Comments Add Comment

नेपाली चलचित्र

List Grid
पल शाहलाई ‘रियल हिरो’को सम्मान

नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो । महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित […]

रोपाइँमा रमाउँदै दीपा र स्वस्तिमा

आज असार १५ । आज नेपालभर धान दिवस मनाइँदैछ । नेपाली चलचित्रका कलाकारहरु पनि धान दिवसको अवसरमा विभिन्न स्थानमा पुगेर रोपाँइमा रमाइरहेका छन् । निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काले भक्तपुरमा पुगेर रोपाँई गरेका छन् । निर्देशक दीपाश्री निरौलाले अनलाइनखबरसँग भनिन्–‘अहिलेको पुस्ता मध्ये धेरैलाई चामल सोझै बोरामा आउँछ भन्ने सोच छ । यसैले, अहिलेको […]

कोरोनाले रोकिएको ‘आँधी तूफान २’को छायाँकन सुरु गर्ने तयारी

निषेधाज्ञा खुकुलो भएसँगै चलचित्र ‘आँधी तुफान २’को छायाँकन शुरु गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ । कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण चलचित्रको छायाँकन रोकिन पुगेको थियो । असारको २२ गतेभित्र छायाँकन शुरु गर्ने तयारी रहेको चलचित्रका लेखक एवं निर्माता रहेका मौनता श्रेष्ठले जानकारी दिए । ‘७ दिनमै छायाँकन रोक्नुपरेको थियो’ उनले […]

जन्मदिनमा अदितीः मुम्बइमा जम्दै गरेकी एक कलाकार

नायिका अदिती वुढाथोकी मुम्बइलाई सपना बुनेर अगाडि बढ्दै गरेकी एक कलाकार हुन् । नेपालको पूर्वी जिल्लामा जन्मिएर काठमाडौंमा नै हुर्किएकी अदिती नेपाली चलचित्र क्षेत्रमा भन्दा अगाडि नै मुम्बइको रंगिन दुनियाँमा सपना देखेर अगाडि बढिसकेकी थिइन् । सामाजिक संजाल इन्स्टाग्राममा १४ लाख फ्यान कमाएकी यी सुन्दरीले भारतमा रहेर मोडलिङ र भिडियोमा अभिनय गरिरहेकी छिन् । हिन्दी, […]

बाढी प्रभावित बालबालिकाको शिक्षामा वर्षाको सहयोग अभियान

सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची र चनौटे बजार लगायका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण हजारौ मानिसहरु प्रभावित भएका छन् । बाढीका कारण कैयौं बालबालिकाको भविष्य समेत अन्यौलमा देखिएको छ । उनीहरुको शैक्षिक सत्र पनि विथोलिएको छ । तीनै बालबालिकाका लागि नायिका वर्षा सिवाकोटीले सहयोग अभियान सुरु गरेकी छिन् । वर्षाले अनलाइनखबरसँग भनेकी छिन्–‘धेरै बालबालिका कोभिड र […]

सरोजको गुनासो–‘फुर्सद हुँदा पनि राजेश र करिश्मासँग भेट किन हुँदैन ?

नेपाली चलचित्रका कलाकारहरुको सम्बन्ध पर्दामा जस्तो देखिन्छ, पर्दामा पनि त्यस्तै कमै देखिन्छ । चलचित्रको छायांकनमा एकसाथ हुँदा नजिक हुने कलाकारहरु काम सकिएपछि एक अर्कासँगै कमै मात्र कुराकानी गर्छन् । भेटघाट पनि उनीहरुको निकै कम हुन्छ । नायक सरोज खनालको स्टाटसले पनि यो कुराको पुष्टी गर्छ । उनले, नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरसँग् चलचित्रको […]

बैबाहिक जीवनमा बाँधिइन् सन्ध्या केसी

नायिका सन्ध्या केसीले कानुनी बिहे गरेकी छिन् । उनले, सामाजिक संजालको माध्यमबाट आफू बैबाहिक जीवनमा बाँधिएको जानकारी दिएकी छिन् । खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ भन्दै उनले आभूषण ज्योती कंसकारसँग बिहे गरेको उल्लेख गरेकी हुन् । उनले लेखेकी छिन्–‘हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी […]

सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि जुटे कलाकार, कोषमा एक दिनमै ३२ लाख उठ्यो

सिन्धुपाल्चोकका बाढी प्रभावितहरुको लागि सहायता जुटाउन गठन गरिएको कलाकारहरुको समितिले एक दिनमै झण्डै ३२ लाख संकलन गरेको छ । सिन्धुपाल्चोकका बाढी प्रभावितको व्यवस्थापनका लागि गत साता अभिनेता कृष्ण मल्ल संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको थियो । बिहीबार काठमाडौंमा भएको समितिको भेलाले ‘सिन्धु सहयोग कोष’ स्थापना गरेको छ । त्यहाँ २ दर्जनभन्दा बढी कलाकारले व्यक्तिगत वा […]

केकीले किन मागिन् माफी ?

