Comments Add Comment

निर्मला हत्या प्रकरण

List Grid
निर्मला हत्याबारे गृहमन्त्रीले संसदमा जवाफ दिने, कांग्रेसको अवरोध हट्यो

२८ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे गृहमन्त्रीले भोलि संसदमा जवाफ दिने सरकारको प्रतिबद्धतापछि संसदको अवरोध हटेको छ । बिहीबार प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेको थियो । दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति […]

निर्मला पन्त हत्याको छानबिन समितिमा फर्किए उपसचिव केसी

२७ भदौ, काठमाडौं । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी छानबिन समितिमा फिर्ता भएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् । निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति […]

निर्मला हत्याको छानविनबाट किन अलगिए उपसचिव केसी ?

२५ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् […]

निर्मला हत्याको छानविनबाट अलगिए उपसचिव केसी

२५ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् […]

कञ्चनपुर घटनाबारे आईजीपी खनाल भन्छन्-नालायक नेतृत्वले समस्या भयो

२२ भदौ, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीको भूमिकालाई लिएर स्थानीयले आक्रोश पोखेका छन् । स्थानीयको आक्रोशपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भनेका छन् – तत्कालीन प्रहरी प्रमुख (एसपी) लाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु ।’ राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको […]

प्रदेश मन्त्री भन्छन् : अन्तरीक्षमा पुगेर भए पनि निर्मलाका हत्यारा पत्ता लगाउँछौं

२२ भदौ, कञ्चनपुर । प्रदेश ७ का आन्तरिम मामिला तथा कानुमन्त्री प्रकाश साहले निर्मला पन्त हत्याका दोषीलाई कानुनी दायरामा ल्याइछाड्ने बताएका छन् । राष्ट्रिय मानवअधिकरा आयोगले शुक्रबार गरेको कार्यक्रममा प्रदेशका आन्तरिक मामिलामन्त्री शाहले अन्तरिक्षमा पुगेको भएपनि खोजेर कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । ‘सागरको सात तला मुनी छिरेको किन नहोस्, खोजेर ल्याइन्छ’ मन्त्री शाहले […]

कञ्चनपुर पुगेका आईजीपी खनाल भन्छन्-नालायक नेतृत्वले समस्या भयो

२२ भदौ, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीको भूमिकालाई लिएर स्थानीयले आक्रोश पोखेका छन् । स्थानीयको आक्रोशपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भनेका छन् – तत्कालीन प्रहरी प्रमुख (एसपी) लाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु ।’ राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको […]

अन्तरीक्षमा पुगेर भए पनि निर्मलाका हत्यारा पत्ता लगाउँछौंः प्रदेश मन्त्री शाह

२२ भदौ, कञ्चनपुर । प्रदेश ७ का आन्तरिम मामिला तथा कानुमन्त्री प्रकाश साहले निर्मला पन्त हत्याका दोषीलाई कानुनी दायरामा ल्याइछाड्ने बताएका छन् । राष्ट्रिय मानवअधिकरा आयोगले शुक्रबार गरेको कार्यक्रममा प्रदेशका आन्तरिक मामिलामन्त्री शाहले अन्तरिक्षमा पुगेको भएपनि खोजेर कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । ‘सागरको सात तला मुनी छिरेको किन नहोस्, खोजेर ल्याइन्छ’ मन्त्री शाहले […]

कांग्रेसले भन्योः निर्मला पन्तको हत्याबारे सरकार गम्भीर देखिएन

१८ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएको छ । सोमवार प्रतिनिधिसभामा जरुरी महत्वको विषय भन्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीले स्थलगत रुपमा गरेको अध्ययनबारे जानकारी गराउँदै सरकार निर्मला पन्त हत्याबारे सरकार गम्भीर नभएको बताए । ‘देशमा वलत्कारका घटना बढ्दै गएको छ । भदौ १४ गते कञ्चनपुरको बेलगाँडीमा […]

निर्मला पन्त हत्याको बिरोध गर्दै रौतहटमा प्रदर्शन

१४ भदौ, रौतहट । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा रौतहटमा पनि प्रर्दशन भएको छ । देशभरी नै महिला हिंसा तथा बलात्कारको घटना बढेको भन्दै विभिन्न संघसंस्थाहरुले बिहीबार गौरमा प्रर्दशन गरेका हुन् । कञ्चनपुरलगायत देशका विभिन्न भागका बालबालिकाहरु एकपछि अर्को हिंसामा परेको भन्दै रौतहटको गौरमा अधिकारकर्मी तथा अभियन्ताहरुले मुखमा कालोपट्टी बाँधेर र्‍यालीसहित प्रदर्शन गरेका […]

