Comments Add Comment

नारायणी अस्पताल

List Grid
कोरोना निको भएर नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज

१० जेठ, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् । शनिबार ९ […]

यस्तो छ कोभिड संक्रमितले प्रयोग गर्ने चर्पी र बाथरुम

९ जेठ, वीरगञ्ज । नारायणी अस्पतालको गाइनो (महिला तथा प्रसूति) वार्डमा बनाइएको आइसोलेसनमा कोरोना संक्रमितलाई राखेको १० दिन बितेको छ। यस वार्डका तीन वटा कोठामा २३ जना संक्रमितलाई राखिएको छ । उनीहरूका लागि दुईवटा मात्रै शौचालयको प्रवन्ध छ । त्यसमध्ये एउटाको प्यान सफा छ, अर्कोको प्यान र भित्ता दुवै कालो छ । तीन दिनअघि बी […]

‘एक्कासी बिरामी बढ्दा आइसोलेसनमा मापदण्ड पूरा गर्न सकेनौं’

७ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एक संक्रमितले आफू अस्पतालको आइसोलेसनमा एक साताभन्दा बढी बस्दा पनि ज्वरो, खोकी, शरीर दुःख्ने जस्तो लक्षण नरहेको बताएका छन् । आफ्नै टोलमा स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली आउँदा उनले स्वाब दिएका थिए । उनको पहिलो रिपोर्ट नेगेटिभ आयो । त्यसको केही दिनपछि फेरि स्वाब दिए । दोस्रो रिपोर्ट […]

नारायणीका कोरोना संक्रमितको दैनिकी : नमाज पढ्ने, फोनमा गफिने

२२ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल प्रदेश–२ मा हालसम्म भेटिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारको थलो बनेको छ । संघीय सरकारले लेभल–२ को कोरोना अस्पताल घोषणा गरेपछि नारायणीमा अन्य सेवा ठप्प छ । यो अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाहीका ११ जना संक्रमितको उपचार भइरहेको छ । यसअघि कोरोनामुक्त भनेर डिस्चार्ज भएका दुई जना […]

नारायणीलाई कोभिड अस्पताल बनाएको विरोधमा वीरगञ्जमा कांग्रेसको प्रदर्शन

२१ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा सामान्य रोगको उपचार सुरु गर्न माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । हाल यो अस्पताल कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएकाले यहाँबाट सर्वसाधारणले पाइरहेको अन्य सेवा बन्द गरिएको छ । नेपाली काँग्रेस पर्साले नारायणीमा बन्द गरिएका सबै जनरल सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । […]

रौतहटका दुई संक्रमित पनि नारायणी अस्पतालमा

१६ वैशाख, वीरगञ्ज । रौतहटका २ जना कोरोना संक्रमितलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ । देवाही गोनाही–१ करुनिया टोलका ३५ वर्षीय पुरुषलाई आइसोलेसन वार्डमा राखिसकिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनी दिल्लीबाट वैशाख ४ गते नेपाल आएका थिए । क्वारेन्टाइन जानुअघि उनी घर परिवार र ससुरालीमा केहिदिन बसेको पाइएको छ […]

नारायणी अस्पतालमा ५० शय्याको आइसोलेसन वार्ड थपिने

१५ बैशाख, वीरगञ्ज । लेभल १ को कोरोना अस्पताल भएपछि नारायणी अस्पतालमा अन्य सेवा ठप्प छ । कतिपय मानिसहरु थाहा नपाएर उपचारका लागि आउँछन् । उनीहरु उपचार नपाएपछि अन्यत्र जान बाध्य छन् । अस्पतालमा कोरोना संक्रमित ३ जना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा हाल १५ बेडको आइसोलेसन वार्ड छ । […]

वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेस्ट नेगेटिभ

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ । र्‍यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् । उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो […]

तत्काल कोरोना अस्पताल सञ्चालन गर्न वीरगञ्जका चिकित्सकको माग

३० चैत, वीरगञ्ज । वीरगञ्जका चिकित्सकले कोरोना भाइरस विशेष अस्पताल सञ्चालन गर्न माग गरेका छन् । आइतबार वीरगञ्जमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कोरोना संक्रमितको उपचार गर्दै आएका चिकित्सकले कोरोना विशेष अस्पताल सञ्चालन गर्न माग गरेका हुन् । आइतबार नारायणी अस्पतालका चिकित्सवको आकस्मिक बैठकले जनरल र कोभिड–१९ का बिरामीलाई एकै ठाउँमा राखेर […]

नारायणी अस्पतालको बोर्ड फेरियो, सेवा र जनशक्ति उस्तै

२९ फागुन, वीरगञ्ज । टर्सरी अस्पतालमा रुपान्तरणको प्रक्रियामा अघि बढेको नारायणी अस्पतालको बोर्ड फेरिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको बोर्ड मात्रै रहेको अस्पतालमा बुधबार बिहान नारायणी अस्पताल लेखिएको बोर्ड लगाइएको हो । स्वास्थ्य मन्त्रालयले उपक्षेत्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पताललाई विशेषज्ञ सेवासहित ५०० बेडको प्रदेश २ कै नमूना अस्पतालको रुपमा स्तरोन्नती गरेको दावी गरेको छ […]

नारायणी उपक्षेत्रीय अस्पतालको स्तरोन्नती गरिने

२२ पुस, वीरगञ्ज । संघ र प्रदेश सरकारले नारायणी उपक्षेत्रीय अस्पतललाई स्तरोन्नती गर्ने घोषणा गरेका छन् । संघ सरकारले केन्द्रीय स्तरको अस्पताल बनाउने घोषणा गर्दै प्रक्रिया अघि बढाएको छ भने प्रदेश सरकारले पनि प्रदेशकै शिक्षण अस्पताल बनाउने घोषणा गरेको छ । मधेस आन्दोलनको बलमा सरकारमा पुगेका मधेसी दलबाट वीरगञ्जले उपलब्धी खोजिरहेको अवस्था छ । प्रदेश […]