Comments Add Comment

नेपाल पत्रकार महासंघ

List Grid
पत्रकारको तलव ४० हजार बनाउन पत्रकार महासंघको माग

२४ असार, काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आइतबार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई पाँच बुँदे मागपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रबर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा […]

पत्रकार महासंघको प्रदेश कार्यसमितिमा तीन संगठनको भागवण्डा, कसले कति पाए ?

४ बैशाख, काठमाडौं । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको सातवटै प्रदेश समितिमा प्रमुख तीन दल निकटका पत्रकार संगठनले भागवण्डा गरेका छन् । राजनीतिक दलले गर्ने भागवण्डाको विरोधमा समाचार लेख्ने पत्रकारकै संस्थामा भागवण्डा गरिएको हो । पत्रकार महासंघको प्रदेश समितिको बैशाख २२ गते अधिवेशन हुँदैछ । अधिवेशनबाट चयन हुने कार्यसमितिमा मंगलबार एमाले निकट प्रेस […]

पत्रकार महासंघको प्रदेश कार्यसमितिमा तीन संगठनको भागवण्डा

४ बैशाख, काठमाडौं । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको सातवटै प्रदेश समितिमा प्रमुख तीन दल निकटका पत्रकार संगठनले भागवण्डा गरेका छन् । राजनीतिक दलले गर्ने भागवण्डाको विरोधमा समाचार लेख्ने पत्रकारकै संस्थामा भागवण्डा गरिएको हो । पत्रकार महासंघको प्रदेश समितिको बैशाख २२ गते अधिवेशन हुँदैछ । अधिवेशनबाट चयन हुने कार्यसमितिमा मंगलबार एमाले निकट प्रेस […]

बागलुङमा पत्रकार महासंघको भवनका लागि ६० लाख सहयोग

१३ फागुन, बागलुङ । पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि  ६० लाख आर्थिक सहयोग जुटेको छ । सरकारी र गैरसरकारी क्षेत्रबाट सो रकम जुटेको शाखाले जनाएको छ । सबैभन्दा बढी जिल्लाका स्थानीय तहबाट २७ लाख ५० हजार बजेट उपलब्ध भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताए । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ […]

पत्रकार आक्रमणको घटनाप्रति महासंघको भत्र्सना

२ माघ, काठमाडौं । समाचार संकलनका क्रममा गोरखाका पत्रकार सुदीप कैनीमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । महासंघ महासचिव रमेश विष्टले विज्ञप्ति प्रकाशित गरी पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिकै आक्रमण भएको भन्दै पत्रकार कैनीको उपचार र क्षतिपूर्त्तिको व्यवस्था मिलाउन माग गरेका हुन् । तनहुँको […]

अब सबै स्थानीय तहमा पत्रकार महासंघ

८ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघले सबै स्थानीय तहमा संगठनात्मक संरचना बनाउने भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले संघीय ढाँचा अनुसार सबै स्थानीय तहमा पनि महासंघको पुनर्संरचना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले महासंघलाई आम पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित गराउन आफू लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । बिहीबार […]

राष्ट्रपति कार्यालयको ब्यवहारप्रति पत्रकार महासंघको आपत्ति

११ साउन,काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति कार्यालयमा स्वतन्त्र मिडियालाई समाचार संकलन तथा छायांकनमा रोक लगाइएको भन्दै आपत्ति जनाएको छ । बुधबार हुने मन्त्रिपरिषद् सदस्यहरुको सपथग्रहणमा समेत निजी क्षेत्रका स्वतन्त्र मिडियालाई प्रवेश नदिने जानकारी गराइएको महासंघले जनाएको छ । सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएर बिभेदपूर्ण व्यवहार गरेको भन्दै महासंघले असन्तुष्टि जनाएको छ । महासचिव […]

पत्रकारद्वय मंगोल र भट्टराईलाई रिहा गर्न महासंघको माग

३ जेठ, काठमाडौं । नेकपा विप्लव समूह निकट पत्रकारद्वय सुदर्शन मंगोल र विकास भट्टराईलाई रिहा गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । मंगोललाई काठमाडौंको असनबाट र भट्टराईलाई गोर्खा सदरमुकामबाट प्रहरीले बुधबार पक्राउ गरेको थियो । मंगोल नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य तथा जनपाटी अनलाइनका सम्पादक हुन् भने भट्टराई जनता टेलिभिजनका गोरखा संवाददाता हुन् […]

