Comments Add Comment

निषेधाज्ञा

List Grid
सप्तरीको राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा

२२ भदौ, सप्तरी । सप्तरीको निषेधाज्ञा अब सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा मात्रै सीमित भएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार राजविराज नगरपालिकामा आगामी भदौ २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यद्यपी निषेधाज्ञा जारी भएको ठाउँमा खाद्यान्न, तरकारी र फलफूलका पसलहरु बिहान ५ […]

उपत्यकामा निषेधाज्ञा कहिलेसम्म ? सीडीओकै मत बाझियो !

२१ भदौ, काठमाडौं । उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले संयुक्त रूपमा निषेधाज्ञा जारी गरेका छन् । तर यो आदेश कहिलेसम्म जारी राख्ने भन्नेबारे उनीहरूकैै मत बाझिएको छ। काठमाडौंका सीडीओ उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गरेर कडाइ गर्नुपर्छ, निषेधाज्ञा हटाउनुपर्छ भन्छन्, ललितपुरका सीडीओचाहिँ दशैंसम्म लगाउनुपर्छ भन्छन् । […]

धनुषामा दिउँसो २ बजेसम्म पसल खोल्न पाइने

२१ भदौ, जनकपुरधाम । धनुषामा निषेधाज्ञा खुकुलो बनाई दिउँसो २ बजेसम्म पसल खोल्न दिइएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले बिहानदेखि दिउँसो २ बजेसम्म पसल खोल्न गरी एक साताका लागि निषेधाज्ञाको म्याद थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । जिल्लामा निषेधाज्ञा भने भदौ २८ गते राति १२ […]

भोकालाई नि:शुल्क खाना (फोटो फिचर)

२१ भदौ, काठमाडौं । खुलामञ्चस्थित बसपार्कमा लगभग ४ सय जना मजदुर भेला हुन्छन्। कोही रिक्सा चालक, कोही भरिया र कोही निर्माण क्षेत्रमा काम गर्ने मजदुर आउँछन् । उनीहरु काम गर्नको लागि होइन एक छाक खान टाढा टाढादेखि हिड्दै आएका हुन्छन् । कोरोना भाइरसको महामारी र यसलाई नियन्त्रण र रोकथामका सरकारी निकायले गरेको निषेधाज्ञाजस्ता बन्देजका कारण […]

ललितपुरका सीडीओ भन्छन् : उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ

२१ भदौ, काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले […]

रुपन्देहीमा सात घण्टा पसल खोल्न पाउने गरी २८ गतेसम्म निषेधाज्ञा

२० भदौ, बुटवल । उद्योगी–व्यवसायीका संगठनहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि रुपन्देहीमा दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ । शनिबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश […]

चितवनमा भदौ ३१ सम्म निषेधाज्ञा, निर्माण सामग्रीका र फेन्सी पसल खुल्ने

१९ भदौ, चितवन । चितवनमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ । अब निषेधाज्ञामा विहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न पाइनेछ । औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन […]

वीरगञ्जमा २५ गतेसम्म लम्बियो निषेधाज्ञा

१८ भदौ, वीरगञ्ज । वीरगञ्जमा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ २५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र लगाइएको निषेधाज्ञा भदौ २५ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । वीरगञ्जमा […]

निषेधाज्ञाले राजस्वमा दबाब, १५ दिनमा १४ अर्ब मात्र उठ्यो

१८ भदौ, काठमाडौं । निरन्तरको लकडाउन र त्यसले आर्थिक गतिविधिमा प्रभाव पार्दा चालु आर्थिक वर्ष २०७७/७८ को सुरुआतबाटै कर प्रशासनमा दवाव परेको छ । लकडाउन खुकुलो भएपछि कर संकलनमा बढोत्तरी भएकोमा अहिले फेरि घटेको छ । सरकारले साउन महिनामा अपेक्षित राम्रो परिणाममा कर संकलन गरेको थियो । तर, भदौ लागेपछि भने राजस्व संकलन पुन प्रभावित […]

उपत्यकामा निर्माणसम्बन्धी पसल खुलाउँदा जनप्रतिनिधि असन्तुष्ट

१८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा खुकुलो बनाएकामा जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् । उपत्यका नगरपालिकाका फोरमका उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी निर्माणसँग सम्बन्धित पसल– व्यवसाय खुला गरेकामा असन्तुष्टि जनाएका हुन् । ‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई […]

