Comments Add Comment

निर्वाचन आयोग

List Grid
प्रदेश राजधानीमा प्रादेशिक निर्वाचन कार्यालय स्थापना

१८ चैत, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको छ । बुधबार प्रदेश निर्वाचन कार्यालयहरुको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भर्चुअल माध्यमबाट उद्घाटन गरे । आयोगले हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको हो […]

देशभर १ करोड ६२ लाख मतदाता, कुन जिल्लामा कति ?

४ चैत, काठमाडौं । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा […]

सन्ध्या तिवारीको ‘एमाले’ खोसियो, गोपाल किरातीको पार्टी नाम र चिह्न गायब

२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ । साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि पछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई खारेज गरेको हो । मंगलबार बसेको आयोगको बैठकले […]

एमाले र माओवादीलाई निर्वाचन आयोगले भन्यो : एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू

२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने […]

कसरी कार्यान्वयन हुन्छ एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला ?

२४ फागुन, काठमाडौं । आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदियो । तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनेपछि सोही नाममा निर्वाचन आयोगले दल दर्ता गरिदिएको थियो । तर, त्यो भन्दा पहिले आफ्नो नेतृत्वमा नेकपा पार्टी दर्ता रहेको भनी ऋषि कट्टेलले सर्वोच्चमा रिट […]

आयोगको फैसलासम्बन्धी पत्र निर्वाचन आयोगमा

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीसँग नाम मिल्ने गरी दर्ता भएको ओली-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता खारेजसम्बन्धी गरेको फैसला निर्वाचन आयोगमा पुगेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलासम्बन्धी पत्र प्राप्त भएको र उक्त पत्र आयोगमा दर्ता भइसकेको जानकारी दिएका हुन् । तत्कालीन नेकपा […]

दल विभाजन विवाद : कस्ता छन् निर्वाचन आयोगका नजीरहरू ?

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आधिकारिकता विवादमा निर्वाचन आयोग लामो समयदेखि अनिर्णित छ । आधिकारिकता दाबी गरेको एक महिना वितिसक्दा समेत राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगका आफ्नै नजीरहरुलाई समेत बेवास्ता गर्दै आयोग पदाधिकारीहरू विवाद निरुपणको प्रक्रियामा प्रवेश गरेका छैनन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ भने प्रचण्ड–माधव पक्षबाट प्राप्त […]

निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र : अविलम्ब नेकपाको विवाद निरुपण गरी पाऊँ

२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेका थिए । ‘तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेका निवेदन दिएका छौं’ पाण्डेले भने । पुस ५ मा संसद […]

नेकपा प्रचण्ड–माधव समूहका नेता निर्वाचन आयोगमा

२० फागुन, काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह बिहीबार निर्वाचन आयोग पुगेको छ । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन आफूहरु निर्वाचन आयोग आएको नेताहरुले बताएका छन् । बिहीबार नेताहरु राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका छन् । पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिने र प्रचण्ड–माधव […]

प्रमुख निर्वाचन आयुक्तलाई ओली समूहका नेता बस्नेतले भेटे

२० फागुन, काठमाडौं । नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् । नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताए । पार्टी एकताबद्ध बनाउने अभियान चलेको र संसदीय दल तथा केन्द्रीय कमिटीका बहुमत सदस्य […]

निर्वाचन आयोगलाई ५ पूर्वप्रमुख आयुक्तको आग्रह : नेकपाबारे यथाशीघ्र निर्णय देऊ

१९ फागुन, काठमाडौं । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र (का.वा) दोलखबहादुर गुरुङले बुधबार संयुक्त वक्तव्य जारी गर्दै आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको बताएका हुन् । […]

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]

प्रचण्ड–माधवको दावी : निर्वाचन आयोगले केही दिनमै हाम्रो पक्षमा निर्णय गर्छ

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकता प्रदान गर्ने दावी गरेका छन् । सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका हुन् । प्रधानमन्त्री केपी […]

