Comments Add Comment

नेपाल एयरलाइन्स

List Grid
चरा ठोक्किएर ग्राउन्डेड एयरबस १२ दिनपछि उड्यो

३ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ग्राउन्डेड एयरबस ३२० विमान मर्मतपछि उडान सुरु गरेको छ । चरा ठोक्किएर ग्राउन्डेड भएको एयरबसले सोमबार विहान ११ः५३ बजे यात्रु बोकेर बैंकक उडेको हो । विमानको इञ्जिनमा समस्या देखिएपछि १२ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भयो । एयरबसको इञ्जिन कम्पनीबाट प्राविधिकहरु आएर मर्मत गरेपछि विमान उडेको […]

नेपाल एयरलाइन्सको भदौदेखि दुबईमा नियमित उडान

२ साउन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई)मा पुनः उडान सुरु गर्ने भएको छ । निगमले भदौ २ गतेदेखि दुबईमा नियमित उडान सुरु गर्न लागेको हो । यसअघि निगमले १० वर्षभन्दा बढी दुबई उडान भरेको थियो । जहाज अभाव भएपछि निगमको दुबई उडान सन् २०१२ अगष्टमा बन्द गरिएको हो । […]

एक सातादेखि ग्राउन्डेड निगमको बोइङ मर्मतपछि उड्यो

३० असार, काठमाडौँ । एकसाता अगाडि  ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान मर्मतपछि सञ्चालनमा आएको छ । यो विमानले गएराति ११:४९ बजे यात्रु बोकेर मलेसिया उडान भरेको हो । बोइङ ७५७ जहाजको प्राविधिक मर्मतपछि उडान सुरू गरिसकेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । प्राविधिक समस्या देखिएपछि यो विमान गत बिहीबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]

वायुसेवा निगम दुई अर्ब सञ्चित नोक्सानीमा

१ असार, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम एक अर्ब ८८ करोड ५८ लाख रुपैयाँ सञ्चित नोक्सानीमा देखिएको छ । निगमले आर्थिक वर्ष २०७१/०७२ मा २१ करोड ४० लाख रुपैयाँ नाफा गरेपनि अघिल्ला वर्षहरुको सञ्चित नोक्सानी देखिएको हो । मुलुकभित्र तथा बाहिर सुरक्षित र उचित भाडामा हवाई यात्रुलाई सेवा दिने उद्देश्यसहित नेपाल वायुसेवा निगमको […]

दुईतर्फी अन्तर्राष्ट्रिय हवाई सिट संख्या ८० लाख पुग्यो

१३ जेठ, काठमाडौं । नेपालमा अहिले दुईवटा स्वदेशी र २६ वटा विदेशी विमान कम्पनीले उडान भरिरहेका छन् । विगत एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय उडानमा दुईतर्फी सिट संख्या १५ लाखले वृद्धि भई ८० लाख पुगेको छ । अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०७१ पुस मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई सिट ६५ लाख रहेकोमा गत पुसमा बढेर ८० […]

विदेशमा ज्यान गुमाएका कामदारको शव नेपाल एयरलाइन्सबाट ल्याउने तयारी

९ जेठ, काठमाडौं । सरकारले विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउन नेपाली ध्वजावाहक विमान प्रयोग गर्ने भएको छ । कामदारहरु अलपत्र शव ल्याउन पनि महिनौं लाग्ने समस्या हल गर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपाल वायुसेवा निगमसँग छुट्टै सम्झौताको तयारी गरेको छ । ‘विजनेश एयरलाइन्सहरुले हतपत शव बोक्न नमान्ने गरेका कारण विदेशमा ज्यान गुमाएका नेपाली कामदारको […]

निगमका महाप्रबन्धक कंशकारले भने- पर्यटक भित्राउन ठूला जहाज किन्नैपर्छ

३१ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्ध शुगतरत्न कंशकारले मुलुकमा प्रशस्त पर्यटक भित्राउन सबैभन्दा पहिला राष्ट्रिय ध्वजाबाहक बलियो बनाउनुपर्ने बताएका छन् । अहिले विदेशी एयरलाइन्सले नेपालीमात्र बोक्ने गरेको उनको आरोप छ । ‘पाँच वर्षको अवधिमा विदेश जाने नेपालीको संख्या दोब्बर भएछ, तर नेपाल आउने विदेशीको संख्या दोब्बर हुन १३ वर्ष लागेछ’ कंशकारले भने- ‘विदेशी […]

विनोद चौधरीको पहलमा मेघौली एयरपोर्टमा चार्टर्ड उडान सुरु

७ वैशाख, काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी होटल्स एण्ड रिसोट्र्सले चितवनको मेघौलीमा सञ्चालनमा ल्याएको ताज सफारी रिसोर्ट ‘मेघौली सराइ’ को पहलमा मेघौली एयरपोर्टमा चार्टर्ड उडान शुरु भएको छ । मेघौली सराइमा आउने उच्च गुणस्तरीय पर्यटकका कारण अब मेघौली एयरपोर्टमा चार्टर्ड उडानहरुको चाप बढ्ने विश्वास गरिएको छ । गत वैशाख १ गते सात बर्षपछि पहिलो […]