Comments Add Comment

नेपाली चलचित्र

List Grid
कलाकारका नाममा बनेका फिल्ममा दर्शकको चासो कस्तो ?

नेपालमा थोरै मात्र कलाकारको नाममा चलचित्र बन्ने गरेका छन् । विशेषगरि, मेकरले नेपालमा सफल भएका कलाकारको नाममा चलचित्र बनाउने गरेको पाइन्छ । तर, ती चलचित्रहरुको संख्या भने निकै कम छ । निर्माता केदार भुषालले नायक राजेश हमालको नाममा ‘म राजेश हमाल’ बनाउने तयारी गरेका छन् । यो चलचित्रमा राजेश हमालको नाम प्रयोग भएपनि उनको बायोपिक […]

खगेन्द्र र रोजिनालाई पुत्री लाभ

नेपाली चलचित्रमा आफ्नो छुट्टै छाप छोड्न सफल कलाकार खगेन्द्र लामिछाने पिता बनेका छन् । खगेन्द्रकी श्रीमती रोजिना सिटौलाले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले सामाजिक संजालमार्फत यो कुराको जानकारी दिदै बाबु बनेकोमा खुशी व्यक्त गरेका छन् । खगेन्द्रले यो दुनियाँमा स्वागत छ छोरी भन्दै तस्वीर पोष्ट गरेपछि उनी र रोजिनालाई चलचित्रकर्मी र शुभचिन्तकले […]

म विचारले मात्र विवादित हुन्छु, अरु गल्ती गर्दिनँः करिश्मा मानन्धर(भिडियो)

नेपाली चलचित्र क्षेत्री सदबहार नायिका करिश्मा मानन्धरले आफू आफ्नो विचारका कारण मात्र विवादित हुने गरेको बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै करिश्माले भनिन्–‘म मेरो विचारले मात्र विवादित हुन्छु । मैले मनको कुरा राख्न, मेरो विचार राख्न पाउँछु । यही नै त प्रजातन्त्रको सुन्दरता हो नी । अब, म कलाकार भएको नाताले कसैले मेरो विचारमा गाली […]

‘म राजेश हमाल’ बन्दै, आर्यन केमियो भूमिकामा

एक दशक अगाडि नायक राजेश हमालको नामबाट ‘मेरो राजेश दाई’ नामक चलचित्र निर्माण भएको थियो । यो चलचित्रको शिर्ष भूमिकामा राजेश हमालले नै काम गरेका थिए । तर, चलचित्रले बक्स अफिसमा सफलता पाउन सकेन । हमालको नामबाट बनेको पहिलो चलचित्र नै बक्स अफिसमा चिप्लदा हमाललाई नै केही अप्ठ्यारो भयो । अब, एक दशकपछि हमालको नामबाट […]

चर्चा चुलिएपछि प्रविशा भन्छिन्–‘विवादमा पर्छु कि भन्ने डर लाग्थ्यो’

गायिका प्रविशा अधिकारीले नेपाली चलचित्रको पाश्र्व गायनमा यात्रा थालेको एक दशक भन्दा बढी भैसकेको छ । नेपाली सांगीतिक क्षेत्रमा उनको स्वरमा समावेश थुप्रै गीतले दर्शक तथा श्रोताको माया पाएका छन् । तर, जती चर्चा उनको स्वरमा समावेश गीतको भयो, सो अनुसारको चर्चा प्रविशाको भने भएन । तर, विगत एक सातादेखि उनको चर्चा फेरि चुलिएको छ […]

हलमा रिलिज हुन नसकेपछि युट्युबमा आयो ‘उल्झन’

राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘उल्झन’ युटुबमा रिलिज गरिएको छ । कोभिड महामारीका कारण हल बन्द हुँदा यो चलचित्रलाई सिधै युटुबमा रिलिज गरिएको हो । विदेशमा नेपाली यूवाले पाउने पीडा र दुःखको कथा समेटिएको यो चलचित्रलाई आशुतोष फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको यो चलचित्रमा […]

फिल्म निर्माण र निर्देशनमा कमब्याक गर्दै युवराज लामा

नेपाली चलचित्र क्षेत्रमा कुनै समय यूवराज लामाको चर्चा खुबै हुने गर्दथ्यो । यूवराजले निर्देशन तथा अभिनय गरेका चलचित्रले दर्शकको खुबै साथ पाए । चलचित्र ‘देउता’मा उनी र नायक राजेश हमालविचको द्धन्द्ध त दर्शकको मानसपटलमा अहिले पनि छ । उनै, यूवराज लामा लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा छन् । डेढ दशक अगाडि चलचित्र निर्देशन गरेपछि उनी […]

