Comments Add Comment

नेपाली चलचित्र

List Grid
थाइल्याण्डमा सुशान्तसँग मलिना

नायिका मलिना जोशी जिम ट्रेनर सुशान्त प्रधानसँगको प्रेममा रहेको चर्चाले चलचित्र बजार फेरि गर्मिएको छ । पूर्व मिस नेपाल समेत रहेकी मलिना चलचित्रको पर्दामा सुखद यात्रा गर्न सकिरहेकी छैनन् । तर, मलिनाको जीवनमा प्रेमको चर्चा भने सधै चलिरहेको पाइन्छ । हालै मात्र, मलिना जीम ट्रेनर सुशान्त प्रधानसँग थाइल्याण्ड घुमघाममा रहेको तस्बिर सार्वजनिक भएसँगै उनीहरु प्रेममा […]

साम्राज्ञी र अंकितको निधारमा रातो टिका र जमरा

चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सुरु भएको छ । यो चलचित्रको शिर्ष गीतको छायांकन पूर्वी नेपालमा भैरहेको छ । चलचित्रका मुख्य कलाकारहरुको निधारमा रातो टिका र जमरा देखिएको छ । यसले पनि चलचित्रको नाम अनुसार, भिडियोको छायांकन गरिएको वुझ्न सकिन्छ । ‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीतलाई रिमेक गरेर यो चलचित्रमा समावेश गरिएकोछ । […]

‘कान्स’ मा प्रियंकाः रेड कार्पेटमा उभिएको फोटोले साख जोगाउन गाह्रो

विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने चर्चित महोत्सव हो, ‘कान्स फिल्म फेस्टिभल’ । कान्सको ७२ औं संस्करणमा नायिका प्रियंका कार्कीले सहभागिता जनाउने कुराले नेपाली मिडियामा निकै तहल्का मच्चियो । कान्समा नेपाली चलचित्रको प्रतिनिधित्व गर्नु ऐतिहासिक नै थियो । प्रियंकाले आफूलाई कान्सबाट नै निमन्त्रणा आएको बताएकी थिइन् । उनले कान्समा जादै गर्दा भनेकी थिइन्–‘मलाई कान्सको टिमबाट नै […]

चकलेटी नायकहरुको विश्राम

नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि अहिले मौन छन् । चलचित्रले व्यापारिक रुपमा बम्पर कारोबार गरेपछि अनमोलको स्टारडम उकासिएको छ । अनमोल केसीलाई चलचित्रको अफर आइरहेका छन् । तर, उनी अहिलेसम्म कुन चलचित्रमा काम गर्ने भन्ने दोधारमा पनि छन् । उनले, घरकै चलचित्रमा काम गर्न लागेको खबर पनि सार्वजनिक भैरहेका छन् […]

‘वीर विक्रम २’मा काम गरेपछि वर्षाले गरिन् मिलनको प्रशंसा

चलचित्र ‘वीर विक्रम २’ले बक्स अफिसमा अपेक्षित कमाई गरेन । मल्टिप्लेक्समा कमजोर देखिएको चलचित्रको व्यापार सिंगलमा सुरुवाती दिनमा सुखद देखिएको थियो । चलचित्र ‘वीर विक्रम २’ रिलिज भएको एक सातापनि नायिका वर्षा सिवाकोटीले निर्देशक मिलन चाम्सको प्रशंसा गर्दै फेसबुकमा स्टाटस लेखेकी छिन् । बजारमा दुइको प्रेम चर्चा चलेपनि दुबैले यो कुरालाई अस्विकार गरिसकेका छन् । […]

दोश्रो सातामा पनि ‘जात्रै जात्रा’को व्यापार आक्रामक

जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’को व्यापार दोश्रो सातामा पनि कमजोर भएको छैन । आजबाट दोश्रो सातामा प्रवेश गरेको यो चलचित्रलाई काठमाण्डौको सबैभन्दा ठूलो मानिएको क्यूएफक्सले विभिन्न चेनमा १९ शोज दिएको छ । पहिलो सातामा पनि चलचित्रले १९ शोज नै पाएको थियो । दोश्रो सातामा पनि दर्शकको उपस्थिती उस्तै छ । चलचित्रका कार्यकारी […]

‘छ माया छपक्कै’को छायांकन सुरु

यो बर्षको प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’को छायांकन सुरु भएको जानकारी यसको निर्माणपक्षले दिएको छ । चलचित्रको छायांकन सुरु भएको जानकारी दिदै चलचित्रका निर्माता रोहित अधिकारीले राम्रो चलचित्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली बक्स अफिसमा चलचित्रले बम्पर कमाई गर्ने अड्कलबाजी अहिले नै लगाइएको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा […]

