच्याउनु पर्ने माग गरेका छन् । ‘चीन र भारतबीच लिपुलेकको बारेमा भएको सम्झौताले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दैन, बरु अतिक्रमित गर्ने प्रवृत्तिलाई नै बल पुर्याउँछ,’ मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले भने, ‘चीनलाई त्यो […]

नेकपा प्रवक्ताको प्रश्न– प्रधानमन्त्रीलाई नै मन नपरेको सांसद विकास कोष किन खारेज भएन ?

१८ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) खारेज नहुनु दुःखद् भएको भन्दै त्यसको विरोध गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै कम्तीमा कोभिड-१९ महामारीको संकटका बेला यो कोषका लागि रकम छुट्याउन नहुने उनको भनाइ छ । श्रेष्ठले भने, ‘प्रधानमन्त्री र […]

एक वर्ष बैठक भत्ता नलिने नारायणकाजी श्रेष्ठको घोषणा

१२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन् । नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले कोभिड–१९ बाट देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् । तर यो स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निमार्णको अवसर […]

भारतीय सेनाध्यक्षलाई नेकपा प्रवक्ताको जवाफ : भौगोलिक अखण्डताको रक्षा गर्न अरूको आड चाहिन्न

४ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको घोषणाको स्वागत गरेका छन् । साथै नेपाललाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको पक्षमा उभिन कसैको आडभरोसा नचाहिने बताएका छन् । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि नेपालले विरोध गरेको छ […]

आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान नारायणकाजीको आग्रह

३१ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत् नेता श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नरहेको भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गरेका छन् । उनले आफूले खतरा महसुस नगरेको र आफ्नोभन्दा राष्ट्रको […]

एक वर्षको पारिश्रमिक कोरोना कोष र राहतमा दिने श्रेष्ठको घोषणा

१ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले सोमबार आफ्नो एक वर्षको पारिश्रमिक मध्ये दुई महिनाको तलब कोभिड १९ उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।

मन्त्रीबारे मेरो व्यक्तिगत सोच छैन : श्रेष्ठ

९ माघ, काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले मन्त्री बन्ने विषयमा आफूले केही नसोचेको बताएका छन् । बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका श्रेष्ठ गण्डकी प्रदेशको अन्य समूहबाट निर्वाचित भएका हुन् । लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियामा भूमिका खेल्ने प्रतिक्रिया दिए । मन्त्री बन्ने चर्चाबारे सोधिएको […]

सर्वाधिक उपयुक्त पात्र सभामुख हुन्छ : प्रवक्ता श्रेष्ठ

२० पुस, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वाधिक उपयुक्त पात्रलाई पार्टीले सभामुखको उम्मेदवार बनाउने बताएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिन आइतबार पोखरा पुगेका उनले पत्रकारहरुको जवाफमा सभामुखको उम्मेदवार चयन गर्दा पूर्वएमाले र पूर्वमाओवादी नभनी नेकपाको सर्वाधिक उपयुक्त पात्र चयन गरिने बताएका हुन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेल् राजीनामा दिएपछि […]

नारायणकाजी र भगवतीको उम्मेदवारी दर्ता

२० पुस, पोखरा । आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् […]

नेकपा प्रवक्ता भन्छन् : सरकारलाई परिणामुखी बनाएपछि महाधिवेशन

२० भदौ, पोखरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई परिणाममुखी बनाएपछि मात्र पार्टी महाधिवेशनमा जाने बताएका छन् । सरकारलाई अझै प्रभावकारी र परिणाममुखी कसरी बनाउने अब छलफल सुरु हुने उनको भनाइ थियो । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठ भने, ‘सरकारबाट अहिलेसम्म भएका नीतिगत कामका सकारात्मक पक्षलाई अझ बढी जोड दिँदै […]

नारायणकाजी श्रेष्ठ चीन र कम्बोडिया जाँदै

६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछन् । चीनको ग्वाङझाओमा आयोजना गरिएको बेल्ट रोड इनिसिएटिभ (बीआरआई) को तीन दिने बैठकमा भाग लिन श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली चीन जान लागेको हो । श्रेष्ठले नेतृत्व गर्ने टोलीमा उद्योगी व्यवसायीका साथै प्रदेश सरकारका मन्त्री एवं सांसदसमेत सहभागी छन् । बैठक ३ […]

नारायणकाजीले भने : समृद्धिको अभियानमा प्रतिपक्ष नबनौं

११ साउन, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मुलुकको समृद्धि अभियानमा सबैलार्इ सरिक हुन अपील गरेका छन् । शुक्रबार महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजन गरेको नीति, कार्यक्रम तथा वजेट सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले समृद्धिको अभियानमा कोही पनि प्रतिपक्षी हुन नहुने बताए । ‘चुनाव र सरकार सञ्चालनको जिम्मेवारी तोकिएको अवधिका लागि […]