जग हल्लियो नेपाली सिनेमाको, डिजिटल मार्केट पनि ध्वस्त हुँदै

गतिलो सिनेमा निर्माणको अभ्यास हुँदै आएको हुँदो हो त, यतिबेला नेपाली सिनेमा ओटीटी (ओभर द टप) प्लेटफर्म मार्फत वैश्विक दर्शकमाझ पुगिरहेका हुन्थे । ओटीटीकै लागि धमाधम सिनेमा र सिरिजहरू बनिरहेका हुन्थे । तर, अवस्था यति रहरलाग्दो छैन । नेपाली सिनेमालाई वैश्विक स्तरको ओटीटी प्लेटफर्मले पत्याएकै छैन । सिनेमा हल बन्द छन् । ओभरसिज मार्केट ध्वस्त […]

नाजिर हुसेन : एक मामुली ठिटो, जो नायकको व्याकरण बदल्दैछन्

बाराको डुमरवानाबाट रात्रिबस चढेर पहिलो पटक काठमाडौं आउँदा नाजिर कम्ती मक्ख थिएनन् । घर छाडेर यसरी कहिल्यै लामो यात्रामा निस्किएका थिएनन् । तीव्रताका साथ हुँइकिरहेको बसको झ्यालबाट फटाफट देखिने दृश्यहरुमा उनी एकोहोरिएका थिए । राजमार्गको होटलमा बस रोकिएको थियो, खानाका लागि । यात्रुहरूको हुलमा ओर्लिएर उनले खुब स्वादसँग मासुभात खाएका थिए । घरमा छँदा यस्तो […]

स्वस्तिमाको सफलता

चलचित्र र विज्ञापनको बजारमा सर्वाधिक माग भएकी नायिका हुन्, स्वस्तिमा खड्का । उनले अभिनय गरेको ‘चपली हाइट ३ र चिसो मान्छे’ रिलिजको प्रतिक्षा गरिरहेका छन् । स्वस्तिमालाई लकडाउनको समयमा पनि चलचित्रको अफरमा कुनै कमी आएको छैन । स्वस्तिमा विज्ञापन बजारमा पनि उत्तिकै हिट छिन् । पछिल्लो समय विज्ञापनमा सर्वाधिक छाएकी नायिका बनेकी छिन् स्वस्तिमा । […]

सुदर्शनको प्रश्न–‘अरबौको लगानी फसिरहेको फिल्म क्षेत्रबारे सोच्ने बेला आएन र ?’

नेपाली चलचित्रलाई कोरोना महामारीले निकै ठूलो समस्यामा पारेको छ । करिब डेढ बर्षको दौरानमा २ दर्जन भन्दा बढी हल बन्द भएका छन् । चलचित्र निर्माण गरेर बसेका दर्जनौं निर्माताहरु आफूहरुको लगानी के हुने हो भन्ने अन्यौलमा छन् । वि.सं २०७६ साल चैत्र ११ गतेबाट नेपाली चलचित्र भवनमा चलचित्र रिलिज हुन सकेका छैनन् । प्रचारको सबै […]

सुनिलले डेढ करोड मागेपछि ‘एक्स नाइन’मा सोनुलाई प्रस्ताव

निर्देशक मुकुन्द भट्ट आफ्नो नयाँ चलचित्र ‘एक्स नाइन’लाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने मुडमा छन् । महंगो बजेटमा निर्माण गर्न लागिएको एक्सन केन्द्रित यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्ल फाइनल भैसकेका छन् । यो चलचित्रका लागि अनमोलले महंगो पारिश्रमिक लिएको चर्चा समेत चलचित्र बजारमा छ । यो चलचित्रका लागि खलपात्रको रुपमा बलिउड […]

१६ वर्षपछि शोभितकै फिल्ममा एकसाथ शिव र भुवन

निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक शिव श्रेष्ठ र भुवन केसी एकसाथ पर्दामा देखिएका थिएनन् । नेपाली चलचित्र क्षेत्रमा कुनै समय बक्स अफिसमा धमाका मच्चाएका यी दुई नायक अब भने एकसाथ देखिने भएका छन् । १६ बर्षपछि शोभितकै निर्देशनमा बनिरहेको चलचित्र ‘डाँडाको बर पीपल’मा उनीहरुलाई एकसाथ देख्न […]

९ करोड लगानीमा नयाँ बानेश्वरमा हल खोल्दै दीपक–दीपा

नेपाली चलचित्र क्षेत्रमा ब्लकबस्टर चलचित्र दिएका निर्माता दीपकराज गिरी र उनको टिमले सिनेमा हलमा पनि लगानी गरेको छ । दीपकराज गिरी र उनको टिमसँगै अन्य केही व्यवसायीहरुको लगानीमा नयाँ बाँनेश्वरमा ९ करोड लगानीमा हल संचालन गर्ने तयारी गरिएको छ । अहिले यो हलको निर्माण काम भैरहेको छ । निर्माता तथा कलाकार दीपकराज गिरीले हल बन्द […]

तीज गीतको भिडियोमा पहिलो पटक किन काम गरे पलले ?