भूवनको प्रश्न–‘बक्स अफिस गफ मात्र किन ?’, मन्त्री भन्छन्–‘म छुच्चो भएँ’

चलचित्र पत्रकार संघको २० औं बार्षिकोत्सवमा नायक भूवन केसीले बक्स अफिसको बिषय उठाए । शुभकामना मन्तव्य दिने क्रममा भूवनले भने–‘संचार मन्त्रालय र चलचित्र विकास बोर्डमा मन्त्री र अध्यक्ष धेरै फेरिनुभयो । तर, बक्स अफिस लागू भएन । यसपटक भने संचारमन्त्री र बोर्ड अध्यक्षप्रति हामी बढी आशावादी छौ । तर, नाम मात्रको बक्स अफिस लागू नहोस् […]

भूवनको प्रश्न–‘बक्स अफिस गफ मात्र किन ?’, मन्त्री भन्छन्–‘म छुच्चो भएँ’

चलचित्र पत्रकार संघको २० औं बार्षिकोत्सवमा नायक भूवन केसीले बक्स अफिसको बिषय उठाए । शुभकामना मन्तव्य दिने क्रममा भूवनले भने–‘संचार मन्त्रालय र चलचित्र विकास बोर्डमा मन्त्री र अध्यक्ष धेरै फेरिनुभयो । तर, बक्स अफिस लागू भएन । यसपटक भने संचारमन्त्री र बोर्ड अध्यक्षप्रति हामी बढी आशावादी छौ । तर, नाम मात्रको बक्स अफिस लागू नहोस् […]

५ पत्रकार सम्मानित तथा पुरस्कृत(फोटो फिचरसहित)

चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापनाको २० औं बर्षको अवसर पारेर मंगलबार बेलुकी काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष सन्दिप सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथीको रुपमा सूचना तथा संचार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटा उपस्थित थिए । कार्यक्रममा ५ जना रंग पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । सम्मानित हुने रंग पत्रकारहरुमा […]

अष्ट्रेलियामा भूँइमै बसेर दर्शकले हेरे ‘जात्रै जात्रा’

नेपालमा समेत राम्रो कमाई गरिरहेको र दर्शक–समिक्षकले उत्कृष्ट भनेको चलचित्र ‘जात्रै जात्रा’ले अष्ट्रेलियामा पनि धुम मच्चाइरहेको छ । यो चलचित्रका सबै शोजहरु हाउसफूल हुन थालेपछि दर्शकले भूँइमै बसेर चलचित्र हेर्न थालेका छन् । मंगलबार व्रिजवेनमा आयोजना भएको दोश्रो शो हाउसफूल भएपछि करिब २० जना दर्शकले भूँइ र कुर्सीमा बसेर चलचित्र हेरेका छन् । हाउसफूल भैसकेपछि […]

हेटौडामा नवराज लम्साल सम्मानित

चलचित्र पत्रकार संघको मकवानपुर शाखाले यो बर्षको ‘चलचित्र पत्रकारिता सम्मान’बाट संचारकर्मी डाक्टर नवराज लम्साललाई सम्मान गरेको छ । २० औं चलचित्र पत्रकारिता दिवसको अवसर पारेर उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिएको हो । यस्तै, यो बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७६’बाट मकवानपुरका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरिएको छ । उनलाई नगद ५ […]

‘आप्पा’ फोटो–भिडियो च्यालेन्जमा सहभागी हुनुहोस्, पुरस्कार जित्नुहोस्

असारको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आप्पा’को निर्माणपक्षले प्रचारका लागि नयाँ तरिका अपनाएको छ । चलचित्रको टिमले ‘आप्पा स्टोरी च्यालेन्ज’ सार्वजनिक गरेको छ । चलचित्रमा बाबुको भूमिकामा देखिएका नायक दयाहाङ राइले च्यालेन्जको बारेमा जानकारी दिएका छन् । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुबासँगको फोटो वा बुबाको मात्र फोटोमा क्याप्सन दिदै ‘आप्पा’लाई भन्न […]

नीता र आमेष भन्छन्–‘हामी एक अर्काका लागि सधै विशेष छौ’

