- Home
- नेपाल प्रहरी
नेपाल प्रहरी
२० पुस, काठमाडौं । प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले सोमबार बिहान साढे ४ बजे एक निजी सवारीसाधनबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद गरेको थियो । बरामद रकमबारे थप अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले पक्राउ परेका व्यक्ति र […]
२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित पक्राउ परेका व्यक्तिलाई हातहतियार तथा खरखजना सम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ । विमास्थलबाट समातिएका झापाको मेचीनगर नगरपालिकाका बद्रीहाङ राईलाई हातहतियार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीले अदालत लगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार […]
२० पुस, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित दुईजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका […]
२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्गगोरीया गाउँपालिका-४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्वपश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खागसहित कठरियालाई पक्राउ गरेको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल […]
२० पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिका-२१ लाल पर्सा जाने सडकखण्डबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय प्रभात तामाङ, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्ती नगरपालिका-२ का ५० वर्षीय सानुलाल तामाङ, मकवानपुरको […]
१९ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचो घर भई कालिमाटी बस्दै आएकी २२ वर्षीया मीरा सुन्दास परियारको श्रीमान सुरजसँग दिनहुँजसो झगडा परिरहन्थ्यो । दैनिक मादक पदार्थ सेवन गरेर आउने श्रीमानले दुःख दिएको उनले आफन्तहरुलाई पनि बताउने गरेकी थिइन् । शुक्रबार राति सुरज करिब साढे ११ बजेतिर डेरामा आए । आउनेवित्तिकै मासु नपकाएको भन्दै कराउन […]
१९ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको हो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शर्मामाथि विस्तृत अनुसन्धान थालिएको छ । उनले भने, ‘निलम्बन गरेर थप कानुनी प्रक्रिया अघि […]
१९ पुस, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित क्लब मार्गमा बस्ने २२ वर्षीया सुन्दास परियारको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा उनका श्रीमान २३ वर्षीय सुरज परियार पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो । सामान्य विवादका क्रममा श्रीमातीको हत्या गरेको […]
१६ पुस, काठमाडौं । केही महिनायता बौद्ध, जोरपाटी लगायतका ठाउँबाट दिनहुँ जसो चोरीको खबर आउन थालेपछि महानगरीय प्रहरी वृत्त, बौद्धका अधिकृतहरु हैरान थिए । एकपछि अर्को चोरी हुन थालेपछि वृत्तका डीएसपी नविन कार्कीले विशेष टोली नै बनाएर एम्बुस थाप्न थाले । हालै भएको एउटा चोरीका केही दृश्य भने नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरामा कैद […]
१९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । संसद विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो । गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले पनि चासो देखाएको […]
१७ पुस, जनकपुरधाम । जनकपुरधामबाट नक्कली कागजातसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत अररीया जिल्ला फारबिसगंज घर भइ विराटनगर महानगरपालिका १ बस्ने २७ वर्षीय समीर साह, महोत्तरीको भंगहा नगरपालिका-९ बस्ने २१ वर्षीय आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय चन्दन साह र वडा नम्बर २ का ५० वर्षीय रामचन्द्र […]
१७ पुस, काठमाडौं । खुकुरी प्रहार गरी लुटपाटमा संलग्न गिरोहका ५ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा […]
१७ पुस, काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार र हत्या अपराधको अनुसन्धानलाई लिएर कारबाहीमा परेका प्रहरीहरु जागिरमा पुनर्बहाली हुन थालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि अपराधस्थलमा पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद असोज अन्तिम साता नै जागिरमा फर्किइसकेका […]
१६ पुस, काठमाडौं । ललितपुरको इमाडोलमा ९ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इमाडोलको बोजे पोखरीमा डेरा गरी बस्ने ४२ वर्षका हर्कबहादुर विक छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार बालिकालाई ५ […]
१६ पुस, काठमाडौं । भक्तपुरका सांसद महेश बस्नेतलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा एकजना पूर्वप्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द छन् । साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय, बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई मंगलबार पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय अपराध […]
१६ पुस, काठमाडौं । प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए । अग्रवाललाई काठमाडौं पठाउने वा नवलपरासीबाटै कानुनी प्रक्रिया थाल्ने भन्ने टुंगो लागेको […]
१५ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षक खेमराज राउतका अनुसार बुधबार राति १० बजेतिर बा ४ ख […]
१५ पुस, काठमाडौं । सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष अघि गरिएको कारबाही बदर गर्दै पुनर्बहाली गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक […]
१५ पुस, काठमाडौं । खुंखार अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । बालाजुका व्यापारी बाबुराजा रावललाई १ पुस २०६५ मा अपहरण गरी साढे १ करोड रुपैयाँ फिरौती असूली गरेको प्रकरणमा संलग्न रहेको अभियोगमा सर्लाहीका कुमार बुढाथोकी पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढाथोकीलाई […]
१४ पुस, काठमाडौं । गृह मन्त्रालयले मंगलबार ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गर्यो । बढुवा सिफारिसमा हालका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याजी डा. देवबहादुर बोहोरा चौथो नम्बरमा परेका थिए । बढुवा सिफारिसमा परेको खुसीयालीमा उनले कमलपोखरीमा रहेको आँगन स्वीट्समा गएर मिठाइ किनेर बाँड्न थाले […]
१४ पुस, सुर्खेत । प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित सासू–बुहारीलाई पक्राउ गरेको छ । ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित वीरेन्द्रनगर–८, इत्रामबाट सासू–बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार बुहारी २४ वर्षीया शान्ति सिंह र सासू ५० बर्षीया कौसिला सिंहलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा […]