Comments Add Comment

निर्मला पन्त

List Grid
निर्मला प्रकरणमा प्रहरीले भन्यो– सबै कुरा डीएनए मात्रै होइन

८ पुस, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी फेरि एकपटक चुकेको छ । पहिलोपटक बलियो सबुतविनै दिलिपसिंह विष्टलाई सार्वजनिक गरेर साख गुमाएको प्रहरी दोस्रोपटक प्रदीप रावल र विशाल चौधरीको नाम सार्वजनिक गर्दा चुकेको हो । पछिल्लो समय १९ मंसिरमा नाम सार्वजनिक गरिएका दुई युवामध्ये एक विशाललाई प्रहरीले शनिबार […]

निर्मला हत्या प्रकरणः आरोप स्वीकारेको भनिएका दुई जनाको डीएनए कञ्चनपुर पठाइयो

३ पुस, काठमाडौं । निर्मला हत्या प्रकरणमा शंकास्पद मानिएका दुई जनाको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको हो । यसअघि मुख्य शंकास्पदका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रदिप रावल र विशाल […]

निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?

२८ मंसिर, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले प्रहरीमाथि विश्वासको संकट सिर्जना गरेको छ । प्रहरी अनुसन्धानमाथि सर्वसाधारणले भर गर्न छाडेका छन् । अब ‘डीएनए’ लाई नै अन्तिम अस्त्र मान्न थालिएको छ । तर, डीएनएको वैधानिकतामाथि पनि प्रश्न उठेको छ । तथापि, अहिलेसम्म प्रहरीसँग अपराधी पत्ता लगाउने आधार एउटै मात्र छ– निर्मलाको ‘भजाइनल स्वाव’ […]

निर्दोषलाई थुन्न प्रधानमन्त्री तहबाटै आउँछ दबाव !

२५ मंसिर, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा निर्दोषलाई थुनेर अपराधी लुकाएको आरोप सरकार र प्रहरीमाथि लाग्दै आएको छ । पछिल्लो पटक प्रदीप रावल पक्राउ गर्दा पनि प्रहरी यो आरोपबाट मुक्त भएको छैन । जबकी उनले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्मला प्रकरणमा प्रहरीमाथि प्रश्न गर्दै ट्वीट गरे […]

निर्मलाको पक्षमा प्रदर्शन गर्दा कृष्ण पहाडीसहित २५ अधिकारकर्मी पक्राउ

२४ मंसिर, काठमाडौं । बालुवाटास्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका २५ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज नेपालले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागी भएका अधिकारकर्मीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार […]

निर्मलाको न्यायका लागि उठौं भन्दै काठमाडौंमा प्रदर्शन

२३ मंसिर, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । ७० औं मानव अधिकार दिवसको सन्दर्भ पारेर स्ट्याण्ड अप फर जस्टिस नामक अभियानले प्रदर्शन गरेको हो । निर्मलाको तस्वीर अंकित ब्यानरमा न्यायका लागि उठौं लेखेर अभियानकर्मीहरुले प्रदर्शन गरेका हुन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि हरेक […]

दुई शंकास्पदको डीएनए साँझसम्ममा आउने, अझै एक जना फरार रहेको दाबी

२३ मंसिर, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट साँझसम्म आउन सक्ने प्रहरी स्रोतले जनाएको हो । घटनाको अनुसन्धान गरिरहेको […]

निर्मला हत्याको अनुसन्धानः अपेक्षा बढी, उपलब्धी थोरै

२० मंसिर, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा थप ३ जना शंकास्पद व्यक्तिलाई प्रहरीले काठमाडौं ल्याएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा शंकास्पद देखिएका उनीहरुलाई काठमाडौं झिकाइएको हो । काठमाडौंबाट पक्राउ परेका भीमदत्तनगर–१८ का प्रदीप रावलको बयानका आधारमा उनीहरुलाई बिहीबार दिउँसो काठमाडौं ल्याइएको प्रहरीले […]

निर्मलाका लागि न्याय माग्दै डडेल्धुराका विद्यार्थी सडकमा

२० मंसिर, डडेल्धुरा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वषर्ीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै डडेल्धुराका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले जिल्ला सदमुकाम बागबजारमा बिरोध प्रदर्शन गरेका हुन् । सदुमुकामका विभिन्न विद्यालयका विद्यार्थीको सहभागीतामा दिउँसो ३ बजे तुफानडाँडादेखि बागबजारसम्म दबाबमूलक शान्तिपूर्ण र्‍याली निकालेका थिए । ‘सरकार भेटीयो न्याय भेटिएन, निर्मलालाई न्याय दे […]

निर्मला हत्या प्रकरणः काठमाडौंबाट समातिएका व्यक्तिको बयान जारी

२० मंसिर, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा संलग्न भएको आरोपमा काठमाडौँंबाट समातिएका व्यक्तिको बयान जारी छ । महाराजगञ्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालयमा भीमदत्तनगर-१८ का प्रदीप रावलको बयान लिने काम भइरहेको हो । प्रहरीले उनलाई केही अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ […]