पत्रकार महासंघका केन्द्रीय सदस्य कुँवरद्वारा राजीनामा

४ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले राजीनामा दिएका छन् । सदस्यता शुद्धिकरणको विषयमा असन्तुष्ट जनाउँदै आएका कुँवरले गत चैत्र २१ गतेबाट लागु हुने गरी राजीनामा दिएका हुन् । गत पुस २७ गते बसेको केन्द्रीय समितिको बैठकमा सदस्यता शुद्धीकरण छलफलको विषय बनेपनि सुनुवाई नै नभएपछि राजीनामा दिनुपरेको कुँवरले बताएका छन् । […]

पत्रकार महासंघको हेडक्वार्टरमा पालैपालो तालाबन्दी

१६ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा नेपाल प्रेस युनियन आवद्ध दुई जिल्लाका दुईजना पत्रकार तालाबन्दीसहित आमरण अनशनमा बसेको ५ दिन पूरा भएको छ । पाँचथरका जिल्ला अध्यक्ष लवदेव ढुंगाना र इलामका शाखा सदस्य प्रेम अधिकारी पत्रकार महासंघको मूलगेटमा ताला लगाएर फागुन ११ गतेदेखि आमरण अनशनमा बसेका हुन् । आन्दोलनकारी र महासंघ नेतृत्वबीच […]

पत्रकार महासंघको चुनाव र पार्टी पत्रकारिताको ‘साइड इफेक्ट’

अघिल्ला चुनावहरुभन्दा यसपालि पत्रकारहरुको चुनावको चर्चा अधिक छ । अहिले भइरहेको यो चर्चा पत्रकारिताको व्यावसायिक विकास, श्रमजीवी पत्रकारहरुको सेवासुविधा वा प्रेस स्वतन्त्रतामा आइपरेको व्यावधानलाई चिर्नका लागि भएको होइन । राजनीतिक दल आबद्ध प्रेस क्लबहरुले सिफारिस गरेअनुसार महासंघले नयाँ सदस्यता अनुमोदन तथा वितरण नगर्दा भएको किचलोले उत्पन्न भएको हो । परिणाम स्वरुप, ६ दशक लामो इतिहास […]

पत्रकार महासंघमा तालाबन्दी, इलाम र पाँचथरका पत्रकार अनसनमा

११ फागुन, काठमाडौं । राजनीतिक भागबण्डाको आधारमा सदस्यता वितरण रोक्न माग गर्दै पाँचथर र इलामका पत्रकारहरुले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी अनसन सुरु गरेका छन् । सिनामंगलस्थित महासंघको केन्द्रीय कार्यालयको मुल ढोकामा तालाबन्दी गरेर पत्रकारहरु लबदेव ढुंगाना र प्रेम अधिकारी चार बुँदे माग राख्दै अनसन बसेका हुन् । ढुंगाना पाँचथरका र अधिकारी इलामका […]

पत्रकारको सदस्यता विवादः कांग्रेस युग सकिएपछि राजनीतिकरण !

२८ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको अधिवेशनको मिति घोषणा भइसकेपछि सदस्यता विवाद चर्किएको छ । महासंघका तीनजना केन्द्रीय सदस्यले विज्ञप्ति नै निकालेर सदस्यता वितरणमा अपारदर्शिताको आरोप लगाए । कांग्रेससम्वद्ध पत्रकारहरुको संस्था प्रेस युनियनले जे पनि हुन सक्ने धम्की नै दियो । पत्रकार महासंघको महाधिवेशन हुने वर्ष सदस्यता विवाद चर्किनु र एकले अर्कोमाथि […]

पत्रकार महासंघमा ३ हजार नयाँ सदस्य थपिँदै ? केन्द्रीय सदस्य भन्छन्- नाम हेर्न दिइएन

