Comments Add Comment

नेपाली चलचित्र

List Grid
यशराच र ऋचाको ‘लभ यू हमेशा’

लभ स्टोरी कथामा बनेको चलचित्र ‘लभ यू हमेशा’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र भदौको ६ गते रिलिज हुने भएको छ । भाष्कर प्रधानले निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा यशराच गरज, ऋचा थापा, फिजा योन्जनको मुख्य भूमिका छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रमा शिशिर राणा, […]

आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर रिलिज

असार २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘सानो मन’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । यो चलचित्रले मुख्य पात्रद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ । सूयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा भन्छ । मायाको कथा हेर्न चाहने दर्शकका लागि ‘सानो मन’ विशेष खुराक […]

मध्य बाँनेश्वरमा मल्टिप्लेक्स हल खुल्दै

अहिले चलचित्र मात्र राम्रो बनेर हुँदैन । ती चलचित्रलाई देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक छ । दर्शक अहिले सुविधा सम्पन्न हलमा राम्रै रकम खर्च गरेर चलचित्र हेर्न चाहन्छन् । यसैले पनि अहिले देशभर नै मल्टिप्लेक्स हलको क्रेज बढिरहेको छ । यसैविच, काठमाण्डौको मध्य बाँनेश्वरमा २ पर्दाको मल्टिप्लेक्स हल खुल्ने भएको छ । असारको […]

‘जात्रै जात्रा’को ५१ दिने रफ्तार

केही निर्माताले आफू निर्मित चलचित्रले ५१ दिन मनाएको प्रचार त गर्छन् । तर, के हलमा निरन्तर चलेरै ५१ दिन मनाउने चलचित्रको संख्या धेरै छ त ? पक्कै पनि छैन । धेरै चलचित्र त जर्बजस्ती हलमा चलेर ५१ दिन मनाएका छन् । निर्माताको गोजीमा पैसा आएको हुँदैन, ५१ दिने रटान भने सुरु हुन्छ । जेठको ३ […]

श्रद्धा भन्छिन्–‘पलजी रोमान्टिक हुनुहुन्छ, तर फिल्ममा रोमान्सको दृश्य कम छ’

कोलकत्तामा रहेर मोडलिङ गरिरहेकी मोडल श्रद्धा क्षेत्री चलचित्र ‘हृदयभरी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी छिन् । भदौ २७ गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रमा आफ्नो भूमिका एकदमै राम्रो रहेको उनले सुनाइन् । यो चलचित्रमा उनी ‘मिस नेपाल’को भूमिकामा छिन् । नायक पल शाहको जोडीको रुपमा देखिएकी श्रद्धा उनीसँगको जोडी जम्नेमा […]

अनुपमको जन्मदिनमा खुलेकी करिश्मा

शुक्रबार बेलुकी कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा कालो रंगको पहिरन लगाएर नायिका करिश्मा मानन्धर पुगिन् । नायिका मानन्धर अनुपमसँग नजिक छिन् । सो कार्यक्रममा अनुपले करिश्मालाई सम्मान पनि गरेका थिए । अब, आफ्नो जन्मदिनमा हरेक बर्ष कुनै न कुनै कलाकारलाई सम्मान गर्ने उनले बताए । नायिका करिश्मा श्रेष्ठले पनि अनुपमको सम्मान पाउँदा घर भित्रकै माया पाएको […]

सेतो पहिरनमा खुलेकी नम्रता

नायिका नम्रता श्रेष्ठको आज जन्मदिन हो । उनले आफ्नो जन्मदिन बिहान मिडियासँग सेलिव्रेशन गरिन् । बेलुकी आफन्त, साथीभाइसँग सेलिव्रेशन गर्ने उनको तयारी छ । नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रकी भर्सटायल कलाकार हुन् । जसले हरेक चलचित्रमा फरक–फरक चरित्र निर्वाहा गरिरहेकी छिन् । नम्रताको यही शैलीले नै हो, उनलाई फरक देखाएको छ । आफ्नो जन्मदिनमा मिडियासँग […]

३३ बर्षमा नम्रता

नायिका नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । उनको जन्मदिनको अवसर पारेर आज काठमाण्डौमा उनी अभिनित चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । भदौ ६ गते रिलिज हुने यो चलचित्रमा नायिका श्रेष्ठको समेत लगानी छ । नायिका श्रेष्ठले चलचित्रको कथा मन परेकाले आफूले लगानी गरेको बताइन् । चलचित्रमा नायिका मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् […]

