Comments Add Comment

नेपाली साहित्य

List Grid
अहं ब्रह्मस्मि

घाँटीसम्म निहुरिएर उसले नमस्कार गर्‍यो । दुई हातको संयोजनमा औँलाहरु टपक्क मिलेका थिए । छाति नजिक टाँसिएका हातभन्दा मतिर अटल रहेका उसका नयनबाट मैले आफूलाई नतमस्तक बनाइ रहेको छु । झुक्दा उसको दुईओठ गालासम्मको चौडाइमा फराकिएको थियो । उसले ओठसँगै आफ्नो आँखालाई पनि मुस्कान दिलाउन सिकेको रहेछ। म किंकर्तव्यबिमूढ् उभिएरै नमस्कार विनिमय गर्छु।उसकै चालमा मुस्कुराउँछु । तर […]

लघुकथा : हाकिम साब र म

मेरो हाकिम साब । हाम्रो अफिसर । उनी र म एउटै स्कुल पढेको । म डेढ घण्टाको बाटो हिँडेर स्कुल पुग्थेँ । उनी पन्ध्र मिनेटमै स्कुल उक्लिन्थे । म बिहानै एक डोको घाँस गोठमा फ्याँकेर निस्तो ढिँडो थुतुनोमा बुजो लगाएर खाली खुट्टा स्कुल कुद्थेँ । उनी बिहानै ओच्छ्यानमा दूध पिउँथे । उनलाई बुवाले विहानभर पढाउँथे […]

भगवान पनि गाउँतिरै बस्छन् जस्तो लाग्छ, शहरमा त…

२० भदौ, काठमाडौं । इटहरी निवासी कवि मनु मन्जिल प्रभावशाली वाचन  र कलात्मक लेखनमा लोकप्रिय छन् । मञ्चमा कविता सुनाउनेमात्र होइन, काव्यको अन्तर्य, पूर्वकथा र सन्दर्भहरू भनेर श्रोतालाई मन्त्रमुग्ध पार्छन् उनी । तीन दशकदेखि कविता लेखिरहेका मन्जिल अंग्रेजीका अध्यापकसमेत हुन् । उनको ‘आँधीको आवेग’ र ‘ल्याम्पपोस्टबाट खसेको जून’ कवितासंग्रह प्रकाशित छ । मन्जिलसँग कविता लेखन  […]

संस्मरण : सम्झनामा दुखेकै छ मन 

प्रिय रोशन ! यो बर्खेझरीमा तिमीलाई धेरै सम्झिएँ । फेसबुकमा तिम्रो अजी (हजुरआमा)को श्रद्धाञ्जली देखेपछि याद आएको थियो मलाई पुराना दिनको । त्यो साँझ झरीजस्तै बर्सिएका थिए स्मृति र बिथोलिएको थिएँ मध्यरातसम्मै । हुन त, तिम्रो याद दिलाउने धेरै चिज छन् । अक्सर ‘मीठा पान’ खाएको बेला तिमीलाई सम्झिने गर्छु । सम्झना एक निराकार तत्त्व […]

कथा : अयोध्या एक्सप्रेस

१.पूर्वकथा रामनाथ कवाडी– नमस्कार ! झोलेराम– राम ! राम !! रामनाथ कवाडी– के छ हजुर हालखबर ? झोलेराम– रामजीको कृपाले सब ठीकठाक छ ! रामजीको कृपाले तपाईंको के पो छ होला ? रामनाथ कवाडी– आफ्नो त लंका जलिराछ, बिल्लिबाठ छ हजुर…। गर्लफ्रेन्डले पनि छोड्यो । बे हुने छाँटकाट छैन । झोलेराम– देख्नुभो ! रामभक्त नहुँदा […]

कविता : बा र अंशबन्डा

अचेल कसैको नाम छुटेको छैन भान्साघरमा र अलिक मत्थर भएको घरमा कचकच बा’को कचकच बाहुञ्जेल मात्र थियो पछि बुद्धका महावाणीझैं पोस्टर र ब्यानर बनेर हृदयको चारै भित्तामा यसरी टाँस्सिएका छन् भित्ता नम्बर एक– गोरुको पिल्सिएको काँधलाई हेर्नू हलो तान्न कति गाह्रो हुन्छ भित्ता नम्बर दुई– सूर्यलाई जति नजिक ल्याएर हेरे पनि कहिल्यै सेतो देखिन्न अङ्गार […]

कथा : अन्जान

सन्देशको डायरीबाट… अर्को जन्ममा भेटौंला । अनि, मलाई कुरे है अर्को जन्ममा ? भरिएका आँखाबाट आँशु झरे । अर्को जन्मको कुरामा म विश्वास गर्दिनँ । मुसुक्क हाँस्दै उत्तर दिइन् । त्यसो भए अर्को जन्म भएछ भने भेटौंला । सहजै भनें । अर्को जन्ममा म मान्छे नै हुन्छु भन्ने के छ र, कमिला भएँ भने ? […]

