Comments Add Comment

नेकपा माअोवादी केन्द्र

List Grid
माओवादीको उम्मेदवार बन्दै हुनुहुन्छ ? तपाईंको सम्पत्ति कति छ ?

२५ चैत, काठमाडौं । तपाईं स्थानीय तहमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईंले विभिन्न ९ वटा मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । माओवादी केन्द्रले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तोकेको छ । स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार व्यवस्थापन गर्न उसले यस्तो मापदण्ड तोकेको हो । माओवादीले […]

नयाँ संशोधन लैजाने र ११ जिल्लामा दोस्रो चरणमा चुनाव गर्ने माओवादी निर्णय

२४ चैत, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल एकीकृत नेकपा माओवादीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर अर्को संशोधन लैजाने निर्णय गरेको छ । साथै मधेसी मोर्चालाई सहमतिमा ल्याउन तराई मधेसमा स्थानीय तहको संख्या थप्ने र आवश्यक परे ११ जिल्लामा दोस्रो चरणमा चुनाव गर्ने उसको निर्णय छ । माओवादी केन्द्रीय कार्यालयको बिहीबार बसेको बैठकले […]

४० जिल्ला घुमेपछि मणि थापाको निस्कर्षः माओवादीको पक्षमा जनमत सल्बलाएको देखेँ

२४ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न हुन करिब एक महिनामात्रै बाँकी रहँदा चुनावी नतिजाको आँकलन हुन थालेका छन् । दलीय पक्षधरताका आधारमा फरक-फरक चुनावी आँकलनहरु सार्वजनिक भइरहेका छन् । आगामी निर्वाचनमा बिशेष गरी एमाले र कांग्रेसमध्ये कुन दल ठूलो बन्ला भन्ने धेरैलाई चासो छ । माओवादीको पक्षमा कस्तो जनमत देखिएला भन्ने पनि उस्तै […]

ठूला दलले कहिले छान्छन् उम्मेदवार ? यस्तो छ तयारी

२२ चैत, काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरु यसमा केन्द्रित हुन थालेका छन् । आजको नयाँ पत्रिका दैनिकले दलहरुको उम्मेदवार छनोट तयारीबारे  खबर लेखेको छ । नयाँ पत्रिका दैनिकका अनुसार, कांग्रेसले वैशाख ७ भित्र स्थानीय तहका उम्मेदवार छनोट गरिसक्ने भएको छ । तल्लो तहबाटै उम्मेदवार टुंगो लगाउने नीति कांग्रेसको छ । तलबाट सिफारिस भएर […]

सरकारले संशोधन विधेयक भोलि संसदमा टेबुल गर्छः पम्फा भुसाल

१७ पुस, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले भोलिको संसद बैठकमा संविधान संशोधन विद्येयक टेबुल गर्ने बताएकी छन् । प्रवक्ता भुसालले संशोधन विद्येयकमा सरकार सकेसम्म सहमति गरेर नै अघि बढ्ने तयारीमा रहेको समेत स्पष्ट पारिन् । आइतबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी […]

एमाले अघिअघि, माओवादी पछिपछि, यो कम्युनिष्ट के भा’को ?

  टिप्पणी अघि-पछिकै कुरा गर्ने हो भने एमालेले बन्दूक बोकेको २५ वर्षपछि माओवादीले बन्दूक बोक्यो । एमालेले दुई वर्षमा बन्दूक बिसायो । माओवादीले पनि एमालेको पदचाप पछ्याउँदै १० वर्षपछि बन्दूक थन्क्यायो । जुनबेला तत्कालीन माले (हालको एमाले) क्रान्तिकारी पार्टीका रुपमा फैलिँदै थियो, हालको माओवादी (तत्कालीन चौम) का महामन्त्री मोहनविक्रम सिंह मालेलाई ‘उग्रवामपन्थी लप्फाजी’ भन्दै थिए […]

प्रमुख तीन दलको बैठक बस्दै

६ मंसिर, काठमाडौं । संविधान संशोधनबारे छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ बजे बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेतृत्वसँग छलफल गर्न लागेका हुन् । तीनदिन अघि पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा छलफल गरेका थिए । संविधान संशोधनको औचित्य पुष्टि […]

माओवादी कार्यालय कब्जा गरेर बसेका पूर्वलडाकूलाई प्रहरीले हटायो

२३ कात्तिक, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्नामा बसेका पूर्वलडाकुहरुलाई प्रहरीले हटाएको छ । सोमबार दिउँसोबाट बर्हिगमित पूर्वलडाकुहरुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडाको मूल गेटमा ताला लगाएर धर्नामा बसेका थिए ।  बालबच्चासहित राति पनि धर्नामा बसेका उनीहरुलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले ‘अयोग्य’को बिल्ला हटाउनुपर्ने, गणतन्त्रका योद्दा घोषणा गर्नुपर्ने, […]

फिल्म शुटिङजस्तो राज्यमन्त्री धनमायाको जिन्दगी !

११ असोज, काठमाडौं । सातदोबाटोस्थित एउटा साँघुरो गल्लीभित्र छिरेपछि शिक्षा राज्यमन्त्री धनमाया बिक (खनाल) को डेरामा पुगिन्छ । घरको दोस्रो तल्ला भाडामा लिएर सानी छोरीसँगै बसेकी छिन् उनी । धनमाया को हुन् ? आम जनताले नचिनेकी उनी कसरी एकाएक राज्यमन्त्रीका रुपमा उदाइन् ? यसबारे धेरैलाई थाहा छैन । थाहा होस् पनि कसरी ? ३५ वर्षे […]

माओवादी केन्द्रीय सचिवालय बैठक आज पनि

१० असोज, काठमाडौं । संगणनात्मक विषयमा निर्णय लिन बसेको माओवादी केन्द्रको केन्द्रीय सचिबालय बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी संगठनलाई व्यवस्थित गर्ने विषयमा छलफल हुने जनाइएको छ । शनिबारबाट जारी बैठक केन्द्रीय समिति लगायतका अन्य समितहरु ठूलो भएको भन्दै घटाउन सुझाव दिएका थिए । उनीहरुले संगठन ठूलो हुँदा संगठनात्मक […]

सप्तरीमा माओवादीभित्र भाँडभैलो !

  २० भदौ, सप्तरी । तत्कालीन नेकपा माओवादीबाट विभिन्न नेताहरु अलग भएर छुट्टाछुट्टै माओवादी बनाए । विभिन्न पटक माओवादी फ्ट्दै जाँदा केही महिना अघिसम्म यो पार्टीको नाम एकीकृत नेकपा माओवादी राखियो । अलग भएकामध्ये केही नेता पुनः पार्टीमा प्रवेश गरेपछि पार्टीको नाम परिवर्तन भएको छ र माओवादी केन्द्र बनेको छ । नेकपा माओवादी केन्द्र नाम […]