प्रेमदिवस रिलिजः ‘आयुष्मानको राम्रो काम, प्रियंकाको खस्किदो अभिनय’

आजबाट चलचित्र ‘प्रेमदिवस’ रिलिज भएको छ । योगेश घिमिरे निर्देशित यो चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई बोलेको छ । चलचित्रको बिहिबार बेलुकी काठमाण्डौको वीग मुभिजमा प्रिमियर पनि गरियो । प्रिमियरमा चलचित्रका कलाकार, चलचित्रकर्मी र पत्रकार उपस्थित थिए । चलचित्र ‘प्रेमदिवस’मा नायक आयुष्मान देशराज जोशी, नायिका प्रियंका कार्की र नव–कलाकार विशाल खरेलको मुख्य भूमिका छ । चलचित्रले इलामको […]

आमिरको चलचित्रमा करिना हिरोइन

बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ । उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ । आमिरको अभिनयको त प्रशंसकहरु धेरै नै छन् । चलचित्रका लागि उनले गर्ने मिहिनेत, उनको चलचित्रले उठान गर्ने विषयवस्तु र फरक प्रचार शैलीलाई पनि धेरैले मन पराउँछन् । उनै आमिरको प्रतिक्षित चलचित्र हो, ‘लाल सिंह चद्दा’ । […]

‘पासवर्ड’मा सन्नीको हट आइटम(भिडियो)

भदौ २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासवर्ड’मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतको भिडियोमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी छिन् । सन्नी लियोनीले नृत्य गरेका कारण पनि यो गीतको भिडियो प्रतिक्षामा थियो । गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द छ । सम्राट […]

दिपकराजको गुनासो–‘झुर फिल्म’ भन्दा चित्त दुख्छ’

सामाजिक संजालमा सर्वाधिक धेरै गाली खाने कलाकारमा पर्छन्, दिपकराज गिरी । दिपकराज गिरीले ‘गुड मर्निङ’ भनेर मात्र लेखे भनेपनि उनको स्टाटसमा गालीको बर्षात हुन्छ । दिपकराजले सामाजिक संजालमा यसरी धेरै खाली खान थालेको ‘छक्का पन्जा २’ युटुबमा रिलिज नगरेपछि हो । उनले जे लेखेपनि कमेन्टमा ‘छक्का पन्जा २’ कहिले रिलिज हुन्छ भनेर प्रश्न सोध्ने र […]

घान्द्रुकमा उपासना

नायिका उपासना सिंह ठकुरी अहिले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को छायांकनमा व्यस्त छिन् । रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा दयाहाङ राई, कर्मा, रिश्मा गुरुङ लगायतका पनि मुख्य भूमिका छ । चलचित्रमा नायिका ठकुरी नायक कर्माको प्रेमिकाको भूमिकामा देखिदैछिन् । पोखरा र घान्द्रुकको लोकेशनमा उनले अभिनय गरेकी छिन् । नायिका उपासना सिंहले चलचित्र ‘क्याप्टेन’बाट चलचित्र क्षेत्रमा आफूलाई […]

नयाँ हिरोलाई सिकाउँदा रमाउने साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ड्रिम्स’बाट उदाएकी हुन् । यो चलचित्रमा उनले निर्वाहा गरेको भूमिकापछि उनको क्रेज बढ्यो । साम्राज्ञीलाई यो चलचित्रले स्टार बनायो, तर यसपछि उनले काम गरेका केही चलचित्रमा उनको स्टारडमले केही स्टार जन्मिए । नायिका साम्राज्ञी आफूलाई नयाँ नायकहरुलाई सिकाउन पाउँदा रमाइलो लाग्ने बताउँछिन् । साम्राज्ञी भन्छिन्–‘नयाँ नायकहरुसँग काम गर्दा मलाई रमाइलो लाग्छ […]

