Comments Add Comment

नेपाल आयल निगम

List Grid
तेल वितरण ठप्प पारेका ब्यवसायीले १५ दिन आन्दोलन रोके

३ साउन, काठमाडौं । बाग्मती पेट्रोलियम डिलर्स एशोसियशनले १५ दिनका लागि आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । आज मंगलबारबाट अञ्चलभरि तेल वितरण बन्द गरेको एशोसियसनसँग नेपाल आयल निगमले बेलुकी वार्ता गरेपछि १५ दिनका लागि आन्दोलन स्थगित भएको हो । सरकारले आफूहरुको माग पुरा नगरेको भन्दै ब्यवसायीले मंगलबारदेखि पेट्रोलियम पदार्थको खरिद-बिक्री ठप्प पारेका थिए । […]

‘खोलाको जग्गालाई आयल निगमले १५ करोड तिर्‍यो’

३ साउन, काठमाडौं । पटक-पटक बोनसको विवादमा तानिने नेपाल आयल निगम यो पटक जग्गा खरिद विवादमा मुछिएको छ । अायल निगमले पछिल्लो पटक पेट्रोलियम भण्डरणका लागि १ अर्ब ६१ करोड खर्चिएर  विभिन्न स्थानमा जग्गा किनेको छ । तर,  अायल निगमले बिचाैलियासँग सेटिङ गरेर प्रचलित मूल्यभन्दा बढीमा जग्गा किनेको अाराेप लागेको छ । अर्थ समितिको बिहीबारको बैठकमा […]

नेपालमा ग्यास भण्डार र ठूला पेट्रोल पम्पमा लगानी गर्ने भारतको इच्छा

२८ वैशाख, काठमाडौं । भारतीय आयल कर्पोरशेन (आईओसी)को प्राविधिक सहयोगमा नेपालका विभिन्न स्थानमा ग्यास भण्डारण केन्द्र बन्ने भएका छन् । यसमा भारतीय लगानी पनि भित्र्याउन सकिने विषयमा आईओसीसँग नेपाल आयल निगमले छलफल गर्दै सैद्धान्तिक सहमति गरेको छ । सम्भव भए नयाँ बन्ने ग्यास भण्डारण केन्द्रमा भारतको ४९ र नेपाल आयल निगमको ५१ प्रशित सेयर राखेर सञ्चालन […]

आयल निगमको पुँजी २५ अर्ब पुर्‍याउन बोनस सेयरको योजना, साधारण सेयर कहिले ?

४ वैशाख, काठमाडौं । नेपाल आयल निगमले आफ्नो चुक्ता पुँजी २० देखि २५ अर्ब पुर्‍याउने तयारी गरेको छ । निगमले तत्काल अर्को वर्ष आफ्नो नाफाबाटै चुक्ता पुँजी वृद्धि गर्न सुरु गर्ने योजना बनााएको हो । अहिले निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ मात्रै छ । वाषिर्क १ खर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै […]

अब अमलेखगञ्जसम्म ग्यासको पनि पाइपलाइन !

१६ चैत, काठमाडौं । भारतबाट नेपालसम्म तेलको पाइपलाइन बिछ्याउने गृहकार्य भइरहेका बेला नेपालले अब अमलेखगञ्जसम्म ग्यासको समेत पाइपलाइन विस्तार गर्न भारतसमक्ष प्रस्ताव गरेको छ । भारतले यसबारे छलफल अघि बढाउन सकिने सकारात्मक प्रतिक्रिया दिएको छ । भारत भ्रमणमा रहेका आपूर्तिमन्त्री दीपक बोहोराले भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानसँग ग्यास पाइपलाइन नेपालसम्म नै विस्तार गर्न […]

भारतसमक्ष नेपालको प्रस्तावः चितवनसम्मै पेट्रोलियम पाइपलाइन

१५ चैत, काठमाडौं । नेपालले भारतसामू चितवनसम्म नै पेट्रोलियम पाइपलाइन विस्तार गर्न प्रस्ताव गरेको छ । भारत सरकारले यसबारे छलफल गरेर निर्णय गर्न सकिने भन्दै सकारात्मक जवाफ दिएको छ । रक्सौलबाट अमलेखगञ्जसम्म पाइपलाइन बनाउन दुई देश सहमत भइसकेको छ । तर, निर्माण सुरु हुन सकेको छैन । अब नेपालले रक्सौलबाट अमलेखगञ्जसम्म विछ्याइने पाइपलाइनलाई चितवनसम्म ल्याउन […]

भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो

१४ चैत, काठमाडौं । नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता भएको छ । दिल्लीमा भएको यो सम्झौताअनुसार भारतले आफ्नो नाफाको मार्जिन घटाएकाले अब  तेल आपूर्ति लागत अहिलेकोभन्दा सस्तो पर्नेछ । यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली हिजै भारत गएका थिए । […]

पेट्रोलियम पाइपलाइन बनाउन नेपाली पक्षकै ढिलाइ

१४ चैत, काठमाडौं । नेपाली पक्षको तयारी अभाव र हेलचक्र्याइँकै कारण रक्सौल-अमलेखगञ्ज पाइपलाइन निर्माणको प्रक्रिया अघि बढाउन ढिलाइ भएको छ । आयल निगम कागजी प्रक्रिया मिलाउन खासै आतुर देखिएको छैन भने सम्बन्धित निकाय पनि यसमा खासै जिम्मेवार र गम्भीर बनेका छैनन् । भारतले मागेको आवश्यक कागजात जुटाएर दिन नै नेपाल आयल कर्पोरेशनलाई हम्मे-हम्मे परेको छ […]

मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता

१३ चैत, काठमाडौं । मागेपति तेल र ग्यास पाउने गरी सोमबार नेपाल र भारतबीच थप पाँच वर्षको इन्धन आपूर्ति सम्झौता हुने भएको छ । अर्को विकल्प नभएसम्म लागि भारतबाटै शत प्रतिशत इन्धन ल्याउने गरी नयाँ सम्झौता हुन लागेको हो । यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली […]

निगमले दियो शनिबार पनि पम्पहरुलाई तेल, अभाव हट्ने दावी

२८ फागुन, काठमाडौं । नेपाल आयल निगमले काठमाडौंमा पम्पहरुमा केही दिनदेखि लागेको लाइनलाई साम्य गर्न आज शनिबार पनि थानकोट डिपो खोलेको छ । आज मात्रै निगमले बजारमा ५ लाख लिटरभन्दा बढी पेट्रोल पठाउने तयारी गरेको छ । समामन्य अवस्थामा सार्वजनिक विदाको दिन निगमले डिपोबाट पम्पमा तेल पठाउने गरेको छैन । निगमका प्रवक्ता सीताराम पोखरेलले केही […]

खाना पकाउने ग्यासको मूल्य बढ्यो, अब कति पुग्यो ?

२७ फागुन, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा […]

काठमाडौंका पम्पमा फेरि लाग्यो लाइन, आयल निगम भन्छ-नआत्तिनुस्

२६ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु भएको छ । धेरै पम्पहरुमा तेल वितरण भएको छैन भने वितरण भइरहेका पम्पमा लामो लाइन देखिएको छ । नेपाल आयल निगामले भने उपभोक्तालाई नआत्तिन आग्रह गर्दै तेल आपूर्तिमा कुनै समस्या नआएको बताएको छ । सोमबार सप्तरी भएको घटनापछि तराईका जिल्लामा तनावको वातावरण छ । मधेसी […]

भारतबाटै शतप्रतिशत इन्धन ल्याउने नयाँ सम्झौताको तयारी !

२५ फागुन, काठमाडौं । विगतमा नाकाबन्दीका बेला चीनबाट तेल ल्याउने विषयले चर्चा पाएको थियो, तर त्यो व्यहारका कार्यान्वयन भएन । अहिले भारतबाटै शत प्रतिशत इन्धन ल्याउने गरी नयाँ सम्झौताको तयारी भएको छ । तर, नेपालले तेस्रो मुलुकबाट तेल ल्याएको खण्डमा भारतले ‘अब्जेक्सन’ नगर्ने र प्रशोधनसमेत गरिदिने भएको छ । नेपालले कच्चा तेल आपूर्ति गरेमा भारत […]

पेट्रोलियम ढुवानी ब्यवसायी पनि आन्दोलनमा, कमिसन नबढाए आपूर्ति रोक्ने !