२५ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघमा सदस्यता वितरणसम्बन्धी विवाद चर्किएको छ । सदस्यता वितरणमा भागवण्डा गरिएको र केन्द्रीय सलस्यहरुलाई नै यसबारे जानकारी नदिइएको भन्दै तीनजना केन्द्रीय सदस्यहरुले नेतृत्वको विरोधमा वक्तव्य निकालेका छन् । ‘पत्रकार महासंघको केन्द्रमा समेत यसलाई-सदस्यता वितरणलाई) अपारदर्शी ढंगले भागवण्डाका रुपमा अगाडि बढाउने काम भइरहेको छ’ महासंघका केन्द्रीय सदस्यत्रय दीपेन्द्र कुँवर, माधव […]

लैंगिक समानता पुरस्कारबाट बस्नेत र प्रेमर्षि सम्मानित

१६ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारद्धय बबिता बस्नेत र धिरेन्द्र प्रेमर्षिलाई लैंगिक समानता पुरस्कार बाट पुरस्कृत गरेको छ । विहीबार सञ्चारग्रामस्थित महासंघको कार्यालयमा आयोजित समारोहमा सभामुख ओनसरी घर्ती मगरले पत्रकारद्धय बस्नेत र प्रेमर्षिलाई यस बर्षको लैंगिक समानता पुरस्कार प्रदान गरिन् । महासघंले हरेक बर्ष लैगिक समानताको क्षेत्रमा सक्रिय पत्रकारलाई ४० हजार राशीको पुरस्कार […]

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रहः झिँगालाई मेसिनगन नहान्नुस्

३२ साउन, काठमाडौं । सञ्चारमन्त्री राम कार्कीले झिँगालाई मेसिन गन नहान्न पत्रकारहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय नेपाली सञ्चार माध्यमहरुमा नकारात्मक समाचार मात्र आउने गरेको उनको गुनासो थियो । नेपाल पत्रकार महासंघले मंगलबार आफ्नै कार्यालयमा आयोजना  गरेको स्वागत तथा सम्मान कार्यक्रममा सञ्चारमन्त्री कार्कीले विहान उठेर पत्रपत्रिका पढ्दा दिक्क लाग्ने गरेको बताए । हरेक दिन भएन, […]

अनलाइन निर्देशिका सच्याउन पत्रकार महासंघको माग

७ असार, काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमसम्बन्धी निर्देशिका तत्काल सच्याउन सरकारसँग माग गरेको छ । महासंघले मंगलबार सूचना तथा संचारमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएर निर्देशिकाका कतिपय प्रावधान संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरित रहेको भन्दै निर्देशिका तत्काल सच्याउन माग गरेको हो । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले […]

विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै

२१ वैशाख, काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’ नाराकासाथ नेपालमा पनि मनाइँदै छ । दिवसको अवसरमा नेपालमा पनि बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । दिवसकै अवसर पारेर नेपालका श्रमजिवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको साधारण सभा आयोजना गरिएको छ । चितवनको रत्ननगरस्थित स्टार ब्याङ्क्वेटमा आयोजित साधारणसभामा देशभरका […]

सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

१६ वैशाख, काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ । हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुखसमेत हुन् । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनैलाई […]

फोटो पत्रकार विनोद जोशी सम्मानित

१३ वैशाख, काठमाडौं । फोटो पत्रकारितामा लामो समय योगदान पुर्‍याएबापत फोटो पत्रकार क्लबले वरिष्ठ फोटो पत्रकार विनोद जोशीलाई सम्मान गरेको छ । फोटो पत्रकारिता दिवसका अवसरमा आज क्लबद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । नेपालमा विसं १९८४ वैशाख १३ गते ‘गोरखापत्र’मा पहिलो पटक समाचारमूलक तस्बिर छापिएको दिनलाई फोटो पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ । […]

चितवनमा पत्रकार महासंघको साधारण सभाको तयारी तीव्र

१२ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा सम्पन्न गर्न गठित स्थानीय उपसमितिहरुले तयारीलाई तीब्र पारेका छन् । सबै उपसमितिहरुको बैठक सम्पन्न भइ कार्यविभाजन समेत भइसकेको मूल व्यवस्थापन समितिका संयोजक एवम् नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिए । केन्द्रीय साधारण सभा सम्पन्न गर्न शाखाले अध्यक्ष पोखरेलको संयोजकत्वमा ६१ सदस्यीय स्थानीय […]