Comments Add Comment

निश्चल बस्नेत

List Grid
‘घरमा मलाई स्वस्तिमाले नचाउँछिन्’

‘खैनी चुरोट खान्छौ कि दाँतै कालो छ ?’ ‘दुई रुपियाँ’को गीतमै सही, पत्नी/अभिनेत्री स्वस्तीमा खड्काको शंका ठिकै रहेछ । हामीले भेट्दा उनी चुरोटको सर्को तानिरहेका थिए । तर, दाँतचाहीँ कालो थिएन । ‘मलाई भिडमा घुलमिल हुन मन लाग्छ’, उनले चुरोटको सर्को तान्दै भने, ‘भिडमा मलाई निश्चल बस्नेत भनेर कतिले पत्याउँदैनन् । कोही त सौगात मल्ल […]

‘२ रुपैयाँ’ रिलिज, ‘ए मेरो हजुर २’ दोश्रो हप्तामा

चलचित्र निर्देशनमा आफ्नो छुट्टै छाप छाडेका निर्देशक निश्चल बस्नेत अभिनित चलचित्र ‘२ रुपैयाँ’ आजबाट रिलिज भएको छ । काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्स हलमा उच्च शोका साथ रिलिज भएको यो चलचित्रले व्यापारमा पनि नयाँ रेकर्ड राख्ने अड्कल काटिएको छ । असिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहारी लगायतका […]

निश्चल र आसिफको ‘२ रुपैयाँ’लाइ मल्टिप्लेक्समा उच्च शो

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’ले काठमाण्डौका मल्टिप्लेक्समा पाएको शो यो बर्षकै उच्च हो । चलचित्रले शो पाए अनुसार ओपनिङ गरेको खण्डमा व्यापार आक्रामक हुनेछ । ‘कुटुमा कुटु’ बोलको गीतका कारण चर्चामा आएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भुमिका छ । असिम शाहले यो चलचित्रको निर्देशन गरेका हुन् […]

रिलिज अगावै ‘कुटुमा कुटु’लाइ २ करोड दर्शक

पछिल्लो २ बर्षयता नेपाली चलचित्रका गीतले एकलौटी रुपमा बजारमा कब्जा जमाएका छन् । नेपाली चलचित्रका गीत अहिले युटुबमा १ करोड भन्दा बढी पटक हेरिनु सामान्य भैसकेको छ । नेपाली चलचित्रका गीतले चाडपर्वदेखि आम जनताका मोबाइलमा कब्जा जमाएका छन् । पछिल्ला केही महिनायता सबैभन्दा बढी घन्किएको गीत हो, ‘कुटुमा कुटु’ । भदौ २३ गतेबाट रिलिज हुन […]

‘२ रुपैयाँ’मा लाउरेको र्‍याप, निश्चल र आशिफले के भने ?

चलचित्र ‘२ रुपैयाँ’ रिलिज हुन अब २ साता मात्र बाँकी छ । चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले अहिले तहल्का मच्चाइरहेको छ । तर, यसको निर्माणपक्ष भने अझै गीत छायांकन गरिरहेको छ । चलचित्रका लगि ओएसटी गीतको छायांकन गरिएको छ । ललितपुरमा सेट लगाएर र्‍यापर लाउरले चलचित्रको लागि तयार पारिएको ओएसटी गीतमा र्‍याप हाने । […]

‘२ रुपैयाँ’मा निश्चल र स्वस्तिमा काम गर्न किन राजी भए ?, यस्तो छ रोचक कुरा

भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’ अहिले संवादका कारण पनि चर्चामा छ । विशेषगरि, ‘यसलाइ सेल्फ-पि भन्छ मोरा’, खुर्रर जाएगा, खुर्रर आएगा, थरि थरिका दाह्री, त्यो दाह्रीवाला चै खै’ जस्ता संवादले यसलाइ चर्चामा ल्याइदिएको छ । चलचित्रमा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा १ करोड ७० लाख बढी भ्यूज पाएको छ भने […]

करोड कमाउन निश्चल र आशिफ ‘२ रुपैयाँ’को पछिपछि

‘२ रुपैयाँ’को कथालाई लिएर तयार पारिएको चलचित्र ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा कमेडी कथामा तयार भएको चलचित्रको रमाइलो ट्रेलर रिलिज गरिएको हो । अशिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहारि, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ‘कुटुमा कुट कुटु’ […]