नायिका केकी अधिकारीले सामाजिक संजाल फेसबुकमार्फत माफी मागेकी छिन् । उनले फेसबुकमा स्टाटस कोर्दै जानी नजानी कुनै न कुनै प्रकृतीको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य र अदृश्य रुपमा जकडिएको भन्दै माफी मागेकी हुन् । आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मुल पानी सबैलाई विवेक र शक्ति […]

फेसबुकमा फ्यानलाई प्रदिपको जवाफ–‘समाजसेवा प्रचार नगरी गर्दा हुन्छ कि प्रचार गर्नैपर्छ ?

नायक प्रदिप खड्काले एक कोल्ड ड्रिक्सको विज्ञापन गर्दै सामाजिक संजालमा तस्वीर पोष्ट गरेपछि अहिले यसलाई लिएर बहस नै भैरहेको छ । सामाजिक संजालमा कोल्ड ड्रिक्सको प्रचार किन गरेको भनेर प्रश्न सोझ्याउने केही प्रयोगकर्ता छन् भने केहीले प्रदिपले विज्ञापन गर्ने वित्तिकै प्रयोग गर्नैपर्छ र भनेर उनको वचाउ पनि गरेका छन् । तर, अधिकांश प्रश्न सोध्नेहरुलाई प्रदिपले […]

नम्रताको प्रश्न–‘खै कुरा वुझेको ?’

नायिका नम्रता सापकोटा आफ्नो कुरा निर्धक्कसँग राख्न डराउँदिनन् । गतबर्ष लकडाउनको समयमा नेपाली चलचित्र क्षेत्रमा ‘परिवारवाद’ हाबी भएको भन्दै बयान दिएपछि नम्रता चर्चामा आएकी थिइन् । उनै, नम्रता यसपटकको निषेधाज्ञामा सामाजिक कार्यमा पनि सक्रिय छिन् । उनी विभिन्न सामाजिक संस्थासँग मिलेर सहयोग वितरणमा सक्रिय छिन् । नेपाली चलचित्र क्षेत्रमा खासै हिट चलचित्र दिन नसकेपनि नम्रता […]

मलिकासँग फिल्म खेल्दै पल, प्रकृतीसँग कहिले ?

म्यूजिक भिडियोमा होस् या फिल्ममा, कुनै जोडी हिट भएपछि उनीहरुमाथि लगानी गर्न जोकोही पनि कस्सिन्छन् । कुनै समय नेपाली चलचित्रमा यस्तै केही जोडी थिए, जसका चलचित्र हिट भएपछि अन्य निर्माताले पनि उनीहरुलाई एकसाथ पर्दामा देखाए । पछिल्लो केही बर्षयता बलियो भन्दै गएको नेपाली म्यूजिक भिडियो बजारमा पनि केही जोडी बेलावखत जन्मने गर्छन्, जसलाई दर्शकले निकै […]

प्रकृतिलाई चाहिनेभन्दा बढी बिथोलिरहेका छौं कि भन्ने कुरा मनन गर्न हमालको सुझाव

नायक राजेश हमालले सिन्धुपाल्चोक, मनाङ लगायत जिल्लाका बाढी प्रभावितलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । गत साता परेको वर्षाका कारण बाढी पहिरो आउँदा सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला बढी प्रभावित छन् । बाढीपहिरोका कारण त्यहाँका धेरै घरपरिवार प्रभावित भएका छन् । उनीहरुको लाखौं धनजनको क्षति भएको छ । उनीहरुलाई गास र बासको समस्या भएको छ । […]

महामारी होस् या बाढी पहिरोः मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ खुबै भेटिन्छ । अझ, चलचित्रकर्मी त प्रचारका लोभी हुन्छन् । सामाजिक कार्यलाई प्रचार गरेर मिडियामा तारिफ पाउन उनीहरु सधै लालयित हुन्छन् । तर, कलाकारले गर्ने सामाजिक कार्य अरुका लागि पनि […]

