Comments Add Comment

नेपाली कांग्रेस

List Grid
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । १०८औं बीपी स्मृति दिवसको अवसरमा बिहीबार सुन्दरीजलमा आयोजित कार्यक्रममा शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले बिहान साढे ८ बजे सुन्दरीजल पुग्ने र रुद्राक्षको विरुवा रोप्ने योजना थियो । तर पण्डित बासुदेव कृष्ण शास्त्रीको सल्लाह अनुसार […]

‘मप्रति शेरबहादुर देउवाको शुभेच्छा हुनु स्वाभाविक हो’

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका संस्थापन नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिरमा हुने १४ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने होडवाजी चलिरहेका बेला प्रवक्ता शर्मा पनि मैदानमा उत्रिएका छन् । प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएका […]

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ । कांग्रेसकाे महाधिवेशन आगामी मंसिर ९ देखि १३ […]

कांग्रेस नेता सत्यालको उपचारका लागि संकलित रकम हस्तान्तरण

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडासदस्य निरज सत्यालको उपचारका लागि साढे ६ लाख रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरेका छन् । क्यान्सरबाट पीडित सत्यालको उपचारका लागि संकलित ६ लाख ६४ हजार ६ सय ५८ रुपैयाँको चेक कांग्रेस नेताहरु प्रकाशमान सिंह, गगन थापा  र काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले […]

देउवा सरकारप्रति कांग्रेसभित्रै असन्तुष्टि

२३ भदौ, काठमाडौं । सरकारी निवास बालुवाटारबाटै राज्यसत्ता सञ्चालन गरेको आरोप थियो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि । प्रधानमन्त्री भएको साढे तीन वर्षमा निकै कम समय सिंहदरवार पुगे उनी । सुशासन र संविधान कार्यान्वयमा ओलीको भूमिका सधैं आलोचनाको विषय बनिरह्यो । दुई तिहाईको समर्थनसहित सिंहदरबार पुगेका ओलीको कार्यशैलीले आजित भएकाहरुले २९ असारमा प्रधानमन्त्री बनेका नेपाली […]

साझेदार दलले नाम पठाएपछि सरकारले पूर्णता पाउँछ : देउवा

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् । मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् । ‘एमाले (हालको एकीकृत समाजवादी), माओवादी मिलेर सरकार बनेको सबैलाई थाहा छ […]

नगर सभापति वडामै पराजित  

२२ भदौ, बैतडी । नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएपछि क्षेत्रीय प्रतिनिधिमा छनोट हुन सकेनन् । विजयी भएका थापाले ५७ मत र पराजित चन्दले ५३ मत प्राप्त गरेको मतदान अधिकृत सुरेन्द्र […]

देउवाकै गृहजिल्लामै क्रियाशील सदस्यता विवाद

२२ भदौ डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामै क्रियाशील सदस्यता विवाद बढेको छ । विवादकै कारण २५ भदौमा तोकिएको वडा अधिवेशन अन्यौलमा परेको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको डडेल्धुराको क्रियाशील सदस्यको नामावलीमा जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले आपत्ति जनाएको छ । जिल्लाले पठाएको क्रियाशील सदस्यता सूचीमा व्यापक नाम थपघट भएको आरोप […]

कांग्रेसको १४ औं महाधिवेशन : वडा नेतृत्वमा युवा आए तर महिला र दलित शून्य

२२ भदौ, पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा तहको निर्वाचनमा युवाको बाहुल्य उपस्थिति देखिइरहेको छ । दैलेख दुल्लु नगरपालिका-३ मा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेर चर्चा बटुलिन् । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ बाट १९ वर्षकै दिपिका भण्डारी क्षेत्रीय प्रतिनिधि बनिन् । मादी गाउँपालिका वडा नम्बर ९ मा २८ वर्षका […]

कांग्रेसमा के हो समावेशी प्रतिनिधित्वको विवाद ?