निर्मला हत्याको विरोधमा डडेल्धुरामा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

९ भदौ, डडेल्धुरा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा पनि प्रदर्शन गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको र आन्दोलनमा सहभागी किशोर सनि खुनालाई गोली हानी मारेको भन्दै डडेल्धुरामा शनिवार पनि आम नागरिकहरुले आन्दोलन गरेका […]

निर्मला हत्या प्रकरणः बबिता र रोशनी पक्राउ

९ भदौ, कञ्चनपुर । निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् । निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो […]

नेकपाको आकस्मिक निर्णयः अपराधीलाई कडा कारवाही गरिने

९ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको छ । कञ्चनपुरको घटनाबारे छलफल गर्न नेकपाको बैठक बसेको हो । बैठकले देशभरि बढीरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण गरेको नेकपाका नेता नारायणकाजी श्रेष्ठले अनलाइनखबरलाई बताए । श्रेष्ठले भने- ‘कसैले पनि अपराधीलाई उक्साउने वा संरक्षण […]

कञ्चनपुरका ३ प्रहरी अधिकारीमाथि विभागीय कारवाहीको तयारी

९ भदौ, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय छात्रा निर्मला पन्तका हत्यारालाई तीन हप्तासम्म खोजविन  र कारवाही नगरेको आरोप लागेका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले थप कारवाही प्रक्रिया अगाडि बढाएको छ । घटनामा अनुसन्धानको माग भइरहेकाले एसपीका छोरालाई समेत पक्राउ गरिने भएको छ । निर्मलाको हत्याको घटनामा निश्पक्ष छानविन गर्नुको साटो तीन हप्तासम्म जिम्मेवारी […]

कर्फ्यू दीर्घकालीन समाधान होइन, अपराधीलाई कारवाही होस्ः नयाँ शक्ति

९ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले निर्मला पन्तको हत्यामा संलग्नलाई हदैसम्मको कारवाही माग गरेको छ । साथै निर्मलाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय एक किशोरको मृत्यु भएको घटनाको घोर भर्तसना पनि गरेको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले शनिबार बिहान ट्वीट गर्दै […]

भीमदत्तका मेयर भन्छन्- बलात्कारी आफन्त नै भए पनि कारवाही होस्

९ भदौ, कञ्चनपुर । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले निर्मला पन्तका हत्यारा र बलात्कारीलाई पत्ता लगाएर हदैसम्मको कारवाही गरिनुपर्ने बताएका छन् । त्यस्तो अपराधी आफ्नै परिवारको सदस्य रहेछ भने पनि प्रहरीलाई बुझाउन र कारवाहीका लागि सघाउन आफू तयार रहेको विष्टले अनलाइनखबरलाई बताए । निर्मलाको हत्याको घटनामा मेयरका भतिजामाथि पनि शंका उब्जिएको समाचार अनलाइनखबरमा आएपछि विष्टले […]

कञ्चनपुरको स्थिति साम्य बनाउन सर्वदलीय छलफल

९ भदौ, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ । बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनौं प्रदर्शनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको हो । बैठकमा शान्तिपूर्ण वातावरण बनाएर […]

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

९ भदौ, कैलाली । निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शुक्रबार भएको आन्दोलनमा गोली लागि घाइते भएकाहरुको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरु चेतन भट्ट, कबिन्द्र सिंह र दामोदर खत्रीको उपचार भैरहेको अस्पतालका डा. गोविन्द रावतले जानकारी दिए । डा. रावतका अनुसार घाइतेद्वय सुरेश प्रकाश चटौत र उमेश देउवालाई सामान्य उपचारपछि […]

महेन्द्रनगर आज पनि अशान्त

७ भदौ, महेन्द्रनगर । निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ । पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् । बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल […]

निर्मला हत्या प्रकरण : महेन्द्रनगर दिनभर तनावग्रस्त

६ भदौ, कञ्चनपुर । निर्मला पन्तको हत्याका विषयलाई लिएर कञ्चनपुरको महेन्द्रनगर बुधबार दिनभर पनि तनावग्रस्त रहृयो । प्रहरी वास्तविक अपराधीलाई बचाउन मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई पक्राउ गरेको भन्दै स्थानीय र सर्वसाधारणले बुधबार विहानैदेखि जिल्ला प्रशासन र प्रहरी कार्यालयबाहिर प्रदर्शन गरे । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास प्रहार गर्‍यो । दिउँसो केहीबेर साम्य भएको […]