Comments Add Comment

नेपाली कांग्रेस

List Grid
सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई देशभित्र ल्याऊ : कांग्रेस

२५ चैत, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति नभएको निष्कर्ष निकालेको छ। मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले कोरोनाको संक्रमण रोक्न पार्टीको सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाउने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । सरकारका कमीकमजोरीहरु औंल्याउने तर सरकारमा नरहेपनि संकटमा सँगै लड्न […]

कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारलाई गर्नसक्ने सहयोगबारे छलफल हुने

२५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारमा सरकारको तर्फबाट भएका काम र कांग्रेसले गर्नसक्ने योगदानलगायत समसामयिक विषयमा छलफल हुनेछ । कोरोना भाइरसको संक्रमण […]

पूर्वप्रधानमन्त्रीहरुसँग देउवाको टेलिफोन संवाद

२३ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुलाई टेलिफोन गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गरेका छन् । देउवाले आइतबार देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरेका थिए । यो कुराको जानकारी देउवाले ट्वीटरमार्फत् दिएका […]

कोरोना परीक्षण बढाउन कांग्रेसको माग

२२ चैत, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण बढाउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय संक्रमण देखिनु दोस्रो चरणमा पुग्नु भएको बताएका छन् । उनले भनेका छन्, ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परिक्षण, […]

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर : कांग्रेस

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै […]

प्रदेश ५ का कांग्रेस सांसदको १५ दिनको तलब कोरोना विपद् कोषमा

११ चैत, बुटवल । नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले १५ दिनको पारिश्रमिक प्रदेश सरकारले गठन गरेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । चैत महिनाको पारिश्रमिकबाट १५ दिन बराबरको रकम सहयोग गर्ने निर्णय भएको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका कार्यबाहक नेता वीरेन्ऽकुमार कनौडियाले जानकारी गराए । प्रदेश ५ मा नेपाली कांग्रेसका १९ […]

कोरोना कोषमा कांग्रेसका सांसदको १५ दिनको तलब, श्रमिकलाई खाद्यान्न दिन सरकारलाई आग्रह

११ चैत, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णयको नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै लकडाउनलाई पूर्ण रुपले पालना गर्न सबैलाई अनुरोध समेत गरेको छ । लक डाउनको अवस्थामा दैनिक श्रम […]

सिटौलाको सन्देश : सभापतिसँग मिलेको छैन, गगन-प्रदीप मसँगै छन्

३ चैत, काठमाडौं । १७ फागुनमा कांग्रेस सभापति शेरबहादुर देउवाले १३ वटा विभागका प्रमुखहरु तोक्दा कृष्णप्रसाद सिटौला निकट मानिएका शिवप्रसाद हुमागाइँले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखको जिम्मेवारी पाए भने ५ जना आमन्त्रित सदस्यमा सुधिरकुमार शिवाकोटी पनि अटाए । त्यसको केही दिनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौला समूहका नेताहरु गगन थापा र प्रदीप पौडेल आफूहरुसँग […]

कोइराला परिवारबाटै कांग्रेस सभापति हुनुपर्छ भन्ने छैन : शेखर कोइराला

१ चैत, गोरखा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति कोइराला परिवारबाटै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । यद्यपि उनले आफूलाई भने सभापतिको दाबेदारको रुपमा प्रस्तुत गरेका छन् । नेपाल प्रेस युनियनले शनिबार गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा डा. कोइरालाले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घुमाउरो पाराले बताए । तपाईं […]

गुटको भेला रोक्न शेखर कोइरालालाई देउवा पक्षको दबाब

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले कोरोना संक्रमणबाट जोगिन सभा सम्मेलनहरु रोकिएका बेला गुटको भेला गर्दै हिँडेको भन्दै नेता डा. शेखर कोइरालालाई काठमाडौं फर्किन निर्देशन दिएको छ । कांग्रेस कार्यकर्ता भेटघाट गर्ने क्रममा गोरखा पुगेका डा. कोइरालालाई सभापति शेरबहादुर देउवाको निर्देशनमा प्रवक्ता विश्वप्रकाश शर्माले सबै भेला बैठक रोकेर काठमाडौं फर्किन भनिएको स्रोतले बतायो […]

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : गोकुल बास्कोटाले भनेको ‘हामी’मा कोको पर्छन् ?

