- Home
- नेपाली सेना
नेपाली सेना
२१ असोज, काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको जिम्मेवारी लिएको नेपाली सेनाले ललितपुर, मकवानपुर, काठमाडौं लगायतका कतिपय जग्गाधनीले आयोजनामा परेका जग्गाको मुआब्जा लिन बाँकी रहेको स्विकारेको छ । जग्गा अधिग्रहणका विषयमा खोकना–बुङमतीका स्थानीयले विरोध गरिरहेका बेला सेनाले ललितपुरका कतिपय स्थानमा मुआब्जाको मूल्यांकनसमेत हुन बाँकी रहेको जनाएको हो । २०७६ मंसिरमा मुआब्जाका लागि सूचना प्रकाशित गरेकोमा १६५ […]
२० असोज, काठमाडौं । नेपाली सेनाले सरकारी संयन्त्रहरूबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं—तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको क्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा मंगलबारको छलफलमा सेनाले बाहिरी चक्रपथ निर्माण, स्मार्ट सिटी निर्माण लगायतका आयोजना लगायतका विषयमा सरकारी निकायबीच नै समन्वय हुन नसकेको बताएको हो । द्रुतमार्ग निर्माण हुँदा […]
१९ असोज, काठमाडौं । दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ । नियमित प्रक्रियाअनुसार आज बिहान ७८ जना नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ । दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही असोज २० गते नेपाल आइपुग्ने योजनासमेत रहेको नेपाली सेनाले जनाएको छ । कोभिड–१९ महामारीका दौरान […]
१४ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसीआर जाँच नेगेटिभ आएको छ । निवासको भान्सेमा कोरोना भाइरसको संक्रमण देखिएपछि ११ असोजदेखि उनी होम आइसोलेसनमा बसेका थिए । कन्ट्याक ट्रेसिङमा परेपछि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुरुप थापा आइसोलेसनमा बसेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले अनलाइनखबरलाई बताए ।
११ असोज, गोरखा । गोरखा नगरपालिका–८ खल्लुवोटेस्थित नेपाल राष्ट्रिय भूपू सैनिक विद्यालयले नयाँ भवन पाएको छ । शीघ्र प्रभाव आयोजना अन्तर्गत नेपाली सेनाबाट विनियोजित २५ लाख रकमबाट उक्त भवन निर्माण भएको हो । नव निर्मित चार कोठे भवनको आइतबार एक कार्यक्रमकाबीच नेपाली सेनाका ३ नम्बर बाहिनीपति सागरबहादुर थापाले उद्घाटन गरेका छन् । नवनिर्मित भवनको संरक्षण […]
११ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति थापा निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना पोजेटिभ देखिएपछि उनी होम क्वारेन्टिनमा बसेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना […]
१० असोज, काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको छ । सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्क्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ । कंगोकै रहेका सिनियर मेयरको नेतृत्वमा छानविन सुरु भएको हो । स्रोतका अनुसार यो […]
९ असोज, काठमाडौं । बुधबार अपरान्ह झमझम पानी परिरहेको थियो, तर पशुपतिको विद्युतीय शव दाहगृहको जम्मा भएका केहीलाई झरीको कुनै परवाह थिएन । केहीले रेनकोट लगाएका थिए, कोही छाताको ओतमा थिए । केही निथ्रुक्क भिजेर पनि उभिरहेका थिए । बन्द गेटको बाहिर उभिरहेका उनीहरु बेलाबेला आँखा तन्काउँदै भित्र चिहाएर हेर्थे । तर सैनिक अधिकारीहरु उनीहरुलाई […]
५ असोज, काठमाडौं । सैनिक ब्यारेकमा पहिलोपटक शाकाहारी रासनको आपूर्ति हुन थालेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकृत तथा सकलदर्जाको रासनलाई स्तरीय र पोषणयुक्त बनाउने अभियानअनुसार नयाँ रासन स्केल लागु गरेका हुन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले अनलाइनखबरलाई दिएको जानकारीअनुसार अहिले देशभरका सैनिक युनिटमा शाकाहारीका लागि पहिलोपटक च्याउ, पनिर, फलफूल र दही पाइन थालेको […]
४ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो […]
४ असोज, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाबीच नेपाली सेनाले इतिहास संरक्षण अभियान चलाइरहेको छ । नेपाल एकीकरणका बेला प्रयोग भएका बाटो र गढी–किल्लाहरुको संरक्षणका लागि सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरेको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार गोरखा–धादिङ–नुवाकोट–काभ्रे–काठमाडौं ‘एकीकरण पदमार्ग’को सम्भाव्यता अध्ययन सकिएको छ । यसका लागि सेनाले […]
३१ भदौ, डोटी । डोटीको दिपायलस्थित सुल्लेकमा कार्यरत नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका -४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जना सैनिक कर्मचारीहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए । यसअघि भदौ […]
३१ भदौ, जनकपुरधाम । सिरहामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको घर भइ सुनसरीको इटहरी ४ बस्ने पेशल पाण्डे छन् । उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा आफैंले चलाएको मोटरसाइकल दुर्घटना भई […]
२९ भदौ, काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ । काभ्रेपालाञ्चोकको पाँचखास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका सैनिक जवानहरु मध्ये उडान पूर्व गरिएको कोरोना परीक्षणमा केही सैनिकमा कोरोना संक्रमण देखिएको सहायक रथी […]
२६ भदौ, काठमाडौं । पूर्णचन्द्र थापा तिनै सैन्य अधिकृत हुन्, जो महारथी हुनुअघिसम्म सेनालाई ‘आफ्नो व्यवसायिक चरित्र’बाट बाहिरको काममा सरिक गराउन नहुने धारणा राख्थे । तर, आशा गरिएका सेनापति थापाकै कार्यकालमा जंगीअड्डाले ‘अव्यवसायिक’ काममा हात हाल्दा विवादित हुनुपर्यो । नेतृत्वको एक वर्ष पूरा भएको अवधिमा पहिलो पटक सेना प्रमुखको सम्पत्ति विवरण सार्वजनिक गरेर पारदर्शिता र […]
२४ भदौ, काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारी र मेयरहरुले समेत राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष […]
२३ भदौ, काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका फोरमले नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उपत्यका प्रवेश नाकाहरुमा भने सेना परिचालन गरेर कडाई गर्नुपर्ने उपत्यकका स्थानीय जनप्रतिपनिधिहरुको फोरमको राय छ । […]
२२ भदौ, भक्तपुर । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ शय्याको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो । नेपाली सेनाको उपत्यका पृतनाअन्तर्गत वीरदल गणले एकै दिनमा सैनिक आवासीय […]
१८ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका बेला एक महिनादेखि तलब पनि रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो । एक सुरक्षा निकायका अधिकृतका […]
१६ भदौ, डोटी । नेपाली सेनाका २१ जना सैनिक कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जना सैनिकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए । मलासीका अनुसार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार भएको परीक्षणबाट सैनिकहरुमा संक्रमण पुष्टि […]
१४ भदौं, काठमाडौं । नेपाली सेनाका एकजना जवानले आत्महत्या गरेका छन् । तनहुँको रानी पोखरी घर भई जंगी अड्डामा कार्यरत जवानले आफैंले बोकेको हतियारले हानी आइतबार बिहान आत्महत्या गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाली सेनाको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटी रहेका उनले आत्महत्या गरेका हुन् । मुचुल्का तयार गरी जवानको शव पोष्टमार्टमका लागि […]