नायिका नीता ढुंगाना र नायक आमेष भण्डारीको प्रेम अहिले टुटेको छ । उनीहरु, केही बर्ष अगाडि नै अलग हुने निर्णयमा पुगेका थिए । फक्रिएको प्रेम ‘फूलै फूलको मौसम तिमीलाई’ ओइलाएपछि ओइलाउन थालेको थियो । पछि, उनीहरुको प्रेमको मुना सुक्यो । तर, अहिले पनि नीता र आमेष एक अर्काको मिल्ने साथी छन् । एक म्यूजिक भिडियोको […]

‘कान्स फिल्म फेस्टिभल’मा प्रियंकाको उपस्थिति

फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । उनले, त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा भाग लिनेछन् । नायिका कार्कीले सोमबार बेलुकी आयोजना भएको ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागी जनाइन् । भिल्ला अक्सिनमा आयोजित यो कार्यक्रममा प्रियंकाले गाउन लगाएकी थिइन् । उनी, गाउनमा आकर्षक देखिइन् । […]

मैले आकाशलाई रिफर गरेको होइनँः पूजा

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको जोडीलाई दर्शकले सर्वाधिक रुचाउँछन् । यी दुइलाई लिएर फ्यानमा देखिने उत्साह पनि गज्जबकै छ । आकाश र पूजाले तेश्रो प्रोजेक्टको रुपमा ‘पोई पर्यो काले’मा एकसाथ काम गर्दैछन् । यसैले पनि यतिबेला, यो जोडीको चर्चा फेरि सुरु भएको छ । यो चलचित्रका लागि नायिका पूजा शर्माले नै आकाशलाई रिफर […]

हरिवंश भन्छन्–‘जात्रै जात्रा’ ‘दाल भात तरकारी’ भन्दा उत्कृष्ट’

शुक्रबारबाट चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ । चलचित्रले निकै उत्साहजनक प्रतिक्रिया मात्र पाएको छैन, व्यापारमा पनि नयाँ उछाल कायम गरिरहेको छ । मल्टिप्लेक्समा चलचित्रको व्यापारको गती रोकिएको छैन । चलचित्रले दर्शक र समिक्षककै मन जित्यो । यस्तैमा, सोमबार बेलुका ‘जात्रै जात्रा’ टिमले सेलिब्रिटी शोको आयोजना गरेको थियो । उक्त शोमा मह जोडीको पनि उपस्थित […]

निर्माता संघ र लुम्बिनी इन्स्याेरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’मा संझौता

चलचित्र निर्माता संघ र लुम्बिनी जनेरल इन्स्याेरेन्सबीच संझौता भएको छ । ‘चलचित्र प्रोजेक्ट बीमा’ नाम दिइएको यो संझौतामा निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत सीइओ एनपी प्रधानले संझौता गरे । निर्माता संघको स्विकृती पश्चात निर्माताहरुले चलचित्रको छायांकन अगाडि यो बीमा गर्न पाउने बताइएको छ । निर्माताले चलचित्र विकास बोर्डमा आफ्नो […]

जब ‘भद्रगोल टिम’को फिल्म र ‘रातो टिका निधारमा’को कथा एउटै भयो…

२ पटकसम्म कार्यक्रम आयोजना गर्ने घोषणा गरेर स्थगित गरेपछि निर्देशक तथा निर्माता अशोक शर्माले ‘रातो टिका निधारमा’ नबनाउने हुन् कि के हो भन्ने चर्चा चलचित्र बजारमा चल्यो । चलचित्र बजारमा चलेको यो हल्ला एकप्रकारले स्वभाविक पनि थियो । अशोक शर्माले बारम्बार चलचित्र घोषणा गर्छु भनेर पनि नसक्दा किन उनी पछि सरिरहेका छन् भन्ने चर्चा चलेको […]

बोल्ड नीता

नायिका नीता ढुंगाना चलचित्र र म्यूजिक भिडियोमा व्यस्त छिन् । नीताको क्रेज चलचित्र क्षेत्रमा उचाइका पनि पुग्न सकेको छैन भने उनी हराएकी पनि छैनन् । नायिका ढुंगाना मिहिनेत गर्दै जाँदा कुनै न कुनै दिन प्रतिफल मिल्ने बताउँछिन् । उनै, नीता अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’मा देखिदैछिन् । यो चलचित्रमा उनी कलाकार […]

‘पोई पर्यो काले’मा पूजा, आकाश, सौगात र श्रृष्टी

चलचित्र ‘पोई पर्यो काले’को घोषणा भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रको घोषणा गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटोले चलचित्रको शुभसाइत गरेका थिए । यो चलचित्रको छायांकन जेठको १३ गतेबाट सुरु हुनेछ भने कात्तिकको ८ […]