Comments Add Comment

निषेधाज्ञा

List Grid
सर्लाहीमा निषेधाज्ञा ७ दिन लम्बियो

१४ भदौ, जनकपुरधाम । सर्लाहीमा आगामी भदौ २१ गतेसम्मका लागि कायम रहने गरी निषेधाज्ञाको म्याद थप गरिएको छ । जिल्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको हो । तेस्रो पटक थपिएको म्याद आइतबार सकिनै लाग्दा चौथो पटक निषेधाज्ञाको समय बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका […]

रुपन्देहीमा भदौ २० सम्म निषेधाज्ञा सिफारिस

१४ भदौ, बुटवल । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले रुपन्देही जिल्लामा भदौ २० गतेसम्म निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेश भदौ १४ गते राति १२ बजे सकिँदैछ । निषेधाज्ञाको अवधि सकिनुअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आइतबार दिउँसो बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण […]

धनुषामा बिहान ६ घण्टा पसल खोल्न पाइने

१४ भदौ, जनकपुरधाम । धनुषामा निषेधाज्ञालाई खुकुलो बनाइएको छ । सोमबारदेखि लागू हुने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार निषेधाज्ञालाई एक साताका लागि थप गर्दै सोमबार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजे ६ घण्टासम्म पसलहरु खोल्न दिइने छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र […]

निषेधाज्ञा हटाउन चितवनका उद्योगी व्यवसायीको माग

१४, भदौ, चितवन । चितवनका उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् । जिल्लाका विभिन्न उद्योगी व्यसायी सम्बद्ध संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आइतबार ज्ञापन पत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेका हुन् । उनीहरूले निषेधाज्ञाका कारणले आर्थिक गतिविधि अवरुद्ध हुन गई आपूर्ति श्रृखला टुट्ने, मानिस रोगभन्दा पनि भोक र व्यवसायिक तनावले […]

खुलामञ्चमा खाना खानेको लाइन (फोटो फिचर)

१४ भदौ, काठमाडौं । काठमाडौंको खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा दिउँसो ३ बजेदेखि नै मानिसहरु भेला हुन थाल्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेतिर ४ देखि ५ सय हाराहारी पुग्छन् । शहरमा खानेकुराको अभावमा छाक टार्न समस्या परेकाहरु साढे ४ बजे स्वयंसेवकहरुले वितरण गर्ने खाना पर्खेर बसेका हुन्छन् । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा सुरु […]

कैलालीमा ५ दिन लम्बियो निषेधाज्ञा

१३ भदौ, धनगढी। कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बाउने निर्णय गरिएको छ । आइतबार राति सकिन लागेको निषेधाज्ञालाई १९ गते रातिसम्म लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । ‘कोरोना संक्रमणको अवस्था बढ्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ’ प्रजिअ बोहराले भने ‘निषेधाज्ञाका नियमहरू यथावत् छन् ।’ शुक्रवार बसेको सुरक्षा समितिको […]

गुल्मीमा निषेधाज्ञा हटाइयो, जिल्ला प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य

१३ भदौ, गुल्मी । गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । यद्यपि जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । कोरोन संक्रमणको जोखिम बढेपछि यही भदौ ७ गतेदेखि १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । भदौ १२ गतेदेखि १९ गते राति १२ बजेसम्म १ हप्ताका लागि भने लकडाउनको नयाँ मोडालिटी बनाइएको छ । कोरोना संक्रमणको […]

अनलाइन डेलिभरीमा सीडीओको नीति वुहानको भन्दा कडा !

१२ भदौ, काठमाडौं । कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाले गर्दा घरायशी वस्तुहरुको खरिद बिक्री असहज बनिरहेको छ । यस्तोमा केही केही ई–कमर्श स्टार्टअपहरुको सेवाले उपभोक्तालाई राहत दिएको थियो । तर, जिल्ला प्रशासनले यस्तो सेवामा पनि अंकुश लगाउन थालेको छ । घर–घरमा पुगेर डेलिभरी सेवा दिनेहरुले कोरोना फैलाउने जोखिम बढेको भन्दै स्थानीय प्रशासन […]

वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हट्यो

१२ भदौ, सुर्खेत । वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हटाइएको छ । भदौ एक गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि हटाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वमा कोभिड-१९ संक्रमणको जोखिम रहने भन्दै विषेधाज्ञा जारी गरेको थियो । जिल्लामा निषेधाज्ञा हटाइए पनि कोरोना संक्रमणको जोखिम रहेकोले केही शर्त भने कायमै रहको […]