म्यूजिक भिडियोले बदलिएकी मलिका

निषेधाज्ञा हुनु भन्दा अगाडि सार्वजनिक भएका २ म्यूजिक भिडियोले नायिका मलिका महत्तको करिअर पुर्ण रुपमा बदलेको छ । नेपाली म्युजिक भिडियोमा रेकर्ड ब्रेक गर्ने गीतहरु उनको पोल्टामा छन् । यसले, डेब्यू चलचित्रबाट नै सफलताको स्वाद नचाखेकी यी नायिकालाई ठूलो राहत दियो । ‘यात्रा’ चलचित्रपछि नयाँ प्रोजेक्ट रिलिज नभएपनि मलिकालाई दर्शकले विर्सन्छन् भन्ने चिन्ता छैन । […]

मेलम्चीका संरचना पुननिर्माण गर्न कृष्ण मल्लको संयोजकत्वमा समिति गठन, करिष्माको एक लाख सहयोग

सिन्धुपाल्चोकका बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापनका लागि सहायता जुटाउन अभिनेता कृष्ण मल्लको संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको छ । शनिबार काठमाडौंमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल लगायतका जनप्रतिनिधि एवं सिन्धुपाल्चोक गृहजिल्ला भएका कलाकारहरु कृष्ण मल्ल, जितु नेपाल, श्वेता खड्का, चेतन सापकोटा, कृष्ण ढुंगाना लगायत सहभागि भएर […]

मेलम्चीमा दीपा र स्वस्तिमाको सहयोग वितरण

सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरोबाट प्रभावितहरुका लागि नेपाली कलाकारहरुले राहत वितरण कार्यलाई तिव्र बनाएका छन् । नायिका स्वेता खड्का, पूजा शर्मा, आँचल शर्मा लगायतले मेलम्ची पुगेर राहत वितरण गरिसकेका छन् । यसैविच, निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्का पनि मेलम्ची पुगेर राहत वितरण गरेर फर्किएका छन् । उनीहरुले बाढी प्रभावितहरुका लागि डसना, ब्ल्याङ्केट, म्याट […]

शिव श्रेष्ठः अभिनयमा हिट, निर्माणमा फ्लप

आज भन्दा ४ दशक अगाडि नायक शिव श्रेष्ठले नेपाली चलचित्रमा पाइला राखेका थिए । चलचित्र ‘जीवनरेखादेखि बागमती’सम्म आइपुग्दा शिवको करिअरमा थुप्रै उतार चढाव आएका छन् । तर, नेपाली चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदान अविस्मरणिय छ । उनै, नेपाली चलचित्रका ‘एक्सनका राजा’ नायक शिव श्रेष्ठ आज आफ्नो जन्मदिन मनाउँदैछिन् । विराटनगरमा जन्मिएका नायक शिव श्रेष्ठले आफ्नो […]

राहत वितरणमा राजनीति प्रवेश गरेको देख्दा दुःख लाग्योः मिलन चाम्स

निर्देशक मिलन चाम्सले मेलम्चीमा बाढी पहिरोका कारण प्रभावित भएका बासिन्दाहरुलाई राहत वितरण गर्दा राजनीति प्रवेश गराइएको भन्दै दुःख व्यक्त गरेका छन् । मिलन चाम्ससहितका केही चलचित्रकर्मीले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेका थिए । मिलनले मेलम्चीको अवस्था हेर्दा युद्ध भूमी जस्तो देखिएको भन्दै जनताहरु अझै त्रासमा जीवन जिउन विवश भएको उल्लेख गरेका छन् । उनले, […]

सिन्धुपाल्चोकको अवस्था कहालिलाग्दो छः आँचल शर्मा

नायिका आँचल शर्मा र उनका टिमले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेको छ । नायिका आँचलको साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट विस्थापित भएका परिवारलाई खाद्यन्न वितरण गरेको हो । सिन्धुपाल्चोक पुगेर फर्किएपछि नायिका आँचल शर्माले त्यहाँको परिस्थिती कहालीलाग्दो रहेको उल्लेख […]

उपासनाको स्टाइल

निषेधाज्ञाका कारण चलचित्रमा काम गरिरहेका कलाकारहरु घरमै छन् । कोही यो समयमा सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागेका छन् भने कोही सामान्य तरिकाले दैनिकी विताइरहेका छन् । यदि, यो समयमा निषेधाज्ञा नभएर अवस्था सामान्य नै हुन्थ्यो भने नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘मिरर’को छायांकन सुरु गरिसकेकी हुन्थिन् । यो चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग काम […]