१८ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियोबारे गम्भीर छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ । आइतबार संसदमा विशेष समय लिएर बोल्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक सातासम्म गम्भीर छानबिन नहुनुमा गम्भीर नियत रहेको बताए […]

सरकारका कारण देश नीतिगत र संस्थागत भ्रष्टाचारमा डुब्यो : रामचन्द्र पौडेल

१८ फागुन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको असक्षमताका कारण मुलुक नीतिगत र संस्थागत भ्रष्टाचारमा डुबेको बताएका छन् । हेटौंडामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा काण्डैकाण्डमा फसेको दुई तिहाइको दभ्भमा रहेको सरकार आफैं संस्थागत र नीतिगत भ्रष्टाचारमा डुबेको दाबी गरे । पदमा बसेर ७० करोड कमिसनको खेलमा लागेका सञ्चारमन्त्री गोकुल […]

प्रधानमन्त्री किन मौन ?

निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणको अनियमिततामा संलग्न रहेको ७० करोडको अडियो डिल नेपाली स्वीस एजेण्ट विजय प्रसाद मिश्रसँग भएको फोन वार्तासँगै मुलुकको राजनीतिमा ठूलो तरंग उत्पन्न भएको छ । नेपाली कांग्रेसले यस प्रकरणमा तीनवटा माग राखेर फाल्गुन ८ गते संसद अवरुद्ध गर्न पुग्यो । ती मागहरु मन्त्रीलाई […]

संसदमा विपक्षी तीन दलको सहकार्य : बोल्न दिए भोलि संसद अवरुद्ध नगर्ने

१२ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)को साथ खोजेको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको कांग्रेसले संसदभित्र मुद्दाका आधारमा सहकार्य गर्ने प्रस्ताव राखेको छ । सिंहदरबारमा भएको छलफलमा समाजवादी र राजपाले कांग्रेसको प्रस्ताव स्वीकार गरेका छन् । अब भोलि […]

छाया मन्त्रिपरिषदको पहिलो बैठक : मन्त्रालयका भ्रष्टाचार खोज्न निर्देशन

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । सरकारमाथि निगरानी गर्न भन्दै जेठमा छाया सरकार बनाएको कांग्रेसले अहिलेसम्म बैठक नै राखेको थिएन । तर आइतबार संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रियसभा संसदीय दलका नेतासहित मन्त्रालयगत समितिका संयोजकहरुको बैठक बोलाएका थिए । बैठकमा उपस्थित छाया मन्त्रीहरुले […]

मन्त्री बाँस्कोटाको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी

८ फाागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने भएको छ । सेक्युरिटी  प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । र, कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री बास्कोटाको राजीनामा […]

कांग्रेसले भन्यो– सञ्चारमन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान गर

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको […]

कांग्रेसको छाया सरकार आफैं छायामा

७ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसलाई अहिले केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गर्न भ्याई नभ्याई छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ‘के गर्छु भनेको थियो, के गर्यो’ भन्ने फेहरिस्त सार्वजनिक गरिसके । अन्य नेताहरुले पनि सरकारले काम गर्न नसकेको भन्न छुटाएका छैनन् । तर, सरकारका कामकारवाहीको निगरानी र खबरदारी गर्न बनेको […]

प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन कांग्रेसको दबाब

६ फागुन, बुटवल । प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन माग गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अष्टभुजा पाठकले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए । संसद बैठकमा विशेष समय लिएर […]

पूर्वसांसद भागवत ज्ञवालीको निधन

६ फागुन, बुटवल । पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको अल्का अस्पतालमा उपचार गर्दागर्दै ज्ञवालीको मंगलबार बिहान तीन बजे निधन भएको हो । ज्ञवाली गुल्मीका संस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य थिए । ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ […]

प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग

२ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ । क्यान्सरबाट पीडित राष्ट्रियसभा सदस्य उपाध्यायको रुपन्देहीमा शुक्रबार बिहान निधन भएकाले आजको सदन स्थगित गर्न कांग्रेसले माग गरेको छ । शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक […]