Comments Add Comment

नेपाली चलचित्र

List Grid
दीपकको चेतावनी : ‘विदेशी फिल्मबाट दाल भात खानेविरुद्ध सशक्त भएर लाग्छौं’

चलचित्र ‘छ माया छपक्कै’का लेखक तथा कलाकार दीपकराज गिरीले विदेशी चलचित्र बेचेर दालभात खाई नेपाली चलचित्रकर्मीलाई तर्साउन खोज्नेहरु विरुद्ध सशक्त भएर अगाडि बढ्ने प्रण गरेका छन् । चलचित्र ‘छ माया छपक्कै’को रिलिजको समयमा विदेशबाट हिन्दी चलचित्र किनेर आफूहरुको चलचित्रलाई कम शो दिन लागिपर्ने वितरक विरुद्ध लाग्ने दीपकको भनाई छ । उनले सामाजिक संजालमा लेखेका छन्–‘भारतबाट […]

‘पासवर्ड’ फिल्म बनाएको कम्पनी अब फिल्म वितरणमा

एबी इन्टरनेशनल प्रालिले अब चलचित्र वितरण गर्ने भएको छ । ‘पासवर्ड, सम्हालिन्छ कहिले मन’ बनाइसकेको यो कम्पनीले नेपाली तथा विदेशी चलचित्र वितरण गर्ने बताएको छ । यो कम्पनीले बर्षमा २ वटा चलचित्र निर्माण गर्ने र त्यसलाई अन्तरराष्ट्रियकरण गर्ने पनि बताएको छ । पछिल्लो समयमा नेपालमा वितरण कम्पनी खोल्ने क्रम बढेको छ । कतिपय वितरकहरुलाई भने […]

‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’

भोली शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन छ । यो चलचित्रमा देव भुषालको लेखन तथा निर्देशन छ । चलचित्रको यो गीतमा […]

‘झींगे दाउ’मा कुशलको प्रवेश, आँचलसँग रोमान्स गर्दै

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘झींगे दाउ’को छायांकन मंसिर ५ गतेबाट सुरु हुँदैछ । यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । साहित्यकार भीमनीधि तिवारीको ‘अन्तरे भाग’मा समावेश ‘झींगे दाउ’मा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो । यो चलचित्रका लागि कलाकारहरुमा मुकुन भुषाल, केकी अधिकारी र आँचल […]

नीताको मुस्कान

बाल–कलाकार हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगाना राम्रो अभिनय र नृत्य गर्छिन् । केही दिन अगाडि मात्र आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा नीताको धमकेदार प्रस्तुतीले विरगञ्ज तताएको थियो । उनै, नीता नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । निरन्तर असफल चलचित्रको असर उनको करिअरमा पनि परेको छ । यसैले, आफ्नै निर्माणमा बन्ने चलचित्रबाट […]

६३ बर्षमा हरिवंश, भन्छन्–‘सबैको मायाले झन् जवान हुँदैछु’

हाँस्य कलाकार हरिवंश आचार्यको ६३ औं जन्मदिनको अवसर पारेर रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका अधिकांश परिचित अनुहारको उपस्थिती थियो । नयाँ बाँनेश्वरमा आयोजना भएको जन्मदिन सेलिव्रेश कार्यक्रममा हरिवंश भावुक देखिए । छेउमै रहेका साथी मदनकृष्ण श्रेष्ठको कुरा सुनिसकेपछि हरिवंशले भने–‘मलाई पहिले–पहिले मह संचार भनेको थोरै मानिसहरुको समुह मात्र लाग्थ्यो । तर, अहिले […]

‘म लभ स्टोरी फिल्मको एक्लो हिरो’: आर्यन

नेपाली चलचित्र क्षेत्रमा नायक आर्यन सिग्देलको आगमन यस्तो समयमा भयो, जुन समय चलचित्र क्षेत्रमा चकलेटी नायकहरुको बाहुल्यता थियो । चलचित्र क्षेत्रले चकलेटी अनुहारलाई नै विशेष स्थान दिइरहेको थियो । सोही समय चकलेटी अनुहारमा आर्यनले छुट्टै स्थान बनाए । उनको क्रेज लोभलाग्दो बन्यो । आर्यनलाई चर्चाको उत्कर्षमा पु¥याउने चलचित्र बन्यो, ‘मेरो एउटा साथी छ’ । सुदर्शन […]

स्वस्तिमालाई अप्ठ्यारो

नायिका स्वस्तिमा खड्का यसै बर्ष राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट पुरस्कृत भइन् । चलचित्र ‘बुलबुल’मा उनले गरेको अभिनयकै कारण उनी ‘उत्कृष्ट नायिका’को पुरस्कार पाउन सफल भइन् । यो पुरस्कार पाएपछि स्वस्तिमाबाट दर्शक र समिक्षकलाई अपेक्षा पनि बढी भयो । उनले अभिनय गरेका चलचित्रको व्यापार अर्को पाटो भयो, उनको अभिनयमा धेरैको नजर […]

यसै बर्ष बिहे गर्ने तयारीमा आँचल र उदिप

करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिदएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ । उनीहरुले सार्वजनिक रुपमा नै प्रेम स्विकार गरिसकेका छन् । यो जोडीले अब प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी समेत गरेको छ । नायिका आँचल शर्माका अनुसार उनीहरु यो बर्ष नै बिहेको तयारीमा छन् । आँचलले […]

अनमोलविना किन निरन्तर असफल हेमराज ?

चलचित्र ‘होस्टेल’ निर्देशन गर्दा निर्देशक हेमराज वीसीको तारिफ नै तारिफ भयो । हेमराज वीसी लभ स्टोरी चलचित्र निर्देशनमा उदाए । यो चलचित्रबाट नायक अनमोल केसी पनि उदाए । यसपछि, अनमोल र हेमराजले चलचित्र ‘जेरी’मा काम गरे । यो चलचित्र पनि बक्स अफिसमा सफल भयो । हेमराज र अनमोलको तेश्रो सहकार्यको रुपमा बनेको चलचित्र ‘गाजलु’ पनि […]

अमेरिकामा ‘मिस्टर नेपाली’लाई प्रतिक्रियाः ‘राष्ट्रियताको कथामा मन छुने फिल्म’

शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आयोजना भएको चलचित्रको प्रिमियरमा दर्शकको उल्लेख्य सहभागीता थियो । चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई उत्कृष्ट भने । चलचित्र हेरेर फर्किएका केही दर्शकले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने चलचित्र बनेको बताए । कतिपयले भने विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र […]

रिलिज डेट सारेकै कारण नचलेको हो ‘घामड शेरे’ ?

कात्तिक ८ गते सो कम पाएको भन्दै कात्तिक २२ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘घामड शेरे’को ओपनिङ सुखद बनेन । चलचित्रले सुरुवाती दिनमा गरेको व्यापार गर्दा, यसलाई निकै नै कमजोर भन्न सकिन्छ । हेमराज वीसीको निर्देशनमा बनेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्र क्षेत्रमा नै निकै नै राम्रो क्रेज […]

‘बुलबुल’का मुकुन अब ‘अन्तरे’ बन्ने

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । सत्यराज चौलागाँइको निर्देशनमा बन्न लागेको चलचित्र ‘अन्तरे’मा मुकुन पक्का भएका हुन् । उनी शिर्ष भूमिकामा देखिनेछन् । चलचित्रको टिम राम्रो भएकाले आफूले काम गर्न लागेको मुकुनले बताएका छन् । उनले भने–‘बुलबुलबाट पाएको मायामा कुनै कमी नहोस् भनेर राम्रो कथा खोजिरहेको थिएँ । […]

तस्वीरमा ‘स्वर्णिम चलचित्र महोत्सव’

कात्तिक २१ देखि कात्तिक २३ सम्म आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ले नेपाली चलचित्र क्षेत्रमा के फरक पार्छ, त्यसको नतिजा विस्तारै देखिदै जानेछ । चलचित्र क्षेत्रमा यस्ता खालका महोत्सवले चहलपहल भने बढाउँछ । आयोजकले यस्ता कार्यक्रमलाई कत्तीको व्यवस्थित गर्न सक्छ, फाइदा त्यती नै बढी हुनेछ । तर, चलचित्र क्षेत्रको बिषयमा जनतालाई जानकारी दिन र चहलपहल […]

विरगञ्जमा प्रेमीसँग साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कात्तिकको २१ गते विरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन पुगिन् । तर, साम्राज्ञी एक्लै भने महोत्सवमा गएकी थिइनन् । उनीसँगै उनका प्रेमी देवांश राणा पनि महोत्सवमा पुगे । देवांश उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको छोरा हुन् । कार्यक्रम अवधीभर उनीहरु एकसाथ बसेका थिए । देवांश आफू आफ्नी […]

विरगञ्ज महोत्सवबाट नेपाली फिल्मले के पायो ?