उपत्यकाका मेयरहरुको सुझाव : निषेधाज्ञा हैन, १५ दिन कर्फ्यु लगाऔं

१७ भदौ, काठमाडौं । उपत्यका नगरपालिका नगरपालिका फोरमले निषेधाज्ञाको सट्टा कर्फ्यु आदेश जारी गरी गर्नुपर्ने बताएको छ । नगरपालिका फोरमका सचिव एवम् मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए । फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई […]

सक्रिय संक्रमित २०० नाघे बन्दाबन्दी, ५०० नाघे निषेधाज्ञा

१७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले ५००भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेषधा जारी राख्न सिफारिस गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, ललितपुरसहित १२ जिल्लामा संक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या ५०० बढी छ । यस्तै २०० भन्दा बढी संक्रिय […]

उपत्यकामा फेरि एक साता थपियो निषेधाज्ञा

१७ भदौ, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार टेकअवे, होम डेलिभरी र भन्सार पास भएका निर्माण सामग्रीलाई सञ्चालनका लागि छुट […]

दुईहप्ते निषेधाज्ञाको उपलब्धि : थप ६०८ परीक्षण !

१६ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले ४ भदौदेखि सुरु गरेको निषेधाज्ञा १७ भदौसम्म कायम छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो निषेधाज्ञा प्रमुख तीन कारणले लगाइएको हो । पहिलो, समुदायमा छरिएर रहेका संक्रमितहरूलाई परीक्षणको दायरामा ल्याएर आइसोलेट गर्न, अर्थात समुदायस्तरमा परीक्षण गर्न […]

कोरोना संक्रमणको १२ ‘हटस्पट’

१६ भदौ, काठमाडौं । १६ साउनमा १९ हजार ७७१ रहेको देशभरिको नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या भदौ १५ मा ४० हजार ५२९ पुगेको छ । पछिल्लो एक महिनामा नेपालमा २० हजार ७५८ जना संक्रमित थपिएका छन् । अचम्म के छ भने यो एक महिनामा थपिएकामध्ये दुई तिहाई भन्दा बढी संक्रमित १२ वटा जिल्लाका छन् […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको […]

उपत्यकाको निषेधाज्ञा थप्नेबारे आज निर्णय हुँदैन : प्रजिअ दाहाल

१६ भदौ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे मंगलबार कुनै निर्णय नहुने बताएका छन् । बरु के गर्ने भन्नेबारे गृहकार्य थालिएको उनले अनलाइनखबरलाई बताए । हाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका नारायणप्रसाद भट्टा र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठक जारी छ । ‘निषेधाज्ञाकै विषयमा हामी छलफल गरिरहेका छौं’, […]

सप्तरी र महोत्तरीमा एक साता लम्बियो निषेधाज्ञा

१५ भदौ, जनकपुरधाम । प्रदेश २ को सप्तरी र महोत्तरीमा पुनः एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको छ । दुवै जिल्लामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञा जारी रहनेछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित दुवै जिल्लास्तरीय समितिको सोमबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एक […]

कपिलवस्तुमा भदौ २२ गतेसम्म निषेधाज्ञा

१५ भदौ, बुटवल । जिल्ला प्रशासनले कपिलवस्तुमा भदौ २२ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ । कपिलवस्तु जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले यसअघि भदौ १५ गते रातिसम्म जारी गरिएको निषेधाज्ञालाई भदौ २२ गते राति १२ बजेसम्म निरन्तरता दिइएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सोमबार दिउँसो निषेधाज्ञाबारे सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा […]

मकवानपुरमा निषेधाज्ञा हट्यो, विहान १० बजेसम्म बजार खुल्ने

१५, भदौ, हेटौंडा । साउन २६ गतेदेखि सुरु भएको मकवानपुरको चार स्थानीय तहको निषेधाज्ञा भदौ १६ गतेदेखि हटाइएको छ । निषेधाज्ञा हटाए पनि सोमबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन समितिको बैठकले पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार विहान ५ देखि १० बजेसम्म खुला गर्ने र औद्योगिक क्षेत्र पनि […]

दुई हप्तापछि गोरखामा हटाइयो निषेधाज्ञा, नाकामा भने कडाइ

१४ भदौ, गोरखा । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गोरखामा भदौ १ देखि लगाइएको निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ । आइतबार बसेको जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले सोमबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । अब जिल्लामा होटल, रेष्टुरेन्ट, व्युटी पार्लर, सैलुन, जिमखाना, फिल्म हल र कभर्ड हलबाहेकका अन्य पसल सञ्चालन गर्न पाइने छ । निजी […]