नायक पल शाहले करिअरमा १५ सय भन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । एक महिनामा मुश्किलले २–४ दिन मात्र खाली बस्ने पल हरेक दिन म्यूजिक भिडियोको छायांकनमा व्यस्त हुन्छन् । आधुनिक, पपदेखि लोकगीतका भिडियोमा समेत उनले काम गरिसकेका छन् । तर, पलले तीज गीतको भिडियोमा भने काम गरेका थिएनन् । तर, यो बर्ष भने […]

सौगातमाथि करोडौंको लगानी

नेपाली चलचित्रको व्यापारलाई हेर्ने हो भने, औसतमा वर्षमा ६ वटाले मात्र लगानी उठाएका छन् । डेढ वर्ष अगाडि कोरोना महामारीका कारण सुनसान बनेको चलचित्र क्षेत्र सुचारु हुने कुनै सुरसार छैन । अझै यो अन्यौल कहिलेसम्म रहने हो भन्न सक्ने अवस्था छैन । तर, नेपाली चलचित्रका कलाकारमाथि करोडौंको लगानी गर्ने होडबाजी भने रोकिएको छैन । बक्स […]

आफूलाई बदल्दै पुष्प

चलचित्र ‘अझै पनि र दर्पण छाया २’मा काम गर्दा नायक पुष्प खड्का अन्यौलमा थिए । न त उनको राम्रो छाप दर्शकमा परेको थियो न त मिडियाको केन्द्रमा नै थिए उनी । फाट्टफुट्ट चलचित्रमा अभिनय गर्नु बाहेक उनीसँग त्यस्तो बलियो पकड अरु केहीमा थिएन । उनीसँगै यो क्षेत्रमा प्रवेश गरेका कलाकारहरुको करिअर चम्किरहँदा पुष्प भने भोली […]

धमाधम फिल्म साइन गर्दै कलाकार, तर अन्यौलमा छायांकन

यो साता मात्र नेपाली चलचित्रका ३ कलाकारले महंगो पारिश्रमिक लिएर चलचित्र साइन गरेको खबर सार्वजनिक भयो । नायक अनमोल केसीले मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स ९’ साइन गरे । महंगो रकममा उनले यो चलचित्र साइन गरेको बताइन्छ । उसो त, अनमोलले होम प्रोडक्शनकै ३ वटा चलचित्रमा काम गर्ने चर्चा भएपनि ती चलचित्रको छायांकन […]

कपिलको फिल्ममा साम्राज्ञीको प्रेमी बन्दै जितु

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्ट साइन गरेकी हुन् । यो चलचित्रमा साम्राज्ञीको जोडीको रुपमा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको छ । यी दुबै कलाकारले चलचित्रका लागि लिखित संझौता गरिसकेका छन् । भदौको १५ गतेबाट चलचित्रको छायांकन […]

महंगो रकममा अनमोलले साइन गरे ‘एक्स नाइन’

नायक अनमोल केसीले चलचित्र ‘एक्स नाइन’ साइन गरेका छन् । शनिबार काठमाडौंको एक पाँचतारे होटलमा अनमोल र यसको निर्माणपक्षविच औपचारिक रुपमा चलचित्रमा काम गर्ने संझौता भएको छ । चलचित्रको निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चर्स र अनमोलले ‘नेपालकै पहिलो ठूलो एक्सन चलचित्र’ भनिएको ‘एक्स नाइन’का लागि संझौता गरेका हुन् । यो चलचित्रको छायांकन जनवरीदेखि क्यानडा, यूरोप […]

के मलिकाले गर्लिन् ‘नाई नभन्नु ल ६’ ?

नायिका मलिका महत्तलाई चलचित्रको अफर धेरै छ । पहिलो चरणको लकडाउनपछि मलिकाले अभिनय गरेका म्यूजिक भिडियोले बजारमा सफलता पाएपछि उनको माग चलचित्रमा पनि चुलिएको हो । तर, कुनै पनि चलचित्रका लागि मलिकाले संझौता भने गरिसकेकी छैनन् । चलचित्र ‘नाई नभन्नु ल ६’का लागि मलिकासँग यसको निर्माणपक्षले कुरा अगाडि बढाएको थियो । तर, चलचित्रको काम सुरु […]