करिब १ करोड भन्दा बढी खर्च, ३ सय भन्दा बढी चलचित्रकर्मीहरुको जमघट गराउँदै विरगञ्जमा ३ दिने ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ सम्पन्न भयो । विरगञ्जमा नेपाली चलचित्रको बजार नै नभएको अवस्थामा यो महोत्सवले त्यो बजार खोज्न सहयोग गर्ने अपेक्षा चलचित्र निर्माता संघको छ । तर, के ३ दिनसम्म तामझामका साथमा भएको महोत्सवले चलचित्र क्षेत्रलाई साच्चै फाइदा […]

सुशिलसँगै ‘लभ डायरिज’मा प्रिन्सी र प्रिज्माको ‘छम छम छम’

नायक सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र चलचित्र ‘लभ डाइरिज’को एक गीतको छायांकन सकिएको छ । हायात होटलमा खिचिएको ‘छम छम छम’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । अर्जुनकै शब्द रहेको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर सुन्न सकिन्छ । प्रविण सिंहको करियोग्राफीमा खिचिएको यो भिडियोमा सुशिल र चलचित्रकी मुख्य […]

नम्रताको गुनासो–‘नायिका पर्दामा सुन्दर मात्र देखिनुपर्छ भन्ने छैन’

नेपाली चलचित्र बनाउनेहरुमा एउटा सोच छ, नायिका पर्दामा बोल्ड एन्ड ब्यूटी देखिनुपर्छ । धेरै निर्माता निर्देशकहरु यस्तो कुरा सोच्छन् र आत्मसाथ पनि गर्छन् । यो कुरामा नायिका नम्रता श्रेष्ठलाई भने गुनासो छ । आफूलाई विभिन्न अवतारमा प्रस्तुत गर्न चाहने नम्रता नायिका जहिल्यै सुन्दर देखिनुपर्छ भन्ने कुरामा सहमत छैनन् । उनी भन्छिन्–‘यहाँ त हस्पिटलको बेडमा रहेकी […]

‘मिस्टर नेपाली’बाट चम्कने आशामा साहिल र कुसुम

चलचित्र ‘मिस्टर नेपाली’बाट दुई कलाकार यो क्षेत्रमा भित्रिदैछन् । नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउतले यो क्षेत्रमा पाइला राखेका हुन् । आउँदो शुक्रबार अर्थात कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन् । चलचित्रमा नायक भूवन केसी पनि भएकाले उनको चर्चा हुनु स्वभाविक नै हो । तर, चलचित्र […]

गोविन्दासँगै नाँचे नेपाली नायिका (फोटो फिचरसहित)

बलिउड चलचित्रका नायक गोविन्दा विरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’मा सहभागी हुन बिहिबार विरगञ्ज आइपुगेका थिए । विरगञ्जमा आयोजना भैरहेको महोत्सवमा सहभागी हुन आइपुगेका गोविन्दालाई हेर्न हजारौ दर्शकको भीड लागेको थियो । आदर्श नगर रंगशालामा आयोजना भएको महोत्सवमा गोविन्दा पुग्दा ठूलो भीड लागेको थियो । गोविन्दलाई भिडबाट जोगाउन प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो […]

दुई वर्षाको बढ्दो मित्रता

चलचित्र ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ एकसाथ रिलिज भएपछि नेपाली चलचित्रका दुई नायिका वर्षा राउत र वर्षा सिवाकोटीले एक अर्काको प्रशंसा गरेका थिए । यसपछि, उनीहरुको मित्रता अघि बढेको महशुश गरिएको थियो । यी दुइको नायिकाको बढ्दो मित्रता भने विरगञ्जमा देखिएको छ । विरगञ्जमा आजबाट सुरु भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन दुई […]