११ फागुन, काठमाडौं । पेट्रोलियम ढुवानी ब्यवसायीले पनि आन्दोलनको घोषणा गरेका छन् । तेल चोर्न नपाइने गरी ल्याइएको ढुवानी विनियमावली संशोधनको माग गर्दै ट्यांकर चालकहरु आन्दोलनमा रहेको मौका पारेर ब्यवसायीले पनि आन्दोलनको घोषणा गरेका हुन् । नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासंघले केही दिनअघि नै ४५ दिनको अल्टिमेटम दिँदै निगममा विभिन्न मागसहित ज्ञापनपत्र बुझाएका छन् । […]

तेल चोर्दा दोब्बर जरिवाना गर्ने निर्णयबाट पछि हट्यो निगम

११ फागुन, काठमाडौं । नेपाल आयल निगमले ट्यांकर चालकले राखेका मागहरुलाई सम्बोधन गर्न ढुवानी विनियमावलीलाई फेरि संशोधन गर्ने तयारी गरेको छ । ट्यांकर चालकले प्रमुख रुपमा अघि सारेको ‘क्लेमेबल लस’ (दावीयोग्य नोक्सानी) को सीमा हटाउने बारेको निर्णय फिर्ता लिन आयल निगमले यस्तो तयारी हो । अब तेल ढुवानीका क्रममा २० हजार लिटर तेल ल्याउँदा ५० […]

बाटोमै तेल हराए अब दोब्बर जरिवाना, ढुवानी रोक्ने ट्यांकर चालकको चेतावनी

९ फागुन, काठमाडौं । नेपाल आयल निगमले तेल ढुवानीका क्रममा हुने चोरी रोक्न नयाँ नियम ल्याएको छ । र, त्यसको प्रतिक्रिया स्वरुप ट्यांकर चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । आयल निगमले ढुवानी बिनियमावली संशोधन गर्दै ट्यांकर चालकले देखाउने गरेको दावीयोग्य नोक्सानी (क्लेमेबल लस) लाई ढुवानी भएको कुल तेलको ०.२५ प्रतिशत मात्रै हुनुपर्ने गरी झारेको छ […]

चैत १९ बाट नेपालमा युरो-४ स्ट्याण्डर्डको तेल, कति महंगो पर्ला ?

९ फागुन, काठमाडौं । अगामी चैत १९ गतेबाट युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु हुने भएको छ । भारतले आफ्नो देशमा अप्रिलबाट पूर्णरुपमा युरो-फोरको तेल बिक्री सुरु गर्दैछ । भारतले अप्रिलको सुरुवातबाटै नेपालमा सोही गुणस्तरको तेल पठाउने सहमति दिएको हो । हालै मुम्बईमा भएको द्वीपक्षीय बैठकमा नेपाल आयल निगम र भारतीय आयल कर्पोरसनबीच युरो-फोर स्ट्याण्डर्डको तेल […]

मजफ्फरपुरबाटै नेपाललाई ग्यास दिन भारत सहमत, वीरगञ्ज नजिकैसम्म पाइपलाइन ल्याइने

७ फागुन, काठमाडौं । भारतले नेपाललाई ग्यास आपूर्तिका लागि वीरगञ्ज नजिकै सुविधा सम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने भएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले अबको डेढ वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोडिङ मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको हो । मुजप्फरपुरको डिपोबाटै नै नेपालले मागेजति सबै ग्यास लोड गर्न आईओसी तयार भएको छ । […]

रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ६ महिनामै बिछ्याउने योजना, टेण्डर अर्को साता

६ फागुन, काठमाडौं । नेपाल र भारतका अधिकारीहरु रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विछ्याउने कार्य अघि बढाउन सहमत भएका छन् । अब छिट्टै टेण्डर प्रक्रिया सुरु गर्ने र आगामी ६ महिनाभित्र नै पेट्रोलियम पाइपलाइन बिछ्याउने योजना बनाइएको छ । मुम्बईमा हालै भएको नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन (आइओसी)को बैठकमा आगामी १५ दिनभित्रै पाइपलाइनको ‘रुट (स्पट) […]

नेपाल आउने तेल र ग्यासमा कम नाफा खान भारत सहमत, वार्षिक एक अर्ब जोगिने

६ फागुन, काठमाडौं । नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउन भारत सहमत भएको छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ । भारतीय आयल कर्पोशरेन (आईओसी) नेपालले बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा ०.५ प्रतिशत घटाउन सहमत भारत भएको हो । हाल यो २.५ प्रतिशत छ । तर, मार्चपछि २ […]

आयल निगमले कर्मचारीलाई बोनसका लागि छुट्यायो १ अर्ब बढी रकम

७ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर जनताबाट उठाएको गत वर्षको नाफाबाट १ सय १० करोड रुपैयाँभन्दा बढी बोनस रकम बाँड्ने भएको छ । ऋणबाट मुक्त भएकै वर्ष निगमले झण्डै १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी रकम निगमका कर्मचारीलाई बोनसका रुपमा छुट्याइएको स्रोतले बतायो । आयल निगमले बोनस बापतको रकम आफनो विनियमावली अनुसार […]