‘कुटुमा कुटु’ १ करोड पटक हेरियो, केक काटेर सेलिव्रेशन

युटुबमा सार्वजनिक भएको ४९ दिनमै चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतको भिडियो १ करोड पटक हेरियो । छोटो समयमा नै १ करोड पटक हेरिने यो नेपाली चलचित्रको पहिलो गीत हो । यही खुशियालीमा चलचित्रको यूनिटले सोमबार काठमाण्डौमा सेलिव्रेशन गरेको छ । भदौ २३ गतेबाट रिलिज हुने यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह र […]

निश्चल र आशिफको अगाडि टल्कियो सुमीको जवानी

यतिबेला, आम नेपालीको मुखमा एउटा गीत झुन्डिएको छ । चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतले हंगामा मच्चाइरहेको छ । अब, यही चलचित्रमा समावेश अर्को एउटा गीतको भिडियो पनि सार्वजनिक भएको छ । ‘टलटल टल्क्यो जवानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । क्लबमा छायांकन गरिएको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार […]

निश्चल र स्वस्तिमाको ‘कुटुमा कुटु’

भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । असिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रको लोक लयमा आधारित गीतमा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् । निश्चल र स्वस्तिमालाई दर्शकले पहिलो पटक पर्दामा देख्न पाएका हुन् । ए जी टु […]

‘२ रुपैयाँ’मा ‘जुरेली’ निश्चल

भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैंयाँ’ मा निर्देशक निश्चल बस्नेत ‘जुरेली’को भुमिकामा देखिएका छन् । अशिम शाहको निर्देशन रहेको उक्त चलचित्रमा निश्चलको भुमिका युनिक रहेको दाबी निर्देशकले गरेका छन् । यस्तै, चलचित्रका अर्का कलाकार आशिफ शाह भने ‘दाह्री’को भूमिकामा देखिएका छन् । निर्देशनका अतिरिक्त अभिनयमा समेत सक्रिय निश्चलले आफैंले निर्देशन गरेको चलचित्र […]

हातमा कथा बोक्दै दीपा भन्छिन्-‘छक्का पन्जा २’ले ढुकढुकी बढायो’

निर्देशक दीपाश्री निरौला यतिबेला दौडधुपमा व्यस्त छिन् । उनले निर्देशन गर्न लागेको चलचित्र ‘छक्का पन्जा २’को छायांकन केहि दिनमै सुरु हुँदैछ । यो चलचित्रको छायांकन मिति नजिक आउँदै गर्दा दीपा भने केही पनि काम भ्याइएको छैन भन्दै दौडिरहेकी छिन् । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी परिवारसहित थाइल्याण्ड पुगेर केहि दिन अगाडि मात्र फर्किए । […]

‘लुट २’को ‘ठमेल बजार’ गीत युटुबमा १ करोड पटक हेरियो

चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’ र ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’पछि अर्को एक चलचित्रको गीत पनि युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । फागुण १३ अर्थात आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको आइटम गीत पनि युटुबमा १ करोड पटक हेरिएको छ । सार्वजनिक भएको ४ […]

युटुबमा ‘काले दाई’ हिट, माला चलिन् कि निश्चल ?

अहिले कुनै पनि कलाकार, गायक, गायिका, निर्देशकको सफलताको मापन गर्ने आधार सामाजिक संजाललाई मानिने गरिन्छ । चलचित्रमा काम गर्ने कलाकारको सफलता बक्स अफिसमा पनि मापन हुन्छ । तर, सोहि चलचित्रको गीतसंगीतको सफलता युटुबमा पाएको दर्शक अनुसार पनि हुने गरेको छ । ‘सुर्के थैली, पूर्व पश्चिम रेल, ठमेल बजार, साइली’ जस्ता गीतको लोकप्रियता युटुबमा पाएको दर्शकको […]

प्रिय पुस्तक: साधारण पात्रको असामान्य प्रभाव

म त्यति पढन्तेमा पर्दिनँ । थोरै किताब पढेको छु । किताब भन्ने चिजसँग स्कूले बेलादेखि नै बानी परेन । कलेजमा शेक्सपियरको ‘ह्याम्लेट’ र चार्ल्स डिकेन्सको ‘ग्रेट एक्सपेक्टेसन्स’ चाहिँ पढेको थिएँ । त्यो पनि कोर्समा भएकोले पढ्नैपर्ने बाध्यता भएकोले पढियो । पछिल्लो समय भने पढ्ने बानी बसाउन खोज्दै छु । फिल्म निर्देशनमा लागेकोले यो काममा ऊर्जा […]