२१ भदौ काठमाडौं । निर्वाचन निर्देशिकाले पार्टीमा समावेशी प्रतिनिधित्वलाई बेवास्ता गरेको भन्दै १६ भदौमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पदबाट राजीनामा दिए । नेपाल दलित संघका केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्माको दाबी थियो, निर्देशिकाले काठमाडौं उपत्यकासहित मुलुकभर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गरेको छ । यसले समयपछि कांग्रेसमा दलितको सहभागिता शून्य बन्छ […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बोलाइएको कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । यही २३ गतेबाट संसदको अधिवेशन शुरु हुँदैछ । अधिवेशन शुरु हुनु अघि आन्तरिक छलफलका लागि दलको बैठक बोलाइएको उनले बताइन् […]

कांग्रेस महामन्त्रीमा गगन, विश्वप्रकाश र प्रदीप पौडेल भिड्ने !

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीकै लागि तयारी गरेका छन् । पौडेलले पनि महामन्त्रीका लागि तयार गरेको बताएका छन् । उनले भने, […]

‘म सभापतिको उम्मेदवार हुँ’

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसलाई महाधिवेशन लागेको छ । सभापति पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहमा पनि एकमत छैन भने संस्थापनइतर समूह झन् विभाजित छ । १७ भदौमा संस्थापनइतरका चार सभापति आकांक्षीले पत्रकार सम्मेलन गरेर साझा उम्मेदवार दिने बताए । तर त्यहाँ कृष्णप्रसाद सिटौला देखिएनन् […]

३८ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न     

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन […]

महाधिवेशनबाट पार्टीभित्रको ‘गुट र गिरोह’ समाप्त गर्नुपर्छ : शेखर कोइराला

१८ भदौ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा संस्थागत हुँदै गएको गुट र विभाजनको संस्कार हटाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टी कमजोर भएको र आमनिर्वाचनमा पराजय भोग्नुपरेको स्वीकार गर्दै महाधिवेशनबाट नयाँ संस्कार र पद्धति निर्माणमा लाग्नुपर्ने बताए । शुक्रबार महाधिवेशन अन्तर्गत वडा अधिवेशनका दिन एक अपील जारी […]

वडा अधिवेशनले कांग्रेसलाई बलियो बनाउने नेतृत्व चयन गर्न सकोस् : प्रकाशमान

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई अपील गरेका छन् । उनले कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना पनि गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश दिंदै नेता सिंहले भनेका छन्, ‘कांग्रेसलाई बलियो […]

कांग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन शुरु

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न […]

‘उपसभापति र महामन्त्रीमध्ये एउटा पदमा मेरो उम्मेदवारी हुन्छ’

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी शुरु भएको छ । सभापतिका आकांक्षीहरु मात्रै होइन, पदाधिकारीहरुका आकांक्षीहरुले पनि उम्मेदवारी घोषणा गर्न थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवा निकट सहमहामन्त्री डा. प्रकाशशरण महतले उम्मेदवारी त घोषणा गरेका छैनन्, तर महामन्त्रीका लागि लबिङ गरिरहेका छन् । भन्छन्, ‘सभापतिमा मेरो दाबी छैन । त्योभन्दा बाँकी उपसभापति […]

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट

१७ भदौ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका एक नेता रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् । कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बागमती प्रदेश सभाका सांसदसमेत रहेका नरोत्तम बैद्य रिट लिएर सर्वोच्च पुगेका हुन् । उक्त रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन । कांग्रेस महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि […]

कांग्रेस काठमाडौंका जिल्ला सभापति भन्छन्– २३ गते नकटाइकन वडा अधिवेशन गर्छौं

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार (भदौ १८ गते)देखि सुरु हुँदै छ । तर राजधानी काठमाडौंसहित कतिपय जिल्लाको क्रियाशील सदस्यताको सूची अझै सार्वजनिक भएको छैन । सूची सार्वजनिक नभएका जिल्लामा भदौ १८ गते नै वडा अधिवेशन नहुने भएको छ । पार्टी केन्द्रीय कार्यालयले सदस्यताको सूची सार्वजनिक नगरेकाले भदौ १८ गते नै काठमाडौंमा […]

कांग्रेस नेता कार्यकर्तालाई रामचन्द्रको अपील : आत्माको पुकार सुनेर निर्णय गर्नुस्

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील गरेका छन् । वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गरेका हुन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ […]