Comments Add Comment

नुवाकोट

List Grid
राष्ट्रिय प्रणालीमा थपियो १.२५ मेगावाट सोलार विजुली

२२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १.२५ मेगावाट विजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम […]

काठमाडौं आउजाउ गरिरहन्थे ककनीका कोरोना संक्रमित

११ जेठ, काठमाडौं । नुवाकोटमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । ककनी गाउँपालिकाका ती कोरोना संक्रमित काठमाडौं आउजाउ गरिरहने व्यक्ति भएको खुलेको छ। गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा भन्छन्, ‘उहाँ वडा नं. ३ का स्थानीय बासिन्दा हुनुहुन्छ । पछिल्लो समय कामले काठमाडौं आउजाउ गरिरहनुहुन्थ्यो ।’ स्वास्थ्य मन्त्रालयका अनुसार, संक्रमित व्यक्ति ३९ वर्षीय पुरुष हुन् । उनलाई टेकु […]

नुवाकोटमा ट्रकलाई साइड दिँदा बस खस्यो, २० जना घाइते

३० साउन, काठमाडौं । नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते भएका छन् । सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । विपरीत दिशाबाट आउँदै गरेको मिनी ट्रकलाई साइड दिन लाग्दा सडकको छेउ भासिएर बस दुर्घटना […]

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

९ चैत, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र दुई लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही […]

नुवाकोटमा कांग्रेस नेता महत र केसीका परिवारै पराजित

२४ मंसिर, नुवाकोट । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका हेबीवेट नेताहरुले मात्रै हारेका छैनन्, लामोसमयदेखि रहँदै आएको ‘परिवारवाद’ समेत ढलेको छ । नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितवहादुर तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी बिजयी भएका […]

एकै स्थानमा दुई पार्टीको सभा राखिएपछि नुवाकोटमा निषेधित क्षेत्र घोषणा

७ मंसिर, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी […]

नुवाकोटको चुनावः तयारी पूरा, कर्मचारी मतदान केन्द्रमा

६ मंसिर, नुवाकोट । मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लाको सबै मतदान केन्द्रमा कर्मचारी परिचालन भएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले नियुक्तपत्र लिएर निर्वाचन गराउन सुरक्षाकर्मीको साथमा निर्वाचन सामग्रीसहित मंगलबारदेखि नै निर्वाचन केन्द्रतर्फ जान थालेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत लोकजङ शाहका अनुसार […]

रामशरणलाई लक्षित गरी बम पड्काउने एक पक्राउ

४ मंसिर, नुवाकोट । नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्र […]

पत्रकार महासङ्घ नुवाकोटमा खनाल विजयी

४ असार, नुवाकोट । नेपाल पत्रकार महासङ्घ नुवाकोटको सातौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले कपिलदेव खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । पटक–पटक मिति तोकेर अवरुद्ध हुँदै आएको शाखाको शनिबार भएको मतदानमा खनाल ६८ र उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ५७ मत ल्याए । यस्तै उपाध्यक्षमा रामहरि न्यौपाने र रुपा अर्याल, सचिवमा जगदीश खनाल, […]

बेलकोटगढीमा दोहोरिएको इतिहासः भरतलाई गोलीले उडायो, कविताले उपमेयर जितिन्

७ जेठ, काठमाडौं । भनिन्छ, इतिहास दोहोरिँदैन । तर, नुवाकोटमा इतिहास दोहोरियो । ०६१ सालमा नुवाकोटका जिविस सभापतिलाई प्रहरीको गोली लागेर शहीद बनाएको थियो । उनकै छोरी यतिबेला पिताको पदचाप पच्छ्याउँदै जनप्रतिनिधि बनेकी छिन् । कथा हो नुवाकोटका शहीद (तत्कालीन) जिविस सभापति भरत ढुंगानाकी छोरी कविता ढुंगानाको । माओवादी युवा नेतृ कविताले नुवाकोटको बेलकोटगढी नगरपालिकाको […]

नुवाकोटको तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

नुवाकोट, जेठ ३ । नुवाकोटको तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसअघि बिहान किस्पाङ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएकोमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नारायणप्रसाद पाण्डे ३ हजार ९० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद पाण्डेले २ हजार […]

नुवाकोटमा मतदान केन्द्र नजिकै बम बिष्फोट

३१ बैशाख, काठमाडौं । नुवाकोटको बेल्कोटगढी नगरपालिकास्थित मतदान केन्द्र नजिकै बम बिष्फोट भएको छ । बेल्कोटगढी नगरपालिका वडा नम्बर ४ को पञ्चासे मावी मतदान केन्द्रभन्दा ५०० मिटरको दूरीमा बम बिष्फोट भएको र बिष्फोटले कुनै क्षति नगरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी ऋषिराम कँडेलले जानकारी दिए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बिथोल्ने उद्देश्यले बम […]