‘थुक्क’ के गरेछु यस्ताे’ भन्ने काम गर्दिनँः निश्चल बस्नेत (भिडियो)

निर्देशक निश्चल बस्नेत र निर्माता माधव वाग्ले अहिले चलचित्र ‘लुट २’को प्रचारको दौडमा छन् । निश्चल चलचित्र तयार गर्नमै व्यस्त छन् भने माधवलाई प्रचारको चपेटो छ । वुधबार संचारकर्मीहरुसँग अन्र्तक्रिया गर्दै निर्देशक निश्चल बस्नेतले चलचित्रको बिषयमा जानकारी दिए । उनले, ‘लुट र लुट २’ बनाउँदै उस्तै दबाब भएको बताए । निश्चलले यो समय आफू बेसी […]

‘लुट २’को सेन्सर पास, निर्देशकले दिएका थिए सर्वोच्च जाने चेतावनी

‘लुट २’का निर्देशक निश्चल बस्नेतले केहि दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा यदि चलचित्र सेन्सर बोर्डले संवाद र दृश्य काटेर पनि चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिएको खण्डमा सर्वोच्च जाने बताएका थिए । यसैले पनि चलचित्रलाई सेन्सर बोर्डले कसरि हेर्छ भन्ने कौतुहलता धेरैमा थियो । चलचित्रको आइतबार सेन्सर भएको छ । सेन्सर बोर्डले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको छ […]

स्वस्तिमाको क्याटवाक र मुस्कान

नायिका स्वस्तिमा खड्का चलचित्र ‘लभ लभ लभ’को रिलिज दिन नजिकिदै जाँदा उत्साहित छिन् । निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि केहि समय पर्दा पछाडि नै रहेकी स्वस्तिमा अहिले धमाधम चलचित्रमा काम गरिरहेकी छिन् । चलचित्र ‘लभ लभ लभ’ उनकै कारणले पनि चल्नुपर्ने हुन्छ । उनले दीपकराज गिरी र विकास आचार्यले मिलेर बनाउन लागेको चलचित्र ‘निरञ्जना’मा पनि […]

‘२ रुपैयाँ’को हिरो बने निश्चल

नेपाली चलचित्रका सफल निर्देशक निश्चल बस्नेत एक राम्रो कलाकार पनि हुन् । उनले केहि चलचित्रमा काम गरेका छन्, जसले राम्रो व्यापार र चर्चा पाए । उनै निश्चल फेरि अर्को एक चलचित्रको मुख्य भूमिकामा अनुवन्धित भएका छन् । फागुण २० गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘२ रुपैयाँ’मा निश्चल अनुवन्धित भएका हुन् । यो चलचित्रलाई असिम शाहले […]

जब ‘काले काले’ भन्दै हट मालासँग नाचे निश्चल(फोटो फिचरसहित)

आजबाट छायांकन सुरु गरिएको चलचित्र ‘पर्व’को एक आइटम गीतमा मोडल माला लिम्बुले निर्देशक निश्चल बस्नेतसँग कम्मर मर्काएकी छिन् । ‘काले काले’ बोलको गीतमा माला र निश्चलको आइटम नृत्य समावेश छ । माला चलचित्रको मुख्य भूमिकामा छिन् भने निश्चललाई दर्शकले यहि आइटम गीतमा मात्र देख्न सक्नेछन् । सुवास गिरी र निकिता पौडेलको लगानीमा आजबाट छायांकन सुरु […]

निश्चलको प्रश्न-‘२ करोड ६० लाख कमाउँदा ६० लाख मात्र, अरु पैसा कहाँ गयो’ ?

बिहिबार काठमाण्डौको अर्याल होटलमा चलचित्र निर्माता संघको आगामी निर्वाचनका लागि निर्माता तथा निर्देशक आकाश अधिकारीको अध्यक्षतामा प्यानल घोषणा कार्यक्रम आयोजना गरिएको थियो । तर, पत्रकारहरुले अध्यक्षका उम्मेदवार अधिकारीमाथि बक्स अफिसको प्रश्न सोझाए । सधै बक्स अफिस लाग्छ मात्र भनिने, तर बजारमा यसको बिषयमा विभिन्न खालको बहस भैरहने ? आखिर के हो त बक्स अफिस ? […]