समृद्धिको अभियानमा प्रतिपक्ष नबनौंः नारायणकाजी श्रेष्ठ

११ साउन, महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मुलुकको समृद्धि अभियानमा सबैलार्इ सरिक हुन अपील गरेका छन् । शुक्रबार महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजन गरेको नीति, कार्यक्रम तथा वजेट सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले समृद्धिको अभियानमा कोही पनि प्रतिपक्षी हुन नहुने बताए । ‘चुनाव र सरकार सञ्चालनको जिम्मेवारी तोकिएको अवधिका लागि […]

डा. केसीलाई प्रयोग गरेर सरकारविरुद्ध चलखेल भयो : नारायणकाजी

७ साउन, गोरखा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको प्रयोग गरेर सरकारलाई अप्ठेरोमा पार्ने खेल भइरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवस कार्यक्रमका लागि गृहजिल्ला गोरखा पुगेका उनले सरकारको काममा वाधा पुर्‍याउने गरी चलखेल सुरु भएको बताएका हुन् । ‘बल्ल बल्ल पहिलो पटक राजनीतिक स्थिरता र जनुमखी विकास दिने गरी सरकारले […]

नारायणकाजीले भने : कानुनमन्त्रीको टिप्पणीप्रति सरकारको ध्यान जाओस्

६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले तामाङको टिप्पणी दुखद रहेको भन्दै यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्तै झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी […]

कानुनमन्त्रीको टिप्पणीप्रति सरकारको ध्यान जाओस् : नारायणकाजी

६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले तामाङको टिप्पणी दुखद रहेको भन्दै यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्तै झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी […]

नेकपा प्रवक्ता श्रेष्ठले भेटे डा. गोविन्द केसी

६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् । आइतबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर केसीलाई भेट गरेका श्रेष्ठले उनलाई स्वास्थ्य परीक्षण गर्न दिन आग्रह गरेका छन् । जुम्लाबाट काठमाडौं ल्याएदेखि स्वास्थ्य परीक्षण पनि नगरी बसेका केसीलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गरेको श्रेष्ठले बताए । ‘तपाईका […]

‘नाकाबन्दी बिर्सिएका छैनौं, भारतसँग ढुक्क हुन सकिँदैन’

२५ वैशाख, काठकाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता नारायणकाजी श्रेष्ठले दुई देशका प्रधानमन्त्रीको भ्रमण आदान प्रदान हुँदैमा भारतसँग नेपालले ढुक्क हुने आइनसकेको बताए । पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका माओवादी नेता श्रेष्ठले अनलाइनखबरसँग भने- प्रधानमन्त्री वा राजनीतिक दलका शीर्षनेताहरु भारत भ्रमणमा जाँदा हरेकपटक राम्रो भयो, नेपाल भारत सम्वन्ध नयाँ उचाइमा पुग्यो भन्ने गरेका छ्न् । तर […]

नारायणकाजी श्रेष्ठ भन्छन् : सरकारले काम राम्रो नगरे धक्का खाइन्छ

२३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका शीर्षनेता नारायणकाजी श्रेष्ठले राज्यलाई क्रान्तिकारीकरण गर्न नसकिए आगामी चुनावमा कम्युनिष्टहरुले धक्का खान सक्ने खतरा स्वीकार गरेका छन् । सरकारले राम्रो काम गरेन र विशिष्ट कार्यदिशा कार्यान्वन हुन पाएन भने यसबाट कम्युनिष्ट आन्दोलन र देश नै बर्बाद हुन सक्ने माओवादी नेता श्रेष्ठले औंल्याए । ‘यतिबेला वर्ग संघर्षको मुख्य मोर्चा […]

‘सरकारले काम राम्रो नगरे धक्का खाइन्छ’

२३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका शीर्षनेता नारायणकाजी श्रेष्ठले राज्यलाई क्रान्तिकारीकरण गर्न नसकिए आगामी चुनावमा कम्युनिष्टहरुले धक्का खान सक्ने खतरा स्वीकार गरेका छन् । सरकारले राम्रो काम गरेन र विशिष्ट कार्यदिशा कार्यान्वन हुन पाएन भने यसबाट कम्युनिष्ट आन्दोलन र देश नै बर्बाद हुन सक्ने माओवादी नेता श्रेष्ठले औंल्याए । ‘यतिबेला वर्ग संघर्षको मुख्य मोर्चा […]