नुवाकोटमा कांग्रेस नेता पैसासहित समातिए

२९ बैशाख, काठमाडौं । स्थानीय चुनावमा नुवाकोटका मतदातालाई रकम बाँडेको आरोपमा कांग्रेसका एक नेतालाई एमाले कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । विदुर नगरपालिका-९ दशमुरेचौतारोका दलित समुदायलाई रकम वितरण गरेको आरोपमा कांग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीसहित तीनजनालाई एमाले कार्यकर्ताहरुले मध्यराति नियन्त्रणमा लिएका हुन् । एमालेको नियन्त्रणमा परेका सुरेन्द्र विदुर नगरपालिकाका कांग्रेस मेयर उम्मेदवार ध्रुव अधिकारीका भाइ हुन् […]

सयौं आन्दोलनकारीले जिविसमा तोडफोड गरे, प्रहरीले रबरको गोली हान्यो

७ माघ, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकालाई हटाएको विरोधमा स्थानीयबासीले थालेको आन्दोलनले उग्र रुप लिएको छ । सरदमुकाम आएका स्थानीयबासीले जिल्ला विकास समितिमा तोडफोड गरेका छन् । त्यसलाई रोक्न प्रहरीले अश्रुग्यासका साथै रबरको गोली हानेको छ । रबरको गोली दुई जनालाई लागेको छ । थानसिंगका विनोद पाठकको पेट र देब्रे तिध्रामा गोली लागेको छ भने […]

नुवाकोटमा वृद्ध दम्पत्तीको हत्या

२५ कात्तिक, नुवाकोट । नुवाकोटको लिखु गाविसमा एक वृद्ध दम्पतीको गएराति हत्या भएको छ । जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षीय धनबहादुर तामाङ र उनकी श्रीमती ६५ वर्षीया कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । तामाङ दम्पतीको छिमेकी २४ […]

चक्कु देखाई पैसा माग्ने दुई पक्राउ

१० कात्तिक, नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका-२ पाटीपानीस्थित सडकमा चक्कु देखाई प्रत्येक गाडीबाट ५ सय रुपैयाँका दरले पैसा मागिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा स्थानीय २२ वर्षीय राजेश कामी र २८ वर्षीय सम्राट कामी छन् । मंगलबार त्रिशुलीबाट चोगतेतर्फ गईरहेको बा.३ ख ८९४५ को टिपर चालक बागेश्वरी-२ बस्ने ४० वर्षीय शालिकराम […]

कविलासको कथाः डोको छाडेर एम्बुलेन्स

१० असार, नुवाकोट । ‘उ त्यो घर रामशरणको हो,’ रमेश मिश्रले गुडिरहेको मोटरसाइलबाट एउटा हात छोडेर भीरमाथि देखाए, ‘डा. रामशरण महतको घर ।’ चिप्लो माटो, अप्ठेरो र उकालो बाटो । एउटा हात छोड्दा मोटरसाइकल झन्डै तल ढुन्मुनिएन । पटक-पटक अर्थमन्त्री भइसकेका दिग्गज नेताले आफ्नै गाउँमा कति विकास पुर्‍याएका रहेछन् भन्ने बाटोको यस्तो दुर्गतिबाटै थाहा पाइयो […]

अवैध बालुवाखानीमा पुरिएर ३ को मृत्यु

२७ जेठ, बिदुर । नुवाकोट खड्गभञ्ज्याङ गाउँ बिकास समितिमा बालुवाको ढिस्कोले पुर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सवारी चालक, बिकास भन्ने गंगासिंह तामाङ, सहचालक प्रकाश भन्ने बुधे तामाङ र काम गर्ने शंकर राईको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए । अवैधानिक बालुवा खानीमा बा ३ ख […]

सामुहिक भोज खाँदा काहुलेमा महामारी, एकको मृत्यु, ५२ अस्पताल भर्ना

१६ वैशाख, विदुर । नुवाकोटको काहुले गाविस ६ का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाएकाहरुबाट गाविसभर महामारी फैलिएको स्थानीयले बताएका छन् । बुधबार बिहान वडानम्बर ८ र ६ का नागरिकहरुमा देखिएको रोगको महामारी अन्य वडामा पनि फैलिन थालेपछि स्थानीय चिन्तित भएका छन् । काहुले गाविसका वडानम्बर १, २, ६, ७ र ८ नम्वर वडाका नागरिकहरुमा […]

विशाक्त खानाले नुवाकोटमा एकको मृत्यु, चितवनमा ३२ विरामी

१६ वैशाख, काठमाडौं । नुवाकोटको काउलेमा विशाक्त  खानाका कारण एकजनाको मृत्यु भएको छ । झण्डै पचास जना बिरामी परेका छन् । यसैगरी चितवनको कविलासमा विशाक्त खानाकै कारण १२ बालबालिकासहित ३२ जना बिरामी परेका छन् । नुवाकोटको काउले-६ माझगाँउमा शान्तबहादुर तामाङको घरमा भोज खाएकाहरु विरामी परेका हुन् । विषाक्त खानाका कारण झाडापखाला लागेर स्थानीय २८ वर्षीय मेघबहादुर […]

नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरको भूकम्प

१२, वैशाख, काठमाडौं । शक्तिशाली भूकम्प गएको वर्षदिन पुगेकै दिन नुवाकोटलाई केन्द्रबिन्दु बनाएर पराकम्प गएको छ । राति २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाउँदै ४ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यससँगै बारपाक केन्द्रबिन्दु बनाई भूकम्प गएको एक वर्षमा ४ रेक्टर भन्दा माथिका ४ सय ५० वटा […]