निर्वाचन आयोग : संवैधानिक भूमिकाबाट च्युत हुँदै

१६ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संवैधानिक संकटको खतरा टरेको छ । तर, राजनैतिक संकट भने कायमै छ । अहिलेको यो राजनैतिक संकट निर्वाचन आयोगको अनिर्णयका कारणले निम्तिएको हो । निर्वाचन आयोगले गत ११ माघमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई […]

निर्वाचन आयोगका प्रवक्ता भन्छन् : नेकपाको विवाद टुंग्याएर छिट्टै निकास दिन्छौं

१५ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ  । संसद पुनर्स्थापनापछि निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप हटेकाले समयका हिसाबले केही सहजता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । यद्यपि छिट्टै नै निकास दिने उनले बताए । भन्छन्, ‘दलसम्बन्धी विषयमा दर्ता […]

संसदले नै नेकपा फुटाउन सक्छ ? प्रदेशको नजिर के छ ?

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना भएसँगै सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पार्टीका नेता र विज्ञसंग परामर्शमा जुटेका छन् । सभामुखको सचिवालयका अनुसार सापकोटाले बुधबार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम र सचिवालयका सचिवहरुसँग ब्रिफिङ लिए । बुधबार नै केही नेताहरुसँग भेटेर सभामुखले संसदका आगामी कदमहरु के कस्ता हुन सक्छन् भनेर राय/परामर्श लिए । बिहीबार पनि […]

नेकपाको आधिकारिकता विवाद टुंग्याउन आयोगलाई दुई महिना लाग्न सक्ने

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेताहरु राजेन्द्रप्रसाद पाण्डे र मुक्तिनारायण प्रधान बुधबार बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा पुगे । नेकपाको आधिकारिकतासम्बन्धी विवाद कति दिनभित्र समाधान होला भन्नेबारे बुझ्न आयोगमा पुगेका उनीहरु निराश बनेर फर्किए । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि अब बस्ने बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी प्रचण्ड–माधव समूहले गरेको छ । […]

निर्वाचन आयोगले चुनावका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढायो

११ फागुन, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए । आयोगले निर्वाचन सामग्री खरिदको […]

निर्वाचन आयोगले दलको आधिकारिता संकेत गरिसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

१० फागुन, गुल्मी । नेकपा केपी ओली समूहका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन आयोगले नेकपाको आधिकारिक पक्ष आफूहरु भएको संकेत दिइसकेको दावी गरेका छन् । गुल्मीमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले निर्वाचन आयोगले दलको आधिकारिताबारे अब केही भनिरहनु नपर्ने टिप्पणी गरे । परराष्ट्रमन्त्री ज्ञवालीले संसदभन्दा सरकार स्थिर हुनुपर्ने भन्दै ६–६ महिनामा सरकार परिवर्तन गरेर […]

भगवानले चमत्कार गरेनन् भने वैशाखमा चुनाव हुँदैन

१० फागुन, काठमाडौं । २०६४ सालको संविधानसभाको चुनाव सम्पन्न गरेका निर्वाचन आयोगका तत्कालीन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले वैशाखमा चुनाव गर्ने समय घर्किँदै गएको बताएका छन् । सरकारले घोषणा गरेको चुनावको मिति आउन ६७ दिन बाँकी भए पनि स्वयं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद अहिलेको चुनावका लागि सबैभन्दा ठूलो चुनौति रहेको […]

नेकपा आधिकारिकता विवाद : निर्वाचन आयोगको भूमिकामाथि १० प्रश्न

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यहारिकरुपमा विभाजित भयो । तर, दुई महिना बितिसक्दा पनि नेकपा विभाजनले कानूनी मान्यता पाउन सकेको छैन । ४४१ सदस्यीय केन्द्रीय सदस्यमध्ये करिब दुई तिहाई सदस्य आफूसँग रहेको प्रचण्ड–माधव पक्षको दाबी छ भने पार्टी […]