Comments Add Comment

नेपाल पत्रकार महासंघ

List Grid
पत्रकार महासंघ उदयपुरमा तालाबन्दी, उम्मेदवारी दर्ता रद्द

२४ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ । निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै सोमबार तालाबन्दी […]

पत्रकार महासंघ रुपन्देहीमा ५ संगठनको गठबन्धन

१८ चैत, बुटवल । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि रुपन्देहीमा पत्रकार सम्वद्ध पाँच संगठनहरुले चुनावी गठबन्धन गरेका छन् । नेपाल प्रेस यूनियनको नेतृत्वमा प्रेस संगठन, प्रेस चौतारी (माधव नेपाल पक्ष), प्रगतिशील पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच गठबन्धन भएको हो । पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पेशागत सुरक्षा र श्रमजिवी पत्रकारको अधिकार स्थापित गर्दै लोकतन्त्र […]

पत्रकार महासंघको चुनाव : ३८ पदका लागि १६५ जना प्रतिस्पर्धामा

१८ चैत, काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् […]

सुरक्षाकर्मीदेखि कर्मचारीसम्मले लिन्छन् पत्रकार महासंघको सदस्यता

१ चैत, सप्तरी । नेपाल पत्रकार महासंघको सदस्यता सुरक्षाकर्मीले समेत लिने गरेको पाइएको छ । साथै कर्मचारी, जनप्रतिनिधि समेतले महासंघको सदस्यता लिएको भेटिएको छ । महासंघले सदस्यता लिएका २६ जना सुरक्षाकर्मीको सदस्यता नवीकरण रोकेको छ । ‘सदस्यता शुद्धीकरण अन्तर्गत २६ जना सुरक्षाकर्मीले लिएको सदस्यताको नवीकरण यसपटक रोकेका छौं,’ महासंघका अध्यक्ष गोविन्द आचार्यले राजविराजमा आइतबार आयोजना […]

पत्रकार महासंघको निर्वाचनमा ४ संगठनले सहकार्य गर्ने

१६ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको आउँदो महाधिवेशनका लागि चार पत्रकार संगठनले सहकार्य गर्ने भएका छन् । जनता समाजवादी पार्टी निकटको प्रेस नेपाल, नेकपा मसाल निकटको प्रगतिशील पत्रकार संघ नेपाल, नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी पत्रकार महासंघ, विप्लव समूह निकटको जनपत्रकार संगठन नेपालले सहकार्य गर्ने विषयमा आइतबार सहमति गरेका छन् । उनीहरुले पत्रकार महासंघको […]

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु

५ फागुन, काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गरे । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट […]

३५ पत्रकारलाई लेखनवृत्ति पत्रकारिता सम्मान

७ माघ, काठमाडौं । कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान ३५ जना पत्रकारहरूलाई प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एवम् नेपाल पत्रकार महासंघसँगको सहकार्यमा लेखनवृत्ति पत्रकार सम्मान प्रदान गर्न लागिएको हो । महासंघका अनुसार उनीहरुलाई नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरिने छ । यी हुन् सम्मानित हुने […]

पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते

५ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । शनिबार र आइतबार सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको हो । महासंघले आउँदो माघ २० गतेसम्म सबै शाखाहरुको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारण सभा […]

सञ्चारमन्त्री भन्छन्– अब मर्यादित पत्रकारिताको बुँदा कानुनमा थप्छु

२५ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा मन्त्री […]

जागिर गुमाएका पत्रकारलाई लेखनवृत्ति दिन सरकारसँग माग

१३ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ । सञ्चार गृहहरुलाई पत्रकारको […]

पत्रकार महासंघको टोलीले सञ्चार मन्त्रीलाई भेट्यो

२ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले आइतबार पुल्चोकस्थित मन्त्रिनिवासमा पुगेर सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङसँग भेटघाट गरेको छ । पत्रकारहरुले भोगिरहेका समस्याबारे महासंघको टोलीले मन्त्री गुरुङलाई जानकारी गराएका थिए । भेटमा मन्त्री गुरुङले श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सरोकारवालाहरुसँग सहकार्य गरेर अघि बढ्ने आश्वासन दिएको भेटमा सहभागी महासंघका एक पदाधिकारीले जानकारी दिए […]