साम्राज्ञी भन्छिन्–‘मारुनी’का केही दृश्यमा मलाई डर लागेको थियो’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’का केही दृश्य गर्दा आफूलाई डर लागेको बताएकी छिन् । चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीत रिलिज कार्यक्रममा उनले भनिन्–‘मैले यस्तो खालको डान्स यसअगाडि गरेको थिइनँ । रोमान्टिक गीत मात्र गरेकाले पनि यसमा डान्स गर्दा लाज लागेको थियो ।’ साम्राज्ञीले अगाडि भनिन्–‘चलचित्रका कतिपय दृश्य गर्दा मलाई डर पनि लागेको […]

‘मारुनी’को ‘जाम्न माया जाम’ रिलिज, पुष्प र साम्राज्ञीको गज्जबको डान्स

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा नवल नेपाल निर्देशित चलचित्रको गीत रिलिज गरियो । कार्यक्रममा निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायत उपस्थित थिए । दिपक बज्रचार्यको स्वर […]

हलमा हिट भएको ‘नाई नभन्नु ल ५’लाई युटुबमा यस्तो प्रतिक्रिया

गतबर्षको हिट चलचित्र ‘नाई नभन्नु ल ५’ रिलिज भएको करिब ९ महिनापछि युटुबमा आएको छ । युटुबमा सार्वजनिक भएसँगै यो चलचित्रलाई दर्शकले अत्याधिक मन पराएका छन् । युटुबमा यो चलचित्रले सार्वजनिक भएको २ दिनमै ४० लाख बढी दर्शक पाएको छ । यसले पनि यो चलचित्रलाई युटुबमा पर्खिएका दर्शकको उत्साह प्रष्ट्याउँछ । विकासराज आचार्य निर्देशित यो […]

साउनबाट सकिएला हलवालाको ‘हनिमुन पिरियड’ ?

प्रसंग १ ‘भारत’ नामक बलिउड चलचित्र बुधबार नै रिलिज हुँदा दर्शक उल्लेख्य तानिरहेको नेपाली चलचित्र ‘जात्रै जात्रा’ कम शोमा खुम्चियो । एक साता पनि चल्न नपाई चलचित्र ‘कुम्भ करण’ हलबाट उत्रियो । नेपाली चलचित्रलाई हल संचालकले गरेको मनपरितन्त्र वुझ्न यही उदाहरण हेरे हुन्छ । प्रसंग २ केही समय अगाडि एक जना निर्माता भन्दै थिए, बक्स […]

अनमोल र करिश्मासँग नम्रताको ‘ह्याङ आउट’

केही समय अगाडि नायिका नम्रता श्रेष्ठ नायिका अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ हेर्न पुगेकी थिइन् । नम्रता र अनमोलले सो समयमा आफूहरु नजिकको साथी भएको समेत उल्लेख गरेका थिए । नायक अनमोल केसीले नायिका नम्रता श्रेष्ठसँग ह्याङ आउट गर्ने गरेको सुनाएका थिए । आफूलाई नम्रता श्रेष्ठ खुबै मन पर्ने बताउँदै आएका नायक अनमोल केसीले चलचित्र […]

फिल्म कम बन्दा पनि चिन्ता, धेरै बन्दा झनै चिन्ता

गतबर्ष नेपाली चलचित्र सय वटा बनेको रेकर्ड छ । सय वटा चलचित्र बन्दा हरेक हप्ता २ वटा चलचित्र रिलिज हुनुपर्छ । यसरी हेर्दा, एक महिनामा ८ वटा चलचित्र रिलिज भएको देखिन्छ । दर्शकले नेपाली चलचित्रका लागि हरेक हप्ता एक हजार छुट्याउनुपर्ने देखिएको छ । तर, यो संभव हुने कुरा नै होइन । नेपाली चलचित्र क्षेत्रमा […]

लिभिङ टूगेदरमा सौगात र श्रृष्टी, भन्छन्–‘बिहेको हतारो छैन’

हरिवंश आचार्यले एक गीत गाएका छन्, ‘बराबर बराबर, तिम्रो मेरो माया बराबर ।’ यो गीतले महिला पुरुष समनताको कुरा गर्छ । नायक सौगात मल्ल चलचित्र क्षेत्रमा चिनिएको नाम हो । ‘पूर्व मिस नेपाल’ श्रृष्टी श्रेष्ठ पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । सबैलाई थाहा भएको कुरा उनीहरु अहिले एक अर्काको प्रेममा खुबै रमाइरहेका छन् […]