Comments Add Comment

निर्मला पन्त

List Grid
निर्मला पन्तको परिवारलाई प्रदेश सरकारले ५ लाख राहत दिने

१० भदौ, कञ्चनपुर । कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५/५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ५/५ लाख रुपैयाँ राहत घोषणा गरेका हुन् । कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या […]

देउवाको प्रश्न : राज्य नै दोषी जोगाउन लागेपछि न्याय माग्न कहाँ जाने ?

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै देउवाले दोषी जोगाउन सरकार नै लागेपछि न्याय माग्न कहाँ जाने भनी प्रश्न गरे । ‘कञ्चनपुर घटनाकमो अनुसन्धानमा भएको ढिलाइले हामी कस्तो राज्य गइरहेका […]

भीमदत्तनगरमा पुनः कर्फ्यु अादेश जारी

१० भदौ, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा अाइतबार पुनः कर्फ्यु लगाइएको छ । भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर अाइतबार बिहान १० बजेपछि पुनः कर्फ्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि […]

कञ्चनपुरमा गोली चलेलगत्तै प्रधानमन्त्रीलाई प्रचण्डको फोन

८ भदौ, काठमाडौं । तेह्र वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन समिति गठन गर्नुका साथै र सुरक्षा अधिकारीहरुको सरुवापछि कञ्चनपुरको आक्रोश केही मत्थर हुने अपेक्षा थियो । तर, शुक्रबार अपरान्ह प्रहरीको गोलीबाट गोली चल्दा बालकको मृत्यु भयो । यसमा सत्तारुढ दलकै नेता भीम रावलको अभिव्यक्ति पनि कारण बनेपछि नेकपाका नेता तथा सांसद आत्तिएका छन् । गोली […]

कञ्चनपुरमा फेरि गोली चल्यो, ४ जना घाइते

८ भदौ, कञ्चनपुर । बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको छ । कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले गोली चलेको पुष्टि गरे । प्रहरीले गोली […]

कञ्चनपुर घटनाका घाइतेलाई गृहमन्त्रीले भेटे

८ भदौ, काठमाडौं । कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् । शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर थापाले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यसअघि कञ्चनपुरमा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको घटनामाथि प्रहरीले गरेको अनुसन्धानमा प्रश्न उठाउँदै चर्किएको आन्दोलनका क्रममा […]

निर्मला हत्याबारे अनुसन्धान गर्न समिति गठन

७ भदौ, काठमाडौं । गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । उनी कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् । गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य […]

कञ्चनपुरमा गोलीकाण्डपछि सीडीअो र एसपी फेरिए

७ भदौ, काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो । मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन […]

कञ्चनपुरमा गोली चलाएकोमा कांग्रेस र राप्रपाद्वारा बिरोध

७ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाएकोमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ । १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रहरी कार्यालयबाहिर प्रदर्शनमा उत्रिएकाहरुमाथि बिहीबार प्रहरीले गोली चलाएको थियो । कांग्रेस र राप्रपाले बिहीबार विज्ञप्ति जारी गरी प्रहरीको […]

कञ्चनपुरका सीडीअो र एसपी फेरिए

७ भदौ, काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो । उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो । मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन […]

निर्मला हत्याबारे अनुसन्धान गर्न सह–सचिवको नेतृत्वमा समिति गठन

७ भदौ, काठमाडौं । गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । उनी कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् । गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य […]

कञ्चनपुर घटनाबारे छानबिन समिति गठन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

७ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छानबिन समिति गठन गर्ने तयारी गरिएको बताएका छन् । बिहीबार प्रदेश नं. ७ का सांसद् लगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले […]

कञ्चनपुरमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागेर ४ जना घाइते

७ भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज […]

निर्मला पन्त हत्याबारे वास्तविकता लुकाइएको स्थानीयको अारोप

५ भदौ, भीमदत्तनगर । तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले मंगलबार भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका विष्ट मानसिक अवस्था […]

भिनाजु मारेर जेल परेका व्यक्तिले निर्मलाको हत्या गरेको दाबी

४ भदौ, कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २६ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर जेठ ०७४ मा छुटेको प्रहरीको भनाइ छ । बिष्टले गाँजा र […]

भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या

४ भदौ, कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २६ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर जेठ ०७४ मा छुटेको प्रहरीको भनाइ छ । बिष्टले गाँजा र […]

निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ

४ भदौ, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् । घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरिएको सीआईबीका एक अधिकारीले पुष्टि गरे । पक्राउ परेका विष्टलाई […]

निर्मला मृत्यु प्रकरणमा दुईजना पक्राउ

१७ साउन, काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पीडित परिवारले दिएको उजुरीको आधारमा प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका मोहन्याल ५ का २२ ववर्षका जीवन घर्तीमगर र १७ वर्षका दीपक नेगीलाई पक्राउ गरेको गृहमन्त्री रामबहादुर थापा बादलले जानकारी दिए । साउन १० गते कञ्चनपुरको […]