नवीकरण शुल्कमा छुट घोषणा गर्न पत्रकार महासंघलाई फोनिजको आग्रह

२५ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले नेपाल पत्रकार महासंघको सदस्यता नवीकरणबापत पत्रकारले तिर्नुपर्ने रकममा छुट घोषणा गर्न आग्रह गरेको छ । कोरोना  भाइरसको असरका कारण पत्रकारहरु जागिरबाट निष्काशनमा पर्ने, तलब कटौती हुने, समयमा तलब नपाउने जस्ता समस्या भोग्नुपरिरहेकाले यो समयमा पत्रकारले एकमुस्‍ट रकम तिरेर सदस्यता नवीकरण गर्न अप्ठेरो भएको फोनिजले बताएको […]

सार्वजनिक सेवा प्रशारण विधेयकमा पत्रकार महासंघको विरोध

३० असार, काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विद्येयकका प्रावधानप्रति असहमति राख्दै त्यसलाई सुधार गर्न माग गरेको छ । असार २६ गते दर्ता भएको उक्त विधेयकमा सार्वजनिक सञ्चारमाध्यमलाई विश्वव्यापी मान्यता एवम् सार्वजनिक सेवा प्रसारणका आधारभूत सिद्धान्त विपरीत सरकारी स्वामित्व र नियन्त्रणमा राख्ने प्रस्ताव गरिएको भन्दै महासंघले सुधार गर्न माग गरेको […]

सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न माग

१८ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग माग गरेको छ । कोरोनाले संकट निम्त्याएको भन्दै महासंघले  यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन माग गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई बिहीबार ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन माग गरेको छ। ज्ञापनपत्रमा विद्युत, टेलिफोन र […]

पत्रकार उपचार कोषलाई अन्तर्राष्ट्रिय झापाली समाजको ५१ हजार

२४ असोज, झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले ५१ हजार रुपैयाँ प्रदान गरेको छ । शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रमका बीच समाजले कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईलाई रकम हस्तान्तरण गरेको हो […]

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

२८ जेठ, काठमाडौं । नेपाल पत्रकार महांघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको बैठकले असार ३ देखि ३० गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलनमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठठी जुलुस र सभा […]

आन्दोलनमा उत्रने पत्रकार महासंघको घोषणा

२७ वैशाख, काठमाडौं । संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गरेको भन्दै महासंघले संसद अगाडि विरोध प्रदर्शनसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको छ । […]

पत्रकारका मुद्दाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु : प्रचण्ड

१५ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी कानुन निर्माणमा आफ्नो भूमिका रहने बताएका छन् । प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउने उनले बताए । आइतबार नेपाल पत्रकार महासंघको १६ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । संविधानले प्रेस […]

‘सरकारले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्‍यो’

८ वैशाख, इलाम । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाविन्द आचार्यले लोकतन्त्रको पहरेदार पत्रकारलाई सरकारले दुःख दिने काम गरेका बताएका छन् । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशको इलामस्थित श्रीअन्तुमा शुरु भएको साधारणसभालाई सम्बोधन गर्दै सरकारले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् । उनले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्रता हुने भएपछि राजतन्त्रविरुद्ध लेखेर लोकतन्त्र गणतन्त्र ल्याएको […]

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास समितिमा विहीबार पत्रकार र सञ्चारकर्मीलाई अपमानित गरेको नेपाल पत्रकार महासंघले ठहर गरेको छ । पत्रकार महासंघका महासचिव रमेश विष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- समितिको बैठकमा मन्त्री बास्कोटाले अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक छ । मन्त्री बास्कोटाले […]

मुलुकी ऐन संशोधनको माग गर्दै पत्रकार महासंघद्वारा सरकारलाई ज्ञापनपत्र

२० भदौ, काठमाडाैं । नेपाल पत्रकार महासंघले मुलुकी (देवानी र फौजदारी) संहिता ऐन २०७४ का दर्जन बढी व्यवस्था संशोधनको माग गरेको छ । ऐनमा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको भन्दै महासंघले बुधबार ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गर्दै केन्द्र, प्रदेश र जिल्लामा ज्ञापनपत्र बुझाएको हो […]