Comments Add Comment

नेपाली कांग्रेस

List Grid
२५ जेठभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गरौं : देउवा

२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ । नभए जरिवाना लाग्ने उसले बताएको थियो । यसको व्यवसायीहरूले विरोध गरेका छन् । कांग्रेस सभापति […]

कर बुझाउने ताकेता गैरजिम्मेवारीपनको पराकाष्ठा : कांग्रेस

२१ जेठ, काठमाडौं । लकडाउनको समय अवधिभित्रै कर बुझाउन भनेर सरकारले जारी गरेको सूचनालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गैरजिम्मेवारीपनको पराकाष्ठा भनेको छ । कांग्रेसले यस्तो निर्णय सच्याउन मागसमेत गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लकडाउनको कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत […]

कांग्रेसका ८ सांसदको संविधान संशोधन विधेयक पार्टीको निर्णय विपरीत !

२० जेठ, काठमाडौं । सरकार नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक ‘फास्ट ट्याक’बाट पास गर्ने तयारीमा छ । तर संसद सचिवालयमा भने एकपछि अर्को गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ८ जना सांसदहरुले संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् । तराई मधेशबाट […]

कांग्रेसका ८ सांसदले दर्ता गरे संविधान संशोधन विधेयक

२० जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका ८ सांसदले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । प्रदीप गिरी, चित्रलेखा यादव, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्य्मनारायण चौधरीले मंगलबार संशोधन प्रस्ताव दर्ता गरेका हुन् । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संशोधन विधेयक दर्ता गराएको उनीहरुले बताएका छन् । सांसद […]

रुकुम घटना छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर : कांग्रेस

१९ जेठ, काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण पश्चिम रुकुममा पाँच जना मारिएको घटना छानबिनका लागि संसदीय समिति गठन नगरिए कडा संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । निष्पक्ष छानविनका लागि दलित सांसदकै नेतृत्वमा संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद मानबहादुर विश्वकर्माले भने, ‘घटनाको […]

अब प्रधानमन्त्रीको वास्तविक परीक्षा सुरु भयो : कांग्रेस

१८ जेठ, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरिएको नयाँ नक्साको पक्ष र विपक्षमा मत राख्ने सबैको चासो थियो- नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याएको संविधान संशोधन विधेयकबारे प्रमुख विपक्षी नेपाली कांग्रेसले के निर्णय गर्ला ? जेठ १३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले निर्णय गर्न समय मागेसँगै […]

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिले भनेको छ, सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रष्ट […]

कांग्रेस बैठक : संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा […]

बजेटमा कांग्रेसको टिप्पणी : आम्दानी अठन्नी खर्च रुपैयाँ जस्तै भयो

१६ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले जनताको हित विपरित बजेट आएको भन्दै स्वीकार्य नहुने बताएको छ । सरकारले बिहीबार १४ खर्ब ७४ अर्ब १६ करोडको बजेट पेश गरेपछि कांग्रेसले पार्टी निकट अर्थशास्त्रीहरुलाई बोलाएर सांसदहरुसँग छलफल गरेको थियो । पूर्व अर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द […]

बजेट सरकार र नेकपाको असफलताको दस्तावेज : कांग्रेस

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटलाई नेपाली कांग्रेसले सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असफलताको रुपमा यो दस्तावेज भएको प्रतिक्रया दिएको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए । ‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ’ डा. रिजालले भने ‘झण्डै दुई तिहाइको […]

कांग्रेसले शनिबार बोलायो केन्द्रीय कार्यसमितिको बैठक

१५ जेठ, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उनले भनेका छन् । लिम्पियाधुरा, कालापानी र […]

दलित युवकको हत्याको विषयमा कांग्रेसद्वारा संसदीय छानबिनको माग

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको संसदीय छानबिन गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरेका हुन् । उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका थिए । त्यस्तै […]

प्रकाशमानले भने– नेपाली भूमि रक्षा गर्न राष्ट्रिय एकता बलियो बनाऔं

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना भाइरस संक्रमणको जोखिममा सुरक्षित भएर पेशागत धर्म निर्वाह गर्न र सरकारलाई निरन्तर खबरदारी गरिरहन प्रेस युनियनलाई आग्रह गरेका छन् । नेपाली भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रिय एकतालाई बलियो बनाउन पनि उनले अपिल गरेका छन् । नेपाल प्रेस युनियन २९ औं वर्ष प्रवेश […]

सरकारलाई कांग्रेसको आग्रह : भूमि फिर्ता ल्याउन उच्चस्तरीय पहल गरौं

११ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले महाकाली पूर्वको भूभाग नेपाली भूमि भएको बताएको छ र भूमि फिर्ता ल्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ । तर सरकारले ल्याएको संविधान संशोधन विधेयकबारे भने केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने बताएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै निशान […]

अपांगता भएका र एकल महिलाको भत्ता नरोक्न का‌ंग्रेसकाे माग

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने भनी गरेको निर्णयप्रति आपत्ति जनाएको छ । सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल महिलाहरुलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने निर्णय गरेको थियो । नेपालको संविधानमा अशक्त, अपाङ्गगता […]

विपन्नलाई मासिक ५ हजार दिन कांग्रेस सांसदको प्रस्ताव

५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काम गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाका लागि मासिक ५ हजार दिने प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै कार्कीले यस्तो प्रस्ताव गरेका हुन् । मुलुकलाई रोग र भोकबाट जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘रोजगारी गुमाएका […]

कांग्रेसको माग : एमसीसी अनुमोदन गरौं, नीति कार्यक्रम पुनर्लेखन गरौं

३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेको छ । कांग्रेसले शनिबार यसबारे संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता गराएको छ । सरकारले कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेसले बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने […]

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले जेठ ३ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ । सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बस्न लागेको हो । संसदीय दलको बैठक मिति शनिबार दिउँसो साढे १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । शुक्रबार […]

कांग्रेसले भन्यो- विदेशमा अप्ठ्यारोमा परेकालाई स्वदेश फर्काऊ

३१ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । विदेशमा अप्ठ्यारामा परेका श्रमिक, पढाइ बन्द भएर बसेका विद्यार्थी, तीर्थयात्रा बन्द भएर अलपत्र परेका नागरिक, आफन्त भेट्न जाँदा रोकिएका नागरिकलाई सरकारले उद्धार गर्नुपर्ने  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बुधबार पार्टी कार्यालय सानेपामा आयोजित […]

विदेशमा रहेका नेपालीको कसरी उद्धार गर्ने ? यस्तो छ कांग्रेसको रोडम्याप

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी र यसको रोकथामका लागि गरिरहेको लकडाउनका कारण भारत तथा श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरूको समस्या बढ्दो छ । उनीहरूलाई उद्धार गर्न सरकारमाथि दबाब बढिरहेको छ । यूएईलगायतका देशले नेपालमै ल्याएर छाडिदिन्छौं भन्न थालेका छन् भने भारतमा रहेकाहरू सीमा नाकामा आउन थालेका छन् । प्रमुख विपक्षी नेपाली […]

कांग्रेसले भन्यो : सीमा विवादमा वक्तव्य दिएर पुग्दैन, दीर्घकालीन समाधान खोज

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै कांग्रेसले यसबारे सरकारको धारणा माग गरेको बताएका हुन् […]