एक बौद्धिक कविको मौनता

हेर्नेबित्तिकै सम्मोहनमा पार्ने गहिरा आँखा । सेतै फूलेको कपाल । निधारमा गाढा सानो रातो टीका । आँखामा पावरवाला चश्मा । सहजै खिच्न सक्ने शालीन मुस्कान । कवि तोया गुरुङको यो व्यक्तित्व र बौद्धिकताले उनलाई भेट्ने जो कोही प्रभावित भइहाल्छ । नेपाली साहित्यको इतिहासमा प्रथम महिला प्राज्ञसमेत रहेकी गुरुङ बीसको दशकको प्रसिद्ध कवि हुन् । अहिले […]

कथा : मनसाय

‘गुहार ! गुहार ! पुलिसले ढुङ्गाले हानेर मान्छे मार्‍यो ।’ माघको महिना । घाम नलागेको दिन । चिसो सहिनसक्नुको थियो । त्रिशुली नदीको पानी झनै चिसो थियो, बरफजस्तो । मौसम चिसो भएपनि त्यहाँको माहोल भने तराईको उष्ण गर्मीजसरी तातेको थियो । हारगुहारपछि दौडादौड गर्दै स्थानीय आए । किनारमा मान्छेको ठूलो भीड लाग्यो । ‘के भएको […]

कविता : आँशु

आँशुमा रमाउनेहरूको लागि आँशु छैन भने के दिन सकिन्छ ? सबै आँशु रित्याउँदा पनि तृप्त हुन नसक्ने प्रवृत्तिलाई जगैदेखि उखालिदिने सहयोगी पाखुरा भइदिए सायद आँशु रमाउँथ्यो होला रू तर, खै ती हातहरू पनि पक्षघात भएजस्तो आभास भएको छ ती कतै निस्क्रिय अवस्थामा रहेका हुन सक्छन् ती कतै सुसुप्त अवस्थामा हुन सक्छन् त्यसैले अहिले यहाँ नयाँ […]

कविता : एकदिन

एकदिन टाढिँदै–टाढिँदै जानेछन् आफ्नाहरू बिर्सिनेछन् साथीहरूले तिम्रो नाम तोडिनेछन् वाचाहरू छाडी जानेछन् कहिल्यै नछुट्टिने कसम खाएकाहरूले च्यात्तिएर–फुटेर–हराएर जानेछन् कोशेलीहरू   भत्किनेछन् तिमीले हिँड्ने बाटाहरू काइ जम्नेछ तिमीले देखेका सपनामा कहीँ हुने छैन पुग्नुपर्ने ठाउँ मरिजानेछ बाँच्नुपर्ने मोह भेटिहाले पनि गन्तव्य : भेटिनेछैन त्यहाँ कुनै आकर्षण   सौन्दर्यविहीन, भावविहीन, अस्तित्वविहीन, गतिविहीन, जीवनविहीन, युगांैसम्म मुर्झाउन पुग्ने अनुहार […]

कथा: शुभकामना

डियर प्राप्तीका, लेखौं र नलेखौंको दोधारबीच धेरै वटा कपीका पन्ना डस्टबिनमा फालिसकेपछि केही शब्दहरु जुटाएको छु । मुटुको चाल बढेको छ, धड्कन बाहिरसम्म महसुस गरिराखेको छु । यसैगरी मुटुको चाल बढ्थ्यो तिमी मेरो नजिक आउँदा, ओठहरु पूरै सुक्थे, शब्द निक्लिन गाह्रो हुन्थ्यो, पानीका गिलास धेरै पटक रित्याउँथे र सामर्थ्य जुटाउँथे । आज तिमी अगाडि छैनौ […]

नेपाली कथाका एक ध्रुव

काभ्रेपलाञ्चोक, पनौतीको त्रिवेणी घाट मकर मेलाका लागि प्रसिद्ध छ । छ दशकअघि घाटछेउमा पाठशाला थियो । आठौं श्रेणीका छात्र ध्रुव सापकोटा टिफिनमा घुम्दै घाट पुगे । त्यहाँ त बोरामा भात सुकाइएको रहेछ । ‘अन्न पो सुकाउने हो, यसरी भात किन सुकाएको होला !’ सापकोटालाई जिज्ञासा भयो । पछि थाहा पाए, गाउँगाउँका ब्रतबन्ध, विवाह आदिका भोजमा […]

अझैसम्मन्… !

अझैसम्मन् त तय गरेकै छैन मैले मूलबाटोको यात्रा अझैसम्मन् चुँडाल्दै छु जञ्जिरहरू टक्टक्याउँदै छु पक्षघातहरू लाग्छ, सभ्यताको सूर्यले चुम्न बाँकी नै पो छ कि यो ग्रहको हरियो तालु ! सम्पूर्ण वजन पृथ्वीलाई बोकाएर पहाडजस्तै ‘सिङ्गो म’ उभिन बाँकी नै छ, कागजका फोस्रा हिमालहरू कच्याक्कुचुक हुने गरी पहिलो पाइला टेक्न बाँकी नै छ, अझैसम्मन् पखाल्दै छु, […]

भोलि घाम उदाएपछि

नसोध्नू मलाई– किन तिमी निदाउन सक्दैनौ ? यो मध्यराति अँध्यारोले छपक्क छोपेको छ खुल्ला आँखालाई ओल्टेकोल्टे फर्कन्छु उत्तानो, घोप्टो पर्छु निद्राले आज ठेगाना बिर्सेको छ लुङ्दरमा मुड्की बजारिरहने हावासँगै बेपत्ता छ निद्रा माने फनफन पारेर हिँडेको हत्केलासँगै बेपत्ता छ निद्रा घण्टीमा ठोक्किएर हिँडेको निधारसँगै बेपत्ता छ निद्रा खै, केको तिर्सनाले हो– सिरानीभित्र सुटुक्क छिरिजान्छ तातो […]

छन्द कविता : बाबा !

ताते म गर्थेँ हरसाथ पाई खेल्थेँ म भुल्थेँ सँगमा रमाई मुसुक्क हाँस्थ्यो तब यो मुहार बाबा तिमी हौ मनका जुहार ।।१।   घोडा बनाई हट काँधमाथि म गर्न भन्थेँ हिँड लौन साथी । बन्थ्यौ सवारी जहिल्यै तयार बाबा तिमी हौ मनका जुहार ।।२।   भोकै बसेका कति छन् कहानी निमित्त मेरै न भन्यौ जवानी । […]

कविता : बा

जिन्दगी जस्तै बाङ्गो लौरो टेकेर बा कता हिंड्यौ ? जवानीमा काँधमा हलो–जुवा बोकेर धर्ती चिथ्र्यौ अहिले आफैं चिरिएजस्तो देख्छु सर्पजस्ता नाम्ला–डोरी बोकेर वन चहाथ्र्यौ अहिले तिनैले डसेजस्तो देख्छु उहिले तिनै खोला/जङ्घार साथी थिए तिम्रा तिनै भीर/पहरा सङ्गी थिए तिम्रा आज तिमीले तिनैमा मृत्युको छाँया देखिरहेछौ त्यो झुल्के घाममा पनि जीवनको अस्त देखिरहेछौ तन्नेरी बेला तिम्रो […]

नेपाली साहित्यका जब्बर काँध

३१ साउन, काठमाडौं । ‘म पनि अब एउटा साहित्यिक पत्रिका निकाल्छु ।’ उमेरले भर्खरै २० टेकेका बेला रोचक घिमिरेले यो कुरा सुनाउँदै हिँड्दा कसैले पत्याएनन् । विसं. २०१८ सालको समय थियो त्यो । वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरेर राजा महेन्द्र आफैं शासन चलाइरहेका थिए । साहित्यिक प्रकाशनलाई समेत कडा सेन्सर गरिन्थ्यो । छापाखाना […]

कविता : आँखैअघि मृत्युवरण

मेरैसामु तिमीले किन मृत्युवरण गर्यौ ? अब तिम्रै लागि, किन्नु छ कात्रो बनाउनु छ चिता बस्नु छ कोरा खानु छ निस्तो भात सम्झनामा बगाउनुपर्ने भयो आँशुको भेल पुरा गर्नुपर्ने भयो वर्षदिनको श्राद्ध तिमी जानु र आउनुले तिमीप्रतिको प्रेमलाई फरक त पारेन तर मेरै सामु मृत्युवरण नगरेको भए म पवित्र हुन पाउँथे तर तिमीले सारा सृष्टि […]

नियात्रा : जनै फेर्न जटापोखरीको यात्रा

बुबा–आमाले २०५४ सालमा गरेको जटापोखरी यात्राको वर्णन मेरा लागि सधैं रोमाञ्चकारी रहरको विषय बनेर रहेको थियो । यसपटक जनै पूर्णिमा (१९ साउन) मेलाको अवसरमा मैले पनि त्यो रहर पूरा गर्ने निधो गरेँ । दोलखाको तामाकोशी गाउँपालिका– ६, च्यामाबाट बाटो लाग्नुअघिका केही दिन टिम बनाउन र आवश्यक तयारी गर्नमा बित्यो । यात्रामा चाहिने टेन्ट, म्याट र […]

अविस्मरणीय पात्र : लुखुरे

गोर्कीकृत ‘आमा’को पावेल भ्लासोभजस्ता पात्र मैले नेपाली कथामै भेटें । नेपाल, चीन, भियतनाम, पेरु, भारतका ‘जनयुद्ध’मा आधारित थुप्रै कथा–उपन्यासमा पावेलजस्तै पात्र हुन्छन् । उनीहरूको संघर्ष र नियति मिल्दोजुल्दो हुन्छ । हिन्दु जात व्यवस्थामा आधारित नेपाली समाजमा हाम्रा लागि खास प्रिय हुनुपर्ने रामायण र महाभारतकै पात्र हुन् । जो पात्रका नाउँबाट नै हामीले आफ्ना धेरै प्रियजनका […]