पर्साको निषेधाज्ञा अब वीरगञ्जमा सीमित

१२ भदौं, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञा अब वीरगञ्ज महानगरपालिका मात्रै सीमित गरिएको छ । जिल्ला सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं १८ गते मध्यरातिसम्म वीरगञ्जमा मात्रै निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्रै […]

चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा

१२ भदौ, चितवन । चितवनमा फेरि थप ७ दिनका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेको निषेधाज्ञाको आदेश बिहीबार राति सकिने भएपछि पुनः ७ दिनका लागि थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिम कम भई नसकेका कारण मानिसहरुको आवतजावत र जमघटमा नियन्त्रण गर्न निषेधाज्ञालाई भदौ १९ […]

दाङमा १४ गतेदेखि निषेधाज्ञा

१२ भदौ, काठमाडौं । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी दाङ जिल्लामा भदौ १४ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि दाङ प्रशासनले राति ९ […]

निषेधाज्ञामा सुनसान पाटन (फोटोफिचर)

११ भदौ, काठमाडौं । खुल्ला ठाउँमा ताजा हावा खाने आउनेदेखि सेल्फी लिन आउनेको भिड लागिरहने पाटन दरबार क्षेत्रले अहिले विश्राम पाएको छ । पहिले भरिभराउ मान्छेका कारण राम्रोसँग चारो समेत खान नपाएका परेवाहरूले त्यही क्षेत्रमा अहिले स्वच्छन्द उडान भरिरहेका छन् । समग्रमा सुनसान छ पाटन दरबार क्षेत्र । ६० कटेका बा/आमाले झ्यालबाट बाहिरको दृश्य हेरेर […]

उपत्यकाको निषेधाज्ञा एक साता थपियो

१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार […]

हेटौंडामा निषेधाज्ञा तोड्दै कांग्रेसले गर्‍यो सार्वजनिक कार्यक्रम

१० भदौं, हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाली कांग्रेसले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए । ‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको कुनै विकल्प छैन यसरी […]

उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

९ भदौ, काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे […]

उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीन सीडीओको बैठक बस्दै

९ भदौ, काठमाडौं । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको निर्णयबाट लगाइएको साताव्यापी निषेधाज्ञाबारे समीक्षा गर्न मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दैछ । बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उपस्थित हुनेछन् । काठमाडौंका प्रमुख जिल्ला […]

निषेधाज्ञामा पनि धमाधम काम (फोटो फिचर)

९ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा हाल निषेधाज्ञा लगाइएको छ । मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएका कारण सडक सुनसान छ । यो समयमा पनि व्यक्तिगत र सार्वजनिकस्तरबाट केही निर्माणका काम भने भइरहेका छन् । कतै फुटपाथ मर्मत गर्ने, कतै अप्टिकल फाइबर बिच्छ्याउने, कतै भत्केका सडक मर्मत, गर्ने, ढल बनाउने काम […]

किलोको १२ रुपैयाँमा नबिकेको गोलभेडाको भाउ कसरी पुग्यो १०० ?

८ भदौ, काठमाडौं । पाँचखाल, काभ्रेका कृषक गोविन्द रम्तेलले बारीमा फलाएको गोलभेडाको मूल्यले मूल्य पाएन । अघिल्लो वर्ष जेठमा प्रतिकिलो ७२ रुपैयाँमा बेचेको गोलभेडा यो वर्ष लकडाउन कारण १२ रुपैयाँमा बिक्री गर्न नसकेको उनको दुखेसो थियो । यसको अघिल्लो साता कञ्चनपुरका किसान भरतबहादुर चौधरीले त प्रतिकिलो एक रुपैयाँ किलोमा लैजानभन्दा पनि गोलभेडा बिक्री नभएका गुनासो […]

बागलुङमा भदौ १५ गतेसम्म निषेधाज्ञा, बैंक पनि बन्द

८ भदौ, पोखरा । बागलुङको बागलुङ नगरपालिकाको निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । यसअघि भदौ २ गते जारी गरिएको निषेधाज्ञा ९ गते सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले संक्रमणको जोखिम बढिरहेका कारण निषेधाज्ञा थप गरिएको बताए । बागलुङमा १९ जना संक्रमित ट्राभल हिस्ट्री नभएका संक्रमित देखिएका छन् । यसअघिको निषेधाज्ञामा बैंक तथा […]

हेटौंडामा भदौ १५ गतेसम्म निषेधाज्ञा

८ भदौ, हेटौंडा । कोरोना संक्रमण बढ्ने क्रममा देखिएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरिएको छ । यसअघि साउन २६ बाट सुरु भएको निषेधाज्ञा भदौ ९ गते सकिँदै थियो । हेटौंडा उपमहानगरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मुल्यांकन गर्दै निषेधाज्ञा थप गरिएको मकवानपुरका प्रमुख […]