निर्मलाको पोष्टर टाँस्नेलाई सरकारको जवाफः छिट्टै सरकार भेटिनेछ

२० मंसिर, काठमाडौं । ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने तस्वीर भाइरल भएपछि सरकारको असन्तुष्टि सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकार चुप लागेर नबसेको बताए । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले भने, यो प्रकरणमा अनुसन्धानको घेरा साँघुरिदै गएको छ ।’ अहिले सरकार भेटिएन केके भेटिएन भनेर अभियान चलाउनेहरुले पनि […]

निर्मलालाई न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, ११ जना पक्राउ

२० मंसिर, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा […]

निर्मला हत्या प्रकरणः काठमाडौंबाट एक शंकास्पद व्यक्ति नियन्त्रणमा

१९ मंसिर, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंबाट नियन्त्रणमा लिएको छ । कञ्चनपुरकै एक युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको स्रोतले बतायो । हाल उनको नाम गोप्य राखिएको छ । पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् । विभिन्न समितिले घटनामाथि अनुसन्धान गर्ने […]

निर्मलाको भाइरल पोष्टरः ९ हजार रूपैयाँले मच्चिएको खल्बली

१९ मंसिर, काठमाडौं । चार जना तन्नेरीहरु (दुईले दाह्री पालेका र दुईले नपालेका) मंगलबार अनलाइनखबरको कार्यालयमा आए । उनीहरु केही भन्न चाहन्थे । तर शर्त थियो, पहिचान गोप्य राख्नुपर्ने । कुरा गर्दै जाँदा खुल्यो कि उनीहरु बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको तस्वीरसहित बनेको ‘सरकार भेटियो, न्याय भेटिएन’ पोष्टर अभियानमा संलग्न फेसबुक ग्रुप मेन्स […]

निर्मला हत्या प्रकरणः बर्खास्त दुई अधिकारीले पुनर्वहालीको माग गर्दै निवेदन दिए

१६ मंसिर, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धानमा लापरबाही गरेको आरोपमा बर्खास्तीमा परेका दुई अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन बुझाएका छन् । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्टले जागिरमा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन् । घटनाको अनुसन्धानमा […]

निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै बुटवलमा विप्लवको प्रदर्शन

१६ मंसिर, बुटवल । कन्चनपुरकी-१३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारवाहीको माग गर्दै बुटवलमा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देही र अखिल क्रान्तिकारीको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनलाई लक्षित गरी प्रशासनले चोकचोकमा सुरक्षाकर्मीको तैनाथी बढाएको थियो । बाक्लो सुरक्षा घेराका बीच राजमार्ग […]

निर्मला हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने

१५ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित पत्रिकाहरुमा आजबाट सुरु हुन लागेको एसिया प्यासिफिक सम्मेलन र त्यससँग सम्बन्धित समाचारहरु प्राथमिकतामा परेका छन् । त्यससँगै कुकुरले रक्तदान गरेको, तराई मधेस फास्ट ट्र्याक निर्माणमा सेनाले गरेको प्रस्ताव र निर्मला हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्नेलगायतका समाचारलाई पनि पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकका अनुसार महिला […]

निर्मलाका हत्यारा सरकारले नै लुकाएको छ : डा. केसी

११ मंसिर, कञ्चनपुर । प्रा. डा. गोविन्द केसीले सरकारले नै निर्मला पन्तका हत्यारालाई लुकाएको आरोप लगाएका छन् । घटना भएको चार महिना पुग्दासम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै उनले सरकारलाई छिटो अपराधी पक्राउ गर्न माग गरे । निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सुरु गरिएको धर्नामा आफनो ऐक्यबद्धता जाहेर गर्न मंगलबार महेन्द्रनगर […]

निर्मला हत्या प्रकरणः अनसनस्थल पुगे डा. केसी

११ मंसिर, कञ्चनपुर । डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाएका छन् । निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म)को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित अनसन स्थल पुगेका हुन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा. […]

निर्मलाका हत्यारालाई पक्राउ गर्न सरकारलाई डा. केसीको तीन हप्ते अल्टिमेटम

१० मंसिर, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते गतेसम्मको अल्टिमेटम दिएका छन् । नभए आमरण अनसन बस्ने उनले बताए । सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे । साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा […]

यज्ञराज आईसीयुमा, दूर्गादेवीलाई पीरमाथि पीर !

१० मंसिर, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि लड्दा लड्दै आमा दुर्गादेवीका १२४ दिन बितिसकेका छन् । उनी अहिले पतिको उपचारका क्रममा टिचिङ अस्पतालमा छिन् । मानसिक अवस्था बिग्रिएका पति यज्ञराज आईसीसीयूमा छन् । उनको खुट्टामा प्लास्टर गरिएको छ । संघर्षमा दिन बित्तै जाँदा कमजोर बन्दै गएको न्यायको आश त एकातिर […]